चेम्बर गण्डकी र प्रदेशका मन्त्रीबीच भेटघाट
पाेखरा | माघ १३, २०७९

पोखराः चेम्बर अफ कमर्स गण्डकीको टोलीले गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरुसँग भेटघाट गरेको छ ।
चेम्बर अफ कमर्स गण्डकी प्रदेशका अध्यक्ष किसान सुनारको नेतृत्वमा आर्थिक मामिलामन्त्री सीता कुमारी सुन्दास, आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहामगर र कृषि,उर्जा तथा जलस्रोतमन्त्री बेदबहादुर गुरुङसँग भेटघाट गरेको हो ।
भेटघाटको अवसरमा बोल्दै आर्थिक मामिलामन्त्री सीता कुमारी सुन्दासले प्रदेशको विकासको निम्ति व्यवसायीहरुसँग समन्वय गर्दै जाने बताईन् । 'व्यवसायीहरुको समस्या छुट्टै छ, त्यसलाई समाधान गर्दै प्रदेशको विकासका निम्ति व्यवसाय र प्रदेशवासीसँगै रहेर विकासलाई तिव्रता दिने छौ ।' मन्त्री सुन्दासले भनिन् ।
चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले प्रदेशको विकासका लागि सबै क्षेत्रका व्यवसायीहरुलाई अगाडी बढाउन आग्रह गरे । नवनियुक्त भएका मन्त्रीहरुसँग भेटघाटको क्रममा अध्यक्ष सुनारले प्रदेशको विकासको निम्ति सरकार र व्यवसायी एकतावद्ध भएर अगाडी बढ्नुपर्नेमा जोड दिए ।
चेम्बर अफ कमर्स गण्डकी प्रदेशका पदाधिकारीसँगै पर्वत, गोरखा, तनहुँ, स्याङ्जा लगायतका जिल्लाका अध्यक्ष तथा पदाधिकारीहरु सहितको टोलीले प्रदेशका नवनियुक्त मन्त्रीहरुसँग भेटघाट गरेको हो ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...