पोखरा:  अनलाइन ठगीका घटना बढेको भन्दै कास्की जिल्ला प्रहरी कार्यालयले सावधानी अपनाउन सर्वसाधारणलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ ।  कार्यालयले अनलाइनबाट सामान खरिद गर्दा सामान प्राप्त गरिसक...

  पोखरा :      पोखरा महानगरका मेयर धनराज आचार्यले पोखराको पर्यटन क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् । शुक्रबार पोखरामा देशभरका वाणिज्य बैंकका सिइओसंगको भेटमा उनले यस्तो आग्रह गरेका हुन् । महानगरले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिँदै उनले यसका लागि पूर्वाधारमा लगानी अनिवार्य रहेको बताए ।    विमानस्थल सञ्चालनका लागि फोहोर व्यवस्थापनको चुनौति भएपनि त्यसलाई छिट्टै सल्टाउने उनले बताए । आउने १ जनवरीमा विमानस्थल जसरीपनि सञ्चालनमा ल्याउनका लागि पहल भइरहेको भन्दै उनले विमानस्थल सञ्चालसंग जोडिएका पर्यटकीय पूर्वाधारमा लगानी चाहिएको बताए ।    ‘हामीले पहिलो प्राथमिकतामा पर्यटनलाई राखेका छौं । एयरपोर्ट छिट्टै सञ्चालनमा आउनेवाला छ । त्यसका लागि हामीले आफ्नो तर्फबाट गर्नुपर्ने काम छिट्टो गर्नेक्रम अगाडि बढाएका छौं । एयरपोर्ट सञ्चालनमा आएपछि त्यससंग जोडिएका पर्यटकीय पूर्वाधारको खाँचो छ । त्यसका लागि निजी क्षेत्र अगाडि बढ्नुपर्छ । अझ बैंकहरुको ठूलो लगानी त्यसका लागि चाहिन्छ । त्यसैले यहाँहरुले पर्यटनको क्षेत्रमा सहजढंगले लगानी बढाउनु हुनेछ भन्ने अपेक्षा राखेको छु’ उनले भने ।    मेयर आचार्यले लगानीमैत्री वातावरण बनाउन पोखरा महानगर तत्पर रहेको जानकारी दिए । बैंकका सिइओहरुले पोखरा त्यसमा पनि खास गरेर लेकसाइडका घरहरुलाई महानगरले सम्पन्नता नदिँदा लगानी गर्न समस्या रहेको बताएपछि मेयर आचार्यले फेवा मापदण्ड बाहेकका बाँकी समस्या छिट्टै हल गरिने प्रतिवद्धता जनाएका छन् । ‘फेवा तालको मापदण्डको विषय अहिले सर्वोच्च अदलतमा पुगेको छ । यस विषयमा फैसला आएपछि नै केही गर्न सकिन्छ । बाँकी विषय छिट्टै एउटा विधिले हल गर्छौं । यसका लागि केही समय हेर्नुहोला’ उनले भने ।    मेयर आचार्यले पोखरामा केही गर्नकै लागि आफू आएको भन्दै पाँच वर्षमा केही परिवर्तन भएको अनुभुति गराएरै छाड्ने अठोट व्यक्त गर्दै त्यसका लागि सहजढंगले बैंक वित्तिय क्षेत्रले सहयोग गर्नुपर्ने उनले धारणा राखे ।    मेयर आचार्यले बैंकको तर्फबाट सामाजिक उत्तरदायित्व बहन गर्नका लागि खर्चिने रकमलाई पनि पोखरामा उपयोग गर्न आग्रह गरे । सामाजिक उत्तरदायित्व अन्तर्गत खर्चगर्ने रकमले सुधारका केही काममा जिम्मा लिन नै उनले आग्रह गरेका छन् ।    कार्यक्रममा बोल्दै बैंकर एसोसिएसनका अध्यक्ष अनिल कुमार उपाध्यायले बैंक वित्तिय संस्था पोखरामा लगानीका लागि तयर रहेपनि केही झन्झट रहेको औल्याए । उनले सम्पन्नता नलिएका पूर्वाधारमा लगानी गर्दा जोखिम हुने र विभिन्न खालका मापदण्डका कारण लगानी डुब्ने जोखिम रहेको उनले बताए । तर, अबका दिनमा भने लगानीमैत्री वातावरण बन्नेमा आफूहरु आसावादी रहेको उनको भनाई छ ।   

लमजुङ :       लमजुङमा हालसम्म ३५ प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न भएको छ । गत वर्षको तुलनामा पर्याप्त पानी परेसँगै अधिकांश भागमा छिटो रोपाइँ थालिएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।     कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले गत वर्षको तुलनामा छिटो रोपाइँ भएको बताउनुभयो । गत वर्ष यतिबेला मुस्किलले ३० प्रतिशतको हाराहारी रोपाइँ हुन्थ्यो । यस वर्ष जेठ महिनादेखि नै पानी परेकाले मूल फुटेको, भलपानी छोप्नुपर्ने र खोलाको किनारमा रहेका खेतलगायत अधिकांश ठाउँमा रोपाइँ भइरहेको उहाँको भनाइ छ ।    जिल्लाका केही भाग मकै ढिलो पाक्ने खेतमा भने रोपाइँ हुन बाँकी रहेको केन्द्रले जनाएको छ । जिल्लाका आठ पालिकामध्ये सबैभन्दा बढी मस्र्याङ्दी र क्व्होलासोथर गाउँपालिकामा रोपाइँ भएको उक्त केन्द्रका प्रमुख खतिवडाको भनाइ छ ।    केन्द्रका अनुसार लमजुङको ४५ हजार ५० हेक्टर क्षेत्रफल  खेतीयोग्य जमिनमध्ये १६ हजार ६१२ हेक्टरमा धानखेती हुँदै आएको छ । त्यस्तै, ९१० हेक्टर क्षेत्रफलमा चैते धानखेती हुँदै आएको छ । रोपाइँ हुने खेतमध्ये गत वर्ष ९० प्रतिशतभन्दा बढी खेतमा रोपाइँ भएको केन्द्रले जनाएको छ ।    जिल्लामा ठूला–ठूला फाँटहरु रामचोकबेँसी, राइनासटार, धमिलिकुँवा, चक्रतीर्थ, भलाखर्क, भोर्लेटार, दुईपिप्ले, सोतिपसल, परेवाडाँडा, सत्रसय, सुन्दरबजारलगायत स्थानमा बढी धान उत्पादन हुने गरेको छ ।     जिल्लाका किसानले सावित्री, जेठोबुढो, रामधान, सुनौलो सुगन्ध, लोकतन्त्र, एक्लेजस्ता उन्नत जातका धानलगायत मकवानपुर, गोरखनाथ, लोकनाथ, मनसुली, युएस ३१२, उपज, वर्षे तीन हजार चारलगायत हाइब्रिड जातको धान लगाउँदै आएका छन् । त्यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा–२ र सुक्खा–३ जातका धान लगाउने गरेका छन् । गत वर्ष १४ हजार २६० हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीबाट ४४ हजार ७७६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

    चितवन :      शनिवार विहान करिव ८ बजेको समयमा कुमरोज सामुदायिक वनमा घाँस काट्न गएकी एक महिला बाघको आक्रमणबाट  घाईते भएकी छिन् ।   खैरहनी नगरपालिका– १३  बस्ने बर्ष ३८ की बालिका गुरुङ्गलाई बाघले आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार घाईतेको अवस्था गम्भीर छ । घाईतेको अहिले मेडिकल कलेज भरतपुरमा  उपचार भई रहेकोछ ।    चितवनमा पछिल्लो समय बाघको आक्रमण वढेको छ । पछिल्लो एक वर्षमा चितवन निकुञ्ज वरपरका वनक्षेत्रमा मात्रै बाघको आक्रमणवाट १६ जनाको मृत्यु भैसकेको छ । 

महोत्तरी :     नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशको पत्रकार कल्याण  कोषलाई महोत्तरीको मटिहानी नगरपालिकाले रु एक लाख प्रदान गरेको छ ।       मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले शुक्रबार  महासङ्घ मधेस  प्रदेश अध्यक्ष राजेशकुमार कर्णलाई कोषका लागि रु एक लाखको चेक हस्तान्तरण गर्नुभएको हो । महासङ्घ मधेस प्रदेश समितिले पत्रकारको कल्याण र आकस्मिक उपचार कार्यमा सहयोग पुर्याउने उद्देश्यले  पत्रकार कल्याण कोषको स्थापना गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेटमा पनि सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम समेटेको छ ।

काठमाडौं :       मनसुनी वायुको प्रभाव हाल देशभर रहेका कारण केही दिन अझै पानी पर्नेछ । देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।    शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।  देशका पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै आइतबार पनि देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।    सोमबार भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।  देशका केही स्थानहमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका का एक वा दुई स्थानहरूमा भारी वर्षाको  सम्भावना रहेको महाशाखाले शनिबार प्रकाशित विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

पाँचथर :        अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् ।      पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् । रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा उछिट्टिएर बाँच्न सफल भएका छन् । शुक्रबार राति पहिरो झरेर ढुङ्गा, माटोले बनेको रुपलालको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।      घटनास्थलबाट करिब ५०० मिटरको दूरीमा रहेको प्रहरीचौकी सिदिनको टोली घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको थियो । उद्धारका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । तर, बिहानसम्म बेपत्ता फेला नपरेको प्रनाउ थापाले जानकारी दिनुभयो । 

पोखरा :     जिल्ला प्रहरी कार्यालय कास्कीले धारिलो हतियार र  ड्रग्ससहित ३ युवाहरुलाई प्रकाउ गरेको छ ।  पोखरा महानगरपालिका ७ नुहारथोकमा बस्ने कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ७ स्थायी घर भएका पोखरा बस्दै आएका ३४ बर्षिय सुजित मुल्मी, ३१ बर्षिय रविन मगर र मकवानपुर बकिया गाउँपालिका वडा नं।५ का ३१ बर्षिय बाबुराम मोक्तानलाई लागू औषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले प्रकाउ गरेको हो ।  उनीहरुको साथबाट प्रहरीले लागू औषध डाईजापाम ६५ एम्पुल, फेनेरागन ६५ एम्पुल,नुर्फिन ६५ एम्पुल गरी १ सय ९५ एम्पुल लागूपदार्थ र कालो छालाको दाप धारिलो हतियार १ थान र मोबाइल ४ थान सहित प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।   उनीहरुलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको कास्की प्रहरील जनाएको छ ।

पोखरा :       निवर्तमान शहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्री पदमुक्त भएपछि फुर्सदमा देखिन थालेकी छिन् ।    नेकपा एकिकृत समाजवादीका सांसद तथा नेता रामकुमारी झाँक्रीले मन्त्री पदबाट मुक्त भएपछि गत बुधबार टिकटक लाइभमा आइन् । उनले आफु ९ महिनापछि टिकटकको लाइभमा आएको बताउदै समर्थकमाझ गिफ्ट पनि मागिन् । अहिले उक्त  भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।    टिकटक लाइभमा समर्थकले सांसद झाँक्रीलाई अबको प्रदेश तथा संसदीय निर्वाचनमा कहाँ देखि चुनाब लड्ने भनेर जिज्ञासा राखेको देखिन्छ । उनले सो प्रश्नको उत्तरमा सर्मथकहरुले नै सल्लाह सुझाव दिन आग्रह गरेकी छिन् ।    टिकटक लाइभमा १ हजार भ्यूअर पुगेपछि उनले भनिन्, अरु सामाजिक सञ्जाल भन्दा टिकटक लाइभमा आम–सर्वसाधारणसँग जोडिन सजिलो हुने भएकाले ९ महिना पछि टिकटक लाइभमा जोडिएकी छु ।    उनको लाइभमा एक समर्थकले माकुनेको खबर के छ?  भनि कमेन्ट गर्दा प्रतिउत्तरमा उनले त्यसो त नभन्नुस्न साथी हो । भन्दै जवाफिएकी छिन् । उनलाई केही समर्थकहरुले एमालेमा फक्रिन आग्रह गरेका छन् भने केहीले समाजवादको नारा नछोड्न आग्रह गरेका छन् । सांसद झाँक्री नेकपा विभाजनपछि नेकपा एकिकृत समाजवादीबाट शहरी विकासमन्त्री भएकी थिइन् ।

काठमाण्डौँ :    नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनको फैसलाअनुसार जरिवना र कैद सजाय तोकिएका महोत्तरी घर भई ललितपुर बस्ने २८ वर्षीय गौरभ शर्मा र धादिङ घर भई काठमाडौँको मनमैजु बस्ने ३१ वर्षीय प्रेमबहादुर गुरुङलाई आज पक्राउ गरेको हो ।   ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कैद तथा जरिवाना ठहर भएका शर्मा र गुरुङलाई आज बालुवाटारबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।   पक्राउ शर्मालाई अदालतले ११ दिन कैद सजाय तथा रु ५५ लाख जरिवना तथा गुरुङलाई रु नौ लाख ९० हजार जरिवाना तथा दुई दिन कैद सजाया हुने फैसला गरेको थियो । पक्राउ परेका दुवैलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत ललितपुर पेश गरिएको प्रवक्ता महतोले बताउनुभयो ।