काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार इजरायलमा हमास समूहले बन्धक बनाएका विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइको लागि हर सम्भव पहलमा जुटिरहेको बताउनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत ज...

  काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङगठन (आइकाओ)को ४१औँ त्रैवार्षिक महासभामा सम्बोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताउनुभएको छ ।        क्यानडाको मड्रियल सहरमा जारी महासभामा बुधबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आइकाओले प्रतिपादन गरेका मापदण्ड र सुझावअनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताउनुभएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।    पर्यटनमन्त्री श्रेष्ठले आइकाओको प्रतिवेदनमा हवाई सुरक्षा मापदण्ड परिपालनमा नेपालको अङ्क विश्वव्यापी मापदण्डभन्दा बढी रहेकाले नेपाली आकाश सुरक्षित रहेको उल्लेख गर्नुभयो । उहाँले उड्डयन क्षेत्रलाई सुरक्षित, भरपर्दो र स्तरीय बनाउने सरकारको प्रतिबद्धता रहेको बताउनुभयो ।    नेपालको भू–धरातललाई दृष्टिगत गर्दा हवाई यातायातको विकल्प नभएको मन्त्री श्रेष्ठले उल्लेख गर्दै हवाई सेवालाई सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।   गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भइसकेको तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको उल्लखे गर्दै उहाँले हवाई सम्पर्क विस्तार, विमानस्थल स्तरोन्नति तथा नयाँ विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।   यसअघि मन्त्री श्रेष्ठले आइकाओ मुख्यालयमा महासचिव जुआन कार्लोस सालजार र आइकाओ काउन्सिल अध्यक्ष साल्भाटोर साचिटानोसँग भेट गरी नेपालले हवाई सुरक्षा अभिवृद्धिमा उल्लेख्य सुधार गरेकाले इयुले नेपाललाई उडान सुरक्षासूचीमा राखिरहनुको औचित्य नरहेको बताउनुभएको थियो ।   आइकाओ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पर्यटनमन्त्री श्रेष्ठ यही असोज ९ गते क्यानडा जानुभएको होे । महासभामा एक सय ९३ देशका मन्त्री तथा उच्चपदस्थ अधिकारी सहभागी छन् ।          आगामी अक्टोबर ७ सम्म चल्ने महासभामा पर्यावरण संरक्षण, उड्डयन सुरक्षा र सहजीकरण, उड्डयन क्षमता र दक्षता अभिवृद्धिका साथै हवाई यातायात र आर्थिक विकासलगायत उड्डयन नीति, रणनीति तथा यस क्षेत्रमा रहेका समस्या समाधानबारे छलफल हुनेछ । आइकाओको महासभामा सदस्य राष्ट्रको निर्वाचनका लागि मतदान हुनेछ । महाशाभामा एभिएशन क्षेत्रको सुधार, सुरक्षा रणनीतिलगायत विषयमा छलफल हुने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । नेपाली प्रतिनिधिमण्डल अक्टोबर ५ मा नेपाल फकिर्ने कार्यक्रम छ ।

  काठमाडौँ । राजधानीको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिकाले निःशुल्क स्वास्थ्य र शिक्षाको कार्यक्रम अघि बढाएको छ ।    जनप्रतिनिधिले काम सुरु गरेको सय  दिनका उपलब्धि सार्वजनिक गर्न बुधबार आयोजित कार्यक्रममा नगर प्रमुख रमेश नापितले नगर क्षेत्रलाई फोहरमुक्त सफा स्वच्छ नगरपालिका बनाउने प्रक्रिया अघि बढाएको बताउनुभयो ।  “पर्यटन र कृषिको माध्यमबाट समृद्धि हासिल गर्न, विकासका पूर्वाधार निर्माण गरेर नगरवासीको जीवनयापन सहज बनाउन लागिपरेका छौँ, निर्वाचनका बेला गरेको प्रतिबद्धताअनुसार नै शिक्षा र स्वास्थ्य क्षेत्रलाई निःशुल्क बनाउन लागेका छौँ”–उहाँले भन्नुभयो ।       जर्मन सरकारको सहयोगमा वडा नं ७ कठनचोकमा अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । विकास साझेदारको आर्थिक सहयोगमा एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढाइएको सो कार्यक्रममा जानकारी गराइयो । कार्यक्रममा नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले सय दिनको अवधिमा नगरवासीलाई निःशुल्क स्वास्थ्य, शिक्षाको व्यवस्था गरिएको, गर्भवती महिला, ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा, साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल अस्पतालसँग द्विपक्षीय सम्झौता गरी सात प्रकारका उपचार सेवा निःशुल्क तथा ११ उपचार सेवामा ३० देखि ६० प्रतिशत सहुलियत छुटमा स्वास्थ्य सेवाको व्यवस्था गरिएको जानकारी गराउनुभयो ।       इन्द्रायणी नगर अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको र नगर प्रमुखसँग निःशुल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रमको सुरुआत गरिएको उहाँले बताउनुभयो । शिक्षातर्फ कक्षा ११ को शिक्षा निःशुल्क गरिएको, स्थानीय मातृभाषा ‘नेपाल भाषा र तामाङ भाषा’मा पाठ्यक्रम तयारी कार्यदल गठन भएको नगरपालिकाले जनाएको छ ।       नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनालले जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि, समाजसेवीलगायतको सामुहिक प्रयासबाट शङ्खरापुर नगरपालिकाको समृद्धि, सुशासन र विकास सम्भव रहेको बताउनुभयो ।    बागमती प्रदेश सरकारले ५५ मेट्रिक टन रासायनिक मलको कोटा निर्धारण गरेकामा नगरपालिकाको विशेष पहलमा १७९ मेट्रिक टन मलको कोटा वृद्धि गर्न सफल भएको पनि नगरपालिकाले जनाएको छ । नगरपालिकामा ल्याण्डफिल सम्भाव्य स्थानको खोजी गरी उपयुक्त विकल्पमा फोहर व्यवस्थापन गर्ने प्रयास भइरहेको छ ।    वातावरणीय प्रभाव मूल्याङ्कन गरी तोकिएको क्षेत्रबाट मात्र ढङ्गा, गिट्टी बालुवा उठाउने व्यवस्था मिलाइएको छ । विपद् व्यवस्थापन तथा रोकथामका लागि त्रिपाल वितरण तथा आर्थिक सहयोग गरिएको नगरपालिकाले जनाएको छ । बाबु आमाविहीन बालबालिकालाई पोषण शैक्षिक सामग्री र रु चार हजारका दरले उपलब्ध गराइएको छ ।       यस अवधिमा नगरपालिकाभित्रका सहकारी संस्थालाई वित्तीय जोखिमका क्षेत्र, लेखापाल र सहकारी संस्थाको व्यवस्थापनसम्बन्धी सघन तालिम दिई संस्थागत सुदृढीकरण गरिएको छ । जापान, चीन तथा युरोपियन मुलुकका नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्न पहल भएको  बताइएको छ । भूमि वर्गीकरण कार्य सम्पन्न भएको नगरपालिकाले जनाएको छ । सम्पदा बस्तीभित्रका घर निर्माणको लागि प्रतिघर रु एक लाखमा रु २५ हजार थप गरी नगरपालिकाबाट उपलब्ध गराइएको छ ।   नगरपालिकाका विभिन्न वडाका सार्वजनिक जग्गाको लगत सङ्कलन कार्य अन्तिम चरणमा पुगेको छ । वडामा काम गर्ने इन्जिनियरिङ सेवाको प्राविधिकबाट घ वर्गको निःशुल्क नक्सा निर्माणको व्यवस्था गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको लगानीमा साँखु खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको भवन निर्माण प्रक्रिया अगाडि बढेको छ । आपराधिक तथा विविध गतिविधिको निगरानी गर्न वडाका विभिन्न क्षेत्रमा सिसिटिभी क्यामरा जडान गरिएको छ ।

  चितवन । डेङ्गुुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ निवासी ४० वर्षीया महिलाको डेङ्गुका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।     स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा डेङ्गु पुष्टि भएको थियो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिनुभयो ।  यसअघि असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेङ्गुका कारण मृत्यु भएको थियो ।   जिल्लामा हालसम्म सात सय ४३ मा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये चार सय ५९ चितवनका रहेका छन् । बाहिरी जिल्लाका एक सय ७५ जना र ठेगाना नखुलेका एक सय नौ जना रहेका छन् । चार हजार चार सय ४९ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।  

काठमाडौं :  नवरात्रको चौथोे दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथोे कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।   प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौथोे दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथोे देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।    श्री दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा भनिएको छ–‘कुत्सित : ऊष्मा कुष्मा–त्रिविधतापयुत : संसार :, स अण्डे मांसपेश्यामुदररुपायां यस्या : सा कुष्माण्डा’ अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ, त्यही भगवती कुष्माण्डाका रुपमा चिनिनुहुन्छ ।   नवरात्रको पहिलो दिन असोज १० गते सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन मङ्गलबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो ।   बडादसैँको चौथोे दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।   दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धीदात्रीको पूजा आराधना गर्ने गर्ने शास्त्रीय नियम छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।    नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।     यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लागेको जनाइएको छ ।

  मुस्ताङ । घरपझोङ गाउँपालिकाले पाँच किलोग्रामसम्म अट्ने स्याउको कार्टुन वितरण गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० को बजेट तथा कार्यक्रमअनुसार प्लास्टिक झोलाको विकल्पमा पाँच किलो अट्ने स्याउको कार्टुन वितरण गर्न लागिएको हो ।   किसानलाई ७५ प्रतिशत अनुदान सहयोगमा कार्टुन वितरण गरिने गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो । विगतका वर्षमा २० किलोसम्म अट्ने स्याउका कार्टुन अनुदानमार्फत वितरण गरिएकामा त्यसबाट अपेक्षित उपलब्धि नभएपछि अहिले पाँच किलो क्षमताको काटुर्न वितरण गर्न लागिएको हो । उक्त कार्टुन अब भने सही सदुपयोग हुने विश्वास लिइएको जनाउँदै अध्यक्ष लालचनले भन्नुभयो, “विगतका वर्षमा २० किलोसम्म अट्ने  स्याउको कार्टुन सीमित व्यक्तिले मात्रै माग गर्ने गर्दथे ।”   प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले २० किलोको कार्टुन वितरण गर्दा धेरैले दोहोरोपनको फाइदासमेत उठाएको उहाँले बताउनुभयो । पालिकाले यस कार्यक्रमका लागि रु दुई लाख ५० हजार विनियोजन गरेको र किसानको मागअनुसार उक्त कार्यक्रमअन्तर्गत छ हजार तीन सय ५० कार्टुन ल्याइएको गाउँपालिकाका उपाध्यक्ष जमुना थकालीले जानकारी दिनुभयो ।   पालिकाभित्रका पाँचवटै वडामा मागबमोजिमको अनुपातमा कार्टुन वितरण हुने उहाँले बताउनुभयो । पाँच किलोको कार्टुन दसँैं तिहार जस्ता महान चाडमा आफन्त, इष्टमित्र, साथीभाइलाई स्याउलगायतका समान कोसेलीका रुपमा पठाउन मिल्ने जनाइएको छ । पाँच किलोको कार्टुन प्लास्टिकको विकल्पका रुपमा उपयोग हुने बताउँदै उहाँले यी कार्टुनलाई किसानले ७५५ अनुदानमा प्रति कार्टुन रु १३ रुपैयाँ तिर्नुपर्ने जानकारी दिनुभयो । 

  काठमाडौं । वरिष्ठ कलाकार तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप–कुलपति हरिहर शर्माले नेपाली कलाको क्षेत्रमा गीत सङ्गीतको महत्वपूर्ण स्थान रहेको बताउनुभयो । नेपाल म्युजिक भिडियो निर्देशक समाजद्वारा यहाँ आयोजित कार्यक्रममा उहाँले गीतसङ्गीतबिना फिल्म अधुरो रहेको बताउनुभएको हो ।   “गीतसङ्गीत भिडियोमा होस् या फिल्ममा उत्तिकै महत्वपूर्ण छ । हामी कहाँ दर्शकसम्म पुग्ने सशक्त माध्यम गीतसङ्गीत नै हो । यसैको महत्व छुट्टै छ”, उहाँले भन्नुभयो । साथै उहाँले कलाका विभिन्न विधालाई एकीकृत गर्नुपर्ने आवश्यकता महसुस गरेको बताउनुभयो ।    कार्यक्रममा समाजका अध्यक्ष विधान कार्कीले नेपाली म्युजिक भिडियो निर्देशकको परिचय र पहिचान स्थापित गर्दै उनीहरुको हकहितमा काम गर्ने उद्देश्यका साथ संस्थाको स्थापना भएको जानकारी दिनुभयो । कार्यक्रममा नेपाली म्युजिक भिडियोका क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुहुने तीन जना निर्देशकलाई सम्मान प्रदान गर्दै संरक्षक तथा सल्लाहकार र साधारण सदस्यलाई सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो ।   म्युजिक भिडियो निर्देशकत्रय सहेन्द्र श्रेष्ठ, प्रकाश भट्ट र सङ्गीता श्रेष्ठलाई म्युजिक भिडियोको क्षेत्रमा पु¥याएको योगदानस्वरुप विशिष्ट सम्मान गरिएको हो । सो अवसरमा समाजका संरक्षक बाबुराजा केसी ‘उज्ज्वल’ तथा सल्लाहकार वरिष्ठ गायक, सङ्गीतकार, गीतकार, लेखक तथा निर्देशक नारायण रायमाझी, नेपाली गीतसङ्गीत तथा चलचित्रका डिजिटल प्रवद्र्ध्क ओम प्रकाश अग्रवाल, निर्देशक एवं कोरियोग्राफर शिव विक र प्रेस सल्लाहकार जीवन पराजुलीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।   फिल्म र गीतसङ्गीतको प्रवद्र्धन गर्न इभेन्ट हुने सूर्य कर्पोरेशनले विदेशी भूमिमा नेपाली फिल्म र गीतसङ्गीतलाई समेटेर अवार्ड गर्ने भएको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा कर्पोरेशनका अध्यक्ष वासुदेव लामिछानेले अष्ट्रेलिया र अन्य देशमा कार्यक्रम हुने जानकारी दिनुभयो । अध्यक्ष लामिछानेले नेपाली फिल्म र गीतसङ्गीतको प्रवद्र्धन गर्न इभेन्ट आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले कार्यक्रम यही वर्षदेखि २०२३ को अन्त्यसम्ममा सम्पन्न हुने बताउनुभयो । “हामीले कलाकारसँग सम्झौता गर्दा नै दुई वर्षको समय भनेका छौँ । हामी अन्य नेपाली फिल्म र गीतसङ्गीतको कार्यक्रम हुने विदेशी स्थानमा कार्यक्रम गर्दैछौँ”, उहाँले भन्नुभयो ।    कार्यक्रममा गायक प्रशान्त तामाङ, कमल खत्री गायिका मिलन नेवार, समीक्षा अधिकारी, मेलिना मैनाली, हास्यकलाकार सन्दिप क्षेत्री, अभिनेत्री नम्रता सापकोटा, अभिनेता तथा मोडल प्रशान्त ताम्राकार र गीतकार तथा सञ्चारकर्मी नरेश भट्टराई सहभागी हुनुहुनेछ ।    हास्यकलाकार सन्दीप क्षेत्रीले यो टीमसँग सुरुवाती समय देखि नै जोडिएकोले कार्यक्रम राम्रो हुने बताउनुभयो । “मलाई व्यावसायिक पाटो त थाहा छैन । यद्यपि नेपाली गीतसङ्गीतको लागि उहाँहरुले गरिरहनुभएको मेहनत प्रशंसनीय छ । यसपटक पुराना अनुभवले अझैँ परिपक्व हुनेमा विश्वत छु”, कलाकार क्षेत्रीले भन्नुभयो । साकुरा नाइट, सूर्य फिल्म अवार्ड लगायतको कार्यक्रम जापानमा यस अगाडि नै अध्यक्ष लामिछानेले गरिसक्नु भएको जनाइएको छ ।

  सुदूरपश्चिम प्रदेशका बाढी पहिरो प्रभावितलाई  संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) ले प्रदेश तथा स्थानीय सरकारसँगको समन्वय र साझेदारीमा महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यक स्वास्थ्य सामग्री, ‘डिग्निटी किट’ र किशोरी किट वितरण गरेको छ । गत हप्ता अविरल वर्षाका कारण गएको बाढीपहिरोबाट सो प्रदेशका विशेष गरी महिला तथा किशोरी वढी प्रभावित भएका जनाइएको छ ।          दार्चुला जिल्ला अस्पताललाई पाँच  र महाकाली नगरपालिका–२ स्थित स्वास्थ्यचौकीलाई दुई स्थान प्रजनन स्वास्थ्य सामग्री (आरएच किट्स) प्रदान गरेको युएनएफपिएद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ ।  प्रजनन स्वास्थ्य सामग्रीमा यौनजन्य सङ्क्रमणको उपचार गर्न, सुत्केरी गराउन र प्रसूतिसम्बन्धी जटिलताको व्यवस्थापन गर्न र बलात्कार भएको अवस्थामा उपचारका लागि आवश्यक औषधि तथा सामग्री समावेश गरिएको जनाइएको छ ।       राष्ट्रसङ्घको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी एजेन्सीका रुपमा कार्यरत युएनएफपिएले सुदूरपश्चिम प्रदेशका दार्चुला, अछाम र कैलाली जिल्लामा विपत्का प्रभावित महिला तथा किशोरीहका लागि चार सय ६२ डिग्निटी किट्स र दुई सय ७० किशोरी किट्स  वितरण गरेको विज्ञप्तिमा उल्लेख छ ।     गर्भवती र सुत्केरीसहित महिला तथा किशोरीहरुको महिनावारीलगायत आधारभूत स्वच्छता तथा सुरक्षाको सुनिश्चतताका लागि डिग्निटी किट्स र किशोरी किट्स वितरण गरिएको हो । उक्त किट्सहरुमा विपत्का बेला महिला तथा किशोरीका लागि चाहिने अत्यावश्यक सामग्रीहरु राखिएका छन् ।       उक्त सामग्रीहरु वितरणसँगै युएनएफपिएले यौन तथा अन्य हिंसाको जोखिम सम्बोधन गर्न हिंसा रोकथामसम्बन्धी सन्देश तथा त्यससम्बन्धि सेवा प्रवाह गर्ने निकायहरुको नाम, टेलिफोन नम्बर तथा जानकारीसमेत प्रदान गरेको जारी विज्ञप्तिमा जनाइएको छ ।  स्वास्थ्य सामग्रीमा परिवार नियोजनका साधनसमेत समेटिएका छन् ।       जिल्ला अस्पताल दार्चुलाका मेडिकल सुपरिटेन्डेन्ट डा आदर्श लिम्बूले सामग्री ग्रहण गर्दै विपत्का बेला महिला तथा किशोरीका लागि यौन तथा प्रजनन स्वास्थ्य सेवालाई निरन्तरताका दिन युएनएफपिएको सहयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।      सो अवसरमा युएनएफपिएका नेपाल प्रतिनिधि योङ होङले भन्नुभयो, “मानवीय विपत्का बेला विद्यमान लैङ्गिक विभेद तथा यौन तथा प्रजनन स्वास्थ्यमा गरिने बेवास्ताका कारण महिला तथा किशोरी सबैभन्दा बढी प्रभावित हुन्छन् । अझ प्रभावितका लागि व्यवस्था गरिएका अस्थायी टहरा तथा आश्रयस्थलमा लैङ्गिक हिंसाको जोखिम बढी हुन्छ । सुदूरपश्चिममा मात्र होइन मुलुकका अन्य भागमा समेत मानवीय विपत्का बेला महिला तथा किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यकतालाई प्रभावकारीरुपमा सम्बोधन गर्नका लागि सरकार तथा प्रमुख सरोकारवालाहरुलाई तयारी अवस्थामा रहून् भनेर सुनिश्चित गर्न युएनएफपिए प्रतिबद्ध छ ।”      विज्ञप्तिमा मानवीय विपत्का बेला महिला तथा किशोरीहरुले यौन तथा प्रजनन स्वास्थ्य तथा लैङ्गिक हिंसा सम्बोधन गर्ने सेवा निरन्तर रुपमा पाइरहून् भनेर सुनिश्चितता गर्न यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी मध्य तथा दीर्घकालीन आवश्यकताहरु पहिचानगर्नका लागि सरकारलाई सहयोग पु¥याउन युएनएफपिए साझेदार संस्थाहरुसँग कार्य गरिरहेको जनाइएको छ । युएनएफपिएले मानवीय विपत्लाई प्रभावकारी रुपमा सम्बोधन गर्न अष्टे«लिया र बेलायत सरकार तथा युरोपियन युनियनको सहयोगमा विभिन्न किसिमका ७० सेट यौन तथा प्रजनन स्वास्थ्य सामग्री ९आर एच किट्स्० एवं १० हजारभन्दा बढी डिग्निटी र किशोरी किट्सहरु तयारी अवस्थामा राखेको छ । 

  कैलाली । कैलालीमा ‘यात्रुसँग एक मिनेट’ कार्यक्रम सञ्चालन गरिएको छ । चाडपर्वलाई लक्षित गर्दै सो कार्यक्रम सञ्चालन गरिएको हो ।    सुदूरपश्चिम प्रदेशकै व्यापारी केन्द्रका रुपमा रहेको धनगढीस्थित बसपार्कबाट बस छुटिसकेपछि जिल्लाका ठाउँठाउँमा स्थापना गरिएका यात्रु सहायता कक्ष तथा जाँचस्थलमा यात्रुसँग एक मिनेट कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख वकिलबहादुर सिहंले जानकारी दिनुभयो ।   बसपार्कबाट छुटेका लामो तथा छोटो दूरीका सार्वजनिक सवारी विभिन्न यात्रु सहायता कक्षमा पुगेलगत्तै जाँचमा सुरक्षाकर्मीले चालकका बारेमा गाडीमा सवार यात्रुसँग गरिने एक मिनेटको कुराकानीलाई यात्रुुसँग एक मिनेट भनिएको छ ।    “यात्रुको सहजताका लागि एक मिनेटमा विभिन्न कुरा सोधिन्छ”, प्रमुख सिंहले भन्नुभयो, “टिकटमा भए अनुसारको सिट पाउनु भएको छ की छैन रु आरक्षण भएको सिट सदुपयोग गर्न पाउनुभएको छ की छैन रु तोकिए बमोजिमको भाडा तिर्नु भएको छ वा बढी रु चालक सहचालकले तपाईसँग कुनै नराम्रो व्यवहार गरेको छ की छैन रु  चालकको सेवा प्रभाव कस्तो छ रु यी यावत कुरा एक मिनेटमा सोधेर यात्रुलाई तपाईको यात्रा शुभ रहोस भन्ने तवरले यो कार्यक्रम सञ्चालन गरिएको हो ।”   यी चारपाँच वटा प्रश्न एक मिनेटमा सोध्ने तथा सबै ठीक छ भने गन्तव्य स्थानमा जान अनुमति दिने र यदि नियम विपरीत भएको पाइएमा तुरुन्तै ‘रेन्सपोन्स’ गरी कारबाही गर्ने गरेको उहाँले बताउनुभयो । त्यसैगरी बसपार्कबाट बस छुट्ने समय अगावै सार्वजनिक सवारी साधनको यान्त्रिक अवस्थाबारे जाँच गर्न पनि सुरु गरिएको छ ।   अक्सर गरेर अघिल्ला वर्षमा सवारी दुर्घटनाको विश्लेषण गर्दा थोत्रा गाडी तथा यान्त्रिकरण गड्बडीका कारण दुर्घटना हुने गरेकाले चाडपर्वलाई लक्षित गरी सार्वजनिक सवारीसाधनको यान्त्रिक अवस्थाको जाँचमा ध्यान दिइएको हो ।    चाडपर्वमा सवारी साधनको चाप बढ्दै जाने भएको हुँदा सवारी साधनको यान्त्रिक अवस्था जाँच नगरी सवारीसाधन सञ्चालन गर्दा सवारी दुर्घटना हुनसक्ने भन्दै उक्त कार्यलाई निरुत्साहित गर्न र सवारी दुर्घटना न्यूनीकरण लागि यातायात व्यवस्था कार्यालय धनगढीका प्राविधिकसहितको संयुक्त टोलीले सवारी साधनको यान्त्रिक अवस्थाबारे जाँच गर्न सुरु गरिएको प्रमुख सिंहको भनाइ छ ।   सवारी साधनको यान्त्रिक अवस्थाबारे जाँचका साथै सवारीसाधनमा अगाडिको सिसा तथा ९ऐना० मा विभिन्न किसिमका झालर, रुमाल तथा अन्य सजावटका सामान राखिएका छन् भने तुरुन्त हटाउने गरिएको छ ।

  गोरखा । उत्तरी गोरखाको  मनास्लु हिमालमा गत सोमबारदेखि बेपत्ता भएकी विश्वविख्यात स्की आरोही हिलारी नेल्सन मृत अवस्थामा फेला परेकी छिन् ।  अमेरिकी नागरिक नेल्सन आज बिहान मृत भेटिएकी हुन् ।  नेल्सनको शव उद्धार गरी सामागाउँ ल्याएर मुचुल्का उठाएर हेलिकप्टरमार्फत शव परीक्षणका लागि काठमाडौँ पठाइएको  जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लीलाराज लामिछानेले जानकारी दिनुभयो ।  “आवश्यक प्रक्रिया पूरा गरी सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ टिचिङ अस्पतालमा शव पठाएका छौँ”, उहाँले भन्नुभयो । काठमाडौँको साङ्ग्रिला नेपाल ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक जीवन घिमिरेका अनुसार उहाँसँगै स्की गर्न गएका जिम मोरिसन भने सकुशल आधार शिविरमा फर्कन सफल हुनुभएको छ । हिलारी मनाङतर्फ पर्ने भीमथाङमा हराउनु भएको थियो । नर्थफेसकी एथलेट हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होत्से हिमालको चुचुरोबाट अवरोहण गर्नुभएको थियो । आठ हजार मिटरमाथिको दुई हिमालको चुचुरोबाट स्की गर्दै अवरोहण गरेको कीर्तिमान पनि उहाँको नाममा रहेको छ ।   अमेरिकाको सियाटलमा जन्मिनुभएकी हिलारीलाई सन् २०१८ मा नेशनल जोग्राफिले साहसी खेलाडीको सूचीमा राखेको थियो । सन् २००५ मा उहाँले चोयु हिमालको चुचुरोबाट स्की गर्नु भएको थियो ।