गलकोट:  बागलुङको ताराखोला गाउँपालिका जलविद्युतको हबका रूपमा विकास भएको छ । ठाडो खोलाका रूपमा रहेको यहाँको ताराखोलामा हाल दुई जलविद्युत् आयोजना सम्पन्न भएका छन् भने दुई योजना निर्माणधीन र दुई प्रक्रियाम...

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विदेसिएका युवालाई स्वदेश फर्कन आग्रह गर्नुभएको छ । विदेशमा आर्जन गरेको ज्ञानलाई मुलुक समृद्ध बनाउनका लागि स्वदेश फर्कन उहाँले आग्रह गर्नुभएको हो ।    राष्ट्रिय बाल अधिकार परिषद्ले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले देशमा केही छैन भन्नुभन्दा देशमा फर्केर केही गर्छु भन्ने सोच्न बनाउन आवश्यक रहेको बताउनुभयो ।   अध्यक्ष तिमिल्सिनाले देश बिग्रनुको दोष सबै नेतालाई दिन नहुने धारणा राख्नुभयो । “राजनीतिज्ञले देशमा बस्ने वातावरण नै बनाइ दिएनन् भनेर झोला बेरेर हिँड्नुभन्दा अब युवाले मिलेर देश बनाउनमा लाग्नुपर्छ । युवा अवस्थामै देशको नेतृत्व गर्ने प्रधानमन्त्री भएर निस्किनुपर्छ । त्यसका लागि म सहयोग गर्न तयार छु ।”    उहाँले आफ्नो खेत बाँझो राखेर विदेशमा मजदुरी गर्न जान नहुने बताउनुभयो ।   अब आउने चुनावमार्फत विकास गर्ने नेतालाई निर्वाचित गरी युवाले आफ्नो दायित्व निभाउनुपर्ने उहाँको भनाइ थियो । राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले बालबालिका पनि राजनीतिबारे सचेत हुन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बालबालिका राजनीतिक प्रचार प्रसारमा लाग्न पाइँदैन तर राजनीतिक ज्ञान हासिल गर्न अहिलेको आवश्यकता रहेको छ ।”   सम्मेलनका संयोजक तथा जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले सरकारले अब युवालाई देशमै बस्ने वातावरणको सिर्जना गर्न सहयोग गर्नुपर्ने बताउनुभयो । 

पोखरा:    विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा आज पोखरामा मसाल जुलुसको तयारी गरेको छ ।  काठमाडौं जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर मंसिर १८ गते महासचिव विप्लवसहितका नेताहरुलाई प्रकाउ पुर्जी जारी गरेको विरोधमा केन्द्रको सर्कुलर अनुसार आज पोखराको लखनचोकमा मसाल जुलुस निकाल्ने कार्यक्रम तय भएको कास्कीका एक नेताले सुनगाभा न्यूजसँग बताए ।  ‘जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर मंसिर १८ गते महासचिव विप्लवसहित नेताहरु खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ माइला लामा लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको छ’, ती नेताले भने, ‘पक्राउ पुर्जी जारी गरिनु गैरकानूनी, अराजक र विध्वंसात्मक कार्य हो, त्यसको विरोध स्वरुप केन्द्रले संघर्षको कार्यक्रम घोषणा गरेको छ त्यसैअनुसार हामीले पनि पोखरामा मसाल जुलुस निकाल्न लागेको हो ।’ उनका अनुसार मंगलबार मसाल जुलुस प्रदर्शन गर्ने, २० गते न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।   

पोखरा:   स्याङ्जाको विरुवा गाउँपालिका–४ ओरेस्टेकी घर भएकी कमला गुरुङको बेलायतमा मृत्यु भएको छ ।  विद्यार्थी भिसामा चार दिन अगाडिमात्र बेलायत पुगेकी गुरुङको मृत्यु भएको हो ।  गैरआवासीय नेपाली संघ, बेलायतका अध्यक्ष प्रेम गाहा मगरका अनुसार उनी नोभेम्बर ३० तारिकमा बेलायत पुगेकी थिइन् । उनको स्वास्थ्यमा समस्या देखिएपछि त्यहाँस्थित रोयक बर्कशायर अस्पतालमा भर्ना गरिएको थियो । भर्ना गरिएकै दिन उनको निधन भएको मगरले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् । उनको निधनबारे परिवारलाई खबर गरिसकेको पनि उनले उल्लेख गरेका छन् ।

काठमाडौं:   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई–छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित पोल्यान्डकी एक महिलालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा रिपब्लिक अफ पोल्यान्डकी नागरिक ३७ वर्षीया पाउलिना गाब्रेला माडेज रहेकी केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। उनका अनुसार फ्लाई दुबईको उडानद्वारा दुबई हुँदै पोल्यान्ड जान लागेकी निज महिला विमानस्थलमा जाँच गर्ने क्रममा एक सय दरको एक सय १३ थान, ५० दरको ३८ थान र २० दरको १५ थान गरी जम्मा १३ हजार पाँच सय अमेरिकी डलरसहित फेला पारी आइतबार पक्राउ गरिएको हो।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताए।

पोखरा:    युनाइटेड क्लब पोखराले आफ्नो सामाजिक कार्यक्रम अन्तर्गत भूकम्प प्रभावित क्षेत्रमा पुगेर विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकलाई सिरक र विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।  देउसीभैलो कार्यक्रम गरी बचत भएको रकमबाट स्थापित विपद ब्यवस्थापन कोष मार्फत युनाइटेड क्लबले कार्तिक १७ गते जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु बनाइ गएको भूकम्पबाट प्रभावित रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १० बिसौनीचौरका बासिन्दालाई मध्यनगर गरी सोही स्थानमा रहेको ऐश्वर्य आधारभुत आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र उनका अभिभावकहरुलाई सिरक वितरण गरिएको हो ।  सोे अवसरमा बिसौनीचौरका १ सय ५० जना बिद्यार्थीलाई न्यानो कपडा र विद्यार्थीका अभिभावक सहित असहय हरु गरी सय जनालाई सिरक वितरण गरिएको हो ।  कार्यक्रममा चौरजहारी नगरपालिका वडा नम्बर १० का अध्यक्ष विरेन्द्र रोकायाले सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाइटेड क्लबले आफ्नो वडामा रहेका भुकम्प प्रभावितलाइ लक्षित गरी जाडो याममा न्यानो कपडा बितरण गरेर आफ्नो वडाका जनतालाई राहत प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरे ।  त्यस्तै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गंगाराम रोकायाले गण्डकी प्रदेशबाट भुकम्प प्रभावित क्षेत्रमा खटिएका स्वयंसेवक मार्फत युनाइटेड क्लब संग सहकार्य गरी आफ्नो ठाउँमा सहयोग ल्याउन सफल भएको वताउदै युनाइटेड क्लबको सहयोगले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थी र उनीहरुको अभिभावकलाई ठूलो टेवा पुगेको बताए ।  युनाइटेड क्लबका निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङले युनाइटेड क्लबले स्थापनाका कालदेखीनै सामाजिक काममा अगाडि बढिरहेको र अहिले आएर रुकुम पश्चिममा भुकम्प प्रभावितलाई सहयोग गर्न पाउदा खुसी लागेको बताए ।  त्यस्तै युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले सामाजिक काममा अगाडि बढिरहदा बिपद ब्यवस्थापन कोष मार्फत नेपाल भरि कुनैपनि ठांउमा विपदमा परेकाहरुलाई सहयोग गर्दै आइरहदा हालै कार्तिकको १७ गते भुकम्पले तहस नहस गरेको रुकुम पश्चिममा आएर विद्यार्थी संगै अभिभावकहरुलाई समेत सहयोग गर्न पाउदा खुसी लागेको बताउदै आगामी दिनमा समेत यस्ता सहयोगलाई निरन्तरता दिने बताए ।  युनाइटेड क्लबका सदस्य जयराम आचार्यले सञ्चालन गरेको कार्यक्रममा पूर्व विद्यालय निरीक्षक अतिराम वली, विद्यालयका प्रधानाध्यापक बलबहादुर केसी, गण्डकी प्रदेशका स्वयंसेवक पान बहादुर क्षेत्री लगायतले बोलेका थिए ।   

हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।   अहिले बिहान बागमती, ,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर–पश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ।   त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको भइरहेको पनि महाशाखाले बताएको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुट देखि हल्का हिमपात भइरहेको  उसले बताएको छ।   सोमबार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर–पश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ। लुम्बिनी प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।   सोमबार राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी लगायत कर्णाली प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताइएको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

काठमाडौं:   संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार साँझ स्वदेश फर्किनु भएको छ। मङ्सिर १३ गते राति ९ बजे युएई जानुभएका प्रधानमन्त्री प्रचण्ड पाँच दिने भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किनु भएको हो।  उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्री, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीले स्वागत गर्नुभएको छ। शनिबार जलवायु सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनमा नेपालले अन्याय भोग्नुपरेको उल्लेख गर्दै सो अवस्थाका अन्त्य गर्नुपर्ने बताउनुभएको थियो। उहाँले हिमाल जोगाउन र विश्वका मानव जातिको रक्षाका लागि जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सहयोग गर्न पनि अन्तराष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको थियो। सम्मेलनमा उहाँले विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता पनि गर्नुभएको थियो।

पोखरा:    सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा सम्पन्न भएको छ । २०६३ मा स्थापना भएको सहकारी ऐन नियम अनुसार समुदाय विकास कार्यक्रमका लागिा रेडियो सराङ्गकोट, सङ्गै सदस्यको आर्थिक विकासको लागि बचत तथा ऋण कारोबार गर्दै आएको छ ।  साधारण सभाको शुभारम्भ गर्दै राष्ट्रिय सहकारी बैंकका क्षत्रीय प्रमुख नरेश पाण्डेले संस्थालाई स्ंस्थालाई दिर्घकालिन रुपमा अगाडी बढाउन , जगेडाकोष बृद्दि सङ्गै सदस्यहरुले मेरो सहकारी भन्ने भावनाको विकास गराउनुपर्ने  बताए समाजको  विकासमा सहकारीको भुमिका महत्वपूर्ण रहेकोले सबै सहकारी एउटै टोकरीमा राखेर नहेरी राम्रोलाई राम्रो हो भन्न सक्ने सहकारी  बन्नुपर्ने  बताए ।    वार्षिक साधारणले अध्यक्ष कृष्ण थापा, सचिव कुल प्रसाद सुवेदी, कोषध्क्ष राममणी पौडेल, कर्जा संयोजक रमेश कुमार थापा, लेखा संयोजक शिव बहादुर बानियाँ, असुली संयोजक माया कुमारी  शर्मा व्यवस्थापक सुरेन्द्र थापा द्घारा प्रस्तुत प्रतिवेदनहरुलाई पारित गरेको छ । संस्थाको हाल शेयर पुँजी ७ करोड पन्ध्र लाख बचत ४५ करोड, ७४ लाख , कर्जा लगानी ५३ करोड ६२ लाख रहेकोमा यस वर्ष सम्पूर्ण तर्फ १० कारोड बृद्दि गर्ने योजना रहेको अध्यक्ष कृष्ण थापाले बताए ।      कार्यक्रममा जेष्ट सदस्य पूर्ण बहादुर ढकाल क्षेत्री लगाएत उत्कृष्ट कारोबार बचत गर्ने , सदस्य हरुको विविध क्षेत्रका उत्कृष्ट सहयोगीहरुलाई सम्मान गरीएको थियो । कर्यक्रममा संस्थाका पूर्व अध्यक्ष प्रेम बहादुर जि।सी , सल्लाहकार सोभियत बहादुर अधिकारी , रोहित राज बासतोला, दुर्गा बहादुर सुनार, इन्द्रकमल मानन्धर, कमलनयन गौतम सञ्चालक विकल पौडेल, तारा थापा पुर्व सञ्चालक रामचन्द्र थापा ,बहुउद्देश्यीय समितीका सदस्य गणेश बहादुर अधिकारी , रेडियो सराङ्गकोटका निर्देशक चिन्तामणी बास्तोला सदस्य दामोदर शर्मा सदस्यको तर्फबाट अमृतसोभा खत्री लगायतले आ–आफ्नो भनाई राखेका थिए सहकारी गएको वर्ष प्रदेशकै उत्कृष्ट सहकारी सम्मान सङ्गै समाजिक स्वास्थ्य क्षेत्रका कार्यक्रमहरुमा सकृय रहदै आएको छ 

चितवन:   गतमंसिर ६ गते चितवनमा बोराभित्र शव फेला परेका पुरूष र महिलाको अझै पहिचान हुन सकेको छैन। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १२ मिलनचोकस्थित पूर्वपश्चिम लोकमार्गको गोन्द्राण केन्द्रीय बस टर्मिनल सडक खण्डको कल्भर्टमुनि पुरूष र महिलाको शव फेला परेको थियो।  दुइटा बोराभित्र हातखुट्टा बाँधिएको अवस्‍थामा शव फेला परेको थियो। तर शवको पहिचान हुन नसक्दा प्रहरीलाई अनुसन्धान गर्न गाह्रो भइरहेको छ। प्रहरीले केही दिन अगाडि मृतकको कपडा सार्वजनिक गरेपछि आज (आइतबार) पुरूष र महिलाको पहिचानका लागि स्केच बनाएर सार्वजनिक पनि गरेको छ। शवको सनाखत हुन नसकेपछि स्केच सार्वजनिक गरिएको प्रहरीले जनाएको छ। स्केच हेरेर उनीहरूको पहिचान हुन सकेमा सम्पर्कमा आउन परिवार तथा आफन्तलाई प्रहरीले आग्रह गरेको छ। प्रहरीले परिवारका कोही सदस्य, आफन्त तथा साथीहरू हराइरहेको भए, घर कोठामा डेरा गरी बस्ने मानिस सम्पर्कमा नआए, उद्योग कलकारखाना, पसल लगायतमा काम गर्ने सम्पर्कबिहीन भए वा यससँग सम्बन्धित सूचना भए खबर गर्न पनि आग्रह गरेको छ।