म्याग्दीमा यस वर्ष अघिल्लो वर्षको तुलनामा आलु बालीको उत्पादन नौ प्रतिशतले बढेको छ ।   एक हजार ८२० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिक टनका दरले ३५ हजार मेट्रिक टन आलु उत्पादन भएको कृषि...

पोखरा:   गण्डकी प्रदेश सभा सदस्य जीतबहादुुर शेरचनले अहिले सांसद तथा मन्त्रीहरुले सरकारी कर्मचारी तथा प्रहरीको सरुवा गर्ने काम मात्र गरेको बताएका छन् ।  गण्डकी प्रदेश सभाको पहिलो अधिवेशनको १४औं बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।  ‘अहिले सांसद तथा मन्त्रीहरुको अरु काम देखिएको छैन्, सरकारी कर्मचारी र प्रहरीको सरुवा गर्ने मात्र भएको छ, शेरचनले भने, ‘अहिलेबागलुङको बुर्तिबाङ मालपोत कार्यालयमा कर्मचारी छैन्, जान मान्दैन, मालपोत पठाएको कर्मचारी मन्त्री सांसदको फोर्स लगाएर नगरपालिकामा बसेको छ ।’ प्रदेश सभामा सांसद शेरचनले सुगम र दुर्गममा भएका आफु नजिकको सरकारी कार्यालयमा सरुवा गर्ने परिपाटी रहेको बताए ।  ‘सांसद मन्त्रीहरुले अहिले पनि दुर्गम जिल्लामा भएका आफु नजिक कर्मचारीहरुलाई सुगम जिल्लातिर सरुवा गर्ने गरेका छन्, उनले भने, ‘आज मन्त्रालयमा एउटा फाइल लिएर जाने हो भने, १५/२० ठाउँ हस्ताक्षर गर्न पर्छ, आवश्यक रहेको क्षेत्रमा पूर्वाधार निर्माण गर्न ४/५ ठाउँमा हस्ताक्षर गरे हुँदैन ।’ आज गण्डकी प्रदेश सभामा गण्डकी प्रदेश निजामति सेवाको गठन,सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशमा छलफल भएको थियो । 

पोखरा:  गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापाले (गृह जिल्ला) नवलपुरका विभिन्न प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालयको निरिक्षण गरेका छन् ।   आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो पटक गृह जिल्ला पुगेर प्रहरी कार्यालय र त्रिवेणी भन्सारको स्थलगत अनुगमन गरेका हुन् ।   स्थलगत अवलोकनका क्रममा मन्त्री गाहामगरले छिमेकी राष्ट्र भारतसँगको सिमानामा रहेको इलाका प्रहरी कार्यालय त्रिवेणी, सोही सीमामै रहेको सशत्र प्रहरी बलको विओपी, बुलिङटार प्रहरी चौकी र इलाका प्रहरी कार्यालय डेढगाउँको निरीक्षण गरे ।  अवलोकन पश्चात प्रहरी कार्यालयलाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक रहेकाले सोही अनुरुप अघि बढ्ने मन्त्री गाहामगरले बताए । ‘अनुगमन पछि मैले सिमित स्रोत र साधनले उच्च मनोबलसहित देश र जनताको सेवामा समर्पित भएको देखे, मन्त्री गाहामगरले भने, राष्ट्रसेवकहरुको न्यूनतम र आधारभूत आवश्यकतालाई सम्बोधन गर्नेगरि तयारी थाल्नेछौ ।’   उनले अनुगमन गरेका दुई इलाका प्रहरी कार्यालय १ वटा बिओपी र एक प्रहरी चौकीको बेग्लाबेग्लै समस्या रहेको बताउदै समाधान गर्न मन्त्रालय पछि नहट्ने बताए । ‘मैले मात्रै होइन मन्त्रालयका कर्मचारीहरुको टिमले नै निरिक्षण गरेका छौं, कानूनको परिधिमा रहेर के कति सम्म सहयोग गर्न मिल्छ, हामीले प्राथमिकतामा राखेर नै काम गर्छाै ।’ मन्त्री गाहामगरले भने ।   सीमाक्षेत्रमा खटिएका प्रहरी तथा सशत्र प्रहरीका लागि विपद् व्यवस्थानका लागि उद्धारका समाग्री, सुरक्षा र गतिविधिको प्रत्यक्ष निगरानी बढाउने उद्देश्यसहित सिसिटिभी जडान, प्रहरी कार्यालयको कम्पाउण्डिङ गरिनुपर्ने सम्बन्धित प्रहरी कार्यालयले माग राखेको थियो । सो मागहरु पूरा गर्नका लागि मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले सम्बन्धित स्थानीय सरकारसँग समन्वय गरेर अगाडी बढ्ने बताए ।  ‘स–साना कामहरु यहीकै स्थानीय सरकारले गर्नुहुन्छ । त्यसका लागि हामी उहाँहरुसँग समन्वय गर्नुहोला । बाँकी ठुला कामहरुका लागि मन्त्री ज्यूनै फिल्ड भिजिटमा हुनुहुन्छ त्यो कामहरुका लागि चिन्ता नलिनुहोला ।’ सचिव अधिकारीले भने ।   मन्त्री गाहामगर नेतृत्वको निरिक्षण टोलीमा आन्तरिक मामिला तथा कानून मन्त्रलायका सचिव बद्रीनाथ अधिकारी तथा शाखा अधिकृतहरुको सहभागिता थियो ।       गृह जिल्लामा मन्त्री गाहामगरलाई सम्मान   आन्तरिक मामिला तथा कानूनमन्त्री बनेपछि पहिलोपटक गृह जिल्ला पुगेका रोशन बहादुर गाहा थापा मगर सम्मान अर्पण गरिएको छ । तीन दिने स्थलगत अवलोकनसहित गृहजिल्ला नवलपुर पुगेका मन्त्री गाहामगरलाई विभिन्न सामाजिक संस्थाले सम्मान अर्पण गरेको हो । गत शनिबार नवलपरको कावासोती नगारपालिका पुगेका उनलाई नेपाल लोकतान्त्रिक तामाङ संघ नवलपुर जिल्ला समितिले आन्तरिक मामिला तथा कानूनमन्त्री भएको भन्दै सम्मानपत्र तामाङ समुदायको टोली तथा खादा र मालाले सम्मान गर्याे ।    यस्तै नेपाल रेडक्रस सोसाइटी नवलपुर उपशाखा, उद्योग वाणिज्य संघ, कावासोती, अमलटारी सामुदायिक होमस्टे समिति, कावासोती नगरपालिका, कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, जिल्ला समन्वय समिति नवलपुर, मध्यविन्दु सामुदायिक रेडियो, गजेन्द्र मोक्षधाम त्रिवेणी धार्मिक क्षेत्र विकास समिति, नवदुर्गा राधा क्यान्सर सचेतना फाउण्डेशन, सामुदायिक वन उपभोक्ता समिति, स्थानीय आमा समुह, चिलाहा रतवल सामुदायिक होमस्टे, नेपाल मगर संघका जिल्ला तथा इकाई समितिहरु लगायत विभिन्न संघ तथा संस्थाहरुले सम्मान अर्पण गरेका थिए ।     सम्मान ग्रहणपश्चात बोल्दै मन्त्री गाहामगरले ‘समृद्ध गण्डकी प्रदेश सुखी प्रदेशबासी’को नारालाई साकार पार्न निरन्तर लागिरहने प्रतिबद्धता जनाएका थिए ।        

पोखरा:    गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले कालीगण्डकी डाइभर्सनको विरोध गर्ने र प्रदेश बलियो बनाउनुपर्छ भन्ने मान्यता राख्दै आएको बताएका छन् ।    उनले निजी क्षेत्रसँग मिलेर,पूँजीगत खर्च बढाएर र ठूला परियोजना निर्माण गरेर गण्डकीलाई समृद्ध बनाउने उद्घोष पनि गरे । कालीगण्डकी डाइभर्सनको विरोध गर्ने र प्रदेश बलियो बनाउनुपर्छ भन्ने मान्यता राख्ने पहिलो व्यक्ति नै आफू भएको जिकिर गर्दै उनले भने,‘कालीगण्डकी डाइभर्सन भन्ने कुरा कुनै ठूला नेताले बोलेर हुन्छ ?उत्तरगंगा परियोजना सुनको अण्डा पार्ने प्रोजेक्ट हो, किन हामीलाई गर्न नदिने? हामी यसलाई आफ्नै स्रोतबाट बनाउन सक्छौँ ।’ उनले संघ सरकारका विभिन्न कानूनी अवरोधका कारण काम गर्न अप्ठेरो परेको पनि सुनाए । जग्गा प्राप्ति र भौतिक निर्माणमा वनले रोक्दा अप्ठेरो परेको उनले प्रष्ट पारे । ‘त्रिवेणीसम्म त हामी आफैं जान पाउनुप¥यो नि,यस्तो अवरोध छ कि, कहिले वातावरणीय मूल्याङ्कन गर्ने,कहिले के भनेर राजमार्ग रोकिएको छ,’उनले भने । उनले प्रदेशको राजश्व बढाउनु आफ्नो पहिलो काम भएको पनि बताए ।    उनले प्रदेशलाई बलियो बनाउनु आफ्नो एकमात्र लक्ष्य भएको बताए। ‘प्रदेश सरकारलाई तपाईंले बलियो बनाउन सक्नुहुन्न भने,साझा अधिकारको विषयमा कानून नबनाउनु भनेको यो (प्रदेश संरचना) नै फालौं भनेजस्तो हुन्छ भनेर मैले प्रधानमन्त्रीलाई भनेको छु,’,पोखरा उद्योग वाणिज्य संघले सोमबार उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्रीले भने,‘अधिकार नदिने हो भने प्रदेश सरकार हिजोको जिल्ला विकास समिति र जिसस जिल्ला समन्वय समितिजस्तो हुन्छ ।’ उनले कर्मचारी समायोजनमा अझै समस्या रहेको पनि खुलासा गरे । ‘यहाँ तीन हजार कर्मचारी आएको भनियो तर को कहाँ छन्, थाहा छैन,’,उनले भने ।   उनले संघ सरकारले सयौं टुक्रे योजनाहरु आफूखुसी प्रदेशमा दिएको र ठेक्का प्रक्रियामा गइसकेपछि रकम फिर्ता लगेर नचाहिँदो काम गरेको आरोप पनि लगाए । ‘संघको यस्तो कामले पूँजीगत खर्च बढ्छ ?’उनले प्रश्न गरे ।    कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले अर्थतन्त्र चलायमान बनाउन पूूँजीको लागत कम गर्नुपर्नेमा जोड दिए ।‘पूँजीको लागत कम गर्न घुसखोरी होस् कि, सिण्डिकेट होस् कि चर्को ब्याजदर नै किन नहोस्,त्यो रोकिनुपर्छ,’,उनले भने,‘राज्यले चाहे यी सबै कुरा सल्ट्याउन सक्छ,राज्य मौन बसे अवाञ्छित तत्वले लाभ लिन्छन् ।’ उनले गण्डकी प्रदेशबासीको क्रयशक्ति घटेको र प्रदेशको सामथ्र्य सुदूरपश्चिमभन्दा तल पुग्ने अवस्था आएको बताउँदै लगानी भित्र्याउन वातावरण निर्माण र ठूला परियोजनाको खाका कोर्नुपर्ने बताए ।  कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले मुख्यमन्त्रीसँग निजी क्षेत्र मैत्री व्यावसायिक वातावरण निर्माणको लागि पहल गर्न आग्रह गरे । उनले बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजका कारण व्यवसायीहरु मर्कामा परेको उल्लेख गर्दैव्यवसायीहरुमाथिको धरपकड अन्त्यको माग गरे । अध्यक्ष प्रजापतिले  पूँजीगत खर्च बढाउन,भौतिक पूर्वाधार निर्माणलाई गति दिन,पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट  छिटो अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण निर्माण गर्न र औद्योगिक क्षेत्र स्थापनाको पनि माग गरे ।  उनले प्रदेश सरकार भएर पनि सानो कामको लागि काठमाडौं जाने प्रवृत्तिको अन्त्य हुनुपर्ने पनि बताए ।‘हामीसँग नजिकको प्रदेश सरकार छ तर उद्योग दर्ता, नवीकरणदेखि, राजश्व बुझाउन पनि काठमाडौं जानुपर्नेै बाध्यता छ,’,उनले भने, हामीले कम्पनी रजिष्टारको कार्यालय पोखरामा हुनुपर्छ भन्ने आवाज उठाउँदै आएको धेरै भयो । त्यस्तै सामाजिक सुरक्षा कोषको कार्यालय पनि पोखरामा होस् भन्ने हाम्रो माग छ ।’ उनले सुनचाँदीदेखि साना ढुवानीका समस्याको पनि उठान गरे ।  त्रिवेणी–कोरला तथा मध्यपहाडी राजमार्गबाट गण्डकीले कसरी फाइदा लिने भन्नेबारेमा सोच्नु्पर्ने बेला आइसकेको पनि उनको भनाइ थियो । पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको पर्यटन प्रवद्र्धनको लागि काम गर्न मुख्यमन्त्रीसँग आग्रह गरे । उनले बिहार र उत्तरप्रदेशका मुख्यमन्त्रीलाई पोखरा र मुक्तिनाथ भ्रमण गराउन तथा चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउनेतर्फ तत्काल काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री हरिबहादुर चुमान,आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहा मगर, गण्डकी नीति तया योनजा आयोगका उपाध्यक्ष डा। गिरिधारी शर्मा पौडेलको समेत उपस्थिति रहेको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीको धन्यवाद र महासचिव बलराज आचार्यको संचालन रहेको थियो ।

कास्की:   गण्डकी प्रदेश सरकारले पाँचौ स्थापना दिवस –२०७९ मनाएको छ ।   गण्डकी प्रदेश सरकार स्थापनाको पाँचौ वर्ष पूरा भई छैटौं वर्षमा प्रवेश गरेको अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको व्यवस्थापनमा आज (बिहीबार) स्थापना दिवस मनाएको हो ।    सो अवसरमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकारको पाँच वर्षको गतिविधि समेटिएको पुस्तक विमोचन गरेका थिए ।    विमोचन पश्चात सभालाई सम्बोधन गर्दै प्रदेश प्रमुख गुरुङले आम नागरिक र राजनीतिक व्यत्तित्वहरुको समन्वयमा प्रदेश सरकारले कदम चाल्नुपर्ने धारणा राखे ।  उनले यसअघिका सरकारले आधारशीला तयार गरिसकेको बताउदै वर्तमान सरकारले कार्यान्वयनको पक्षमा लाग्नुपर्ने बताएका थिए ।    यस्तै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेतृत्व पङ्तिमा रहेका व्यक्तिहरुले चुनौतीमा अवसर देख्नुपर्ने तर्क राखे ।    उनले चुनौती भित्र समस्या देख्ने व्यक्तिहरु सफल हुन नसक्ने भन्दै चुनौतीमा अवसर खोज्नुपर्ने दोहोर्याए । ‘नेतृत्वमा बस्ने र रहनेहरुले चुनौतीमा अवसर देख्नुपर्छ र चुनौतीमा समस्या देख्नेहरु नेता  हुन सक्दैनन् । त्यसैले चुनौतीलाई अवसरमा बदल्न सक्नुपर्छ ।’ उनले भने ।   उनले आफु नेतृत्वको सरकारले संघीय सरकारसँग स्वायत्तताका लागि संघर्ष गरेको स्मरणसमेत गरेका थिए ।    सो कार्यक्रममा निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सभामुख कृष्ण प्रसाद धिताल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।    सो कार्यक्रमकाबीच उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै विभिन्न ३ विधामा १० जना निजामती कर्मचारीलाई पुरस्कृत गर्ने घोषणा गरिएको थियो ।   सहिदपार्कस्थित सहिद स्तम्भमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री हरि बहादुर चुमान, आर्थिक मामिलामन्त्री सीता सुन्दास, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ, आन्तरिक मामिला तथा कानूनमत्री रोशन बहादुर गाहा थापा, उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री बेद बहादुर गुरुङ, उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री रेशम जुग्जाली लगायतले माल्र्यापण गरि प्रभातफेरि कार्यक्रम शुभारम्भ गरिएको थियो । सो र्याली पोखरा सभागृहमा आएर  मुल समारोहमा परिणत भएको थियो ।   प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।  

पोखरा:   राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाही र पुरुष यू–२३ राष्ट्रिय टोलीका सदस्य रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।  गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा स्याङ्जाको वालिङमा सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा जिल्ला भलिबल संघ म्याग्दीका कप्तान अरुणा र बागलुङका कप्तान रवि सर्वोकृष्ट खेलाडी घोषित भएका हुन् । उनीहरुले नगद १५ हजार पुरस्कार प्राप्त गरे ।  महिलातर्फ विधागतमा उत्कृष्ट सर्भर सोइङ थापा (स्याङ्जा), स्पाइकर रिमा कुँवर (पर्वत), ब्लकर तिलिजा पुन (म्याग्दी), लिब्रो जायरा निसा (स्याङ्जा), सेटर रविना घर्तिमगर (म्याग्दी) र उत्कृष्ट कोच जिल्ला भलिबल संघ म्याग्दीका मलिन रोका घोषित भए । उनीहरुले जनही १० हजार पुरस्कार प्राप्त गरे ।  पुरुषतर्फ विधागतमा उत्कृष्ट सर्भर घनश्याम चौधरी (नवलपुर), सेटर मिन सुनार (बागलुङ), ब्लकर हिमाल सुनारी (नवलपुर), लिब्रो सौगात जिसी (पर्वत), स्पाइकर विष्णु क्षेत्री (पर्वत) र उत्कृष्ट कोच जिल्ला भलिबल संघ बागलुङका कृष्ण शेरचन घोषित भए । उनीहरुले जनही १० हजार पुरस्कार प्राप्त गरे ।  स्याङ्जाको वालिङमा सम्पन्न भएको गण्डकी प्रदेश मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ जिल्ला भलिबल संघ म्याग्दी र पुरुषतर्फ बागलुङले उपाधि जितेका थिए ।   

पोखरा:  गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा आयोजित गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबलको फाइनलको समिकरण पूरा भएको छ ।  स्याङ्जाको वालिङमा जारी गण्डकी प्रदेशस्तरीय पुरुषतर्फको दोस्रो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ पर्वतले नवलपुरलाई ३०को सोझो सेटमा पराजित गर्दै फाइलन प्रवेश गरेपछि समिकरण पूरा भएको हो ।  पर्वतले २५-१८, २५-२२ र २५-२० ले विजयी हुँदै फाइलनमा बागलुङसँगको भेट पक्का गरेको छ ।  यस्तै पुरुषतर्फको पहिलो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ तनहुँलाई ३–२ को सेटमा पराजित गर्दै बागलुङले​ फाइलनमा स्थान पक्का गरेको थियो ।   बागलुङले शुरुवाती दुई सेट गुमाएपनि उत्कृष्ट पूनरागमन गर्दै नाटकीय जित निकालेको हो । पहिलो र दोस्रो सेट क्रमशः १८–२५ र २३–२५ ले गुमाएको बागलुङले तेस्रो सेट २५–१५, २५–१९ र पाचौं तथा निर्णायक सेट १७–१५ अङ्कले जित्दै मुख्यमन्त्री भलिबल कपको फाइनलमा प्रवेश गरेको हो ।  गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री भलिबल कपमा उपाधिका लागि महिलातर्फ जिल्ला भलिबल संघ म्याग्दी र पर्वत, पुरुषतर्फ जिल्ला भलिबल संघ बागलुङ र पर्वतबीच भोलि (बुधबार) स्याङ्जाको वालिङमा हुनेछ ।  प्रतियोगितामा महिला तथा पुरुषतर्फको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले जनही २० हजार र विधागततर्फ ५ जना खेलाडीले जनही १० हजारसहित प्रमाणपत्र मेडल पाउनेछन् ।  गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा स्याङ्जाको वालिङमा गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल फागुन १ गतेदेखि जारी छ । 

पोखरा:    गण्डकी प्रदेशका सर्जक तथा कलाकर्मीका कालजयी  सिर्जनाको सम्मानार्थ पब्लिक फोरके टेलिभिजनले ‘सम्मान र सम्झनामा स्रष्टाहरु’ कार्यक्रम गर्ने भएको छ । टिभीको औपचारिक सुरुआत हुने दिन फागुन ७ गते उक्त कार्यक्रम गर्न लागेको हो । पब्लिक फोरके टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रममा सुगम संगीतका चर्चित गायक राज सिग्देल, बिनोद बानिया, अजुदा थापा, सन्तोष बस्याल लगायत कलाकारको प्रस्तुति रहनेछ ।  गण्डकी प्रदेशका  दिवंगत स्रष्टाहरुको सम्झना तथा सम्मानमा गर्न लागिएको कार्यक्रममा झलकमान गन्धर्व, धर्मराज थापा, अलि मियाँ, सरोजगोपाल बज्राचार्य, भूपि शेरचन, माधवप्रसाद घिमिरे, कल्याण शेरचन, धनबहादुर गायक, प्रविण गुरूङ, सुन्दर थापालगायत सर्जकका कालजयी गीत प्रस्तुत हुने पब्लिक टेलिभिजनका प्रवन्ध निर्देशक मन क्षेत्रीले जानकारी दिए । कार्यक्रमको प्रत्यक्ष प्रसारण पब्लिक फोरके टेलिभिजनसहित यसैका अफिसियल युट्युब र फेसबुक पेजमार्फत पनि हुनेछ । टेलिभिजनले आफ्नो नियमित प्रशारण आरम्भ गर्दैगर्दाको अवसरमा यो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम होटल पोखरा ग्रान्डमा हुनेछ । प्रदेशकै पहिलो फोरके प्रविधिमा सञ्चालनमा आउन लागेको  टिभीको औपचारिक उद्घाटन समारोहमा गण्डकी प्रदेशका राजनीति, कला, साहित्य, संगीत, पर्यटन, पत्रकारिता, उद्योग, खेल क्षेत्रका व्यक्ति व्यक्तित्व उपस्थित हुने क्षेत्रीले जानकारी दिए ।  

पोखरा:  आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशले पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन गरेको छ ।   पोखराका अग्रज तथा क्रियाशिल पत्रकारहरुसँग आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा मगरले आज (मंगलबार) अन्तरक्रिया गरेका हुन् ।   उनले सो अवसरमा बोल्दै कानूनमन्त्री गाहामगरले आफु मिडियामैत्री रहेको बताए ।    उनले मिडिया विधेयक पारित गर्ने सन्र्दभमा पत्रकारहरुको राय र प्रतिक्रिया अनुसार अगाडी बढ्ने धारणा राखे । ‘मिडिया विधेयकको विषयलाई हामीले गम्भीर रुपमा लिएका छौं, उनले भने, ‘मन्त्रालयको सचिव, सम्बन्धित विषयका कर्मचारीहरुसँग आवश्यक छलफल गरेर यहाँहरुको समस्या सम्बोधन गर्ने कुरामा म सकरात्मक छु । त्यसैले यहाँहरुको राय अनुसार नै अघि बढ्नेछु ।’   मन्त्री गाहामगरले प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी सम्हालेको बताउदै मन्त्रिपरिषद्को निर्णय २४ घण्टामा सार्वजनिक गर्न भनिएपनि त्यो भन्दा अगावै सार्वजनिक गर्ने सुनाए ।   यसैगरि उनले भर्खरै मात्र मन्त्रालय सम्हालेको बताउदै मन्त्रालय समायोजन र कर्मचारी व्यवस्थापनमा लागिरहेको बताए । ‘दुइवटा मन्त्रालय समायोजन भएको छ । र कर्मचारीको व्यवस्थापन पनि भइरहेको छ । त्यसैले केही दिनमै यी कामहरु सकिन्छ । त्यसपछि नीतिगत रुपमा कामहरु अगाडी बढ्नेछ ।’ मन्त्री गाहामगरले भने ।   उनले फरक प्रसंगमा बोल्दै मन्त्रालयले वितरण गर्दै आएको लोककल्याणकारी विज्ञापनलाई व्यवस्थित तवरले वितरण गर्नेसमेत बताए ।    उनले आगामी दिनमासमेत पत्रकारहरुसँग समन्वय र सहकार्य गर्दै सकरात्मक काममा अघि बढ्ने धारणा राखेका थिए ।    सो अन्तरक्रिया कार्यक्रममा मन्त्रालयले हालसम्म गरेका गतिविधिको फेयरिस्तसमेत सार्वजनिक गरेको थियो । कानून मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले सो कार्यक्रमको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शाखा अधिकृत खुबीराम पोख्रेलले गरेका थिए ।   

पोखरा:  गण्डकी प्रदेशका आन्तरिक तथा कानूनमन्त्री रोशनबहादुर गाहामगरले सहिद लखन थापामगर मगर समुदायको मात्र नभइ राष्ट्रकै साझा विभूती भएको बताएका छन् ।  शहिद क्याप्टेन लखन थापामगरको १४६ औं स्मृति दिवसको अवसरमा नेपाल मगर संघ कास्कीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।  ‘सहिद लखन थापामगर, मगर समुदायको मात्र होइन । सिंगो यो देशको साझा विभूती हुन्, मन्त्री गाहामगरले भने, ‘त्यसैले मगर समुदायले मात्रै होइन सम्पूर्ण नेपालीले राष्ट्रकै पहिलो सहिदको रुपमा बुझ्न आवश्यक छ । किनभने उनले यो देशमा प्रजातन्त्र, लोकतन्त्र ल्याउन र जनतालाई अधिकारको प्रत्याभुत गराउका निम्ती सहिद भएका थिए ।’ उनले सहिद लखन थापामगरले अधिकार प्राप्तिको लागि बलिदानी दिएको बताउदै दोहोर्याए, ‘जनतालाई राजनीतिक, सामाजिक परिवर्तन, न्याय र अधिकारको सुनिश्चिता गर्ने समयमा शहिद भएका थिए । त्यसैले शहिद लखन थापामगर मगरको मात्र शहिद नभएर सिंगो राष्ट्रको साझा राष्ट्रिय विभूति हुन् ।’ देशमा प्रजातन्त्र र लोकतन्त्रसँगै नेपाली जनतालाई अधिकार प्राप्त गर्नका निम्ति पहिलो शहिद भएको मन्त्री गाहामगरले बताए । ‘जंगबहादुर राणाको शासनको विरुद्ध सहिद थापामगरले हल्लाउने काम ग¥यो, देशमा प्रजातन्त्र, लोकतन्त्र र नेपालीहरुलाई अधिकार प्राप्त गराउने समयमा पहिलो शहिद हुन पुगेका हुन् ।’ उनले भने । मन्त्री गाहामगरले सहिद लखन थापामगरले इतिहासमा गरेका योगदानलाई पाठ्यक्रमको आधारभूतदेखि माध्यमिक शिक्षासम्मको पाठ्यक्रममा समावेश गर्नुपर्ने धारणा राखे । उनले फरक प्रसंगमा बोल्दैसंख्याको हिसाबमा धेरै भएपनि राजनीतिक लगायत विभिन्न क्षेत्रमा मगर समुदाय पछि परेको बताउँदै अधिकार प्राप्तिको लागि शिक्षाको माध्यम र राजनीतिक हिसाबमा अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए । यस्तै कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय उपमहासचिव खेमबहादुर पुनमगरले सहिद थापामगरको स्मृति कार्यक्रम मगर संघले नभएर राष्ट्रले नै गर्न आह््वान गरे ।  यस्तै कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका महासचिव सुजन लामाले लखनचोकमा बेलाबेलामा हुने हस्तक्षेपको विरोध गर्दै पुनः हस्तक्षेत्र दोहोरिए प्रतिकारमा उत्रने बताए ।  शहिद क्याप्टेन लखन थापामगरको १४६ औं स्मृति दिवसको अवसरमा नेपाल मगर संघ कास्कीको भवनबाट ¥यालीसहित पोखराको लखनचोकमा रहेको आएर ¥याली कोण सभामा परिणत भएको थियो ।  सहिद थापामगरको शालिकमा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले माल्यार्पण गर्दै १४६ औं स्मृति दिवस मनाइएको थियो । सो कार्यक्रममा नेपाल मगर संघ कास्कीमा आवद्ध विभिन्न इकाई समितिका मगर समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।