कञ्चनपुर: सडक दुर्घटना बढ्दै जान थालेपछि यहाँ प्रहरीले ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । सडक दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक ¥याली आयोजना गर्ने, पर्चा, पम्पलेट वितरण गर्ने, चालकलाई सिटबेल्ट बाँध्न सिकाउनेलगायत कार्य प्रहरीले अगाडि बढाएको छ । “मोटरसाइकल दुर्घटनाका घटना केही समयदेखि निकै बढदै गएका छन्”, इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले भन्नुभयो, “मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, सडक लेन अनुशासन पालना गराउन, हेल्मेटको प्रयोग गरी मोटरसाइकल तोकिएको सीमित गतिमा चलाउनका लागि चालकलाई सचेतना दिने कार्यमा जुटेका छौँ ।” तीव्रगतिले जीउधनको क्षति हुने भएकले यसबारे चालकलाई सचेत पार्नका लागि प्रहरीलाई भीडभाड हुने क्षेत्र र सम्भावित दुर्घटना हुने क्षेत्रमा परिचालनसमेत गरिएको छ । “तनाव र अस्वस्थता भएका बेला पनि दुर्घटना हुने निकै सम्भावना रहन्छ”, प्रहरी निरीक्षक सिंहले भन्नुभयो, “यस्तो अवस्थामा सवारीसाधन चलाउनु नै बेस हुन्छ, यसका लागि पनि सचेत पार्ने काम भइरहेको छ ।” सवारीसाधन चलाउँदा ओभरटेक नगर्ने र दूरी कायम गरी सवारीसाधन चलाउनका लागि समेत प्रहरी चालकलाई सम्झाउने बुझाउने कार्यमा संलग्न भएका छन् । सवारीसाधनको क्षमताभन्दा बढी यात्रु नचढाउने, सवारीसाधन चलाउँदा सिट बेल्ट अनिर्वायरूपमा चालकले बाँध्ने, सवारीसाधनमा यात्रुलाई झुन्ड्याएर नचढाउनेलगायत कार्य रोक्नका लागि प्रहरीले कार्य अगाडि बढाएको छ । सवारीसाधन चलाउनुभन्दा अगाडि सवारीको अवस्थाबारे अनिवार्यरूपमा जाँच गर्ने र मोटरसाइकल चलाउँदा आवश्यक कागजातका साथै हेल्मेट लगाएर मात्र चलाउने कार्य गर्नुपर्ने कुरा चालकलाई प्रहरीले सडकमै बताउने गरेको छ । झलारी–पिपलाडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरेन्द्रप्रसाद भण्डारी ट्राफिक नियमको पालना गरे सम्भावित दुर्घटनाबाट बच्न सकिने बताउनुहुन्छ । प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यलाई निरन्तररूपमा जारी राख्ने जनाएको छ । ट्राफिक नियमको उल्लङ्घन गर्दै अटेरी गरेर सवारीसाधन चलाउनेलाई नियमानुसार कारबाही गरी जरिवाना तिराउने कार्यलाई समेत तदारुकताका साथ अगाडि बढाइएको छ । सवारी चालकले मादक पदार्थ सेवन गरे÷नगरेकोबारे र द्रुतगतिमा सवारी हाँक्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीमाथि कडाइ गर्ने कार्य गरिरहेको छ ।
पोखरा: पोखरा महानगरपालिका १३ का निवर्तमान वडाध्यक्ष तथा नेकपा एमालेका कास्की जिल्ला उपसचिव दर्शन लामाले ५५ जना विद्यार्थीलाई स्कुल पोशाक सहयोग गरेका छन् । पोखरा १३ अमलाचौरस्थित अमरज्योती आधारभुत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई विद्यालयमै पुगेर पोशाक सहयोग गरेका हुन् । विद्यार्थीहरुलाई पोशाक हस्तान्तरण गर्दै युवा नेता लामाले विद्यार्थीहरुको प्रोत्साहानका लागि सहयोग गरेको बताए । ‘गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई प्रोत्साहान हुन्छ भन्ने हेतुले डे«स दिएको हुँ, उनले भने, ‘यसको साथसाथै सामुदायिक स्कुलमा पनि विद्यार्थीहरुको अकर्षण बढ्छ भन्ने अभिप्राय हो ।’ यसैगरी विद्यालयका प्रध्यानाध्याक विमल बरालले लामाको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै सकरात्मक सन्देश प्रवाभ भएको बताए । सामाजिक उत्तरदायित्व वहन गर्दै विद्यार्थीहरुलाई पोशाक सहयोग गर्नुे उदाहरणीय कार्य रहेको बरालले बताएका थिए । निवर्तमान वडाध्यक्ष लामाले आफ्नो कार्यकालमा शैक्षिक गुणस्तर उकास्नका लागि विभिन्न कार्यक्रमहरु समेत सम्पन्न गरिसकेका छन् । उनले वडाको शिक्षामा एकरुपता ल्याउनका लागि पाठ्यक्रम (लेसन प्लान) बनाएका थिए । भने सामुदायिक विद्यालयमा बस समेत खरिद गरेका थिए । यसैगरी भद्रकाली माविमा पक्की भवन समेत निर्माण गरेका थिए । उनले यसअघि पनि वडा भित्रका नीजि तथा सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री तथा पोशाक वितरण गरेका थिए ।
सर्वाेच्च अदालतले आठ वर्षअघि निर्माण सुरु भएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्पूर्ण प्रक्रिया अवरुद्ध भएको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत र मनोजकुमार शर्माको इजलासले दिएको फैसलासँगै निजगढ विमानस्थलबारे अहिलेसम्म भएका सबै प्रक्रिया बदर भएका हुन् । प्रक्रिया बदर भएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्विटमार्फत असन्तुष्टी जनाउँदै टिप्पणी गरेका छन् । उनले भनेका छन् ‘मैले राष्ट्रिय गौरवका आयोजना सुरु गर्दा काठमाण्डौं–तराई फास्ट ट्रयाक र निजगढ विमानस्थललाई पहिलो प्राथमिकतामा राखेको थिए ।’ अहिले उक्त आयोजना रोकिँदा देश किन बनिरहेको छैन भन्ने बुझ्न थालेको उनको आशय छ । आयोजना रोकिएकोप्रति उनले कटाक्ष गर्दै लेखेका छन्, ‘आज सर्वोच्चले अर्को बन्चरो प्रहार गरेछ ! लज्जित छु।' २०७६ फागुन २२ देखि सर्वोच्चका पाँच न्यायाधीश सम्मिलित इजलासमा सुनुवाइ हुँदै आएकामा गत वैशाख १३ मा बहस सकिएको थियो । सर्वोच्च अदालतले थप एक महिना लगाएर बिहीबार फैसला सुनाएको हो । स्रोतका अनुसार अहिलेसम्म मूलत: दुई विषयमा मात्रै इजलासमा एकमत छ । ‘पहिलो– अहिलेसम्म भएका निर्णय खारेज गर्ने, दोस्रो– कानुनबमोजिम उचित विकल्प खोज्न सरकारलाई परमादेश दिने ।’ तर, त्यसको व्याख्या भने न्यायाधीशहरूले नै फरक–फरक गर्ने सम्भावना रहेको बुुझिएको छ ।
काठमाडौं: राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा महावीर पुनलाई पोर्चुगलमा सम्मान गरिएको छ । युरोप भ्रमणमा रहनुभएका डा पुनलाई म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) पोर्चुगलले राजधानी लिस्बनमा एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । डा पुनले खोज, अनुसन्धान, आविष्कार र प्रविधिको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सङ्घले सम्मान गरेको हो । सो अवसरमा डा पुनसँग अन्तक्र्रियासमेत गरिएको थियो । कार्यक्रममा डा पुनले आफूले गरेको काम, भावी योजना र राष्ट्रिय आविष्कार केन्द्रले गरेका गतिविधिका विषयमा प्रस्तुति दिनुभएको थियो । केन्द्रले ड्रोन, कृषिसम्बन्धी सामग्री, शिक्षा, स्वास्थ्य सामग्री, खाद्यान्न, पेय पदार्थ, रोबोटलगायतका विभिन्न नयाँ–नयाँ अनुसन्धान र आविष्कारको काम गरिरहेको सो अवसरमा उहाँले जानकारी गराउनुभएको थियो । नेपाली युवालाई विदेशिनबाट रोक्नका लागि स्वदेशमै रोजगारीको सिर्जना गर्नुपर्ने धारणा राख्दै डा पु्नले रोजगारी सिर्जनाका लागि देश समृद्ध हुनुपर्ने बताउनुभयो । राज्यले दक्ष मानव पूँजीको पहिचान र सही प्रयोग गर्न नसक्दा देशको विकास हुन नसकेको पुनको भनाइ थियो । दक्ष मानव पूँजीको उत्पादनका लागि आफू लागिपरेको उल्लेख गर्दै डा पुनले नयाँ–नयां खोज, अनुसन्धान, आविष्कार, प्रविधि र उद्यमशीलताको क्षेत्रमा लाग्नेलाई केन्द्रले प्रोत्साहन गरिरहेको बताउनुभयो । डा पुन पोर्चुगलमा आयोजित कार्यक्रममा सहभागी भई बुधबार बेलायततर्फ प्रस्थान गर्नुभएको छ । यसअघि डा पुन बेलायत, डेनमार्क, स्वीडेन, फिनल्याण्ड, जर्मनी, स्वीजरल्याण्ड, फ्रान्स, लग्जेम्वर्ग, बेल्जियम, नर्वे, पोल्याण्ड, इटाली, स्पेनलगायतका देशमा नेपाली समुदाय तथा त्यहाँका विश्वविद्यालय र अनुसन्धान केन्द्रमा अध्ययन, अनुसन्धान, अवलोकन तथा अन्तक्र्रिया कार्यक्रममा सहभागी हुनुभएको थियो । यसैबीच राष्ट्रिय आविष्कार केन्द्रको सहयोगका लागि सङ्घले आर्थिक सङ्कलनसमेत गरिरहेको म्याग्दी प्रवासी नेपाली सङ्घ पोर्चुगलका महासचिव दिपु मगरले जानकारी दिनुभयो । केन्द्रको सहयोगार्थ सङ्घले हालसम्म ६ हजार युरो सङ्कलन गरिसकेको र करिब १० हजार युरो सङ्कलन गरी सहयोग रकम केन्द्रलाई हस्तान्तरण गरिने मगरले बताउनुभयो ।
दैलेख- मुगुबाट नेपालगञ्जतर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठवीस नगरपालिका वडा नं. २ को सिस्नेमा भएको दूर्घटनामा परी चार जनाको मृत्यु भएको छ । तीनजनाको घटनास्थलमै र एकजनाको राती उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेहरुमा दैलेखको दुल्लु नगरपालिका २ का प्रेम सुनार र काँशिराम पाण्डे रहेका छन् भने कालिकोट जिल्ला पलाता गाउँपालिका ३ का ज्ञान बहादुर वम र धनकलाशाही रहेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले जानकारी दिनुभयो । दुर्घटनामा ३९ जना घाईते भएका छन् । घाइतेलाई रातभर उद्धार गरि थपउपचारका लागि सुर्खेत कालागाउँ अस्पतालमा पुर्याइएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिएका छन् । घटना लगत्तै दैलेखको आठवीस नगरपालिका दैलेखका पूर्व नगर प्रमुख खड्गराज उपाध्याय, राकमको प्रहरी टोली घटनास्थलमा पुगेर घाईतेको उद्धारको काम सुरु गरिएको थियो । उद्धार भएकाहरुलाई कोहीलाई एम्बुलेन्स त कोहीलाई अन्य बसहरुमा सुर्खेत पठाईएको छ । दुर्घटना भएको बस सडक भन्दा ५० मिटर तल कर्णाली नदिको तिरमा खसेको छ । बसमा करिव ५० जनाभन्दा बढी यात्रा गरेको र तीब्र गतिका कारण बस दुर्घटना हुन सक्ने प्रहरीले पुर्वानुमान गरेको छ ।
काठमाडौं, जेठ ५ गते । केन्द्रीय सुरक्षा समितिको बैठक गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बिहीबार बस्यो । सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा ३० वैशाखमा एकै चरणमा मुलुकभर सम्पन्न स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्थापनबारे छलफल भएको मन्त्रालयले जनाएको छ । बैठकले निर्वाचन एकै चरणमा शान्तिपूर्णरूपमा सम्पन्न गर्न अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, म्यादी प्रहरी, राष्ट्रसेवक कर्मचारीलाई धन्यवाद व्यक्त गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । बैठकले निर्वाचनमा सक्रिय सहभागिताका लागि राजनीतिक दलहरूलाई पनि धन्यवाद व्यक्त गरेको छ । निर्वाचन गराउने सिलसिलामा घाइते भएका सुरक्षाकर्मी तथा कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने, निर्वाचनमा खटिएका बेलामा मृत्यु भएका नेपाल प्रहरी र म्यादी प्रहरीका परिवारमा दुःख व्यक्त गर्दै मृत आत्माको चिरशान्तिको कामनासहित बैठकले संवेदना व्यक्त गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम निर्वाचनका क्रममा खटिँदा घाइते भएका सुरक्षाकर्मीलाई उपचार खर्च र मृत्यु भएकाको परिवारलाई राहत दिने प्रक्रिया सुरु गर्न सम्बन्धित निकायमा लेखी पठाउने निर्णय बैठकले गरेको छ । स्थानीय तह निर्वाचनका क्रममा खटिएका पाँच म्यादी प्रहरी र एक प्रहरीको मृत्यु भएको थियो । मन्त्रिपरिषद् बैठकले निर्वाचनमा खटिएका बेला मृत्यु हुने सुरक्षाकर्मी र म्यादी प्रहरीका परिवारलाई जनही २० लाख दिने र घाइतेको उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो । बैठकमा एकै चरणमा निर्वाचन सम्पन्न गरी महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा गृहमन्त्री बालकृष्ण खाणले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई धन्यवाद व्यक्त गर्नुभयो । त्यस्तै, निर्वाचन सम्पन्न गर्न अहोरात्र खटिएका निर्वाचन आयोग, प्रमुखसहित आयुक्तहरू, राष्ट्रसेवक कर्मचारी, मुख्य निर्वाचन अधिकृत भएर खटिएका न्यायाधीशहरूलाई धन्यवाद व्यक्त गरिएको छ । एकै चरणमा सीमित स्रोत र साधनको उपयोग गरेर छिटफुट घटनाबाहेक शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न हुनु महत्वपूर्ण रहेको गृहमन्त्री खाणले सुरक्षा समिति बैठकमा बताउनुभयो । गृह प्रवक्ता पोखरेलले बैठकमा अहिलेको निर्वाचनमा भएका कमजोरी र आगामी निर्वाचनमा सुधार्नुपर्ने विषयबारे परामर्श भएको बताउनुभयो ।
काठमाडौं- सरकारले गणतन्त्र दिवस त्रि–द्विवसीय कार्यक्रमका साथ मनाउने भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको गणतन्त्र दिवस–२०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले दिवस यही जेठ १४, १५ र १६ विशेष कार्यक्रम गर्ने निर्णय गरेको हो । समितिले जेठ १४ गते साँझ सङ्घ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा एवं व्यानर सजाएर साँझ दिपावली गर्ने र आम नागरिकलाई दिपावली गर्न अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा मूल समारोह आयोजना गरिने समितिका सदस्यसचिव तथा गृहसचिव टेकनारायण पाण्डेले जानकारी दिनुभयो । उक्त दिन हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शनसमेत गरिने छ । सोही दिन साँझ आम नागरिक र सरकारी तथा सार्वजनिक कार्यालयहरूले आ–आफ्नो घर, कार्यालय एवं सार्वजनिकस्थलहरूमा दिपावली गर्ने कार्यक्रम तय भएको छ ।यस्तै जेठ १६ मा रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट जागरण गीत प्रसारण गर्ने तथा देशवासी र सरकारी तथा सार्वजनिक निकायले आ–आफ्नो घर, कार्यालय एवं सार्वजनिकस्थलहरूमा साँझ दिपावली गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा वाणिज्य दूतावासहरूमा राष्ट्रिय झण्डा फहराउने र दीपप्रज्वलन गर्ने निर्णय पनि मूल समारोह समितिले गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका विशिष्ट प्राकृतिक एवं सांस्कृतिक विशेषता झल्कने विद्युतीय प्रचार सामग्री तयार गरी परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा वाणिज्य दूतावासहरूमा पठाउने कार्यक्रम तय भएको छ । उपत्यका बाहिरका प्रदेशका राजधानी, जिल्ला र स्थानीय तहहरूमा सरकारी कार्यालय÷निकाय एवं प्रतिष्ठानहरूमा राष्ट्रिय झण्डा फहराएर १४, १५ र १६ जेठमा साँझ दिपावली गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका संयोजकत्वमा सरकारका मन्त्री, संवैधानिका निकायका प्रमुख, प्रधानसेनापतिसहित सुरक्षा निकायका प्रमुखलागयत रहने गरी मूल समारोह समिति गठन गरिएको छ । समितिको सदस्यसचिवमा गृहसचिव पाण्डे रहनुभएको छ । मूल समारोह समितिबाट प्रचार–प्रसार, मञ्च सजावट तथा व्यवस्थापन, ग्राउण्ड कवाज एवं व्यायाम व्यवस्थापन उपसमिति पनि बनाइएको छ । तत्कालीन संविधानसभाले २०६५ जेठ १५ गते नेपालबाट राजतन्त्र हटाएर गणतन्त्र घोषणा गरेको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष जेठ १५ मा विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइन्छ ।
काठमाडौँ, २ जेठ। गृहमन्त्री बालकृष्ण खाणले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनीमा भएको भ्रमणमा सरकारका विभिन्न निकायले गरेको सुरक्षा प्रबन्ध र व्यवस्थापनप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। गृहमन्त्री खाणले प्रधानसेनापति प्रभुराम शर्मा, गृहसचिव टेकनारायण पाण्डे, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललाई सुरक्षा प्रबन्धका लागि धन्यवाद व्यक्त गर्नुभएको हो। त्यस्तै उहाँले परराष्ट्र सचिव भरतराज पौडेल र लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा राष्ट्रसेवक कर्मचारीले गरेको चुस्तदुरुस्त व्यवस्थापनप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। छिमेकी मुलुकका प्रधानमन्त्री र आफ्नै प्रधानमन्त्री आउँदा गरिएको सुरक्षा प्रबन्ध र व्यवस्थापन प्रशंशायोग्य रहेको गृहमन्त्री खाणले बताउनुभयो। यसले लुम्बिनीप्रति हेर्ने भारतीय र प्रधानमन्त्रीको नजर सकारात्मक भएको उहाँको भनाइ छ। गृहमन्त्री खाणको रुपन्देही गृह जिल्ला र लुम्बिनी निर्वाचन क्षेत्र हो।
काठमाडौँ- तीन दिनपछि हुने स्थानीय तह निर्वाचनका लागि गएरातिदेखि सुरु भएको मौनअवधिमा निर्वाचनमा सहभागी राजनीतिक दल, उम्मेदवार र तिनका समर्थनले प्रचारप्रसार गर्न पाउँदैनन् भने सो अवधिको अनुगमन कार्यलाई निर्वाचन आयोगले प्रभावकारी बनाउने भएको छ । निर्वाचन अचारसंहिता, २०७८ बमोजिम मौन अवधिमा कुनै माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न नपाइने हुँदा सो अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिको सम्बन्धमा निगरानी राखी त्यस्तो गतिविधि हुन नदिने तथा मतदानको दिन मतदातालाई सुरक्षितरूपमा मतदान केन्द्रसम्म पुग्न र मतदान केन्द्रबाट फर्किन सक्ने वातावरण निर्माण गर्न आयोगले आज आह्वान गरेको छ । सो अवधिमा मतदातालाई कुनै पनि प्रकारको अवरोध हुन नदिन आवश्यक व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा सबै स्थानीय प्रशासनलाई आयोगले निर्देशनसमेत दिएको छ । निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल तथा उम्मेदवारबाट हुने अवाञ्छित गतिविधिलाई रोक्न तथा मतदानका लागि सुरक्षित तथा भयरहित वातावरण सिर्जना गर्न निर्वाचनमा मौन अवधि आवश्यक हुन्छ । यस अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न हुँदैन । राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री राखिएको भए तत्काल हटाउनुपर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न, गराउन पनि पाउने छैनन् । यसबमोजिमको आचरण पालन गरिदिन प्रमुख निर्वाचन आयुक्तसहित पाँचै जना आयुक्तहरु र आयोगका सचिवको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा सम्बन्धित सबैमा आग्रह गरिएको छ । आँकडामा स्थानीय तह निर्वाचन यस निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने छ वडा अध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् । यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएकाबाहेकका पदमा प्रतिनिधि छनोट गर्नेछन् । मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित एक लाख नौ हजार ८८ कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवक आ–आफ्नो मतदान केन्द्रमा पुगिसकेका छन् । स्थानीय तह निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलहरुमध्ये जम्मा ६५ वटा राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा रहेका छन । ५५ हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ चुनावी प्रतिस्पर्धामा रहेका छन् । निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाधरूपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको कडा व्यवस्था मिलाउन नेपाल सरकारलगायत सम्बन्धित स्थानीय प्रशासनहरुलाई आवश्यक निर्देशन दिइसकिएको र सोबमोजिम निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको आयोगले जनाएको छ ।

