म्याग्दीमा यस वर्ष अघिल्लो वर्षको तुलनामा आलु बालीको उत्पादन नौ प्रतिशतले बढेको छ ।   एक हजार ८२० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिक टनका दरले ३५ हजार मेट्रिक टन आलु उत्पादन भएको कृषि...

पोखरा:    गण्डकी प्रदेश नीति तथा योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं आयोगका अध्यक्ष सुरेन्द्रराज पाण्डेले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा आयोगका नवनियुक्त उपाध्यक्ष डा. देवकोटालाई सपथ गराएका हुन् । सपथ लिएलगत्तै डा देवकोटाले आयोगको उपाध्यक्षको पदभार सम्हालेका छन् । सो अवसरमा उनले संविधानले दिएको सीमाभित्र रहेर प्रदेशलाई बलियो र समृद्धशाली बनाउन भूमिका खेल्ने बताए । कृषि, पर्यटन पूर्वाधार, जलस्रोत, गुणस्तरीय शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा प्राथमिकीकरणका आधारमा काम गर्नुपर्ने उनले उल्लेख गरे । प्रदेश सरकारको नीति तथा योजना कार्यान्वयनमा सबै पक्षसँग मिलेर काम गर्ने उनले बताए ।  

पोखरा:    लोकतान्त्रिक तमु संघ नेपाल गण्डकी प्रदेश प्रथम प्रादेशिक अधिवेशनले कास्कीका कर्णबहादुर गुरुङको अध्यक्षतामा सर्वसम्मत कमिटी गठन गरेको छ ।  कास्की जिल्ला माछापुच्छ«े गाँउपालिका वडा नं.१ घाचोक लाम्छाने समाजमा आइतवार सम्पन्न अधिवेशनले कास्की माछापुच्छ«े गाँउपालिकाका निवर्तमान अध्यक्ष गुरुङको अध्यक्षतामा गठित प्रदेश कमिटीको वरिष्ठ उपाध्यक्षमा कास्कीकी पवित्रादेवी गुरुङ, उपाध्यक्षमा कास्की रुपाका टेकबहादुर गुरुङ, मुख्य सचिवमा लमजुङका अर्जुन गुरुङ, सचिवमा स्याङ्जाकी बिष्णुमाया गुरुङ, उपसचिवमा तनहुँका पुजन गुरुङ, कोषाध्यक्षमा स्याङजाका नेमबहादुर गुरुङ चयन हुनुभएको छ ।  यसरी नै कमिटिको सदस्यहरुमा पर्वतका दर्शन घले, कास्कीकी मिठु गुरुङ, सिमा गुरुङ, लमजुङका दुर्गबहादुर गुरुङ, गोविन्दकुमारी गुरुङ,  कास्कीका जगतबहादुर गुरुङ, गंगादेवि गुरुङ, सिमा गुरुङ, गोर्खाका उत्तमबहादुर गुरुङ, तनहुका देबेन्द्रजङ गुरुङ, मिनबहादुर गुरुङ र मुस्ताङकी मञ्जु गुरुङ चयन हुनुभएको छ ।  निर्वाचन समितिमा संघका संस्थापक उपाध्यक्ष, गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङ संयोजक, सदस्यहरुमा लोकतान्त्रिक तमु संघका केन्द्रिय अध्यक्ष गण्डकी प्रदेश सभा सदस्य बेदबहादुर गुरुङ, संघका उपाध्यक्षहरु मिना गुरुङ, सर्मिला गुरुङ, संघका महासचिव एवम् लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका सचिव हुमबहादुर गुरुङ र लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गण्डकीका अध्यक्ष सुजन लामा रहनुभएको थियो ।  नवनिर्वाचित कमिटिलाई नेकपा एमालेका स्थायी कमिटि सदस्य, संगठन विभाग प्रमुख एवम निवर्तमान गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो। नवनिर्वाचित अध्यक्ष कर्णबहादुर गुरुङले संघलाई अत्यन्तै क्रियाशिल नमुना संघको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।  संघको गण्डकी प्रदेश प्रथम प्रादेशिक अधिवेशनको प्रमुख अतिथि नेकपा एमालेका उपमहासचिव, गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शनिवार उद्घाटन गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा एमाले स्थायी कमिटिे सदस्य, संघका संस्थापक अध्यक्ष किरण गुरुङ, संघका संस्थापक उपाध्यक्ष गणेशमान गुरुङ, नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गण्डकीका अध्यक्ष सुजन लामाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।  कार्यक्रममा सामाजिक व्यक्तित्व, माछापुच्छ«े ३निवासी, घाचोक लाम्छाने समाजका अध्यक्ष जगतबहादुर गुरुङ नेकपा एमालेमा समाहित हुदै पुरानै घर फर्केको र आफुले नेकपा एमाले, लोकतान्त्रिक तमु  संघका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो। कार्यक्रका प्रमुख अतिथि पृथ्वीसुब्बा गुरुङ, विशेष अतिथि किरण गुरुङ, गणेशमान गुरुङ, मनबहादुर गुरुङ, संघका अध्यक्ष बेदबहादुर गुरुङले टिका, फुल, खादा, फेटा लगाएर स्वागत सम्मान गर्नुभएको थियो। संघका अध्यक्ष बेदबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सर्मिला गुरुङ र संचालन महासचिव हुमबहादुर गुरुङले गर्नुभएको थियो ।  अधिवेशनको दोस्रो दिनका प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटि सदस्य, संगठन विभाग प्रमुख, गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले नवनिर्वाचित कमिटिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो भने केन्द्रीय अध्यक्ष बेदबहादुर गुरुङ र एमाले सल्लाहकार परिषद सदस्य, संघका संस्थापक उपाध्यक्ष गणेशमान गुरुङले बधाई तथा शुभेच्छा प्रकट गर्नुभएको थियो ।  कार्यक्रममा नेकपा एमालेको  विभिन्न जनसंठनमा हालै निर्वाचित र लोकतान्त्रिक तमु संघको केन्द्रिय सदस्यमा मनोनित व्यक्तित्वहरुलाई बधाई एवम सम्मान समेत राखिएको थियो । 

पोखरा:  गण्डकी प्रदेशका निवर्तमान उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री तथा प्रदेश सभा सदस्य रेशम जुग्जाली मगरले नेपालीलाई भुटानी शणरार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।   उनले आफुलाई बदनाम गर्ने उद्देश्यसहित नियोजित समाचार संप्रेषण गरिनु निन्दनीय रहेको बताउदै आफ्नो संलग्नता नरहेको स्पष्ट पारे ।    नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने र ठगी धन्दा गर्ने भन्ने विषयमा  प्रकरणमा मुछेको भन्दै जुग्जाली मगरले आक्रोश व्यक्त गरे ।  ‘यदि मेरो नामबाट कसैले तपाईलाई अमेरिका पठाइदिन्छु भनेर अथवा मैले कसैलाई ठगी गरेको छु भने उजुरी गर्नुस्, सुनगाभा न्यूजसँग उनले भने, ‘यदि मेरो विरुद्ध केस पर्या भने म त्यसलाई सघाउन तयार छु । मबाट त्यस्तो भएको प्रमाण आयो भने म त्यसको जवाफ दिन र प्रतिवाद गर्न तयार छु ।’   उनले आफु सार्वजनिक पद धारण गरेको व्यक्ति रहेकाले सधै पारदर्शी रहने बताए ।  ‘म सार्वजनिक व्यक्ति पनि हुँ त्यसैले म पारदर्शी र खुला छु त्यसैले मन्त्री हुँदा पनि सम्पत्ति विवरण बुझाउदा मेरो ऋणपनि पेश गरेको छु यसले पनि मेरो आर्थिक स्थितीबारे प्रष्ट छनी,’ जुग्जालीले भने ।   सांसद जुग्जालीले आफ्नो चरित्रहत्या गर्ने खालको समाचार संप्रेषण गरेका दुई अनलाइन विरुद्ध साइबर क्राइम अन्तरगत मुद्धा दर्ता गर्ने प्रक्रियामा रहेको सुनाए । ‘दुइवटा अनलाइनले अन्दाधुन्दा तरिकारले समाचार शेयर गर्नुभाछ मैले उहाँहरुको विरुद्ध साइबर क्राइममा र प्रेस काउन्सिलमा कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाइसकेको छु, जुग्जालीले भने, ‘त्यसकारण मेरो अहिलेपनि चुनौती छ ति दुइवटा अनलाइनलाई यदि मबाट त्यस्तो धन्धा चलेको छ भने प्रमाणित गर्नुस् ।’   उनले म्याग्देली युवाहरुलाई भ्रममा नपर्न समेत आग्रह गर्दै भने, ‘युवाले केही गर्छ भनेर विश्वास गर्नुभएको छ । त्यसैले तथ्यहीन र आधारहीन समाचार सेयर गरेर युवाविरुद्ध नलाग्नुस् किनभने हामी बद्नाम हुने भनेकै तपाइहरु बदनाम हुने होनी ।’   नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ८ जनालाई पक्राउ गरिसकेको छ ।   साेही प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी विरुद्ध प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको छ । तर रायमाझीले आफ्नो संलग्नता नरहेको बताउदै आएपनि उनी प्रकाउ पुर्जी जारी भएपछि उनी फरार छन् ।     

पोखरा:     नेपाली कांग्रेसले गण्डकी प्रदेशको प्रमुख सचेतकमा गोरखाका नन्द प्रसाद न्यौपानेलाई नियुक्त गरेको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले न्यौपानेलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।   नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको विधान २०७४ को धारा (११) को उपधारा (१) बमोजिम न्यौपानेलाई दलको प्रमुख सचेतकमा नियुक्त भएका हुन् । न्यौपाने गोरखा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भएका थिए ।

पोखरा:    राष्ट्रिय महिला फुटबल खेलाडी सावित्रा भण्डारीलाई पोखरा स्पोट्र्स अवार्ड प्रदान गरिएको छ ।  लमजुङका भण्डारी राष्ट्रिय टिमबाट खेलिरहेका छन् । राष्ट्रिय फुटबल टोलीकी फरवार्ड भण्डारीलार्ई इलेक्ट्रिक स्कुटर सहित ट्रफि प्रदान गरिएको हो । भण्डारी अहिले भारतमा लिग खेलिरहेकी छिन् ।  उनले आर्चरीकी रोजिना थापामगर र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर पछि पार्दै उपाधि हासिल गरेकी हुन् । गत वर्ष भारतमा भएको मैत्रीपूर्ण खेलमा सावित्राले दुई गोलले पछि परेको स्थितिको अन्तिम समयमा दुुई गोल गर्दै बराबरी गरेकी थिइन् ।  

पोखरा: सातौ संस्करणको पोखरा स्पोर्टस अवार्ड अन्तरगत वर्ष उत्कृष्ट खेल पत्रकार अवार्डबाट सागरराज तिमिल्सिना सम्मानित भएका छन् ।   खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा भएको स्पोट्र्स अवार्डमा उनलाई नगद ३५ हजार रुपैयाँ सहित सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको हो । तिमिल्सिना पोखरामा रहेर लामो समय देखी निरन्तर रुपमा पत्रकारीतामा आबद्ध रहेका छन् ।    लाइफ टाइम अचिभमेन्टबाट विद्या मर्सानी सम्मानित  खेलकुद पत्रकार मञ्च गण्डकीले लाइफ टाइम अचिमेन्ट अवार्डबाट बक्सिङका पूर्व खेलाडी विद्या मर्सानीलाई सम्मान गरेको छ । लामो समयदेखी बक्सिङमा आबद्ध उनलाई उनको योगदानको कदर गर्दै मञ्चले चादीँको करुवा, सम्मानपत्र र दोसल्ला आढाएर सम्मान गरेको हो ।  

पोखरा:  यू-१९ क्रीकेटका राष्ट्रिय खेलाडी सुवास भण्डारी  सातौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड अन्र्तगत उदीयमान खेलाडीबाट सम्मानित भएका छन् ।    उदियमान खेलाडीको मनोनयनमा पर्न सफल सुवास भण्डारीलाई आज नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आज (शनिबार) एक कार्यक्रमकाबीच प्रदान गरिएको हो ।   उदियमान खेलाडीतर्फ क्रिकेटका भण्डारीले भलिवलबाट बागलुङका रवि केसी, फुटवलबाट कास्कीका सुमित श्रेष्ठलाई पछाडि पार्दै उपाधि चुम्न सफल भए । ।    उदियमान खेलाडीबाट सम्मानित भण्डारीले ३५ हजार रुपैयाँको साथमा ट्रफी, प्रमाणपत्र प्राप्त गरेको छन् । यस्तै मनोनयमा पर्न सफल भलिबलका रवि केसी र फुटवलका सुमित श्रेष्ठले मनोनयन ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।   

पोखरा:  गण्डकीका प्रदेशको पाँचौ मुख्यमन्त्रीका रुपमा नियुक्त भएका सुरेन्द्रराज पाण्डेले अझै मन्त्रीपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।    बैशाख १४ गते नेपाली कांग्रेस, माओवादी र एकिकृत समाजवादीसहित ३५ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तमा भएका पाण्डेले केही दिनमै मन्त्रालयलाई पूर्णणा दिने बचन दिएपनि हालसम्म गण्डकी प्रदेशमा मन्त्रिपरिषद्को टुंगो लाग्न सकेको छैन ।    पाण्डे नेतृत्वको सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्नुकौ मुख्य कारण गठबन्धन रहेको कांग्रेसका एक सांसदको बुझाई छ । ‘कुनै पनि दलको स्पष्ट बहुमत नभएपछि मिलेमतोमा बनेको सरकार त हो, ति सांसदले भने, ‘केही दिनमै कुन दलबाट कुन मन्त्री बन्ने टुंगो लाग्ला ।’   मुख्यमन्त्री पाण्डेले पद तथा गोपनियताको शपथ ग्रहण लगत्तै कांग्रेसबाट सरस्वती तिवारी अर्याल र माओवादी केन्द्रबाट सुशिला सिम्खडालाई विना विभागीय मन्त्रीमा नियुक्त गरे ।    वैशाख १५ गते पदभार ग्रहण गरेको पाण्डेले २१ गते विश्वासको मत लिएपछि पत्रकारहरुले मन्त्रालयले कहिले पूर्णता पाउँछ भन्ने प्रश्नमा केही दिनमा पूर्णता दिने बताएका थिए ।  तर आफु नियुक्त भएको हप्ता दिन बित्दासमेत मन्त्रिपरिषद्को टुंगो नलाग्नु दुखद पक्ष हो ।    तर गण्डकी प्रदेशका विनाविभागीय मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता सरस्वती तिवारी अर्यालले गठबन्धनमा आन्तरिक सहमति भइसकेको बताउदै केही दिनमा मन्त्रालयले पूर्णता पाउने सुनाइन् । ‘गण्डकीमा कसले कति मन्त्रालय लिने भन्ने विषयमा गठबन्धनभित्र आन्तरिक सहमति भएको छ, मन्त्रालयले केही दिनमा पूर्णता पाउँछ, प्रवक्ता तिवारीले भनिन् ‘राष्ट्रिय सहमतिमा सरकार बनेकाले त्यसै अनुसार नै मन्त्रालयमा भागबण्डा भएको छ ।’   कुन दलले कति र कुन–कुन मन्त्रालय लिने भन्ने सवालमा भागबण्डा मिलेपनि कांग्रेसलाईनै मन्त्री छान्न नै सकस परेको छ । ‘बाँकी २५ जना नै मन्त्रालय सम्हाल्न सक्षम छन् पार्टीको कुरो हो कसलाई पठाउँछ भन्न सकिदैन,’ कांग्रेसका एक सांसदले भने ।   पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले १२ मन्त्रालयलाई घटाएर ७ मन्त्रालय बनाएका थिए ।   अहिलेका मुख्यमन्त्री पाण्डेले पनि ७ मन्त्रालयलाई नै कायम गर्ने प्रतिबद्धता जनाएका थिए । 

पोखरा:   सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको ट्रफी सार्वजनिक गरिएको छ ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बिहीवार पोखरामा पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी ट्रफी सार्वजनिक गरेको हो ।  अवार्डको ट्रफी प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव घनश्याम पौडेल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, पूर्व अध्यक्षद्धय विनोद लामिछाने र केशव पाठक, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, छेटौं संस्करणको पोखरा स्पोटर््स अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गणेश बहादुर भट्टराई र पश्चिमाञ्चल खेलकुद विकास समितिका निर्देशक कृष्ण तिमिल्सीनाले संयुक्त रुपमा सार्वजनिक गरेंका थिए ।  यहीं बैशाख २३ गते शनिबार दिउँसो २ बजेपछि पोखरा सभागृह हलमा सुरु हुने अवार्ड कार्यक्रमको तयारी पुरा भएको मञ्चका महासचिव राजाराम पौडेलले जनाए ।  यसपाली  स्पोर्ट्स अवार्डमा कुल ७ वटा विधामा अवार्ड वितरण गरिनेछ । यसरी वितरण गरिने अवार्डको विधामा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब र  वर्ष उत्कृष्ट खेल पत्रकार विधा रहेका छन् । यि मध्येमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी गरेर चारवटा विधाको उत्कृष्ट तीन मनोनयन सार्वजनिक भैसकेको छ ।  जस अनुसार वर्ष खेलाडी पुरुष तर्फ क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका छन् । वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजीना थापा मगर, फुटवलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहेका छन् ।  वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन् ।  उदीयमान खेलाडीतर्फ भलिवलका रवि केसी, फुटवलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी रहेका छन् । वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङ, लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार छन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानीलाई प्रदान गर्ने घोषणा भैसकेको छ । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ । वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला ह्यान्डबलसंघलाई प्रदान गरिनेछ । वर्ष उत्कृष्ट खेल पत्रकारतर्फको अवार्ड घोषणा हुन बाँकी छ ।  वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् ।  यसैगरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै कीर्तिशेष सम्मान गर्ने मञ्च गण्डकीका महासचिव पौडेलले बताए ।  लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार सुपर मादी हाइड्रोपावर, उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको छ ।  अवार्ड कार्यक्रमको थप आर्कषणको रुपमा कमेडी च्याम्पियनबाट चर्चामा आएका स्याङजाका मेक्सम गौडेलको स्ट्यान्ड अप कमेडी प्रस्तुती रहनेछ । यसैगरी भेटियो सान्नानी सोल्टिबजारमा गीतबाट थप चर्चामा आएका लोक दोहोरी गायक निश्चल दवाडीको गायन प्रस्तुती, हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य प्रस्तुती, डेमोस्ट्रेसन लगायत अवार्ड कार्यक्रमका थप आर्कषण हुन् । अवार्ड कार्यक्रमका लागि गण्डकी प्रदेश सरकारको विषेश सहयोग रहेको छ । अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चलाई अन्य विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको मञ्चले जनाएको छ । यसरी सहयोग गर्नेमा पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, सिटिजन फर्निचर ट्रेड लिंक, आभ्या क्लब, परिचय एड्भर्टाइजिङ, नेपाल पर्यटन बोर्ड, टेल्जि नेपाल, तमु धिं युके, मझेरी रिर्सोट एण्ड स्पा, सहारा युके, सहारा युकेका संस्थापक सल्लाहकारद्वय महेश गुरुङ र लोक बहादुर गुरुङ, भलिबलका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक मञ्जु गुरुङ, पूर्व राष्ट्रिय खेलाडी तथा समाजसेवी रुपक गुरुङ, रामबजार सोसाइटि युकेका अध्यक्ष राम गुरुङ, समाजसेवी चिनकाजी गुरुङ, पोखरेली मञ्च युकेका सल्लाहकार नरजङ्ग गुरुङ, मञ्चका पूर्व अक्ष्यक्ष प्रेमनारायण न्यौपाने, सञ्चारकर्मी गोविन्द थापा सिञ्जाली रहेका छन् । नेपाल औषधी व्यसायी संघ कास्की, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला काठमाण्डौं, बतास अर्गनाइजेसन, नेपाल मुआथाई संघ गण्डकी, बिजी ट्रेड लिंक, सरुमा चुलो, भूतपूर्व खेलाडी मञ्च, नेपाल हवाई खेलकुद संस्था, सहारा हङकङ, क्लासिक चुलो, वल्ड लिंक, होटल बाराही, फुडमाण्डु, पोखरा महानगरपालिका वडा नं.३, ४, ९, १२ र १५, पश्चिमाञ्चल सामुदायिक अस्पताल, रुपाकोट सुनचाँदी पसल, हाम्रो पोखरा सोफा होम, ओम बुद्ध नर्सरी कर्मचार्य ग्रुपको कोसेली तेल, सिर्जना विकास केन्द्र, नेपाल टेलिकम पोखरा, नेपाल आयल मिल, बुमराङ रेष्टुरेन्ट, टेनिस संघ, पोखरा उद्योग वाणिज्य संघ, अटोवेज प्रालि, एसके साउण्ड एण्ड म्युजिक पोखरा, युनाइटेड क्लब, यति एयरलाइन्स, आँगन स्विट न्युरोड, निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका लगायतले समेत सघाउने तय भैसकेको छ । अवार्ड कार्यक्रमको पब्लिक फोर के टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ । जसका लागि टेलिभिजनसँग सहकार्य गरिएको मञ्चले जनाएको छ । प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा उपस्थित भएर खेलाडी, प्रशिक्षक तथा आयोजकलाई हौसला बढाउन सम्पूर्ण सञ्चारकर्मी र  खेलप्रेमीलाई मञ्चले अनुरोध गरेको छ ।   मञ्चका अध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव  पौडेल, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव पौडेल लगायतले बोलेका थिए ।   मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो । देश संघीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ । हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् । खेलाडीलाई उर्जा थप्न नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ  ।