मुख्यमन्त्री भलिबल कपः उपाधिका लागि पुरुषतर्फ बागलुङ र पर्वत, महिलातर्फ म्याग्दी र पर्वत भिड्ने
पाेखरा | फागुन २, २०७९
पोखरा: गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा आयोजित गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबलको फाइनलको समिकरण पूरा भएको छ ।
स्याङ्जाको वालिङमा जारी गण्डकी प्रदेशस्तरीय पुरुषतर्फको दोस्रो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ पर्वतले नवलपुरलाई ३०को सोझो सेटमा पराजित गर्दै फाइलन प्रवेश गरेपछि समिकरण पूरा भएको हो ।
पर्वतले २५-१८, २५-२२ र २५-२० ले विजयी हुँदै फाइलनमा बागलुङसँगको भेट पक्का गरेको छ ।
यस्तै पुरुषतर्फको पहिलो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ तनहुँलाई ३–२ को सेटमा पराजित गर्दै बागलुङले फाइलनमा स्थान पक्का गरेको थियो ।
बागलुङले शुरुवाती दुई सेट गुमाएपनि उत्कृष्ट पूनरागमन गर्दै नाटकीय जित निकालेको हो । पहिलो र दोस्रो सेट क्रमशः १८–२५ र २३–२५ ले गुमाएको बागलुङले तेस्रो सेट २५–१५, २५–१९ र पाचौं तथा निर्णायक सेट १७–१५ अङ्कले जित्दै मुख्यमन्त्री भलिबल कपको फाइनलमा प्रवेश गरेको हो ।
गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री भलिबल कपमा उपाधिका लागि महिलातर्फ जिल्ला भलिबल संघ म्याग्दी र पर्वत, पुरुषतर्फ जिल्ला भलिबल संघ बागलुङ र पर्वतबीच भोलि (बुधबार) स्याङ्जाको वालिङमा हुनेछ ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले जनही २० हजार र विधागततर्फ ५ जना खेलाडीले जनही १० हजारसहित प्रमाणपत्र मेडल पाउनेछन् ।
गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा स्याङ्जाको वालिङमा गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल फागुन १ गतेदेखि जारी छ ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

