बागलुङबाट तनहुँ जाँदै गरेको बस हेमजामा दुर्घटना, १६जना घाइते

पाेखरा | बैशाख १५, २०८१

बागलुङबाट तनहुँ जाँदै गरेको बस हेमजामा दुर्घटना, १६जना घाइते

पोखरा:   बागलुङबाट तनहुँ जाँदै गरेको बस हेमजाको भोटे क्याम्पमा दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन । बागलुङबाट तनहुँ जाँदै गरेको गरेको ग १ ख ९२९७ नम्बरको बस आज (शनिबार) साँझ ७ः३० बजे अनियन्त्रित भई पोखरा महानगर–२५ हेमजामा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । 


बस दुर्घटना हुँदा बसमा सवार ३६ जना यात्रु मध्य १६जना यात्रु घाइते भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरीक्षक नीलबहादुर खड्काले जानकारी दिए । 


घाइतेहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको उनले जानकारी दिए । घाइतेहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । 


तनहुँबाट बागलुङको पञ्चकोटका लागि गएको बस बागलुङबाट फर्किने क्रममा दुर्घटना भएको  जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । 

 

सच्चाइएको: बागलुङबाट तनहुँ जाँदै गरेको बस हेमजामा दुर्घटना हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ । त्यसबाट पाठक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौं । 

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ ।    उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्