रौतहटमा युवकको हत्या
रौतहट | असार २९, २०८०
रौतहट: रौतहटको देवाही गोनाही नगरपालिकामा घरेलु हतियार प्रहार गरी एक पुरुषको हत्या गरिएको छ ।
देवाही गोनाही नगरपालीका–६ कर्कच कर्मैयाका ३५ वर्षीय जगरनाथ साहको बिहीबार राति आफ्नै घरमा हत्या भएको हो । कोठाभित्रको खाटमा साहको शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले मृतक साहको घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएको बताए ।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । घटनाबारे अनुसन्धान गर्न मृतकको श्रीमतीसँग सोधपुछ भइरहेको एसपी बुढामगरले बताए ।
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढिरहेको बताएका छन् । संस्थागत सामाजिक उत्तरदायि...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भई आएका दुई वटा विधेयक संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज (सोमबार) प्रमाणीकरण गर्नुभएको छ । ...
पर्वत: प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकैपटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अब बिरामीले आधुनिक प्रविधिबाट स्वास्थ्य सम्बन्धी समस्याको प्रयोगशाला परीक्षण यहीँबाट गर्न सक्...