पोखरा:  गुरुङ (तमु) कलाकार संघ नेपाल गण्डकी प्रदेश समिति पोखराको सातौं वार्षिक साधारण सभाकाे अवसरमा  विक्रम गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।   संघको वरिष्ठ उपाध्यक्षमा मा...

पोखरा:    गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहामगरले शोकलाई शक्तिमा बदल्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ कास्की तथा गण्डकी प्रदेश समितिद्वारा दिवगंत पत्रकार त्रिभुवन पौडेल  तथा सञ्चारकर्मी अनिल शाहीको १३ औ पुण्य तिथिमा आज (बिहीबार) आयोजित श्रद्धाञ्जली सभा तथा दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गाहामगरले यस्तो अभिव्यक्ति दिनुभएको हो । मन्त्री गाहामगले दुर्घटनामा परि मृत्युभएका द्वय पत्रकारहरुको योगदानको उच्च मूल्याङ्कन गरि महासंघले उहाँहरुको योगदानलाई जीवन्त राख्नेगरि रचनात्मक काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । ‘लोकप्रिय पत्रकारहरु आज हामीमाझ नभएपनि उहाँहरुको लक्ष्य र योगदानलाई स्मरण गर्नैपर्छ, मन्त्री गाहामगरले भन्नुभयो, ‘उहाँहरुको योगदानलाई जीवन्त राख्नको लागि यहाँहरुको महासंघले रचनात्मक काम गर्नु आवश्यक छ ।’ मन्त्री गाहामगरले भन्नुभयो । मन्त्री गाहामगले मिडिया क्षेत्र आफ्नो कार्यक्षेत्र भित्र पर्ने बताउनुहुदै आगामी दिनमा मन्त्रालयको तर्फबाट मिल्ने सहयोग गर्ने उल्लेख गर्नुभयो । उहाँले संचार क्षेत्र आफ्नै विभाग भएको बताउँदै पत्रकारहरुको रायसँगै अगाडि बढ्नेसमेत बताउनुभएको थियो । यसैगरी पत्रकार महासंघ गण्डकीका संस्थापक सल्लाहकार रविन्द्र बास्तोलाले यती एयरको जहाज दुर्घटनाले पोखराको मात्र नभई नेपालकै क्षति भएको बताउनुभयो । बास्तोलाले पोखरेली पत्रकार द्वयको देहवसानले पत्रकारितामै ठुलो धक्का पुगेको धारणा व्यक्त गर्नुभएको थियो । श्रद्धाञ्जली सभा तथा दिप प्रज्वलन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सल्लाहकार निर्मला शर्मा, कास्की शाखाका कार्यसमिति सदस्य शिवराज बास्टाकोटी लगायतले शोक वक्तव्य व्यक्त गरेका थिए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासंघ गण्डकीका सदस्य सुनिल पाण्डेले गरेका थिए । सो कार्यक्रममा विभिन्न संस्काका प्रतिनिधि तथा पक्रकारहरुले १३ औं पुण्य तिथिमा दिवंगत आत्माको चीर शान्तिको कामनासहित दिव प्रज्वलन गरेका थिए । दिवंगत त्रिभुवन पौडेल नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष, महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष र हाल महासंघका केन्द्रीय सदस्य थिए । यस्तै सञ्चारकर्मी अनिल शाही एपोस्टल एफएम सञ्चालन गर्दै आएका थिए । काठमाडौंबाट पोखरा आएको यती एयरको जहाज गत माघ १ गते सेती खोँचमा दुर्घटनाग्रस्त हुँदा चालकदलका ४ सदस्य र ६८ यात्रु गरि ७२ जनाको ज्यान गएको थियो ।   

पोखराः    गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले पार्टी सदस्यता परित्याग गरेका छन् । सभामुख भएपछि स्वत पार्टी परित्याग गर्नुपर्ने भएकाले सभामुखमा निर्वाचित भएकै दिन पार्टीबाट अलग भएको धितालले बताएका छन् । पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय तरिकाले निर्वाह गर्न संवैधानिक प्रावधानप्रति प्रतिवद्ध भइ पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको उनको भनाइ छ । धिताल पुस ३० गते सभामुखमा निर्वाचित भएका थिए । धिताल माओवादी केन्द्र गोरखा १ को (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

पोखराः   नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश संसदीय दलको बैठकले प्रमुख सचेतक सुशीला सिम्खडालाई बनाएको छ ।  गोरखाकी सिम्खडा समानुपातिकबाट चुनिएकी हुन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा माओवादीका ८ सांसद छन् । संसदीय दलका नेता हरिबहादुर चुमान भौतिक पूर्वाधार मन्त्री बनेका छन् । म्याग्दीबाट निर्वाचित रेशमबहादुर जुग्जाली पनि मन्त्री नियुक्त भएका छन् । माओवादीको चुनावचिन्हबाट चुनाव जितेका नेसपाका फणीन्द्र देवकोटा मन्त्रीका प्रबल दावेदार भए पनि माओवादीको भागमा २ मन्त्रालयमात्र पर्दा उनी मन्त्री बन्न पाएनन् । प्रमुख सचेतकलाई प्रदेश सभा सचिवालयले चालकसहित गाडी सुविधा उपलब्ध गराउँछ । प्रदेश सभा सदस्यलाई अनुशासनमा राख्नेदेखि ह्विप जारी गर्नेसम्मको अधिकार प्रमुख सचेतकलाई हुन्छ ।  

पोखराः    गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले पदभार ग्रहण गर्नुभएको छ ।   गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा हिजो नियुक्त हुनुभएका गाहामगरले आज (बुधाबार) पदभार ग्रहण गर्नुभएको हो ।    मन्त्रीगाहामगरले पदभार ग्रहण गर्दै मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने शान्ति सुरक्षा, प्रहरी प्रशासन, विपद् व्यवस्थापन, कारागार व्यवस्थापन, प्रदेश अनुसन्धान ब्यूरो लगायतका कार्य जिम्मेवारसँग सम्बन्धित विषयमा आवश्यक कानून, कार्यविधि, निर्देशिका आदिको पहिचान गरि मस्यौदा तर्जुमा प्रक्रियालाई अगाडी बढाउने निर्णय गर्नुभयो ।    मन्त्री गाहामगरले पदभार ग्रहणसँगै मन्त्रायल परिसरमा वृक्षारोपण र गण्डकी प्रदेशका सुरक्षा निकायका प्रमुखहरुसँग भेटघाटसमेत गर्नुभएको थियो ।    यस्तै आर्थिक मामिला तथा योजनामन्त्री सिता कुमारी सुन्दास, भौतिक पूर्वाधारमन्त्री हरिबहादुर चुमान, सामाजिक विकासमन्त्री पन्चराम गुरुङ, कृषि तथा जलश्रोत मन्त्री वेदबहादुर गुरुङ (श्याम) र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुगजाली पनि पदभार ग्रणहण गर्नुभएको छ ।   पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका खगराज अधिकारीले हिजो (मंगलबार) मन्त्रालयलाई पूर्णता दिएका दिनुभएको थियो ।   

पोखराः  गण्डकी प्रदेशका ३ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  नेकपा एमालेबाट रोशन गाहा मगर आन्तरिक मामिला तथा कानुन मन्त्री, बेद बहादुर गुरुङ‘श्याम’ कृषि तथा जलस्रोत मन्त्री र नेकपा माओवादी केन्द्रबाट मन्त्री भएका रेशम जुग्जाली पर्यटन उद्योग र वन मन्त्रीलाई गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन ।  हेनुहोस् कसले कुन मन्त्रालय पाए ?  गण्डकी प्रदेशमा नेकपा एमालेले मुख्यमन्त्रीसहित ४ मन्त्रालय पाएको छ ।  एमालेका खगराज अधिकारी मुख्यमन्त्री, सीता सुन्दास आर्थिक मामिला मन्त्री, रोशन गाहा मगर आन्तरिक मामिला तथा कानुन मन्त्री र बेद बहादुर गुरुङ‘श्याम’ कृषि तथा जलस्रोत मन्त्रीमा नियुक्त भएका हुन् ।  नेकपा माओवादीबाट हरिबहादुर चुमान भौतिक पूर्वाधार मन्त्री, रेशम जुग्जाली पर्यटन उद्योग र वन मन्त्री भएका छन् ।  गण्डकीमा एक मन्त्रालय पाएको राप्रपाका पञ्चराम गुरुङ सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन् ।   

पोखराः   गण्डकी प्रदेशमा नेकपा एमालेले मुख्यमन्त्रीसहित ४ मन्त्रालय पाएको छ ।  एमालेका खगराज अधिकारी मुख्यमन्त्री, रोशन गाहा मगर आन्तरिक मामिला तथा कानुन मन्त्री, सीता सुन्दास आन्तरिक मामिला तथा कानुन मन्त्री र बेद बहादुर गुरुङ‘श्याम’ कृषि तथा जलस्रोत मन्त्रीमा नियुक्त भएका हुन् ।  नेकपा माओवादीबाट हरिबहादुर चुमान भौतिक पूर्वाधार मन्त्री, रेशम जुग्जाली पर्यटन उद्योग र वन मन्त्री भएका छन् ।  गण्डकीमा एक मन्त्रालय पाएको राप्रपाका पञ्चराम गुरुङ सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन् ।   

पोखराः    गण्डकी प्रदेशमा जम्मा ७ मन्त्रालय बनाउने सहमति भएको नेकपा एमाले स्रोतले बताएको छ ।  जसअनुसार एमालेले ४, नेकपा माओवादी केन्द्रले २ र राप्रपाले १ मन्त्रालय पाउनेछन् । सुन्दा विश्वास नलागे पनि सात मन्त्रालयमात्रै हुने टुंगो लागेको गण्डकी प्रदेशका प्रवक्ता तथा मन्त्री सिता सुन्दासले संकेत गरेकी छिन् ।  ‘मिलाएर बुझ्नुहोस्, लगभग त्यही सहमति हो’ प्रवक्ता सुन्दास भन्छिन् ‘भोलीसम्म कुन पार्टीलाई कुन मन्त्रालयको जिम्मेवारी दिने फाइनल हुन्छ ।’  सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रापबिच भएको आजको बैठकले मन्त्रालय बाँडफाँडको अन्तिम टुङ्गो लागेको हो । एमालेको भागमा परेको ४ मन्त्रालयमा मुख्यमन्त्रीसमेत पर्दछ ।  अब नेकपा एमालेबाट थप २ मन्त्री हुनेछन् भने माओवादीले एक मन्त्रालय पाउनेछ । राप्रपाबाट भने एक मन्त्रीले सपथ लिइसकेका छन् ।  पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्री चयन भएका खगराज अधिकारीले ३ जना बिना बिभागीय मन्त्री चयन गरेका थिए ।  

पोखरा: गण्डकी प्रदेशमा ७ मन्त्रालय बनाउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।    आइतबार सत्ता साझेदार दलको बैठकले गण्डकी प्रदेशमा ७ मन्त्रालय बनाउने अनौपचारिक सहमति भएको थियो । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकीमा १२ बाट घटाएर ७ मन्त्रालय बनाउने निर्णय गरेको सरकारकी प्रवक्ता समेत रहेकी विना विभागीय मन्त्री सिता सुन्दासले बताइन् ।   यी हुन् गण्डकीमा सात मन्त्रालयः   

पोखराः   गण्डकी विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबीच एमओयु सम्झौता भएको छ ।  खानी इन्जिनियरिङ सञ्चालनका लागि काठमाडौंले गण्डकी विश्वविद्यालयलाई सघाउने गरी आइतबार एमओयु सम्झौता भएको हो । खानी इन्जिनियरिङको उच्चस्तरीय पठनपाठन सञ्चालन गर्नलाई एकापसमा सहयोग आदानप्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।  गण्डकी विश्वविद्यालयमा आयोजित कार्यक्रममा गण्डकीका कुलपति प्राडा गणेशमान गुरुङ र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । ५ वर्षसम्म कायम हुने शर्तसहित गरिएको सम्झौता पत्रमा उच्च शिक्षाका हर पक्षमा आवश्यक विकास, प्रोत्साहन र समृद्धिमा सहकार्य गर्ने उल्लेख छ । ‘दुवै विश्वविद्यालयले आ– आफ्ना स्नातक, स्नातकोत्तर र विद्यावारीधी अध्ययनरत विद्यार्थीको आवश्यकता अनुसार पठनपाठनमा पूर्ण सहयोग गरिनेछ’, सम्झौता पत्रमा भनिएको छ । खानी इन्जिनियरिङसम्बन्धी उच्चस्तरीय पठनपाठन सञ्चालन गर्न एकापसमा सहकार्य गर्ने २ विश्वविद्यालयबीच सम्झौता छ । जसका लागि कमिटी नै गठन गरिनेछ । दुवै विश्वविद्यालयले आवश्यकताका आधारमा आफ्ना शिक्षक तथा कर्मचारीलाई अर्का विश्वविद्यालयमा काजमा खटाउन सक्ने व्यवस्था मिलाइने बताइएको छ । विश्व बजारमा माइनिङ इन्जिनियरिङको माग भएकाले काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरेरअगाडि बढ्न लागेको गण्डकीका कुलपति प्राध्यापक डाक्टर गुरुङले बताए । ‘गण्डकी प्रदेशको विश्वविद्यालय किन चाहियो भनेर प्रश्न उठिरहेको बेला छ । गण्डकी प्रदेश खानीहरुले भरिपूर्ण छ । त्यसका लागि जनशक्ति उत्पादन गर्न सक्यौ ं भने हामी सफल हुन्छौ ं’, उनले भने ।  गण्डकी विश्वविद्यालयले फरक विषय पठनपाठनलाई जोड दिएको उनको भनाइ छ । काठमाडौ ं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले तामा, फलामसँगै ढुंगा, गिट्टी, बालुवालाई सदुपयोग गर्न खानी इन्जिनियरिङ पढाइ आवश्यक रहेको बताए । ‘सरकारले गर्न नभ्याएको क्षेत्रमा युवाले पढ्न चाहेको पाठ्यक्रम बनाएर रोजगारमूलक शिक्षा दिएका छौ ं’, उनले भने ।  सम्झौता पत्र आदानप्रदान कार्यक्रममा पुगेकी गण्डकी प्रदेशकी प्रवक्ता सीता सुन्दासले गण्डकी प्रदेश खानीले भरिपूर्ण भएकाले यो विषयको पढाइले उत्खननमा सघाउ पुग्ने अपेक्षा गरिन् । फलाम, तामा खानी भएर पनि उत्खनन् हुन सकिएको छैन । खानीको उत्खनन् गर्न सके विकास सम्भव छ’, उनले भनिन् । उनले राज्यको ध्यान पुग्न नसकेको क्षेत्रमा प्राज्ञिक क्षेत्रले सुझाव दिन आवश्यक रहेको बताइन ।