अम्विका भागवत् फाउण्डेशन नेपालको तेस्रो साधारणसभा सम्पन्न

पाेखरा | पुस २४, २०७९

अम्विका भागवत् फाउण्डेशन नेपालको तेस्रो साधारणसभा सम्पन्न

पोखरा:  अम्विका भागवत् फाउण्डेशन नेपालको तेस्रो साधारण सभा तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न भएको छ । 


कार्यक्रमको उद्घाटन गर्दै नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले संस्थालाई दिगो बनाउँनका लागि साधनस्रोत, अर्थ र जनशक्ति आवश्यकता रहेको बताउनुभयो । उहाँले फाउण्डेशनेले छोटो समयमा महत्वपूर्ण कार्य गरेकोमा खुसी व्यक्त गर्नुभयो । साथै संस्थालाई सफल बनाउनका लागि तन, मन, बचन र कर्मले लागि पर्नुपर्नेमा उहाँको जोड थियो । फाउण्डेशनले गर्दै आएको शान्ति मावि जुम्लेटीको कार्यक्रममा नेलम्बो नेपालले सहकार्य गर्ने घोषण समेत उहाँले गर्नुभयो । 


कार्यक्रममा मानार्थ सदस्यबाट सम्मानित व्यक्तित्व कुसुमकेशब पराजुलीले संस्थाले गरेका कामको खुलेर प्रशंसा गर्नुभयो । उहाँले संस्थासँग सहकार्य गरेर कार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । पोखरा महानगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले सहकार्य गरेर कार्यक्रम गर्न सकिने बताउनुभयो । संस्थाका संरक्षक अम्विका नेपाल, रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारी, डाँफे मनास्लु कृषि फार्मका अध्यक्ष दावा कुमार लामा, संस्थाका उपाध्यक्ष अम्विका भण्डारी, बाल सदस्य निश्चल श्रेष्ठ लगायतले बोल्नुभएको थियो । 


फाउण्डेशनका अध्यक्ष भागवत् नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव देवी श्रेष्ठ गर्नुभएको थियो । कार्यक्रममा प्रगति प्रतिवेदन सचिव देवी श्रेष्ठ र आर्थिक प्रतिवेदन कोषाध्यक्ष माधवी नेपाल प्रस्तुत गर्नुभएको थियो । शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको संस्थाले शान्ति मावि जुम्लेटी, आनन्द ज्योती मावि बेगनास र वह्म ज्योति आधारभूत विद्यालय भरतपोखरी गरी १ सय २२ जना विद्यार्थीलाई अध्ययनका लागि सहायत गर्दै आएको छ ।
 

पोखरा:   सहदेव अधिकारी नेपाल लाइफको उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका छन् ।  उनी लगातार तेस्रोपटक उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका हुन् । भने, गण्डकी प्रदेश लगातार दुईप...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नम्बर ९ का वडा सदस्यसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार न्यायिक समिति स...

थप पढ्नुहोस्

पोखरा:   नातेदारलाई बलात्कार र बालिकालाई यौन दुर्व्यवहार गरी भिडियो बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले साउन ३० गते उनलाई बाल यौन दुर्व्यवहार सामग्...

थप पढ्नुहोस्