पोखरा ।   स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।   परम्परागत रूपमा सञ्चा...

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिवले पत्नी शोकमा रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् ।   आज बिहान बालुवाटर पुगेर नेकपाका महासचिव विप्लवसहित नेता प्रकाण्डलगायत नेताहरूले प्रधानमन्त्री प्रचण्ड र उनको परिवारलाई समवेदन प्रकट गरेका हुन् ।   भेटका क्रममा विप्लवसहितका नेताहरूले मृतक सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डसहित छोरी रेणु र गंगालाई  समवेदना व्यक्त गरेका थिए ।  

जुम्लाको पातारासी गाउँपालिका–२ स्थित  दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन्। असार २८ गते दिउँसो २ बजेतिर परेको चट्याङले ती भेडाबाख्रा मरेका छन् भने ७० हराएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए।   चट्याङले ४२ बाख्रा र आठ भेडा मरेको पातारासी गाउँपालिका भेटेरीनरी शाखाका प्रमुख गगन केसीले बताए। सो गाउँपालिकाका स्थानीयवासी कृष्ण ऐडी, र मिमबहादुर बोहोराका भेडाबाख्रा चट्याङबाट मरेका हुन् ।   पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लाकै  सबैभन्दा बढी भेडापालन हुने ठाउँ पातारासी हो। पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा ठूलो क्षति गर्ने गरेको कार्यालयले जनाएको छ।   भेडाबाख्रा चट्याङबाट मरेपछि घर खर्च लगाउनमा समस्या  भएको उनीहरुले बताए। ‘यहीँ पेशाबाट आम्दानीको माध्यम बनेको थियो । घर खर्चदेखि बच्चाको पढाइ खर्च सहजरुपले धानेको थियो,’ उनले भने।   स्थानीय सरकारले राहतको लागि माथिल्लो सरकारी निकायमा पहल गरिदिन अनुरोध गरेको भेडापालक किसान ऐडीले बताए। ‘चट्याङबाट भेडा मरेको जानकारी गराएका छौँ । राहत र क्षतिपूर्तिका लागि सम्बन्धित निकायलाई सहयोगको अपिलसमेत गरेका छौँ,’ उनले भने।   स्थानीय सरकारबाट हुने सहयोग गरिने पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए।

काठमाण्डौ: देशभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाइँ भएको छ । मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिनै लाग्दा यसवर्ष ५३ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।   प्रदेशसँगको समन्वयमा कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार गएको वर्ष भन्दा यसवर्ष १२ प्रतिशत कम रोपाइँ भएको छ । गएको वर्ष असार अन्तिमसम्म ६५ प्रतिशत रोपाइँ भएको थियो । देशभर १३ लाख ५७ हजार हेक्टरमध्ये अहिलेसम्म सात लाख १८ हजार हेक्टरमा रोपाइँ भएको छ । पोहोरको तुलनामा यसवर्ष कम रोपाइँ हुनुमा मनसुन र पशुचौपायामा फैलिएको लम्पी स्किन रोगको मुख्य प्रभाव रहेको कृषि मन्त्रालयका सहसचिव एव प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताउनुभयो ।   साउनको दोस्रो हप्तासम्ममा ९० प्रतिशतसम्म रोपाइँ हुने मन्त्रालयको अनुमान छ । यसवर्ष मधेस प्रदेश, लुम्बिनी र गण्डकी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएको थियो । यस वर्ष मनसुनमा पानी कम पर्ने यसअघि नै पूर्वानुमान गरिएको थियो । सिँचाइको भरपर्दो सुविधा नभएको क्षेत्रमा आकाशेको पानीको भरमा धान रोपाइँ गर्नुपर्ने बाध्यता छ । त्यस्तै जनशक्तिको अभाव र लागत महंगो हुँदा पनि किसान समस्यामा छन् ।   यहि बेला पशुचौपायमा लम्पी स्कीन रोग फैलिएको छ । यो रोगबाट मुख्य गरी गोरु सङ्क्रमित हुँदा रोपाइँमा असर परेको छ । विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा गोरुमा लम्पी स्किन रोगका कारण रोपाइँ प्रभावित भएको मन्त्रालयले जनाएको छ । पशु सेवा विभागको पछिल्लो विवरणअनुसार देशभर ७ लाख ६४ हजार भन्दा धेरै पशु चौपायामा लम्पी स्किन रोग देखिएको छ । सङक्रमितमध्ये ४ लाख ९३ हजार पशु निको भएका छन् । झण्डै २७ हजार पशु मरेका छन् ।   

काठमाण्डौ:  नेपाल भ्रमणमा आएका अमेरिकाको दक्षिण एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु ले एमसीसी कार्यान्वयनमा जोड दिनुभएको छ ।   हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग भेटवार्तामा उहाँले एमसीसी कार्यान्वयनमा जोड दिनुभएको हो ।   अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको साढे १६ महिनापछि आउँदो भदौ दोस्रो हप्तादेखि कार्यान्वयनको तयारीमा रहेको छ । एमसीसी परियोजना कार्यान्वयनमा जाने पूर्वसन्ध्यामा सहायकमन्त्री लु नेपाल आउनुभएको हो । यसअघि एमसीसी संसदबाट अनुमोदन हुनुअघि २०७८ मंसिरमा पनि लु नेपाल आउनुभएको थियो ।   लुसँगको भेटमा सत्तारुढ शीर्ष नेताहरुले एमसीसी परियोजना छिट्टै कार्यान्वयनमा जाने आवश्वासन दिएका छन् । एमसीए नेपालका अनुसार एमसीसी परियोजनामा अहिलेसम्म दुई अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । सम्भाव्यता अध्ययन, डिटेल डिजाइन, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए), उपकरण तथा गाडी खरिद, कर्मचारीको तलब र कार्यालय व्यवस्थापनलगायतमा रकम खर्चिएको एमसीए नेपालले जनाएको छ ।

काठमाण्डौ:  काठमाण्डौ महानगरपालिकाको आउँदो आर्थिक वर्ष २०८०र८१ को बजेट सर्वसम्मतले पारित भएको छ ।   उपमेयर सुनिता डङ्गोलले गएको असार १० गते २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको बजेट नगरसभामा पेश गर्नुभएको थियो । हिजो बसेको नगरसभाको पाँचौँ बैठकमा मेयर बालेन्द्र शाहले बजेटलाई निर्णयार्थ पेश गरेपछि पारित भएको हो । महानगरले चालुतर्फ आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पूँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरेको छ ।   असार २१ गते बजेट पारित गर्न बोलाएको बैठकमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पर्याप्त छलफल नभएको र एकलौटी ढङ्गले बजेट विनियोजन गरेको भन्दै विरोध गरेका थिए । विरोधपछि बैठक २६ गतेसम्म सारिएको थियो । असार २६ देखि सुरु भएको बजेटमाथिको छलफल हिजो सकिएपछि नगरसभाबाट बजेट पारित भएको हो ।   महानगरले आउँदो आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा १४ करोड धेरै बजेट ल्याएको छ । 

रौतहट:  रौतहटको देवाही गोनाही नगरपालिकामा घरेलु हतियार प्रहार गरी एक पुरुषको हत्या गरिएको छ ।   देवाही गोनाही नगरपालीका–६ कर्कच कर्मैयाका ३५ वर्षीय जगरनाथ साहको बिहीबार राति आफ्नै घरमा हत्या भएको हो । कोठाभित्रको खाटमा साहको शव फेला परेको प्रहरीले जनाएको छ ।    जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले मृतक साहको घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएको बताए ।   शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । घटनाबारे अनुसन्धान गर्न मृतकको श्रीमतीसँग सोधपुछ भइरहेको एसपी बुढामगरले बताए ।

काठमाडौं:  काठमाडौंमा जारी सातौं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।   आज भएको खेलमा नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।   राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा पुलिसले एपिएफलाई २५–२२, २५–१३ र २५–१५ को सहज जीत निकाल्यो ।   हेल्प नेपाल ५ खेलमा अपराजित रहँदै १३ अंकका साथ दोस्रो स्थानमा छ ।   त्रिभुवन आर्मी क्लब ५ खेलमा ४ मा जित र १ मा हारसहित ११ अंकका साथ तेस्रो स्थानमा छ । आर्मी र हेल्प नेपालबीच ५ बजे खेल हुनेछ । उक्त खेलमा हेल्प नेपाल विजयी भएमा स्वत फाइनलमा पुग्नेछ ।   आर्मी फाइनलमा पुग्न ३–१ को सेटको जित हात पार्नुपर्ने हुन्छ । महिलातर्फ पुलिस शीर्ष र एपिएफ दोस्रो स्थानमा हुँदै फाइनलमा पुगेका छन् । महिला र पुरुष दुबैतर्फको फाइनल शनिबार हुनेछ ।  

बुढानिलकण्ठमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।   बुढानिलकण्ठ नगरपालिका -९ मण्डिखाटार बस्ने सिन्धुपाल्चोक बलेफी-३ का २३ वर्षीय सुजन श्रेष्ठको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।   प्रहरीका अनुसार मण्डिखाटारस्थित ग्रिल पसलमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए। उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो।  

भक्तपुरमा १५ दिनदेखि हराएकी महिला मृत भेटिएकी छन्।​   सुर्यविनायक नगरपालिका(७ गुन्डुबस्ने ३८ वर्षीया माया नगरकोटी बिहीबार साँझ मृत भेटिएकी हुन्। असार १३ गतेदेखि हराइरहेकी महिला गुन्डुकै जंगलमा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी​​) बसन्त पाठकले जानकारी दिए।   ‘शव काठमाडौं मेडिकल कलेज ( केएमसी) लगिएको छ, बाहिरी चोटपटक देखिएको छैन,ʼ डिएसपी पाठकले भने। उनलाई प्रहरीले १६ गतेदेखि खोजीरहेको थियो तर भेटिएकी थिइनन्।   उनका श्रीमान् रामकुमार नगरकोटीको आग्रहमा बिहिबार पुन जंगलको बाहिरी भागमा खोज्दा माया मृत भेटिएको डिएसपी पाठकले जानकारी दिए।