पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।    सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० भल...

पोखरा:  र्‍यान्डम रिडर्स सोसाइटीको ११८ औँ नियमित कार्यक्रममा शनिवार साहित्यकार तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ को चर्चा गरिएको छ । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि परिचर्चा गर्दै आएको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा युवा साहित्यकार त्रिवेणीले रैथाने ज्ञान पद्धतिमा आधारित रहेर कृतिको चर्चा गरे ।  रैथाने ज्ञान प्रणालीमा ज्ञान सामूहिक हुने बताउँदै त्रिवेणीले हिउँको गीतमा पात्रका माध्यमबाट पारिवारिक सम्बन्धको ज्ञान पनि सँगसँगै बगिरहेको धारणा राखे ।  उनले हिउँको गीतमा स्थान विशेष वातावरणीय सम्बन्ध, ‘पेब्याक’ को परम्परा, मूल्य र मान्यताको परम्परा र जमिनको महत्त्वसम्बन्धी रैथाने विशेषता पाइने जिकिर गरे । “उपन्यासले प्राचीन समाजको सामाजिक द्वन्द्वलाई बेजोड रूपमा पस्किएको छ र एउटा बस्तीको विघटनमा त्यसको भूमिकालाई दर्साएको छ । यो नै उपन्यासको मूल कथानक हो जुन अति सुन्दर तरिकाले स्थापित छ ।” त्रिवेणीले भने, “अझ चर्चा गर्नुपर्ने अर्को पक्ष भनेको रैथाने परम्पराको अन्त्यमा औपनिवेशिक शक्तिको हात हुने कुरा हो । संसारभर नै रैथाने परम्परा र पद्धतिको अवसान औपनिवेशिकताको प्रवेशसँगै भएको छ । त्यो औपनिवेशिकता कुन रूपमा कसरी छिर्छ, त्यो समाजपिच्छे फरक हुन सक्छ तर त्यसले ल्याउने नियति सबै समाजमा एउटै हुन्छ–  समाजको विखण्डन र विनाश जो हिउँको गीतमा पनि आएको छ ।” उपन्यासले रैथाने ज्ञान प्रणलीलाई आफूमा समाहित गरेको र उक्त प्रणालीको विघटनमा औपनिवेशिक शक्तिको हातलाई पनि छर्लङ्ग बनाएकाले उपन्यास अब्बल सावित भएको त्रिवेणीको भनाइ छ । कार्यक्रममा उपन्यासकार तीर्थ गुरुङले आफूले उपन्यास आफ्नै व्यक्तिगत जिन्दगीसँग जोडेर लेख्न सुरु गरेको अनुभव सुनाए ।  मिर्गौलासम्बन्धी रोगबाट पिडित गुरुङले आफ्नै पिताको मिर्गौला प्रत्यारोपण गरेपछि प्राप्त भएको पुनर्जीवनलाई प्रतीकात्मक रूपमा अभिव्यक्त गर्ने माध्यमका रूपमा लेखन अघि बढाएको प्रसङ्ग गुरुङले भावुक हुँदै सुनाए ।  यसअघि पाठशाला (उपन्यास) र आपा क्हार्प (कथा सङ्ग्रह) बजारमा ल्याइसकेका गुरुङले आफ्नै मातृभूमि, मातृभाषा र मातृसंस्कृतिलाई ‘पेब्याक’ होस् भन्ने हेतुले पनि उपन्यास लेखेको बताए ।  हालसम्म पाठकको मायाबाट हौसला मिलेको बताउँदै उनले आगामी संस्करणमा पाठकको सुझावलाई ध्यानमा राखेर परिमार्जन पनि गर्ने प्रतिबद्धता जनाए । गुरुङ जातिको उद्गम थलो क्होला राज्यको विकासदेखि विघटनसम्मको कथावस्तु हिउँको गीतमा समेटिएको छ । सचिव नेपालप्रकाश अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा कौशलचन्द्र जिसी, कुमार तामाङ, डा। लक्ष्मीशरण अधिकारी, मेघराज ढकाल, डा। हुमबहादुर गुरुङलगायतले टिप्पणी गरेका थिए ।

पोखरा:   रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आफ्नो स्थापनाको २५ औं वर्ष प्रवेशको सन्दर्भ तथा २१२ औं भानु जयन्तीको अवसरमा शनिबार पोखरामा “सम्झनामा आदिकवि” विशेष कविता वाचन गरेको छ ।  कार्यक्रममा ९ जना कविले पद्य तथा गद्यमा कविता प्रस्तुत गरे । कवि संयोग बस्यालले बाँचिन्छ आरामले र करुणा प्रस्तुत गरे । कवि सुरेश रानाभाटले माटोको वासना तथा लालुपाते शीर्षकको कविता सुनाए । यस्तै केआर ढकालले पर्ख र सस्तो पसल, सञ्जिव पौडेलले विज्ञप्ति मुर्दावाद र जानेहरू, रमा खतिवडाले भानुभक्त र असारे झ्याउरे कविता सुनाइन् । कवि रुपिन्द्र प्रभावी जोशीले प्रतिविम्ब र सास्ती कविता सुनाए । कवि निकेश गिरीले भानुको आत्म सम्मान र फौजी ढलेपछि शीर्षकको कविता प्रस्तुत गरे । कवि सरस्वती श्रेष्ठ सरूले सम्झनामा भानुभक्त र सुखको खोजीमा, डा.जगन्नाथ रेग्मीले म मूर्ख र मदियम नगरम अर्थात मेरो नगर शीर्षकको कविता वाचन गरे । प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति सूर्य खड्का बिखर्चीले भानुप्रति समर्पित कविता कविता सुनाउँदै नेपाली साहित्य, संस्कृति, संस्कार र धर्मको रक्षाका लागि सबै लाग्नु पर्नेमा जोड दिए ।  विशेष अतिथि प्राज्ञ, विम्बकवि रमेश श्रेष्ठले एक दशक बढी रेडियोमा कविताको देश कार्यक्रम सञ्चालन गरेको स्मरण गरे । सो अवसरमा श्रेष्ठले कविता जन्माउनका लागि कविमा प्रगतिशील बिचार हुनुपर्ने नत्र कवि बन्न नसकिने जिकिर गरे । प्रगतिशीलताले लेखनमा नयाँ नयाँ कविताहरू लेख्न हुटहुटी जगाईरहन्छ, उनले भने, सुन्दर कविताको सर्जक ईश्वर भएको र भ्रमहरू यसबाट टाढा रहेको बताए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले हाम्रा पूर्वजहरूमै उद्यमशीलताको सोंच लेखनको कला भएको भानुका कविता वा उहाँमाथिका लेखनहरूबाट प्रस्ट भएको बताए ।  उनले साहित्यले उद्यमशीलताको विकासका लागि अभिप्रेरित गरेकोमा खुसी व्यक्त गरे । कार्यक्रममा भानु वाङ्मय प्रतिष्ठानका सचिव तथा साहित्यकार अम्बिकाप्रसाद भट्टराईले तनहुँको चुँदी रम्घामा १८७१ असार २९ मा जन्मेका र १९२५ मा धर्ती छोडेर गएका भानुको कवित्वका विविध पक्षहरुको चर्चा गरे ।  भानुले राष्ट्रिय एकता र भाषिक एकताको रुपमा काम गरेकोले उनलाई भाषिक एकताको प्रतिकको रुपमा लिईएको बताए । अहिले ४ कक्षादेखि विद्यावारिधिसम्मका विद्यार्थीका लागि भानु अध्ययनको केन्द्र बनेको बताए ।  भानुका कवितामा श्रमजिविका प्रेरणाका कुराहरु, अधिकारका कुराहरु, उद्यमशिलताका कुराहरु नेपाली आफ्नोपनको स्वाद पाईने बताए ।  वाल्मिकीको संस्कृतको रामायणलाई नेपाली अनुवाद गरेर प्रख्याती कमाएका भानुले फुटकर कविता, गिरधारीभाटमाथिको लेखन, घाँसीको कुरा, वधुशिक्षा लगायतका सिर्जना गरेको बताए । उनले भने, समस्टिमा भन्नु पर्दा भानुले लोकको हितको कुरा गरेको बताए । कार्यक्रममा कविता वाचनमा सहभागि भएका कविहरुलाई रेडियोका संस्थापक अध्यक्ष विश्वशंकर पालिखे, प्रवन्ध निर्देशक सुनयना पालिखेले मायाको चिनो प्रदान गरे ।   पालिखेले रेडियो स्थापनासंगै सामाजिक, सांस्कृतिक, साहित्यिक, भाषा, कला र जनजिविकाका सवालहरुलाई उठाईरहेको बताए । उनले भो भने, हामीलाई थाहा छ यो कमाउने क्षेत्र होईन । संचार क्षेत्र सेवामूलक क्षेत्र भएकोले जनताकालाई सुसूचीत गर्न र अफ्ठेरो परेको बेलामा सारथी बन्न कुनै कसर बाँकी नराखेको र भविष्यमा पनि नराखिने प्रतिवद्धता उनको थियो । यसअघि कार्यक्रममा सहभागिहरुलाई कार्यक्रम संयोजक सरु लामिछानेले स्वागत गरेकी थिईन् भने सञ्चालन कञ्चन थापाले गरेकी थिईन् ।

पोखरा:   पोखराको नदिपुरमा सम्पन्न भएको क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबतस्तरीयतर्फ आधिखोला न्यु दिल्ली र भेट्रान्सतर्फको उपाधि पोखरा भेट्रान्सले जितेको छ ।  लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा आयोजित तेस्रो संस्करणको क्लबस्तरीयतर्फ आधिखोला न्यु दिल्लीले घान्द्रुक क्रोम्छे युवा समितिलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।  आधिखोलाले पहिलो सेट २५–१७ ले जितेपनि प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २७–२५ र तेस्रो सेट २५–२२ ले जित्दै तेस्रो संस्करणको उपाधि चुम्न सफल भयो ।  उपाधि जितेको आधिखोलाले १ लाख २५ हजार र उपविजेता भएको घान्द्रुकले ७५ हजारसहित मेडल, प्रमाणपत्र र ट्रफि प्राप्त ग¥यो ।  यस्तै भेट्रान्सतर्फ पोखरा भेट्रान्सले युनाइटेड किङ्स पोखरा भेट्रान्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।  पोखराले युनाइटेडलाई २५–१६, २५–१४ र २५–१६ ले जित्यो । उपाधि जितेको पोखराले ५० हजार र उपविजेता भएको युनाइटेड किङ्सले २५ हजारसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त ग¥यो ।  यस्तै क्लबस्तरीयतर्फ एपिएफ पोखराले ढुङ्गेदेउराली स्याङ्जालाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भयो ।  एपिएफले ढुङ्गेदेउरालीलाई २५–१२, २५–१८ र २५–१९ ले जित्दै प्रतियोगितामा तेस्रो भयो । प्रतियोगितामा तेस्रो भएको एपिएफले ३० हजार र सान्त्वना भएको ढुङ्गेदेउरालीले १५ हजार रुपैयाँ प्राप्त ग¥यो ।   यस्तै प्रतियोगिताको विधागतर्फ उत्कृष्ट खेलाडी सञ्जुु विक्रम शाह,  स्पाइकर उमेश सेञ्चुरी , मिडल ब्लकर सुगम सुनार , डिफेन्डर राजन दलार्मी, सेटर विवश आले ,सर्भर मिलन राना, उदियमान खेलाडी ढुङ्गेदेउरालीका सुप्रिम भुजेल र प्रशिक्षक विक्रम कार्की घोषित हुँदै ट्रफी प्राप्त गरे । भेट्रान्सतर्फको उत्कृष्ट खेलाडी समेश केसीले ट्रफी प्राप्त गरे ।   असार २४ देखि सुरुभएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । प्रतियोगितामा क्लबस्तरीयतर्फ ५ र भेट्रान्सतर्फ १० टिमको सहभागिता रहेको थियो । सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल फाउण्डेशनले २०७५ र ०७६ सालमा पहिलो र दोस्रो संस्करणको प्रतियोगिता सञ्चालन गरेको थियो । 

पोखरा:   कास्कीको पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’अन्तर्गत ११ हजार आठ सय ६२ जनालाई नसर्ने रोगको निःशुल्क स्क्रिनिङ तथा परामर्श सेवा प्रदान गरेको छ । यही असार १ गतेदेखि महानगरका १० वटा वडामा सुरू गरिएको उक्त कार्यक्रमबाट ज्येष्ठ, अशक्त र असहाय नागरिकले प्रत्यक्ष लाभ लिएको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ ।  उक्त कार्यक्रमका सहजकर्ता हरिलाल आचार्यका अनुसार वडा नं। १, ८, १०, १३, १४, १७, १८, १९, २० र २५ का टोलबस्तीमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।  महानगरले आगामी आवमा पनि उक्त कार्यक्रमका लागि बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य महाशाखाको आयोजना र सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको समन्वयमा पोखरा–८ सिमलचौरबाट सुरु गरी अन्य वडा तथा टोलमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।  सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख कुश्मराज सुवेदीले ज्येष्ठ तथा अशक्त नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले घुम्ती अभियान सञ्चालन गरिएको बताउनुभयो ।  नसर्ने रोगको स्क्रिनिङसँगै महिलालाई प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना तथा स्वास्थ्य जाँच, मनोरोग, सरुवा रोग तथा अन्य दीर्घरोगसम्बन्धी जानकारी दिइएको उहाँको भनाइ ।  “स्क्रिनिङका क्रममा ६० प्रतिशतमा उच्च रक्तचापको समस्या देखिएको छ, मधुमेह, स्वासप्रस्वास, स्तन र पाठेघरको समस्या भएका बिरामीको पनि पहिचान गरिएको छ”, उहाँले भन्नुभयो, “हरेकले स्वस्थ आहारविहारमा ध्यान दिन र जीवनशैली परिवर्तन गर्नु आवश्यक देखिएको छ, ज्येष्ठ नागरिकलाई उचित हेरचाह र औषधोपचारको खाँचो छ ।” उहाँका अनुसार वडा नं। ८ का १७ वटा टोलमा घुम्ती शिविर सञ्चालन गरिएको थियो । यस वडामा मात्र १२ सय ८४ जनाले सेवा पाएका छन् । केन्द्रका स्वास्थ्यकर्मीले वडा नं. २५ हेम्जामा रहेको मानवसेवा आश्रमका एक सय ७० जनालाई स्वास्थ्य सेवा प्रदान गरेका थिए । विशेषगरी नसर्ने रोगबाट प्रभावित नागरिकलाई जाँचसँगै औषधि नियमित सेवन गरेरनगरेका अनुगमन गरी सरकारले सूचीकृत गरेका औषधि निःशुल्क वितरण गरिएको थियो । समुदायस्तरमा स्वास्थ्य सचेतना र प्रवर्द्धनका कार्यक्रम पनि सँगसँगै गरिएको प्रमुख सुवेदीले बताउनुभयो ।  स्वास्थ्य जाँचका क्रममा अस्पताल जानुपर्ने अवस्थाका बिरामी पहिचान भएमा सोहीअनुसारको सल्लाह र परामर्श दिइएको उहाँको भनाइ छ । अक्सिजनका मात्रा, मोटोपनाको जाँचलगायतका सेवा पनि प्रदान गरिएको थियो । नगरवासीको स्वास्थ्यप्रति प्रतिबद्ध रहेको जनाउँदै सबै वडा र टोलमा घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिने महानगरले जनाएको छ ।  गत वर्ष वडा नम्बर २५ हेम्जामा नागरिक आरोग्य कार्यक्रम’ सञ्चालन गरी घरघरमा ज्येष्ठ, अशक्त र असहाय नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच, परामर्श तथा उपचार सेवा प्रदान गरिएको थियो । सोही कार्यक्रमलाई यस वर्ष १० वटा वडामा सञ्चालन गरिएको हो ।

बैतडी:  बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् । धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ ज १३७२ नम्बरको जीप आज बिहान बैतडीको पाटन–६ स्थित खिपालीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । गम्भीर अवस्थामा उद्दार गरेर पाटन प्राथमिक स्वास्थ्य केन्द्र पठाइएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो । घाइते हुनेमा डिलासैनी–१ का ४५ वर्षीय रामकुमार राना, २१ वर्षीया भागरती खत्री, उनकी दुई वर्षकी छोरी एलिसा, २१ वर्षका हेमन्तप्रसाद भट्ट, २७ वर्षीय राजेन्द्रबहादुर खत्री र ५१ वर्षीया कमला धामी रहेको प्रहरी निरीक्षक पाण्डेयले बताए । राजेन्द्र र कलमालाई थप उपचारका लागि धनगढी पठाएको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब ७० मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

काठमाडौं:   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाका अनुसार देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ । शनिबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

स्याङ्जा:  नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान रहनुभएका क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन सुरू गरिएको छ ।  स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरमा जन्मिनुभएका क्रिकेटर लामिछानेको सम्मानमा सोही वडाको थाप्लेमा गाउँपालिकाले रङ्गशाला बनाउन सुरू गरेको हो । गाउँपालिका कार्यालयको लगानी तथा अगुवाइमा स्थानीयहरूको जनश्रमदानसहित रङ्गशाला निर्माण सुरू भएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो ।  डाँडाको टुप्पो तर समथर रहेको सार्वजनिक गौचरनलाई क्रिकेट मैदान बनाउने गरी चालु आर्थिक वर्ष २०८१/८२ देखि बनाउन सुरू गरेको उहाँले बताउनुभयो । “चालु आवदेखि गाउँपालिकाको लागत तथा स्थानीयहरूको जनश्रमदानमा रङ्गशाला बनाउन सुरू गरेका हौँ”, उहाँले भन्नुभयो, “अहिले मैदान बनाउने ठाउँलाई सम्याउने काम भएको छ, वर्षा लागेकाले तत्काललाई काम रोकेका छौँ, वर्षा सकिएपश्चात् कामलाई तीव्र गतिमा अगाडि बढाएर सम्पन्न गर्छौं ।” समुद्री सतहदेखि १९०७ मिटरको उचाइमा यो ठाउँ रहेको छ । निर्माणाधीन मैदानलाई ‘नाइन्टिन ओ सेभेन अरिना’ नाम दिएको उहाँले बताउनुभयो । मैदान बीच भागबाट चारैतिर ४५ मिटर वृत्ताकारमा फैलिएको छ । राष्ट्रियस्तरको मैदानका लागि आवश्यक पर्ने मापदण्डलाई पूरा हुने गरी निर्माण भइरहेको छ । मैदानमा पीच बनाउनका लागि क्रिकेटसँग सरोकार राख्ने जिल्ला, प्रदेश तथा केन्द्रीय नेतृत्वकर्ता, अनुभवीहरूको परामर्शमा काम भइरहेको छ । अहिले देश तथा विदेशमा आफ्नो र देशको नामलाई परिचित गराउन सफल क्रिकेटर सन्दीपको जन्म यसै ठाउँमा भएकाले उहाँको सम्मान सँगसँगै नयाँनयाँ प्रतिभा उत्पादन गर्नका लागि पनि यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास अध्यक्ष तिवारीको छ । “क्रिकेट मैदान निर्माणाधीनस्थलबाट झण्डै आधा घण्टाको दूरीमा दक्षिण एसियाकै पहिलो सामुदायिक घरबास ९होमस्टे०को रूपमा पहिचान बनाएको सिरुबारी गाउँ रहेको छ”, गाउँपालिकाका अध्यक्ष तिवारीले भन्नुभयो, “यस क्षेत्रमा क्रिकेट र पर्यटनलाई सँगसँगै जोडेर अगाडि लैजान सकिने देखिएको छ ।” क्रिकेट मैदान निर्माण सम्पन्न भएसँगै यस ठाउँमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने तयारी छ । पछिल्लो समय युवामाझ लोकप्रिय बन्दै गइरहेको नयाँ नयाँ प्रतिभाको प्रतिभाको खोजी गर्दै प्रतिभा बाहिर ल्याउन सहयोग पुग्ने धारणा गाउँपालिकाका अध्यक्ष तिवारीको छ । उहाँका अनुसार अभ्यासका लागि छुट्टै ठाउँ बनाइने छ ।

पोखरा:  पोखराको नदिपुरमा जारी क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबस्तरीयतर्फ घान्द्रुक क्रोम्छे युवा समिति र आधिखोला न्यु दिल्ली उपाधिका लागि भिड्ने भएका छन् ।  पोखरा–३ नदिपुर छन्त्याल समाजको भलिबल कोर्टमा भएको पहिलो सेमिफाइलनमा आधिखोला न्यु दिल्लीले एपिएफ पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।  आधिखोलाले एपिएफलाई २५–२२, २५–२१ र २६–२४ ले जित निकाल्यो ।  यस्तै दोस्रो सेमिफाइनलमा घान्द्रुक क्रोम्छे युवा समितिले ढुङ्गे देउराली क्लब पौवेगौवे स्याङ्जालाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ ।  घान्द्रुकले ढुङ्गे देउरालीलाई २५–२२, २५–२०, १६–२६ र २५–२३ को जित निकाल्यो । लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा आयोजित तेस्रो संस्करणको क्लब तथा भेट्रान्स भलिबलको फाइनल खेल शनिबार हुनेछ ।  शनिबार बिहान क्लबस्तरीय एपिएफ र ढुङ्गे देउरालीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।  भेट्रान्सतर्फ पोखरा र युनाइटेड किङ्स भिड्ने लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा आयोजित तेस्रो संस्करणको क्लब तथा भेट्रान्स भलिबलको भेट्रान्सतर्फ पोखरा भेट्रान्स र युनाइटेड किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।  भेट्रान्सतर्फको पहिलो सेमिफाइनलमा पोखरा भेट्रान्सले शुक्लागण्डकी भेट्रान्सलाई २–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का ग¥यो ।  पोखराले शुक्लागण्डकीलाई २५–२१, २०–२५ र तेस्रो तथा निर्णायक सेट २५–१५ ले जित्यो ।  दोस्रो सेमिफाइनलमा युनाइटेड किङ्सले अर्चलबोट भेट्रान्सलाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान ग¥यो ।  युनाइटेडले अर्चलबोटलाई २५–२१ र २५–१२ ले पराजित ग¥यो । लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा आयोजित तेस्रो संस्करणको क्लब तथा भेट्रान्स भलिबल प्रतियोगिता असार २४ देखि सुरु भएको हो ।  प्रतियोगिताको भेट्रान्सतर्फको फाइनल खेल शनिबार १० बजे हुने लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले जानकारी दिए ।  प्रतियोगिताको विजेताले १ लाख २५ हजार, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ३० हजार र सान्त्वना स्थान हासिल गर्नेले १५ हजार रुपैयाँसहति मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।  यस्तै भेट्रान्सतर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  प्रतियोगिताको विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर,सर्भर, उदियमान खेलाडी र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् । फाउण्डेशनले २०७५ र ०७६ सालमा पहिलो र दोस्रो संस्करणको प्रतियोगिता सञ्चालन गरेको थियो । 

रसुवा:   नेपाल-चीन नाका क्षेत्रको लेन्दे खोलामा आएको बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रबाट उत्पादन हुने नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका जलविद्युत् आयोजनाहरूको २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ।   सो बाढीका कारण रसुवागढी जलविद्युत आयोजना, त्रिशूली थ्री ‘ए’, चिलिमे हाइड्रोपावर र बेनी हाइड्रोपावरमा क्षति पुगेको हो ।   बाढीका कारण सबैभन्दा बढी रसुवागढी जलविद्युत आयोजनामा क्षति पुगेको छ । बाढीका कारण पानी निकास हुने सुरुङबाटै बाढी पस्दा पावरहाउस जलमग्न भएको छ भने हेडबक्स लगायत अन्य संरचनामा क्षति पुगेको छ।   तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी