काठमाडौं: नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल तथा मट्टितेलमा एक रुपैयाँ मूल्य घटाएको छ । मङ्गलबार बेलुकी सूचना जारी गर्दै निगमले इन्डियन आयल कर्पोरेशनले आज (असार ३१) मा पठाएको पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको जानकारी दिएको हो । इन्धनमा घटाइएको नयाँ मूल्य बुधबार बिहानदेखि लागु हुनेछ ।
पोखरा: पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रीमदवीचक चर्चा एवं श्रीकृष्ण कथा प्रजचन शुरु भएको छ । आगामी साउन ३१ सम्म सञ्चालन हुने श्रमदवीचक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले एक समारोहका बीच उद्घाटन गरे । सो अवसरमा वोल्दै मन्त्री थापाले धार्मिक तथा आध्यात्मिक कार्यक्रमले समाजलाई स्वच्छ बनाउन महत्वपूर्ण योगदान दिने बताए । समाजलाई अनुशासित बनाई सभ्य समाज निर्माण गर्न धार्मिक अनुष्ठाले महत्व राख्ने बताउदै पोखराको धार्मिक पर्यटनलाई प्रोत्साहन गर्नका लागि एक महिने श्रीमदवीतक कार्यक्रमले ठूलो टेवा पुग्ने मन्त्री थापाले बताए । धर्म र संस्कृतिलाई जोडेर लैजान सकेको खण्डमा धार्मिक पर्यटनको क्षेत्रमा उल्लेख्य काम हुने भएकाले पोखरामा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा सरकारले लगानी गरेको बताउदै मन्त्री थापाले प्रदेश सरकारले लगानी गरेको रकमको सदुपयोग गर्न आग्रह गरे । त्यस्तै राष्ट्रिय भुमि आयोग कास्कीका अध्यक्ष बैन बहादुर गुरुङले धार्मिक अनुष्ठानको आफ्नै महत्व हुने बताउदै पोखरा महानगरपालिकाले भुमिहिन र विभिन्न सम्पदाका लागि निस्सा वितरण गरेको र हाल सम्म पनि उक्त निस्साहरु भुमि आयोगमा नपठाएको र उक्त निस्सा पठाउने बित्तिकै श्रीकृष्ण प्रणामी मन्दिरको लागि गर्नुपर्ने काम आफ्नो तर्फबाट र आयोगबाट गर्ने प्रतिवद्धता ब्यक्त गरे । त्यस्तै श्रीकृष्ण प्रणमी सेवा समिति नेपालका केन्द्रीय सदस्य पुरुषोत्तम रेग्मीले श्रीकृष्ण प्रणामी मन्दिरमा बिगतका वर्षहरुमा जस्तै यो वर्षपनि कृष्णजन्माष्टमीको अवसर पारी श्रावण कृष्ण पन्चमी असाढ ३१ देखि भाद्र कष्ण अष्टमी श्रावण ३१ गते सम्म श्रीमदवीतक चर्चाको आयोजना गरिएको बताउदै उक्त कार्यक्रममा सहभागी हुन श्रद्धालु भक्तजनहरुलाई आग्रह गरे । त्यस्तै पत्रकार एमबी आस्था मगरले समाजमा नैतिक शिक्षाको आवश्यक रहेको सन्दर्भलाई मध्येनजर गरी धार्मिक अनुष्ठानको आयोजना गरि नैतिक शिक्षा प्रदान गर्न श्रीकृष्ण प्रणामी मन्दिर लागि परेकोमा सञ्चालकहरु प्रति आभार प्रकट गरे । त्यस्तै श्रीकृष्ण प्रणामी मन्दिरले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याएको र सामाजिक काममा समेत लागि परेको र त्यसलाई निरन्तरता दिन आग्रह गरे । मासबार आमा समुहकी अध्यक्ष शारदा गिरीले वार्षिक रुपमा कृष्ण जन्माष्टमीको अवसर पारी श्रीकृष्ण प्रणामी मन्दिरले श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको आयोजना गरी समाज रुपान्तरण र धर्म रक्षामा लागेकोमा मन्दिर परिवार प्रति आभार प्रकट गरिन । श्रीकृष्ण प्रणामी सेवा समिति कास्कीका जिल्ला अध्यक्ष कृष्ण ढुंगानाले श्रीकृष्ण प्रणामी मन्दिरले जीवनको उद्देश्य के हो र कर्तब्य के हो भन्ने बारेमा सत्संग रुपी श्रीमदवीतक चर्चाको आयोजना गरिएकाले यसमा सहभागी भएर लाभ लिन आग्रह गरे । श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्री कृष्ण प्रणामी मन्दिर पोखराका अध्यक्ष मोहन प्रसाद ढकालले असार ३१ देखि सुरु भएको श्रीमदवीतक कार्यक्रम एक महिना सम्म सञ्चालन हुने र प्रत्येक दिन श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारिका साध्वी उर्वशी माताजीको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन हुने बताए । कार्यक्रममा कार्यक्रम संयोजक केशब प्रसाद बरालले स्वागत मन्तब्य राखेका थिएभने सचिव लक्ष्मण बरालले कार्यक्रमको सञ्चालन गरेका थिए । यस अघि श्रीकृष्ण प्रणामी मन्दिरबाट शुरु भएको कलश यात्रा रत्नचोक, सिर्जनाचोक, सभागृहचोक, पृथ्वीचोक, नागढुंगा, चरक अस्पताल हुदै पुन श्रीकृष्ण प्रणामी मन्दिरमा पुगी समापन भएको थियो ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ फेदीमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । फेदीमा जुवतास खेलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त प्रहरी टोलिले ५ जनालाई ७३ हजार ४ सय १० रुपैयाँसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–७ बस्ने ४१ वर्षीय बिनोद गुरुङ, ५३ वर्षीय धिर बहादुर गुरुङ, ४७ वर्षीय कृष्ण बहादुर गुरुङ, ल्वाङघलेल बसने ४० वर्षीय चन्द्रमान तामाङ र पोखरा २५ बस्ने गंगा बहादुर थापा छन् । पक्राउ परेका उनीहरुलई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्धामा ५ दिनको म्याद थप गरी अनसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । ्
काठमाडौं: नेकपा एमालेकी राष्ट्रियसभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई मंगलबार अपराह्न नियुक्त गरेका हुन् । यसअघि सो मन्त्रालय सम्हालेका राजकुमार गुप्ताले ७८ लाख रुपैयाँ घुस डिलसम्बन्धी अडियो प्रकरणमा मुछिएपछि मंगलबार नै राजीनामा दिएका थिए । न्यौपाने एमालेकी तिनै नेता हुन् जो २०७४ सालको स्थानीय तह चुनावमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भएकी थिइन् ।
काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । ७८ लाख घुस प्रकरणमा मुछिए पछि उहाँले मंगलबार राजीनामा दिनुभएको हो । केही दिनअघि भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिका साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबिच घुस बार्गेनिङ भएको अडिओ सार्वजनिक भएको थियो । उहाँले आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा बुझाइसकेको बताउनुभयो । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, ‘विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै छ । कहिले काहीँ नखाएको विष पनि लाग्दो रहेछ । म अहिले त्यसैको सिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु ।’
पोखरा: गण्डकी प्रदेश भलिबल संघले साउन ४ देखि ८ गतेसम्म हुने राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन सञ्जु विक्रम शाहको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको छ । लुम्बिनी प्रदेशको रुकुम पुर्व पुथा उत्तरगंगा गाउँपालिका–११ मा श्री हिमालय श्रृखला चौरी यूवा क्लबले आयोजना गरेको राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन गण्डकीले सञ्जुकोे कप्तानीमा टोली घोषणा गरेको हो । गण्डकी प्रदेश भलिबल संघका अनुसार सञ्जु विक्रम शाह (टिम कप्तान), राजन दर्लामी मगर, हिमाल सुनारी, कुञ्जन शाही ठकुरी, विवश आले मगर, सन्तोष वि.क, उमेश सेन्चुरी, विश्वास अधिकारी, सुपेन्द्र परियार, संजोग परियार, सुगम सुनार रहेका छन् । यस्तै टिम प्रशिक्षकमा रमेश केसी, सहायक प्रशिक्षकमा राजेन्द्र जिसी र व्यवस्थापकमा पूर्ण बहादुर गुरुङ रहेका छन् । साउन ४ देखि ८ गतेसम्म हुने राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा गण्डकीसहित नेपाल पुलिस क्लब, एपिएफ क्लब, बुटवलको मणिमुकुन्द भलिबल क्लब, भगवति माई दैलेख र कोशी प्रदेशको सहभागिता रहनेछ । चार दिनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले ३ लाख, तेस्रो हुनेले २ लाख सान्त्वना हुने टिमले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । ६ टिमको सहभागिता रहने राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा ३जना विदेशी खेलाडी समावेश गर्न पाइने आयोजकले जनाएको छ ।
दाङ: दाङमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको ज्यान गएको छ । बबइ गाँउपालिका ५ पुरन्धारा छहरा नजिक बबइ नदीमा पौडीखेल्ने क्रममा सोमबार दिउँसो बेपत्ता भएका दुई युवकको शब फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ५ का १८ वार्षिय कुशल बुढामगर र तुलसीपुर उपमहानगरपालिका ७ का १८ वर्षका बिधान केसी रहेको प्रहरीले जनाएको छ । ६ जनाको समुहमा साथीहरुसँग घुम्न गएका मध्ये ३ जना पौडीखेल्न खोलामा पसेको र एक जना पौडिएर बाहिर निस्किए पनि दुई जना डुबेर बेपत्ता भएका थिए ।
काठमाडौं: सरकारले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न न्यायिक समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष ओझाको योग्यताबारे छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा बिमा विज्ञ कपिल ओली र एक जना अर्थशास्त्री सदस्य रहनु भएको छ । सरकारले गत फागुन १२ गते ओझालाई बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । उहाँले अध्यक्ष हुन पेस गरेका कागजातमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ । यो समितिलाई पनि उहाँको योग्यता र कार्यशैलीप्रति छानबिन गर्ने कार्यादेश दिइएको छ । सरकारले समिति गठन गरेसँगै ओझा स्वतः निलम्बित हुनुभएको छ । अख्तियारले फर्जी काजजात पेस गरेको जान्दाजान्दै के आधारमा नियुक्ति दिइएको हो भन्ने प्रश्न उठाएपछि छानविनका लागि सरकारले समिति गठन गरेको हो ।
काभ्रेपलाञ्चोक: बिपी राजमार्गका पहिरो र लेदोका कारण तीन स्थानमा सडक अवरुद्ध भएको छ । गएराति अवरुद्ध सडक आज बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा भेलबाढी आई कटान गरी सडक अवरुद्ध भएको हो । यस्तै उक्त राजमार्गको रोशी– ९ स्थित खहरे खोलाको लेदो आई गए राति सडक अवरुद्ध भएको थियो । सोही समयमा सोही वडाको बिरुवाडाँडामा खहरे खोलाको लेदो आई सडक अवरुद्ध भएको कार्यालयका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय जनप्रतिनिधिको समन्वयमा सडक खुलाउने प्रयास भइरहेको छ । यही असार २५ गते पनि मङ्गलटारको बिरुवाडाँडामा सडक अवरुद्ध भएको थियो । उक्त राजमार्गअन्तर्गत रोशीका क्षेत्रका विभिन्न स्थानमा आइतबार साँझदेखि नै खोला वर्षासँगै लेदो झरेपछि सडक अवरुद्ध भएको थियो । रातभर जेसिभी प्रयोग गरी लेदो हटाएर सोमबार बिहान दुइतर्फी नै यातायात सञ्चालनमा ल्याइएको थियो । उक्त राजमार्गकै पिन्थलीमा यसअघि पनि पटकपटक सडक अवरुद्ध हुँदै आएको थियो । यही असार १६ गते, असार २५ र २६ गते पनि पिन्थलीमा सडक अवरुद्ध भएको थियो ।

