कप्तान अरुणा र रवि सर्वोत्कृष्ट खेलाडी
पाेखरा | फागुन ३, २०७९
पोखरा: राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाही र पुरुष यू–२३ राष्ट्रिय टोलीका सदस्य रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा स्याङ्जाको वालिङमा सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा जिल्ला भलिबल संघ म्याग्दीका कप्तान अरुणा र बागलुङका कप्तान रवि सर्वोकृष्ट खेलाडी घोषित भएका हुन् । उनीहरुले नगद १५ हजार पुरस्कार प्राप्त गरे ।

महिलातर्फ विधागतमा उत्कृष्ट सर्भर सोइङ थापा (स्याङ्जा), स्पाइकर रिमा कुँवर (पर्वत), ब्लकर तिलिजा पुन (म्याग्दी), लिब्रो जायरा निसा (स्याङ्जा), सेटर रविना घर्तिमगर (म्याग्दी) र उत्कृष्ट कोच जिल्ला भलिबल संघ म्याग्दीका मलिन रोका घोषित भए । उनीहरुले जनही १० हजार पुरस्कार प्राप्त गरे ।
पुरुषतर्फ विधागतमा उत्कृष्ट सर्भर घनश्याम चौधरी (नवलपुर), सेटर मिन सुनार (बागलुङ), ब्लकर हिमाल सुनारी (नवलपुर), लिब्रो सौगात जिसी (पर्वत), स्पाइकर विष्णु क्षेत्री (पर्वत) र उत्कृष्ट कोच जिल्ला भलिबल संघ बागलुङका कृष्ण शेरचन घोषित भए । उनीहरुले जनही १० हजार पुरस्कार प्राप्त गरे ।
स्याङ्जाको वालिङमा सम्पन्न भएको गण्डकी प्रदेश मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ जिल्ला भलिबल संघ म्याग्दी र पुरुषतर्फ बागलुङले उपाधि जितेका थिए ।
पोखरा । गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...
पोखरा । गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

