मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

पोखरा:  अम्विका भागवत् फाउण्डेशन नेपालको तेस्रो साधारण सभा तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रमको उद्घाटन गर्दै नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले संस्थालाई दिगो बनाउँनका लागि साधनस्रोत, अर्थ र जनशक्ति आवश्यकता रहेको बताउनुभयो । उहाँले फाउण्डेशनेले छोटो समयमा महत्वपूर्ण कार्य गरेकोमा खुसी व्यक्त गर्नुभयो । साथै संस्थालाई सफल बनाउनका लागि तन, मन, बचन र कर्मले लागि पर्नुपर्नेमा उहाँको जोड थियो । फाउण्डेशनले गर्दै आएको शान्ति मावि जुम्लेटीको कार्यक्रममा नेलम्बो नेपालले सहकार्य गर्ने घोषण समेत उहाँले गर्नुभयो ।  कार्यक्रममा मानार्थ सदस्यबाट सम्मानित व्यक्तित्व कुसुमकेशब पराजुलीले संस्थाले गरेका कामको खुलेर प्रशंसा गर्नुभयो । उहाँले संस्थासँग सहकार्य गरेर कार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । पोखरा महानगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले सहकार्य गरेर कार्यक्रम गर्न सकिने बताउनुभयो । संस्थाका संरक्षक अम्विका नेपाल, रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारी, डाँफे मनास्लु कृषि फार्मका अध्यक्ष दावा कुमार लामा, संस्थाका उपाध्यक्ष अम्विका भण्डारी, बाल सदस्य निश्चल श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।  फाउण्डेशनका अध्यक्ष भागवत् नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव देवी श्रेष्ठ गर्नुभएको थियो । कार्यक्रममा प्रगति प्रतिवेदन सचिव देवी श्रेष्ठ र आर्थिक प्रतिवेदन कोषाध्यक्ष माधवी नेपाल प्रस्तुत गर्नुभएको थियो । शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको संस्थाले शान्ति मावि जुम्लेटी, आनन्द ज्योती मावि बेगनास र वह्म ज्योति आधारभूत विद्यालय भरतपोखरी गरी १ सय २२ जना विद्यार्थीलाई अध्ययनका लागि सहायत गर्दै आएको छ ।  

काठमाडौं: राष्ट्रिय सभा उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । लुम्बिनी प्रदेश सभाबाट राष्ट्रिय सभामा रिक्त भएको स्थानमा आगामी माघ २५ गते हुन लागेको निर्वाचनका लागि आयोगले दल दर्ता आह्वान गरेको हो । तत्कालीन राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त स्थान रिक्त भएको थियो । सोही ठाउँमा हुने निर्वाचनका लागि यही पुस २८ गतेभित्र दल दर्ता गर्न आयोगले सूचना जारी गरेको छ । नेकपा एमालेका नेता भट्टराईले रुपन्देही(५ बाट चुनाव लड्न राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका थिए । तर उनी उम्मेदवार बनेनन् । 

काठमाडौं:  कोरोना संक्रमण बढेपछि नेपाल वायु सेवा निगमले विदेशबाट आउने यात्रुहरुलाई पीसीआर नेगेटिभ रिपोर्ट वा बार कोड सहितको कोभिड–१९ इन्टरनेशनल सर्टिफिकेट अनिवार्य साथमा राख्न अनुरोध गरेको छ । निगमले सूचना जारी गर्दै उक्त आग्रह गरेको हो । विदेशमा कोरोना संक्रमण बढेपछि सावधानीका उपाय अपनाउन थालिएको छ ।

म्याग्दी:   गाउँघरमा हिजोआज नौमती बाजा लोप हुँदै जान थालेकाले सरोकारवालाहरूलाई चिन्तित तुल्याएको छ। अहिले धार्मिक कार्य र सभा समारोहमा नौमती बाजा बिरलै देख्न सकिन्छ। पाका पुस्तामा लोकप्रिय नौमती बाजा बजाउने कला तन्नेरी पुस्ताले सिको नगर्दा कला लोप हुन थालेको छ। प्रायःजसो पुरुषले मात्र बजाउने नौमती बाजा अहिले महिलाले पनि बजाउन थालेपछि बाजाको महत्व बढेको छ।   बेनी नगरपालिका–४ स्थित राक्सेका आमाहरूले बजाउने नौमती बाजा गाउँघरमा लोकप्रिय हुन थालेको छ। सो समूहका महिला नौमती बाजाका वाद्यवादन कर्नाल, सहनाई, नरसिङ्गा, झ्याली, मादल, दमाहा, ट्याम्को, ढोलकी सबै आफैँले बोक्छन्, आफैँले बजाउँछन्। यो समूहमा २५ देखि ५५ वर्षसम्मका महिला आबद्ध छन्। गाउँघरमा हुने विवाह, व्रतबन्धलगायतका कार्यमा उनै आमाहरू वाद्यवादनका सामग्री बोकेर पुग्छन्।  विवाह, व्रतबन्ध, धार्मिक कार्य र विभिन्न सभा समारोहमा प्रयोग गरिने नौमती बाजाको संरक्षणमा यहाँका आमाहरू जुट्न थालेका छन्। परम्परागत नौमती बाजा संरक्षणका साथै आमाहरूले राम्रो आम्दानीको स्रोत पनि बन्न थालेको छ।  नौमती बाजा बजाउन तीन वर्षअघि एक महिनाको तालिम लिएपछि आमाहरूले नौमती बाजा बजाउन पोख्त भएका हुन्। आमाहरूले नौमती बाजा संरक्षणका लागि नवजागरण आमा समूह गठन गरेका छन्। समाजमा हुने विवाह, व्रतबन्ध तथा धार्मिक कार्य र बेनीमा आयोजना हुने विभिन्न कार्यक्रममा  आमाहरूको नौमती बाजा नै पहिलो प्राथमिकतामा पर्छ। “सुरु–सुरुमा कर्नाल फुक्न कठिन थियो,” नौमती बाजा समूहकी माया शर्माले भन्नुभयो, “अहिले त राम्रोसँग कर्नाल फुक्न सक्ने भएकी छु। कर्नल फुक्न थालेपछि आजभोलि गाउँघरमा कर्नाले आमाको पहिचान बनेको छ।” विष्णु रसाइलीले नरसिङ्गा बजाउनुहुन्छ भने रुक्सना रुचाल ट्याम्को बजाउन सिपालु हुनुहुन्छ।  “बजाउँदा बजाउँदै अहिले त सिपालु भएको छु,” ट्याम्को बजाउने रुक्सनाले भन्नुभयो, “बाजामा नाच्नेहरूले लामो ताल लगाउँदा अलि कठिन हुन्छ। छोटो–छोटो तालमा त सजिलै बजाउन सक्ने भएकी छु।” “नौमती बाजा हाम्रो परम्परागत कला र संस्कृति हो, यसको संरक्षणमा पुरुषले चासो नदेखाएपछि हामी महिला जुटेका हौँ,” विष्णु रसाइलीले भन्नुभयो, “सिजनका समयमा भ्याइनभ्याइ हुन्छ। सबैतिरबाट माग आउने गर्छ।”  तीन वर्षअघि वडा कार्यालयले आमाहरूलाई एक महिने नौमती बाजासम्बन्धी तालिम दिएको थियो। तालिम पाएपछि आमाहरू अहिले नौमती बाजा बजाउन सिपालु भएका छन्। म्याग्दीमा मात्र होइन, आमाहरू बाजा बोकेर छिमेकी जिल्ला पर्वत, बागलुङ र ठूला सहर पोखराका साथै राजधानीसम्म पुग्ने गरेका छन्।  “विवाह, व्रतबन्ध र चौरासी पूजाको सिजनमा म्याग्दीका साथै ठूला सहरबाट पनि माग आउन थालेको छ,” नवजागरण आमाकी अध्यक्ष लक्ष्मी खत्रीले भन्नुभयो, “समाजमा नौमती बाजा लोप हुँदै जान थालेकाले हाम्रो पुरानो कला र संस्कृतिको संरक्षणमा आमाहरू जुटेका हौँ। समूहमा १० जना महिला छौँ, सबै जना बजाउन सक्ने भएका छौँ। हाम्रो बाजा बजाउने सीप देखेर टाढा–टाढाबाट पनि माग आउने गरेको छ।” हाम्रो यो अभियानमा घरपरिवारबाट पनि साथ सहयोग मिलेको छ, उहाँ बताउनुहुन्छ।  “जिल्लाभित्र १५ देखि २० हजारसम्म र बाहिर जानु परे ३० देखि ४० हजार रुपियाँसम्म समूहले दररेट तोकेको छ,” आमा समूहकी अध्यक्ष खत्रीले भन्नुभयो, “बाजा बजाएबापतको आधा रकम कोषमा राख्छौँ र आधा समूहका सदस्यले बाढेर लिने गरेका छौँ।” कोषमा जम्मा भएको रकम बाजा मर्मत सम्भार र नयाँ खरिद गर्न प्रयोग गरिने खत्रीको भनाइ छ।   

पोखराः  सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित समितिले उच्चस्तरीय संयन्त्रलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका संयोजक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको हो । न्यूनतम साझा कार्यक्रमको मस्यौदा गर्न गठित समितिमा उपप्रधानमन्त्री पौडेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकाल, राप्रपाका  महामन्त्री धवलशम्शेर राणा, जसपाका नेता रकम चेम्जोङ सदस्य छन् ।

काठमाडौं:  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भनेर छलफल गर्ने विषय नै नभएको बताएका छन् । कांग्रेस प्रतिपक्षमा बस्ने र त्यसअनुसार नै भूमिका खेल्ने उनले बताए । शनिबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री थापाले भने, ‘कांग्रेसले विश्वासको मतको खिलापमा मतदान गर्छ, प्रतिपक्षमा बस्छ ।’ यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने दिन २६ पुसको विहान निर्णय गर्ने उनले बताए ।

काठमाडौं:  नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले भगवान राजकुमार स्मृति पुरस्कार लेखक तथा फोटो पत्रकार भरतबन्धु थापालाई प्रदान गरेको छ । शाखाको २६ औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा थापालाई १० हजार रुपैयाँसहित पुरस्कृत गरेको हो । यस्तै शाखाले पत्रकार प्रवीणराज जोशीलाई अग्रज पत्रकार सम्मानसहित नगद ५ हजार रुपैयाँ प्रदान गरेको छ । मैयाँदेवी शिल्पकार स्मृति पुरस्कारबाट नविना खबुर्जा श्रेष्ठ र क्रियाशील महिला पत्रकारिता पुरस्कारबाट कविता थापा पुरस्कृत भएका छन् । उनीहरुले जनही २५ सय रुपैयाँ पाएका छन् । पुरस्कृत चारै जना पत्रकारलाई पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रमाणपत्र र नगद प्रदान गरे । सो अवसरमा पत्रकार महासंघ भक्तपुर शाखाले ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ भक्तपुरबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका १४ जना सदस्यलाई सम्मान गरेको थियो ।

स्याङ्जा:   स्याङ्जा, पाल्पा र गुल्मीको संगमस्थल रिडीमा देशकै पहिलो तीन मुखे झोलुङ्गे पुल निर्माणले पूर्णता पाएको छ । धार्मिक तथा पर्यटकीय हिसाबले महत्त्व बोकेको रिडीमा ठेक्का सम्झौता गरेको साढे आठ वर्षमा पुल निर्माण भएको हो ।  तीन वर्ष भित्रमा पुल निर्माण सम्पन्न गर्नेगरी नयाँ बाटो, रुबिना, मना जेबीले २०७१ साल असार १० गते ठेक्का सम्झौता गरेका थिए । निर्माण कम्पनीले नौ करोड ८८ लाख २६ हजार ३३२ रुपियाँमा स्थानीय पूर्वाधार विभाग सस्पेन्सन ब्रिज डिभिजन श्रीमहल पुलचोकसँग पुलको ठेक्का सम्झौता गरेर काम अगाडि बढाएको थियो ।  देशकै पहिलो तीनमुखे झोलुङ्गे पुलले स्याङ्जाको कालिगण्डकी –१ कारिकोट चण्डिभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका –१४ अर्गली र गुल्मीको रुरु गाउँपालिका –१ रिडी जोडेको छ । देशकै पहिलो र नयाँ पुल भएकाले डिजाइन गर्न, काम सम्पन्न गर्न समय लागेको निर्माण व्यवसायी महेन्द्र अधिकारीले बताउनुभयो । पुल निर्माण कार्य ढिलाइ हुँदा यहाँका नागरिक निराश बने पनि निर्माण सम्पन्न भएपछि अहिले हर्षित बनेको गाउँपालिका वडा १ का वडा अध्यक्ष कृष्ण लामिछानेले बताउनुभयो । पुल निर्माण सँगै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको बताउँदै लामिछानेले सोलार बत्तिका कारण दिनमाभन्दा रातमा पुल राम्रो मनोरम देखिएको बताउनुभयो ।  थाहा पाउने जोकोही तीनमुखे झोलुङे पुलमा आउनेगरेको बताउँदै लामिछानेले दैनिक संयौले फोटो खिच्ने र सेल्फि खिच्नेगरेको उहाँले बताउनुभयो । कालिगण्डकीमा बनाएको झोलुङ्गे पुलको मुख्य पिलर तीन जिल्लाको मध्य भागको दुरीमा बनाइएको छ ।  पुलको मध्यभागमा रहेको पिलरबाट हरेक जिल्लामा पुग्न ५९.१३ मिटरको दूरी पार गर्नुपर्छ । मध्यभागबाट तीन तिरबाटै जोड्दा पिलर १७७.४ मिटर रहेको छ । मुख्य पिलर जमिनमुनी १६ मिटर वेल फाउण्डेन गरी थप १२ मिटरमा वाकवे निर्माण गरिएको छ ।  वाकवेबाट २५.२३ मिटरको उचाइको टावरमा लठठा कसिएको छ र एक मिटर १५० सेमीमा ढलान गरी रेलिङ राखिएको छ । रेलिङ हेर्न र हिँड्नको लागि नभई सोलार प्रयोजनका लागि बनाइएको छ ।

काठमाडौं:  राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बस चढेर पाटन पुग्नुभएको छ । शनिबार राष्ट्रपति भवनबाट साझा बसमा चढेर राष्ट्रपति भण्डारी त्यहाँस्थित मदन पुस्तकालयलगायत स्थानको अवलोकनका लागि पाटन पुग्नुभएको हो ।