म्याग्दीमा यस वर्ष अघिल्लो वर्षको तुलनामा आलु बालीको उत्पादन नौ प्रतिशतले बढेको छ ।   एक हजार ८२० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिक टनका दरले ३५ हजार मेट्रिक टन आलु उत्पादन भएको कृषि...

पोखराः   नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेताका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । आज हुने संसदीय दलको नेताको निर्वाचनका लागि सुरेन्द्र पाण्डे र भोजबहादुर अर्यालले उम्मेदवारी दर्ता गराएका हुन् ।  संस्थापन पक्षबाट विन्दुकमार थापाको प्रस्तावक र टकराज गुरुङको समर्थनमा सुरेन्द्र पाण्डेले संसदीय दलको नेतामा उम्मेदवारी दिएका छन् भने, संस्थापन इतरपक्षबाट महेन्द्र ध्वज जिसीको प्रस्तावक र पार्वती तामाङको समर्थनमा संसदीय दलको नेतामा उम्मेदवारी दिएका हुन् ।   गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिक तर्फ ९ गरी २७ सिट जितेको छ । २७ सदस्यले निर्वाचनमा मतदान गर्न पाउनेछन् । 

पोखरा:   गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले आज (बुधबार) पद तथा गोपनीयताको सपथ लिएका छन् ।    गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८२(५)र प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ७५(१) बमोजिम आज ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई सपथ ग्रहण गराएका हुन् ।     आज (बुधबार)  पद तथा गोपनीयताको सपथ लिएका गण्डकी प्रदेश सांसद बस्यालले भोलि (बिहिबार) गण्डकी प्रदेशका अन्य सांसदहरुलाई प्रदेश सभा भवनमा पद तथा गोपनीयताको सपथ खुवाउनेछन् ।    गण्डकी प्रदेशसभामा ज्येष्ठ सदस्यका रुपमा सपथ ग्रहण गरेका बस्याल पर्वत निर्वाचन क्षेत्र नं १(२) बाट निर्वाचित भएका थिए ।     गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९ सिट गरि कुल २७  ल्याएर गण्डकी प्रदेशको ठुलो दल बनेको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले २२ सिटसहित दोस्रो दलको भूमिकामा छ । एमालेले प्रत्यक्षमा १२ र समानुपातिकमा १० सिट निधो गरेको हो ।    त्यसैगरि माओवादी केन्द्रले प्रत्यक्षमा ५ र समानुपातिकमा ३ सिट गरि ८ सिटसहित तेस्रो दल बनेको छ ।  २ सिटसहित गण्डकी प्रदेशमा चौथो दलको हैसियतमा देखिएको राष्ट्रिय प्रजातन्त्र ९राप्रपा० पहिलो पटक संसद प्रवेश गर्नेछ । भने नेकपा एकीकृत समाजवादीले स्वतन्त्र निर्वाचित भएका राजीव गुरुङ ९दीपक मनाङे० लाई पार्टी प्रवेश गराएसँगै १ सिटमा उपस्थिति जनाउनेछ ।   तस्बिर: अर्जुन (सुशान्त) गाहा मगर              

पोखराः   गण्डकी प्रदेशसभाको अधिवेशन १८ पुसका लागि बोलाइएको छ ।  मंगलबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले १८ पुस दिउँसो ३ बजेका लागि संसदको अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभा सदस्यको शपथ आगामी बिहीबार हुँदैछ । ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बुधबार प्रदेश प्रमुखबाट शपथ लिँदैछन् । त्यसपछि उनले अन्य ५९ सांसदलाई शपथ ग्रहण गराउने तयारी छ ।  

पोखराः   नेपाल खेलकदु महासंघले प्रदेश खेलकुल परिषद् गण्डकीको रिक्त सदस्य सचिवको नियुक्ती प्रक्रिया रोक्न युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश मार्फत मुख्यमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराएको छ ।   महासंघले आज (मंगलबार) युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीलाई प्रेस विज्ञप्ती बुझाउँदै सदस्य सचिवको नियुक्त रोक्न ध्यानाकर्षण गराएको हो ।  महासंघका अध्यक्ष विष्णु पुनले सचिव अधिकारीलाई विज्ञप्ती बुझाउँदै काम चलाउ सरकारले नियुक्ती प्रक्रिया जस्तो कार्य गर्न नपाउने र यस्तो निर्णयले विधीको शासनको धज्जी उडाएको बताए ।   ‘प्रदेश खेलकुद नियामवली २०७८ विपरित प्रदेश खेलकुद परिषद् सदस्य सविचको  नियुक्ती प्रक्रिया तत्काल रोक्न आग्रह गरेका छौ, नेपाल खेलकुद महासंघले गरेको अपिललाई वेवास्ता गरे आन्दोलनका कार्यक्रम घोषणा गछौं ।’ अध्यक्ष पुनले भने ।    गण्डकी प्रदेश सरकारले रिक्त सदस्य सचिव पदका लागि गत पुस ६ गतेको मन्त्री परिषद निर्णय गरेको थियो । सोही निर्णयका आधारमा यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशले एक साताको म्याद राखेर दरखास्त आह्वान समेत गरिसकेको छ । दरखास्त आह्वानको म्याद आज (मंगलबार) सकिएको छ ।  प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङको ६० वर्षे उमेर हदका कारण गत कार्तिक २४ गते पदावधी सकिए पछि आगामी चार वर्षका लागि प्रदेश सरकारले नियूक्ति प्रक्रिया अघि बढाएको थियो । प्रदेश खेलकुद विकास ऐन २०७७ को परिच्छेद ४ को उपदफा १७ को ३ बमोजिम सदस्य सचिव नियूक्ति गर्ने प्रावधान रहेको छ । सोही परिच्छेदको उपदफा ३ बमोजिम प्रदेश सरकारले यूवा तथा खेलकुद मन्त्रीको संयोजकत्वमा मन्त्रालयको सचिव र एक जना विशेषज्ञ सहित तिन सदस्यिय सिफारिस समिति गठन गर्ने प्रावधान रहेको छ । सिफारिस समितिको संयोजकमा यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, सचिव बद्रिनाथ अधिकारी रहेका छन् भने खेल विज्ञको रुपमा हरिप्रसाद पराजुली रहेका छन् । पराजुली नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष समेत हुन् । परिषदको सदस्य सचिव नियूक्तिका लागि ३० वर्ष उमेर पुरा भएको, स्नातक तह अध्ययन पुरा भएको र ६० वर्ष ननाघेको हुनुपर्ने खेलकुद विकास ऐनमा उल्लेख छ ।

पोखराः    गण्डकी प्रदेश पुरुष भलिबल टिमका प्रशिक्षक रमेश केसी सम्मानित भएका छन् ।  गण्डकी प्रदेश भलिबल संघले आयोजना गरेको प्रथम गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको अवसरमा संघले गण्डकी प्रदेशको भलिबल गण्डकी प्रदेश भलिबलको विकासमा योगदान पुयाएका केसीलाई प्रदेशको प्रशिक्षकमा नियुक्त भएको भन्दै सम्मान गरेको हो । उनलाई गण्डकी प्रदेशमा नवनिर्वाचित प्रदेश सांसद प्रकाश बरालले सम्मानपत्र तथा दोसल्ला अर्पण गरे । सो अवसरमा बोल्दै बरालले गण्डकी प्रदेश भलिबलको शिर उचो बनाउनतर्फ सधै अग्रसर हुन आग्रह गरेका थिए ।  गण्डकी प्रदेश पुरुष भलिबल टिमको प्रशिक्षक सम्हालीरहेका केसीलाई गण्डकी खेलकुद परिषद्ले गण्डकी प्रदेश भलिबलको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । 

पोखराः   पोखरामा जारी गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपाधि दावेदार  मानिएका जिल्ला भलिबल बागलुङ र स्याङ्जा फाइनलमा प्रवेश गरेको छ ।  पोखरा रंगशाला भलिबल कोर्टमा आज (शनिबार ) भएको दोस्रो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ स्याङ्जाले नवलपुरलाई पराजित गर्दै बागलुङसँग फाइनलमा भेट पक्का गरेको हो ।  दोस्रो सेमिफाइनल खेलमा स्याङ्जाले नवलपुरलाई २२–२५, २५–२०, २५–२०, १७–२५ र १५–७ अङ्कले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।  यस्तै पोखरा रंगशाला भलिबल कोर्टमा आज (शनिबार ) भएको पहिलो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ बागलुङले कास्कीलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।  पहिलो सेट गुमाएको बागलुङले खेलमा उत्कृष्ट पूनरागमन गर्दै कास्कीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । १६–२५ ले पहिलो सेट गुमाएको बागलुङले क्रमश २५–२०ले दोस्रो जितेको बागलुङले तेस्रो सेटमा २०–२३ को अङ्कमा उत्कृष्ट पूनरागमन गर्दै २६–२४ को अङ्कमा तेस्रो सेट जितेको थियो भने चौथो सेट २५–२० ले जितेको थियो ।  फाइनलमा जिल्ला भलिबल संघ बागलुङ र स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ भने तृतिय स्थानका लागि जिल्ला भलिबल संघ नवलपुर र कास्कीबीच प्रतिस्पर्धा हुनेछ  । दुवै खेल आइतबार पोखरा रंगशाला भलिबल कोर्टमा हुने गण्डकी प्रदेश भलिबल संघले जनाएको छ ।  प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सात्वना हुनेले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट सर्भर, ब्लकर, लिव्रो, स्पाइकर र कोचले नगद १०÷१० हजार प्राप्त गर्नेछन् ।  गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की र गोरखाको सहभागिता रहेको छ । 

पोखराः   नेपाली कांग्रेसले गण्डकीमा संसदीय दलको नेता पुस १२ गते चयन गर्ने भएको छ । कांग्रेस गण्डकीको पदाधिकारी बैठकले दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरेको छ । संसदीय दलको नेता छान्न महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा सहमहामन्त्री रमेश पाण्डे र कोपिला रानाभाट सदस्य छन् । कानुनी सहजीकरणका लागि डीएलएका प्रदेश अध्यक्ष फडिन्द्र कोइराला र जिल्ला अध्यक्ष कपिलमणि दाहाल चुनिएका छन् ।   त्यसअघि सर्वसम्मत नेता चयनका लागि प्रदेश सभापति शुक्रराज शर्माको संयोजकत्वमा सहजीकरण समिति गठन भएको छ । समितिमा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्री किरणबाबु श्रेष्ठ र सहमहामन्त्री रामचन्द्र जोशी सदस्य छन् । निर्वाचन प्रक्रिया शुक्रबारदेखि नै सुरू भएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशले संसदीय दलको उम्मेदवारको दरखास्त दिने  मिति पुष १३ गते तोकेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशले मतदाता नामावली प्रकाशन पुष १२ गते, मतदाता नामावली उपर दावी विरोध (छुट वा सच्चाउने) पुष १२ गते मध्यान्ह १२ बजेदेखि  दिउँसो १ बजेसम्म समय तोकेको छ ।  नेपाली कांग्रेसले गण्डकी प्रदेशले संसदीय दलको नेता चयन गर्न पुष १३ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।       

पोखराः   पोखरामा जारी गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपाधि दावेदार  जिल्ला भलिबल बागलुङ फाइनल प्रवेश गरेको छ ।  पोखरा रंगशाला भलिबल कोर्टमा आज (शनिबार ) भएको पहिलो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ बागलुङले कास्कीलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।  पहिलो सेट गुमाएको बागलुङले खेलमा उत्कृष्ट पूनरागमन गर्दै कास्कीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।  १६–२५ ले पहिलो सेट गुमाएको बागलुङले क्रमश २५–२०ले दोस्रो जितेको बागलुङले तेस्रो सेटमा २०–२३ को अङ्कमा उत्कृष्ट पूनरागमन गर्दै २६–२४ को अङ्कमा तेस्रो सेट जितेको थियो भने चौथो सेट २५–२० ले जितेको थियो ।  दोस्रो सेमिफाइनल खेलमा अहिले जिल्ला भलिबल संघ स्याङ्जा र नवलपुरले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गरिरहेका छन् । फाइनल आइतबार हुने गण्डकी प्रदेश भलिबल संघले जनाएको छ ।  प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सात्वना हुनेले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट सर्भर, ब्लकर, लिव्रो, स्पाइकर र कोचले नगद १०/१० हजार प्राप्त गर्नेछन् ।  गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की र गोरखाको सहभागिता रहेको छ ।   

पोखराः   गण्डकीका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा  र  भारतीय अभिनेता विवेक ओवरायबीच भेटवार्ता भएको छ । शुक्रबारदेखि पोखराका विभिन्न पर्यटकीय क्षेत्रमा घुमघाममा रहेका ओवरायले मन्त्री थापालाई मंगलबार मन्त्रालयमा नै भेटघाट गरेका हुन् ।  भेटमा गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका विषयमा कुराकानी भएको छ । ओवरायले पोखराको सुन्दरताको बयान गरेका छन् । स—परिवार सहित नेपाल आएका ओवरायले पोखराको रमणीय पर्यटकीय स्थलको भ्रमणले आफु लालयित भएको अभिव्यक्ति दिए । गण्डकी प्रदेशको पर्यटन क्षेत्रको प्रवद्र्धनमा भारतीय सिनेमा मार्फत हुन सक्ने सहयोग आफुले गर्ने बताए ।  मन्त्री थापासँगको भेटमा उनले भने, ‘हजारौं वर्षदेखि नेपाल र भारतको सुन्दर सम्बन्ध तथा एकता छ । म नेपालमा आउन पाउँदा एकदमै खुशी छु। किनकी नेपाल यस्तो देश हो जहाँ भारतसँग मिल्दोजुल्दो धार्मिक, संस्कृति, इतिहास छ । नेपालको मान्छे हाम्रै हुन्, हामी उनीहरूकै हौं। पोखराको मनोरम दृश्यले मन छोयो । प्रदेशको पर्यटन क्षेत्रमा टेवा पुग्ने गरी भारतीय सिनेमा मार्फत हुन सक्ने सहयोग गरिनेछ ।’ मन्त्री थापाले सिनेमा मार्फत प्रदेशको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न मदत पुग्ने भएकोले सिनेमामैत्री ऐन निर्माणमा प्रदेश सरकारले तयारी गरिरहेको जानकारी गराए । गण्डकी प्रदेश सिनेमा छायाँकनका लागि उत्कृष्ट प्रदेश भएको बताउँदै भारतीय सिनेमा मार्फत प्रदेशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास उनको छ । मन्त्री थापाले नेपालमा छायाँकन गरिएको भारतीय सिनेमा उचाईलाई राम्रो सफलता मिलेको बताए । उनले नेपालमा छायाँकन गरिएका भारतीय सिनेमाहरुले समेत राम्रो सफलता प्राप्त गर्दा खुशी लागेको अभिव्यक्ति दिए । ‘सिनेमा छायाँकनका लागि गण्डकी प्रदेश उत्कृष्ट प्रदेश हो ।  नेपाल र भारतको सम्बन्धलाई थप प्रगाढ बनाउन सिनेमा क्षेत्रले टेवा पुग्ने विश्वास लिएको छु । यहाँका चलचित्रकर्मी र भारतीय चलचित्रकर्मीहरु बीच समन्वय भई काम गर्न सकेमा दुवै देशलाई लाभ हुनेछ । नेपालमा छायाँकन गरिएका भारतीय सिनेमाले राम्रो सफलता प्राप्त गर्दा खुशी लागेको छ’, उनले भने ।    प्रदेश सरकार बाह्य मुलुकबाट सिनेमा छायाँकनका लागि आउने कलाकर्मीहरुलाई स्वागत गर्न सदैव तत्पर रहेको अभिव्यक्ति उनको थियो । भेटमा मन्त्री थापाले ओवरायलाई मायाको चिनो स्वरुप नेपालको पहिचान झल्किाउने ढाका खुकुरी दिएका थिए ।