एउटै नगरपालिकाबाट गण्डकी प्रदेशमा दुई मन्त्री

पाेखरा | पुस २६, २०७९

एउटै नगरपालिकाबाट गण्डकी प्रदेशमा दुई मन्त्री

स्याङ्जा:  पुतलीबजार नगरपालिकाबाट गण्डकी प्रदेश सरकारमा दुई मन्त्री बन्नुभएको छ । एक मुख्यमन्त्रीसहित चार जनाको मन्त्रिमण्डल गठन हुँदा स्याङ्जाको एकै नगरपालिकाका दुई मन्त्री बन्नुभएको हो । 


पुतलीबजार वडा नं १ की नेकपा एमालेकी केन्द्रीय कमिटी सदस्य सीताकुमारी सुन्दास र वडा नं ५ का राप्रपाको गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङ विना विभागीय मन्त्री बन्नुभएको हो । 


सुन्दास र गुरुङले मन्त्री भएसँगै सोमबार राति प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग पद तथा गोपनीयताको शपथ खानुभएको थियो । 


ठुलाडिहीमा जन्मनुभएकी सुन्दास सानै उमेरमा आमाको प्रेरणामा विद्यार्थी राजनीतिमा होमिनुभएको थियो । 


विद्यार्थी, महिला सङ्घ, जनसांस्कृतिक मञ्च, जातीय मुक्ति समाज, पार्टी तल्लो तह हुँदै एमालेको नवौं र दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य बन्नुभएको थियो । 


वि.सं. २०७४ सालमा जिल्ला समन्वय समितिको पहिलो महिला प्रमुख भएकी सुन्दास गत मङ्सिर ४ गते निर्वाचनमा क्षेत्र नं १ ९क० बाट जनयुद्धकी कमाण्डर अमृता थापामगरलाई पराजित गर्दै प्रदेश सांसद बन्नुभएको थियो । 


सुन्दासले एक हजार ४२४ मतले थापामगरलाई पराजित गर्दै देशकै एक मात्र दलित महिला निर्वाचित हुनुभएको थियो । 


आमाको प्रेरणा र सहयोगमा राजनीतिमा होमिएको स्मरण गर्दै सुन्दासले आमाको छोरी मन्त्री बनाउने सपना पूरा भए पनि हेर्न नपाएकोमा दुःख व्यक्त गर्नुभयो । मन्त्री सुन्दासकी आमा चित्रकुमारी सुन्दासको मङ्सिर ४ गते निर्वाचनको दिनमा ९० वर्षको उमेरमा निधन भएको थियो । 


यस्तै,  विद्यार्थीमा कम्युनिष्ट राजनीतिमा हुर्किनुभएका मन्त्री पञ्चराम गुरुङ वैदेशिक रोजगारीबाट फर्केसँगै राप्रपाको राजनीतिमा लाग्नुभएको थियो । 


१९ वर्ष वैदेशिक रोजगारीमा रहनुभएका गुरुङ दश वर्ष पहिला राप्रपामा तत्कालीन महामन्त्री चन्द्रबहादुर गुरुङको प्रेरणामा राजनीतिमा सक्रिय हुनुभएको थियो । 


एक वर्ष पहिला गण्डकी प्रदेश अध्यक्ष बन्नुभएका गुरुङ राप्रपाबाट समानुपातिक सांसद हुँदै मन्त्री बन्नुभएको हो । 


कुनै समय बुबा टोपबहादुर गुरुङ एमालेबाट वडा अध्यक्ष भएको र बाबासँगै राजनीति सिकेको मन्त्री गुरुङको भनाइ थियो । 

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रम कार्यान्वयन अनुभवका आधारमा सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्थाहरूमा सुधार, सङ्गठनात्मक संरचनामा सबलीकरण तथा थप सेवा विस्तार गरी चुरे संरक्षणलाई...

थप पढ्नुहोस्

हुम्ला:  हुम्ला– हुम्लाको  सर्केगाड गाउँपालिका– ३ स्थित उनापानीको औल बस्तीमा आगलागी हुँदा आठ घर जलेर नष्ट भएका छन् । आइतबार राति स्थानीय बिर्ख रावतको घरको गोठबाट सुरु भएको आगलागी स...

थप पढ्नुहोस्

म्याग्दी:    म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको ‘लाइफलाइन’ मानि...

थप पढ्नुहोस्