म्याग्दीमा यस वर्ष अघिल्लो वर्षको तुलनामा आलु बालीको उत्पादन नौ प्रतिशतले बढेको छ ।   एक हजार ८२० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिक टनका दरले ३५ हजार मेट्रिक टन आलु उत्पादन भएको कृषि...

गत शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी अल्पमतमा परी बाहिरिएपछि रिक्त रहेको पदमा आजसम्म प्रतिपक्ष दलले दाबी गर्न पाएका छैनन् ।    नयाँ मुख्यमन्त्री चयन गर्न प्रदेश प्रमुखले आव्हान गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रदेश प्रमुखको कार्यालयले जनाएअनुसार आजै प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्ले मुख्यमन्त्री दाबीकालागि आव्हान गर्ने तयारी गरिरहेको छ ।    प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले अहिले यही विषयमा काम भइरहेको जनाउँदै प्रमुख गुरुङले आव्हान गर्ने जनाए ।    ‘प्रदेश प्रमुखको कार्यालय यही काममा जुटिरहेको छ’ प्रवक्ता अर्याल भन्छन् ‘अबको केही समयमा मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुखबाट आव्हान हुनेछ ।’   यद्यपि, प्रदेश प्रमुखबाट संविधानको धारा १६८ को कुन उपधारामार्फत आव्हान हुनेछ भन्ने विषयमा भने कुनैपनि जानकारी दिइएको छैन । ‘यस विषयमा केही समय कुर्नैपर्ला’ अर्यालले भने ।    धारा १६८ को उपधारा (१) मा ‘प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषदको गठन हुनेछ’ उल्लेख छ ।    त्यस्तै, (२) उपधारा (१) बमोजिम ‘प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ’ भनिएको छ । 

पोखरा:    गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।      सभाको यस अधिवेशन वैशाख ९ गतेका लागि बोलाइएकामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभामा उहाँले विश्वासको मत प्राप्त गर्न सक्नुभएन ।      मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको विषय यतिखेर चर्चामा छ । केन्द्रमा गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धनको गण्डकीमा स्पष्ट बहुमत रहेका अवस्थामा अब बन्ने सरकारको गठन कसरी हुने भन्ने विषयलाई महत्त्वका साथ हेरिएको छ ।      संविधानले गरेको व्यवस्थाअनुसार धारा १६८ को उपधारा १ मा बहुमत प्राप्त दलले सरकार गठनका लागि दाबी पेस गर्ने उल्लेख छ । कुनै एक दलको बहुमत नभएका अवस्थामा उक्त धाराकै उपधारा २ अनुसार सरकार गठन हुने व्यवस्था छ । सो उपधारामा दुई वा सोभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभा सदस्यले सरकार बनाउने गरी दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गर्ने व्यवस्था गरिएको छ ।       त्यस्तै, उपधारा ३ मा प्रदेशसभाको सबैभन्दा ठूलो दललाई प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्ने व्यवस्था छ । अधिकारी नेतृत्वको सरकारले शनिबार विश्वासको मत नपाएसँगै नयाँ सरकार गठन गर्न आह्वान हुनुपर्ने भए पनि प्रदेश प्रमुख गुरुङ काठमाडौँ रहनुभएको र आइतबार मात्रै पोखरा फर्कनुभएकाले ढिलाइ भएको छ । प्रदेश प्रमुख पोखरा आएसँगै सरकार गठनका लागि आवश्यक कानूनी परामर्श सुरु गर्नुभएको र सोमबार सम्म आह्वान हुन सक्ने प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।   

पोखरा:    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउन असफल भएका छन् ।   शनिबार प्रदेशसभा बैठकमा विश्वासको मत मागेका मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउन सकेनन् । विश्वासको मत नपाएसँगै मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री अधिकारीको विश्वासको प्रस्तावको पक्षमा बैठकमा उपस्थित ५९ सांसदमध्ये २४ मत पर्‍यो । यस्तै, विश्वासको प्रस्तावको विपक्षमा ३५ मत पर्‍यो ।  मुख्यमन्त्री अधिकारीलाई सरकार टिकाइराख्न ३१ मत कायम राख्नु पर्दथ्यो । तर, उनका पक्षमा २४ सांसदले मात्रै मत दिए । ६० सदस्यीय गण्डकी प्रदेशमा , कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ७ (सभामुखबाहेक) , राप्रपाको २ र एकजना स्वतन्त्र सांसद छन् ।    नेकपा माओवादी केन्द्रले चैतको १० गते अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता उत्पन्न भएको थियो ।  

पोखरा:    गण्डकी प्रदेशसभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले नेकपा एमालेका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिन नसकिने बताएका छन् ।    गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेपछि दलको तर्फबाट बोल्दै  नेता चुमानले विभिन्न कारण देखाउँदै विश्वासको मत दिन नसकिने बताएका हुन् ।    प्रदेश सभामा कुनै पनि राजनीतिक दलको बहुमत नआउँदा गण्डकीमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेकपा एमालेका नेता खगराज अधिकारी राप्रपा माओवादीको समर्थनमा पुस ५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।     माओवादीले समर्थन फिर्ता लिएसँगै अधिकारीले नेतृत्व गरेको सरकार अल्पमतमा परेसँगै आज विश्वास मत लिदैं छ । 

पोखरा:    गण्डकी प्रदेश सभा सदस्य लिलबहादुुर थापामगरले केही राजनीतिक दल सत्ता मोहको लागि ओल्लो र पल्लो घर सर्दा राजनीतिक फोहोरी खेल बताएका छन् ।  मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेपछि दलको तर्फबाट बोल्दै उनले राजनीतिक दलहरुमा सत्ता मोह हुँदा राजनीति फोहोरी खेल भएको बताएका हुन् ।  ‘यो राजनीतिलाई फोहोरी खेल कसरी बनाउन थाल्यौ, कहाँ देखि सुरु गर्न थाल्यो, त्यसको जिम्मेवार दलहरु बन्ने कि नबन्ने, बन्न पर्छ, सांसद थापामगरले भने, ‘दुई महिना अगाडि यता थियौं, आज उता छौं, कहिले फेरी यता आउने हो, यता र उता गर्दा राजनीतिक फोहोरी खेल भयौं अब सच्चिनुपर्छ ।’   उनले मुख्यमन्त्री अधिकारीलाई नै विश्वासको मत दिन सबै सांसदहरुलाई आग्रह गर्दै सबै दल मिलेर मिलिजुली सरकार बनाउन प्रस्ताव समेत गरेका छन् ।    सांसद थापमगरले प्रदेश सभामा समाहित रहेका सबै दल मिलेर प्रदेश सरकार संचालन गर्नुपर्ने बताए । ‘सबै ६ वटै दल मिलेर पालै पालो प्रदेश चलाऔ न, उनले भने, ‘कस्ले कति काम गर्न सक्छ पछि मुल्यांकन गरौला । त्यसैले मुख्यमन्त्री अधिकारीलाई आज मत दिऔं ।’

बलेवा:   सुक्खायाम सुरु भएसँगै बागलुङको करिब चार सय ५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । पाँच राष्ट्रिय र १७ सामुदायिक वनमा आगलागी भएको हो ।    गत माघ १८ गते पहिलो पटक जिल्लाको तमानखोला गाउँपालिकाको खुंखानीमा पर्ने हापली छहरा मठुरे राष्ट्रिय वनमा आगलागी भएको थियो । चार दिनसम्म फैलिएको आगलागीले दुई सय हेक्टर वन क्षेत्र मासेको डिभिजन वन कार्यालय बागलुङको तथ्याङ्क छ । गतमाघदेखि सुरु भएको आगलागीको शृङ्खला रोकिएको छैन ।   बस्ती नजिकैका सामुदायिक तथा निजी आवादी वन क्षेत्र र सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी भइरहेको डिभिजन वन अधिकृत मुकुन्दप्रसाद अधिकारीले बताउनुभयो । जानीजानी वा दुर्घटनावश बिहीबारसम्म बागलुङका २२ वनमा डढेलो लागेको तथ्याङ्क छ । केही तथ्याङ्क भने आउनै बाँकी छ ।   यस वर्ष सबैभन्दा धेरै आगलागी बागलुङ नगरपालिकाका वनमा भएको छ । बागलुङ नगरपालिकाका छ सामुदायिक वन र एक ठाउँमा राष्ट्रिय वन क्षेत्रमा आगलागी भएको हो । जैमिनी नगरपालिकाका पाँच, बडिगाडका तीन, काठेखोलाका दुई र तमानखोला, निसीखोला र बरेङ गाउँपालिका तथा ढोरपाटन नगरपालिकाको एक÷एक वनमा आगलागी भएको छ ।   जिल्लामा एक लाख पाँच हजार पाँच सय एक हेक्टर जमिनमा वन फैलिएको छ । जिल्लाभर पाँच सय २७ सामुदायिक वन ३३ हजार नौ सय नौ हेक्टरमा फैलिएका छन् भने, आठ  दर्ता भएका निजी र बाँकी राष्ट्रिय वनक्षेत्र रहेको सहायक वन अधिकृत मदन कँडेलले बताउनुभयो । गतवर्ष हिउँदमा वर्षा हुँदा बागलुङका वनक्षेत्रमा आगलागी भएको थिएन । एकाध वन क्षेत्रमा लागेको आगो समयमै स्थानीयले नियन्त्रणमा लिएका थिए । यस वर्ष हिउँदमा सुक्खा हुँदा अधिकांश वनक्षेत्र आगलागीको जोखिममा परेको वन अधिकृत अधिकारीले बताउनुभयो । वर्षा नभएसम्म बाँकी रहेका वन क्षेत्रसमेत आगलागीको जोखिममा छन् ।      जङ्गली जनावरबाट बच्न, वर्षायाममा मल हुने लोभलगायतका कारणबाट वनमा आगो लगाउने गरेको पाइन्छ । खरबारीमा डढेलो लगाएमा नयाँ घाँस राम्रो र बाक्लो पलाउँछ भनेर पनि आगो लगाउँदा नियन्त्रणभन्दा बाहिर गई  क्षति हुने गरेको छ । वनजङ्गलमा आगलागी हुँदा बस्तीमा ल्याइएका पानीका पाइप पोलिएर कैयौँ ठाउँमा खानेपानीको समस्या छ भने कतिपय जङ्गल क्षेत्रमा रहेका महत्वपूर्ण जडीबुटी जलेका छन् । 

पोखराः    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री अधिकारीले आज दिउँसो ३ः०० बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने विषयलाई प्रदेशसभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि मुख्यमन्त्रीले पत्रमार्फत सूचना यसअघि नै दिइसकेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ। ६० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ३१ सदस्य आवश्यक पर्छ।

पोखरा:    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सत्ताको मोह नभएको भन्दै आफ्नो तारिफ गर्दै शिलालेखमा नभएर इतिहासमा नाम लेखाउन मन भएको बताएका छन् ।  आज (शुक्रबार) मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले तीन वर्ष अगाडि प्रदेशले सुरु गरेर सम्पन्न भएको योजनाको उद्घाटन गरेर प्रदेशको संरचनाको किन आवश्यक छ भन्ने औचित्यको पुष्टि गरेको बताए ।  ‘प्रदेशले तीन वर्ष पहिले सुरु गरेका योजना केही सम्पन्न भएका थिए केही सम्पन्न हुँदै छन, मुख्यमन्त्री अधिकारीले भने, ‘सम्पन्न भएका योजनाको उद्घाटन गर्दा शिलालेखमा मेरो नाम लेखिन्छ भन्ने थाहा थिएन, लेखियो धन्यवाद छ, मेटाउन मिल्ने भएन, नाम लेखाउन इतिहासमा मन छ शिलालेखमा  होइन ।’ आफुमा कुनै सत्ता मोह नभएको भन्दै मुख्यमन्त्री अधिकारीले संविधानका रक्षाका निम्ति नै २९ दिनमा विश्वासको मत लिन लागेको उल्लेख गरे ।  ‘सत्ताको मोह छैन, संविधानमा जे उल्लेख छ त्यही अनुसार अगाडि बढेको छु, उनले भने, राजनीतिक दलले राजीनामा दिन सुझाव दिने, संविधान निर्माण गर्दाको क्याबिनेत मिनिस्टर हुँ, त्यसैले २९ औं दिनमा विश्वासमा मत मागेको हुँ ।’ उनले प्रदेश सभाको दोस्रो निर्वाचनपछि प्रदेशको नेतृत्व गर्दा जनताको भावनालाई कदर गर्दै मन्त्रालय घटाएको बताए ।   ‘जनताको भावनालाई सम्बोधन गर्दै १२ मन्त्रालयबाट प्रदेशमा ७ मन्त्रालय कायम गरेको छु, उनले भने, ‘प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई प्रमुख राख्दै निःशुल्क डायलासिस सेवा विस्तारसँगै स्तरोन्नती गरिएको छ ।’ गण्डकी प्रदेशमा कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत नआउँदा मुख्यमन्त्री अधिकारी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए । उपधारा २ मा प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा प्रदेशमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने उल्लेख छ ।  प्रदेश सभाको दोसा्रे निर्वाचनपछि नेकपा माओवादी, राप्रपा र स्वतन्त्र सांसद दिपक मनाङ्गेको समर्थनमा गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका नेता खगराज अधिकारी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।  ६० सदस्य गण्डकी प्रदेशमा नेपाली कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र १ जना स्वतन्त्र सांसद रहेका छन् ।  मुख्यमन्त्री अधिकारीले प्रदेशको नेतृत्व समालेपछि गरेका कार्यहरु हेर्नुहोस् ।                         

पोखरा: ह्यूस्टन एजुकेसनले ‘सातौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड-२०७९’ मा उत्कृष्ट प्रशिक्षकतर्फको पुरस्कार प्रायोजन गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही वैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा हुने स्पोर्टस् अवार्डलाई सफल पार्न उत्कृष्ट प्रशिक्षकतर्फको पुरस्कार प्रायोजन गर्ने भएको हो । सो सम्बन्धी समझदारी पत्रमा बिहीबार मञ्चका अध्यक्ष दीननाथ बराल र एजुकेशनका तर्फबाट प्रवन्ध निर्देशक पवित्रा थापा मगरविच हस्ताक्षर भएको छ । उत्कृष्ट प्रशिक्षकको पुरस्कार राशी नगद ३५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र रहेको छ । पछिल्लो समय वैदेशिक अध्ययनका लागि विद्यार्थीहरुमाझ लोकप्रिय ह्यूस्टन एजुकेशनले मञ्चको आयोजनामा हुन लागेको अवार्डलाई सफल पार्न सहयोग गरेकोमा अध्यक्ष बरालले आफ्नो क्षेत्रबाट ह्यूस्टनकोे प्रबद्र्धनमा आवश्यक सहयोग गर्ने बताए । ह्यूस्टनका प्रवन्ध निर्देशक पवित्रा थापा मगरले विगतका वर्षहरुबाट मञ्चको आयोजनामा हुँदै आएको अवार्डमा पहिलो पटक सहकार्य गर्ने अवसरमा पाएकोमा आभार व्यक्त गरिन् ।  उनले यसलाई आगमी दिनमा पनि यसलाई निरन्तरता दिने वचन दिइन्  । पोखराको बिपीचोकस्थित ह्यूस्टन एजुकेसनले उच्च शिक्षा अध्ययन गर्न नेपाल बाहिर जान चाहने विद्यार्थीहरुका सहजीकरण गर्दै आइरहेको छ । विशेषगरि ह्यूस्टनमार्फत क्यानडा, अष्ट्रेलिया, यूके, यू।एस।ए, न्यूजिल्याण्ड, आयरल्याण्ड लगायतका देशहरुमा डिप्लोमा, स्नातक, स्नातकोत्तर र रिसर्चमा अध्ययनका लागि अनुभवि प्रशिक्षकहरुद्वारा सहजीकरण हुने गरेको छ । सातौं सस्करणको पोखरा स्पोर्टस् अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिनेछ । पोखरा स्पोर्टस् अवार्ड कार्यक्रमलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला काठमाडौं लगायतले सहयोग गर्ने तय भैसकेको मञ्चका सचिव शशी कुमार पौडेलले जानकारी दिए । यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको सचिव पौडेलले जानकारी दिए ।