राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा हीनताबोध गर्नुपर्दैन: अध्यक्ष लिङ्देन

काठमाडाैं | पुस २६, २०७९

राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा हीनताबोध गर्नुपर्दैन: अध्यक्ष लिङ्देन

काठमाडौं:   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको बताउनुभएको छ ।


मङ्गलबार प्रतिनिधि सभामा बोल्नुहुँदै राप्रपाका अध्यक्ष लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताउनुभएको हो । उहाँले सरकारले न्यूनतम साझा कार्यक्रममा सरकारले गरेका बाचा पूरा गर्नुपर्ने बताउनु भयो ।


अध्यक्ष लिङ्देनले राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा कसैले पनि हीनताबोध गर्नु नहुने धारणा व्यक्त गर्नुभयो । उहाँले देशका गौरवशाली इतिहासको सम्मान गर्ने कुरा पछि फर्किएको नहुने बताउनुभयो । पृथ्वी जयन्ती एक पार्टीको मात्रै नभई सबै देशको भएको अध्यक्ष लिङ्देनको भनाइ छ ।


पृथ्वी जयन्तीको अवसरमा राप्रपाले भृकुटी मण्डपमा भोलि ९बुधवार० चियापान कार्यक्रम गर्ने भएको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्