नवनियुक्त चार मन्त्रीको शपथ आज
काठमाडाैं | असार १३, २०७९
काठमाण्डौँ : नेकपा (एकीकृत समाजवादी) का तर्फबाट सरकारमा सहभागी नव नियुक्त मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त चार मन्त्रीलाई आज दिउँसो ११ बजे राष्ट्रपति कार्यालय र प्रधानमन्त्री शेरबहादुर देउवाले एक राज्यमन्त्रीलाई सिंहदरबारस्थित कार्यालयमा शपथ गराउनुहुने कार्यक्रम रहेको जनाइएको छ ।
नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुभएको छ । त्यसैगरी राज्यमन्त्रीमा हीराचन्द्र केसी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय हुनुहुन्छ ।
राष्ट्रपति भण्डारीले गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्य प्रधानमन्त्रीको सिफारिसमा आइतबार हेरफेर गर्नुभएको हो ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

