पोखरा: युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठलाई पितृ शोक परेको छ । तनहुँको घिरिङ गाँउपालिका ३ हटिया घर भइ हाल चितवन निवासी आनन्द प्रसाद श्रेष्ठको ८१ वर्षको उमेरमा चितवनको भरतपुर स्ेिथत बर्मेली टोल स्थित आफ्नै घरमा निधन भएको हो । बिगत केही वर्षदेखी दमको रोगबाट ग्रसित श्रेष्ठको बिहीबार निधन भएको हो । स्वर्गीय श्रेष्ठको दुई श्रीमति चार छोरा, चार छोरी, दश नाति र छ नातिनि रहेका छन । स्वर्गीय श्रेष्ठको चितवन स्थित देवघाटमा दाहसंस्सकार गरिएको परिवारले जनाएको छ । स्वर्गीय श्रेष्ठ सामाजिक काममा सक्रिय रहेका थिए । श्रेष्ठले घिरिङ ३ मा रहेको चन्द्रज्योति माविलाई जग्गादान समेत गरेका थिएभने विद्यालयमा विद्यालय व्यवस्थापन समितिमा रही विद्यालय भभवन निर्माणमा समेत योगदान गर्दै घिरिङको बिकास निर्माणमा सक्रिय रहेका थिए । स्वर्गीय श्रेष्ठ को आत्माको चिर शान्तिको कामना सहित शोक सन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस भनी युनाइटेड क्लब परिवारले समवेदना प्रकट गरेको छ । त्यसैगरी नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष सूूर्य बहादुर बानियाले वडा कमिटिका सचिव राजु श्रेष्ठको बुुवाको निधन प्रति शोक बक्तब्य जारी गरेका छन ।
पोखरा: मेश्रोम बराह माविकी विद्यार्थी अनिता जैसीले कक्षा १२ को परीक्षामा अन्नपूर्ण गाउँपालिकाबाट सर्वोकृष्ट अङ्कसहित उत्तिर्ण भएपछि घान्द्रुकमा सम्मानित भएकी छिन् । कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकस्थित मेश्रोम बराह माविबाट अनिताले कमर्स (म्यानेजमेन्ट) विषयमा गाउँपालिका भित्र नै सर्वोकृष्ट अङ्क लिएर पास भएपछि विद्यालयले नगदसहित सम्मान गरेको छ । विद्यालयले अनितालाई नगद १२ हजारसहित सम्मानपत्रले सम्मान गरेको मेश्रोम बराह माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्षिण गुरुङले जानकारी दिए । राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष लिएको कक्षा १२ को परीक्षामा अनिताले ३.३८ जिपीए लिएर गाउँपालिका टप गरेकी थिईन् । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङले विद्यालयबाट सहभागी भएका विद्यार्थीहरुले गाउँपालिका सर्वोकृष्ट अङ्क लिएर पास भए चार विद्यामा विद्यार्थीहरुलाई पुरस्कृत गर्ने घोषणा गरेका छन् । उनले मेश्रोम विद्यालयबाट कक्षा ५, ८, १० र १२ को वार्षिक परीक्षामा गाउँपालिका भित्र सर्वोकृष्ट अङ्कसहित उत्तिर्ण भए क्रमशः ५, ८, १० र १२ सहित पुरस्कृत गर्ने घोषणा गरेका हुन् । अध्यक्ष गुरुङले उत्कृष्ट अङ्क लिएर पास गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गर्दा अध्ययनमा रुची बढेर जाने विश्वास गरे । कार्यक्रममा सम्मानित अनिता जैसीले गाउँकै विद्यालयमा अध्ययन गरेर गाउँपालिकामा नै उत्कृष्ट अङ्क लिएर पास हुँदा खुशी व्यक्त गरिन् । गतवर्ष कक्षा १२ को वार्षिक परीक्षामा मेश्रोम बराहबाट ३३ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए । जसमा अनिताले गाउँपालिका भित्र नै उत्कृष्ट अङ्क लिएर उत्तिर्ण भएकी हुन् । सोही अवसरमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई कक्षा १२ का विद्यार्थीहरुले स्वागत गरेका छन् । कार्यक्रमको अवसरमा विद्यार्थीहरुले सांगितिक कार्यक्रम समेत आयोजना गरेका थिए । कार्यक्रम कक्षा १२ का विद्यार्थी लक्ष्मी ल्वाइगुनको अध्यक्षता, प्रमिला क्षेत्रीको स्वागत र विद्यार्थी राजेश गुरुङ, स्वेता विकको सञ्चालनमा सम्पन्न भएको थियो ।
काठमाडौं: भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग डेढ लाख रुपियाँ घुस लिएको आरोपमा पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले नायब सुब्बा कटुवाल र खरिदार अधिकारीलाई डेढ सो रकम लिइसकेको अवस्थामा उक्त रकमसहित पक्राउ गरिएको हो । आयोगका प्रवक्ता भोला दाहालका अनुसार अभियुक्तद्वयलाई पक्राउ गरी छानबिन भइरहेको छ । उनीहरूलाई सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा नं ३ मालपोत चोकबाट पक्राउ गरिएको हो ।
काठमाडौं: सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच सहमति भएको छ । सहमतिसँगै शिक्षहरुको आन्दोलन फिर्ता भएको छ । सरकारले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएपछि नेपाल शिक्षक महासंघ ३ असोजदेखि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएको थियो । सरकार र महासंघबीच ५ असोजमा भएको सहमतिमा राहत, अनुदान कोटामा कार्यरत शिक्षकको सिमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिक तर्फ ७५ प्रतिशत कायम गर्ने उल्लेख थियो । सरकारले ल्याएको विधेयकमा ५० प्रतिशत भनिएको थियो । ७५ प्रतिशत बनाउने सहमतिप्रति असहमति जनाउँदै राहत शिक्षकहरुले आन्दोलन जारी राखेका थिए ।
तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ढापटारमा पार्किङ गरी राखिएको रोलरबाट डिजेल चोरी गर्ने दुई जना पक्राउ परेका छन् । चाइना कम्युनिकेशन कन्ट्रक्सन प्रालिको रोलरबाट डिजेल चोरी गरेको अभियोगमा प्रहरीले बिहीवार हिजो दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका-५ याम्पा बस्ने २७ वर्षीय सुलोचन भट्टराई र रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० बस्ने २८ वर्षीय रामबहादुर चमार रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक खाणले जानकारी दिनुभयो । उनीहरुलाई रोलरबाट १ सय १० लिटर डिजल चोरी गरी बा २० च ७४९ नम्बरको आफ्नो गाडीमा लोड गर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेकाविरुद्ध तनहुँ अदालतबाट सात दिनको म्याद थप गरिएको छ ।
पोखरा: स्याङजाको पुतलीबजार नगरपालिका ८ बहाकोटमा निर्माण सम्पन्न भएको कोट कालिका मन्दिरको उद्घाटन गरिएको छ । बाइसे राजा पृथ्वी वीर बिक्रम शाहको पालामा स्थापित बहाकोट कोटकालिका मन्दिर जीर्ण बनेसंगै मन्दिरको जिर्णेद्धारा सहिन पुन निर्माण संगै मन्दिरमा ढलोटको मूर्ति समेत स्थापना गरिएको हो । मन्दिरको उद्घाटन गर्दै पुतलीबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मीले ऐतिहांसिक बहाकोट कालिका मन्दिर पुननिर्माण पश्चात मन्दिर आकर्षण बनेकाले बहाकोटमा आन्तरिक एवं बाह्य पर्यटक भित्रिने बताए । रेग्मीले मन्दिर सम्म आउने सडकको अवस्था अझैपनि दयनिय रहेको बताउदै उक्त सडक निर्माणमा नगरपाकिाले सहयोग गर्ने र संघ र प्रदेश सरकार संग समेत समन्वय गरी सडकलाई बाह्रै महिना सञ्चालन हुने गरी निर्माण गर्न आफु प्रतिवद्ध भएर लाग्ने बताए । ऐतिहासिक एवं धार्मिक मन्दिर दर्शनका लागि बहाकोट भित्रिने पाहुनालाई रैथानेबालीको परिकार खुवाउन र स्थानीय संस्कृतिको प्रवद्र्धन गर्न होमस्टे सञ्चालन गर्न समेत बहाकोट बासीलाई उनको आग्रह रहेको थियो । त्यस्तै अधिवक्ता विश्वराज मरासिनीले बहाकोट बासी दाजुभाइले पहलकदमी थालेर स्वदेश तथा विदेशमा रहेका जनसमुदायको सहयोगबाट मन्दिर निर्माण हुनु बहाकोट बासीको गौरवको विषय भएको वताउदै स्याङजा जिल्लामा नया धार्मिक पर्यटकीय गन्तब्य थपिएको वताए । बहाकोट कालिकाले बहाकोट आसपासको पर्यटकीय गतिविधीलाई टेवा प¥याएको बताउदै बहाकोट कालिकाको मन्दिर संरक्षणमा समेत सम्पूर्ण बहाकोटबासी जुट्नुपर्नेमा जोड दिए । पुतलीबजार नगरपालिका वडा नम्बर ८ का अध्यक्ष इम बहादुर सेनले सहयोगी हातबाट करोडौको लगानी गर्न सफल भएको बताउदै सहयोगी मनकै कारण बहाकोट कोटकालिका मन्दिर स्थापना भएको बताए । सहयोग गर्नेहरुलाई धन्यवाद ब्यक्त गर्दै वडाअध्यक्ष शाहीले आगामी दिनमा मन्दिर जाने बाटो आफ्ठेरो रहेको बताउदै सडक निर्माणका लागी र बहाकोटमा थ्री फेस लाइन जडानका लागीसमेत पहलकदमी थाल्ने वताए । बहाकोट संग मिलिनियम ट्रेक कोल्मा, कैलाश गुफा र भारकोट स्तुपालाइ जोडेर पर्यटन प्रवद्र्धन संगै आर्थिक बिकासमा अगाडि बढ्ने सकिने उनको भनाइ रहेको थियो । मन्दिर निर्माण समितिका अध्यक्ष भरतकुमार रानाले सिपाहीले मन्दिर अगाडी सुतिरहेको बाघलाई तरबारले काटेकाले सो ठाउँको नाम बाघकाट र समयान्तरमा अपभ्रम्स भई बहाकोट रहन गएको किंवदन्ती रहेको बताए । सुतेकै बाघलाई सिपाहीले काटेकाले बहाकोट कोटकालिकाको मौला समेत सुताइएर राख्ने गरिँदै आएको र आगामी दिनमा बाघ काटेको मूर्ति समेत बनाउने आफुहरुको योजना रहेको बताए । पुतलीबजार नगरपालिका, गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय स्थानीय र बाह्य सहयोगी एंव चन्दादाताको सहयोगमा संकलित एक करोड एक लाख ३५ हजार ८ सय ८ रुपैया लागतमा बहाकोट कोट कालिका मन्दिर निर्माण सम्पन्न गरिएको आर्थिक संकलन संयोजक इन्द्र बहादुर थापाले वताए । मन्दिरमा बडादसैंको महाअष्टमीको रातमा कालरात्रीको बिशेष पूजापाठ हुने साथै बडादसैको नवमी र चैतेदसैंको अष्ठमीमा पञ्चवली सहित विशेष पूजा हुने गर्दछ ।
पोखरा: मिना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय बिना कुमारी थापा ‘बिनु’ र बालकुमारी पौडेल ‘तारा’ सम्मान गरिने भएको छ । गण्डकी प्रदेशका पूर्व सांसद, उद्यमी तथा समाजसेवी मिना गुरुङले स्थापना गरी नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको पुरस्कारबाट पत्रकार बिनु र तारा सम्मानित हुन लागेका हुन् । छनोट समितिले सिफारिस गरेको नाम महासंघ कास्कीको मंगलबार बसेको बैठकले अनुमोदन गरेको सचिव माधव बरालले जानकारी दिए । संयोजक पुण्य पौडेल, सदस्यहरु दुर्गा अधिकारी, दीपक परियार, विमला भण्डारी र माधव बरालको छनोट समितिले उक्त पुरस्कार २०७९ का लागि बिनु र २०८० का लागि ताराको नाम सिफारिस गरेको हो । उक्त पुरस्कारको राशी नगद २० हजार १ सय ११ रुपैयाँ रहेको छ । असोज १२ गते एक कार्यक्रम आयोजना गरी पुरस्कार अर्पण गरिने सचिव बरालले जानकारी दिए । सम्मानित हुन लागेका पत्रकार बिनु हाल पोखरा टेलिभिजनमा कार्यरत छिन् । २०६८ सालमा गण्डकी टिभीमा मगर भाषाको समाचार बाचिकाबाट पत्रकारिता सुरु गरेकी बिनुले कान्तिपुर दैनिक, फेवा टेलिभिजन र गोर्खाली रेडियोमा पनि काम गरिसकेकी छिन् । हाल उनी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ कास्की शाखाकी उपाध्यक्ष र नेपाल मगर पत्रकार संघ कास्कीकी अध्यक्ष छिन् । यस्तै पत्रकार तारा पौडेलले २०६८ सालमा यूनाइटेड राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेकी हुन् । उनी हाल सिटीपोखरा डटकमको सञ्चालक÷सम्पादक भएर काम गरिरहेकी छिन् । यसभन्दा अघि उनले रेडियो नेपाल, रेडियो सफलता, रेडियो जननी, विग एफ एम, रेडियो आकाशवाणी, ईसांग्रिला डटकम, टप नेपाल न्यूज डटकममा काम गरिसकेकी छिन् । उनले नेपाल वातावरण पत्रकार समूहद्धारा सञ्चालित टेलिभिजनमार्फत प्रसारित भएको कार्यक्रम नयाँ पुस्तामा पनि काम गरेकी थिइन् । नेपाल पत्रकार महासंघको गण्डकी प्रदेश परिषद सदस्य, खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सदस्य, अनलाइन पत्रकार संघ गण्डकीको संस्थापक सचिव, सञ्चारिक समुह गण्डकीमा सदस्य भएर काम गरेकी तारा प्रेस चौतारी नेपाल कास्कीकी उपाध्यक्ष हुन् । यो पुरस्कारबाट यसभन्दा अघि दुर्गा भण्डारी, दीपक परियार, शान्ति गुरुङ, सरिता तिम्सिना पगेनी, खेम सारु मगर, स्मिता अधिकारी, रोशनी गुरुङ र रविना आले सम्मानित भइसकेका छन् ।
काठमाडौं: विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ । यस वर्षको नारा ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ ले स्वास्थ्य केही चुनिएका व्यक्तिका लागि मात्र होइन, सबैका लागि हो भन्ने कुरालाई प्रकाश पारेको छ । यो दिवस लुइस पाश्चरको मृत्युको वार्षिकोत्सवका रुपमा समेत मनाइन्छ । फ्रान्सेली वैज्ञानिक लुइसले रेबिजविरुद्धको पहिलो खोप विकास गर्नुभएको थियो । यस दिवसको उद्देश्य रेबिजविरुद्धको लडाइँमा सबै समूह, सङ्गठन र सरोकारवालालाई एकजुट गराउने हो । ग्लोबल एलायन्स फर रेबिज कन्ट्रोलले सन् २००७ देखि विश्व रेबिजविरुद्धको दिवसको रुपमा मनाउन थालेको थियो । कालान्तरमा विश्व स्वास्थ्य सङ्गठनले यस दिवसलाई समर्थन गरेको थियो । नेपालले सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । तर नेपालको सन्र्दभमा रेबिज चुनौती बन्दै गएको चिकित्सक बताउनुहुन्छ । अझै पनि ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको गत आर्थिक वर्ष २०७९/८०को तथ्याङ्कअनुसार ७५ हजार पाँच सय ६२ जनालाई कुकुर र नौ हजार नौ सय २१ जनालाई अन्य जनावरको टोकाइबाट विरामी भएका थिए । यस्तै आव २०७५÷७६ मा ३२ हजार आठ सय ८२ जनालाई कुकुरले टोकेको थियो । यो सङ्ख्या क्रमशः बढ्दै गएर आव ०७७/७८ मा ५४ हजार नौ सय ९६ जना पुगेको थियो । गत आवमा दुई लाख ५० हजार, ‘एआरभी’ भायल खोप खपत भएको थियो । महाशाखाका अनुसार आव ०७०र७१ मा नेपालमा रेबिजका कारण १० जनाको मृत्यु भएको थियो । आव ०७१/७२ मा १३ जना, आव ०७२/७३ मा छ जना, आव ०७३/७४ मा आठ, आव ०७४/७५ मा ३२ जना र आव ०७५/७६ मा १८ जनाको रेबिजका कारण मृत्यु भएको थियो । तर पछिल्ला वर्षहरुको तथ्याङ्कमा रिपोर्ट भएका जनावरको टोकाइका घटनाको सङ्ख्यामा उतारचढाव आए पनि रेबिजको मृत्युको सङ्ख्या गत वर्षको तुलनात्मक रुपमा बढ्दै गएको महाशाखाका अधिकारी बताउँनुहुन्छ । रेबिज एक घातक भाइरल सङ्क्रमण हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ । जुन छाडा कुकुर, स्याल, चमेरो, न्याउरी मुसो, बाघ, चितुवा र बिरालोजस्ता सङ्क्रमित जनावरको टोकाइबाट सर्छ । रेबिजबाट बच्नको लागि सम्भावित जोखिम पछि तुरुन्तै खोप लगाउनु आवश्यक हुन्छ । रेबिजको सङ्क्रमणको लक्षण ज्वरो र टाउकोबाट सुरु हुन्छ र प्रकाश, पानी र हावादेखि डर लाग्ने हुन्छ । यसले पक्षघात र अन्ततः कोमामा समेत पुग्ने जोखिम हुन्छ । कुकुर वा बिरालोजस्ता जङ्गली जनावर वा घरपालुवा जनावरलाई छुँदा वा खुवाउँदा धेरै सावधानी अपनाउन चिकित्सकको सुझाव छ । महाशाखाका पशु चिकित्सा अधिकारी रोशिका श्रेष्ठले भन्नुभयो, “टोक्नासाथ रेबिजविरुद्धको खोप लगाएमा यो रोगबाट बच्न सकिन्छ । अन्यथा एक पटक लक्षण देखा पर्न थालेपछि, यो घातक हुन्छ, र धेरैजसो अवस्थामा मृत्यु हुन्छ ।” रेबिजबारे भ्रमलाई चिर्न यसबारे जनचेतना अभिवृद्धि गर्न आवश्यक भएको उहाँले बताउनुभयो । “कुनै पनि उमेर समूहका कुनै पनि प्रकारका कुकुरले टोक्दा यो रोग सर्न सक्छ । घरमा खोप लगाएको छ भनेर हुँदैन । घरमा पालेको कुकुरमा समेत सङ्क्रमण हुन सक्छ”, उहाँले भन्नुभयो, “तुरुन्त रेबिजविरुद्धको भ्याक्सीन लगाउनुपर्छ । पाँच वर्षमुनिका बालबालिकालाई रेबिज लाग्दैन भन्ने भ्रम छ । सबै उमेर समूहका लागि यसविरुद्धको खोप अत्यावश्यक हुन्छ ।” जनावरले टोक्ने बित्तिकै बगिरहेको, धाराको पानीमा १५ मिनेटसम्म सफा गर्नेपर्ने उहाँको सुझाव छ । सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमा यसविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । चिकित्सकका अनुसार घाउमा बेसार, खुर्सानी दल्ने चलन छ, त्यसले सङ्क्रमण झन बढ्ने जोखिम हुन्छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । नवनियुक्त राजदूतहरुले बुधबार राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । राष्ट्रपति भवनका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार शपथ ग्रहण गर्नुहुनेमा फ्रान्सका लागि सुधीर भट्टराई, संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल र स्वीट्जरल्याण्डका लागि रामप्रसाद सुवेदी हुनुहुन्छ ।