पोखरा ।   उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

पाेखरा:  गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयले आज संविधान दिवसको अवसरमा पोखरामा संविधानका विशेषता, कार्यान्वयन, महत्व र चुनौतीबारे अन्तरक्रिया गरेको छ ।    प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयको संयोजनमा आयोजित कार्यक्रममा मुख्य न्यायाधिवक्ता चिरञ्जीवि शर्मा पौडेलले हालको संविधान एउटै भाँडोमा राखिएको सर्प, गँगटो र बिच्छीजस्तो भएको टिप्पणी गरेका छन् ।    संघ र प्रदेश र स्थानीय तहबीच केवल अधिकार प्राप्तीका विषयमा रस्साकस्सी चलेकोतर्फ इंगित गर्दै शर्माले देशका तीनै निकायले आफुलाई शक्तिशाली महशुस गर्दा संविधानको असली पक्षमाथि चर्चा नभएको उल्लेख गरे ।    संविधानको मूल मर्म र लक्ष्य सम्मुनत राष्ट्र निर्माण भएपनि तीन तहबीच समन्वय नहुँदा स्थानीयदेखि संघ सरकार शक्ति संघर्षमा लागेको उनको कटाक्ष थियो । ‘सबै तहका प्रमुखले अधिकार क्षेत्रको प्रयोग गर्ने ध्याउन्नमा दायित्वबाट पर पुगेजस्तो देखिन्छ’ शर्माले भने ‘संविधानमा अधिकार र दायित्वको सिमांकन पनि रहेको छ, यतापट्टी सम्बन्धित सबैको ध्यान जाओस् ।’      अवधारणापत्रमा शर्माले संविधानका प्रस्तावनादेखि संवैधानिक क्षेत्रको चर्चा गर्दै कार्यान्वयन क्षेत्रमा गम्भीर हुन सके त्यसको महत्व बढ्ने प्रतिक्रिया उल्लेख गरेका छन् । कार्यान्वयन गर्न सबै तह लाग्न सके त्यसले नागरिकलाई सुशासन प्रदान गर्ने उनको धारणा छ ।    ‘संविधान राजनीतिक दस्तावेज भएकाले यसको सफल कार्यान्वयनमा स्वस्थ राजनीतिक प्रतिष्पर्धा र दलीय इच्छाशक्तिका आवश्यकता छ’ शर्माको टिप्पणी छ ।    अन्तरक्रियामा पृथ्वीनारायण क्याम्पस पोखराका सहप्राध्यापक भीमनाथ बरालले अवधारणापत्र प्रस्तुत गर्दै संविधानको नीतिगत र राजनीतिक पक्षमाथि चर्चा गरे ।    संविधानले शक्तिको बाँडफाँड नै गरेको र सबै तहका नेपालीलाई अधिकार र अवसरको हिसाबले सम्मान गरेको बताउँदै बरालले जनप्रतिनिधिसँग नागरिकको पहुँचमा वृद्धि गरेको उल्लेख गरे ।      अवधारणापत्रमा बरालले संविधानमाथि प्रश्न गर्ने धेरै ठाउँ नभएपनि नीतिगत पक्षमा भने सन्तुष्ट हुने ठाउँ अझै नभएको टिप्पणी गरे । कानून निर्माणमा कर्मचारीतन्त्र हावी भएको बताउँदै बरालले भने ‘यो समस्या प्रदेश र स्थानीयतहमा डरलाग्दो देखिन्छ ।’     मुख्यतः करको दर निर्धारण गर्न र आय बढाउन प्रदेश सरकारले गरेका निर्णयहरु अलोकप्रिय भएको उनले चर्चा गरे ।    प्रदेश र स्थानीय तहले आय बढाउन कुनै ठोस योजना बनाउन नसक्दा त्यसको भार करमार्फत जनताले ब्यहोर्नुपर्ने बाध्यताले यदाकदा संघीयतामाथि नै प्रश्न उठ्नेको गरेको उनको धारणापत्रमा उल्लेख छ ।    वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदीले संविधान कार्यान्वयमा ‘प्रदेश सरकारको चुनौति’मा अवधारणा राख्दै संघलाई प्रदेश नचाहिने तर प्रदेशलाई संघ अपरिहार्य हुँदा अवसर र सम्भावना भन्दा चुनौति बढेको उल्लेख गरे ।    उनले संघमुखी कर्मचारीतन्त्र, साझा अधिकारको हकमा कानूनको अभाव, स्रोत निर्माण र व्यवस्थापनको साँघुरो घेरा र संघीय सरकारले दिन अनुदान प्रणाली कमजोर भएकाले चुनौति बढेको प्रष्ट्याए ।    त्यस्तै, प्रदेश सरकारको अप्रभावकारी सेवा प्रवाह, कर प्रणाली, स्रोत वितरण प्रणाली, शासकीय प्रवृत्तिले संविधानमा प्रदेशवासीको अपनत्व हुन नसकेको सुवेदीले चर्चा गरे ।    प्रदेश सरकारलाई सबलीकरण, संस्थागत विकास र क्षमता विकासमा थप गृहकार्य गर्न आवश्यक रहेको सुझाउँदै उनले प्रदेशको संरचना र अधिकारलाई स्पष्ट व्याख्या गर्न ढिलो भइसकेको जनाए ।    ‘पालिकालाई प्रदेशसँग जोड्ने संयन्त्रको विकास हुन सकेको छैन’ पौडेलले भने ‘संविधान संशोधन र अधिकारको स्पष्ट विभाजन हुन नसक्दा मुख्यमन्त्रीहरुले राष्ट्रिय भेला गर्दै संघसँग शक्ति संघर्ष गरिरहेका छन् ।’   हालको संविधान मुलुकको सातौं संविधान हो । गणतन्त्रको स्थापनापछि असोज ३ गते संविधन दिवसकारुपमा मनाइँदै आइएको छ ।   

नेपाली साहित्यमा पोखराबाट सशक्त पहिचान बनाएका सरुभक्त (भक्तबहादुर श्रेष्ठ) सोमबारदेखि ६९ वर्ष लागेका छन् ।    साहित्यमा मुलतः कथा, उपन्यास र नाटक विधामा कलम चलाउने सरुभक्तको चर्चित उपन्यास ‘पागल बस्ती’ले ०४८ सालमा मदन पुरस्कार जितेपछि उनी र उनको लेखनीको प्रसिद्धि चुलिएको हो ।    झण्डै ७ दशकको जीवन यात्रामा झनै सक्रिय रहेका सरुभक्तले छिट्टै ‘सरुभक्तका विज्ञान कथा’ नामक कृति आउन लागेको बताएका छन् । जसमा विज्ञानका कथा संग्रह रहने उनले बताए ।    आगामी पुसभित्र प्रकाशित भई बजारमा आउने कथालाई फाइन प्रिन्टले प्रकाशन गर्नेछ ।    त्यस्तै, आफ्ना मुक्तकका उत्कृष्ट संग्रहसमेत प्रकाशोन्मुख रहेको र त्यसलाई नेपाल साहित्य समाज, बेलायतले प्रकाशनको जिम्मेवारी लिएको सरुभक्त बताउँछन् ।    उमेरसँगै काम पनि बढेको बताउँदै उनले बालबालिका लक्षित कथा, कविता, नाटकलगायतका रचना गरिरहेको जनाएका छन् ।    सरुभक्तका करिब ५ दर्जन रचनामध्ये ‘पागल बस्ती, ‘तरुनी खेती’, ‘समय त्रासदी’ र ‘चुली’ सर्वाधिक रुचाइएका उपन्यास हुन् । त्यस्तै, ‘सिरुमारानी’ चर्चित नाटक संग्रह हो ।      उनै सरुभक्तलाई जन्मदिनको शुभकामना !

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टीले वडा तहको समितिको लागि कात्तिक १० देखि १६ सम्म निर्वाचन मार्फत नेतृत्व चयन गर्ने भएको छ ।   कार्यसमितिमा चयन हुनेहरुको नामावली कात्तिक २० गते सार्वजनिक गरिने रास्वपाले जनाएको छ । रास्वपाको वडा समितिमा ११ जना हुने व्यवस्था छ । सभापति, उपसभापति, सचिव सहित सबै सदस्य निर्वाचित हुनुपर्नेछ । ११ जनामा दलित एक जना अनिवार्य गरिएको छ । महिला चार जना, ४५ वर्षुमनि उमेर समूहका ६ जना निर्वाचित हुनेछन् ।   वडा तहको समितिका लागि समेत अनलाइनबाट उम्मेदवारी दिनुपर्ने व्यवस्था गरिएको छ । असोज २ देखि २० सम्म उम्मेदवार दर्ताका लागि आह्वान गरिएको छ । उम्मेदवार हुन १०० रुपैयाँ शुल्क तोकिएको छ । वडा समिति गठनका लागि आजदेखि वडा तहको भेला रोकिएको महामन्त्री मुकुल ढकालले जानकारी गराए ।   वडामा रास्वपाको संगठन निर्माणको लागि गत असार १७ भित्र भेला मार्फत गठन भएका वडाहरुको असार मसान्त भित्र अद्यावधिक गर्ने सूचना जारी गरिएको थियो ।   भेला आयोजना गर्ने र अद्यावधिक गर्ने म्याद दुई पटक थप भएको सहमहामन्त्री तथा संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

काठमाण्डौ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अल्पविकसित देशहरुलाई सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेकाले विकसित देशहरुले आफ्नो प्रतिबद्धताअनुसारको वित्तीय सहयोग उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।   संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री प्रचण्डले अल्पविकसित देशहरुको समूहको दिगो विकासका लक्ष्यसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । कोभिड–१९ महामारी, जलवायु परिवर्तन, भूराजनीतिक तनावजस्ता विभिन्न खालका सङ्कटको प्रभावले अल्पविकसित देशहरुलाई दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि समस्या भएको उहाँले बताउनुभयो ।   उहाँले अल्पविकसित राष्ट्रहरूलाई स्तरोन्नतिका लागि थप योजना ल्याइनुपर्ने प्रस्ताव सम्मेलनमा राख्नुभयो । विकसित देशहरूले प्रतिबद्धता जनाएअनुसार आफ्नो कूल राष्ट्रिय आयको शून्य दशमलव ७ प्रतिशत विकासोन्मुख देश र शून्य दशमलव १५ देखि शून्य दशमलव २० प्रतिशतसम्म अल्लविकसित देशहरुलाई विकास सहायताका रूपमा उपलब्ध गराउनुपर्नेमा प्रधानमन्त्रीको जोड छ ।   सन् २०२५ सम्ममा अल्पविकसित राष्ट्रहरूको ऋण सङ्कटलाई सम्बोधन गर्ने र समयमै त्यसको समाधान खोज्ने गरी प्राथमिकता निर्धारण गर्नुपर्ने अवस्था आइसकेको पनि उहाँले बताउनुभयो । दिगो विकास लक्ष्य प्राप्त गर्नु नेपालको पनि उच्च प्राथमिकताको विषय भएको र नेपालका नीति तथा योजनामा दिगो विकास लक्ष्य हासिल गर्नेगरी लक्ष्य तथा उद्देश्य निर्धारण गरिएको प्रधानमन्त्रीको भनाइ छ ।   त्यस्तै, नेपालले सन् २०२६ सम्ममा स्तरोन्नति भइसक्ने गरी काम गरिरहेको भन्दै उहाँले आन्तरिक स्रोत परिचालन गर्ने संस्थाको क्षमता बलियो बनाउन लागिरहेको उल्लेख गर्नुभयो । साथै उहाँले गरिबी उन्मूलन र असमानता घटाउनका लागि लागि परेको पनि बताउनुभएको छ ।

रूपन्देही: तिलोत्तमामा दुई समूहबीच गएराति भएको झडपमा एकजनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।   विभिन्न जिल्लाबाट रूपन्देही गएका मजदुरहरुबीच गएराति तिलोत्तमा नगरपालिका–९ केउलानीमा झडप भएको प्रहरीलाई उदृत गर्दै तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा होटलमा बसेर जाँड रक्सी खाइरहेका उनीहरुबीच विवाद भएको थियो ।   विवादका क्रममा एक जनाले चक्कु प्रहार गर्दा हेटौँडा घर भइ रूपन्देहीको मङ्गलापुरमा बस्दै आएका सुरेश स्याङ्तानको ज्यान गएको हो । घाइते तीन जनाको उपचार भइरहेको छ भने चक्कु हान्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डाै: किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ अभियानको समयावधि थप गरिएको छ ।    खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागकोे बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'लक्षित किशोरीलाई खोप लगाउनका बाँकी रहेकाले समय थप गरिएको हो ।'   गएकाे भदौ २९ गते बाल दिवस, भदौ ३० गते शनिवार र आइतवार असोज १ गते हरितालिका तीज लगातार बिदा परेकाले विद्यालय बन्दले गर्दा किशोरी खोप लगाउन न्यून सङ्ख्यामा आएको उहाँको भनाइ छ । उहाँका अनुसार लक्षित किशोरीमध्ये ४० प्रतिशतले खोप लगाएको बताउनुभयो ।   सरकारले पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ नौ हजार नौ सय ९९ किशोरीलाई लगाउने लक्ष्य राखिएको छ । गएकाे भदौ २७ गते सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भइ १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपीभी खोप ‘डेमोस्ट्रेसन’का रूपमा सञ्चालन गरिएको छ । मन्त्रालयले सबै किशोरीका अभिभावकलाई खोप लगाउनका लागि खोप केन्द्रमा लैजान आग्रह गरेको छ । खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० सम्म जन्मेका किशोरीलाई दिइने छ ।     शाखाका प्रमुख डा गौतमले महिलाका पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप दिइएको बताउनुभयो । सरकारले गएकाे भदौ २७ गतेदेखि कोशी प्रदेशको कोशी अस्पताल, मधेस प्रदेशको वीरगन्जमा रहेकाे नारायणी अस्पताल, बाग्मती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेलधुरा अस्पतालमा एचपीभी खोप उपलब्ध रहेको छ ।   खोप पहिलो मात्रा दिइने र छ महिनापछि दोस्रो मात्रा दिइने छ । एचपीभी खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताइएको छ । यसअघि सरकारले सन् २०१६–१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमुनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो ।   नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबभन्दा बढी लाग्ने गर्दछ । महिलामा असुरक्षित यौन सम्पर्क, धुमपान र सानै उमेरमा विवाह गर्नेजस्ता कारणले पाठेघरको मुखमा क्यान्सर हुने जनाइएको छ । 

पोखरा:   नेपाल पुलिस क्लबले उत्कृष्ट प्रर्दशन गर्दै राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । हजारौं दर्शक माझ पोखराको लामाचौरमा सोमबार सम्पन्न भएको फाइनल खेलमा विभागिय टोली पुलिसले चिरपरिचित प्रतिद्धोन्दी चन्द्रगिरी नगरपालीका न्यू डायमण्ड युथ स्पोटेर्स क्लवलाई ३-१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।  पहिलो सेटमा पराजय भोगेको पुलिसले लगातार तीन सेट आफ्नो पोल्टामा पा¥यो । पुलिसले डायमण्ड माथि १८-२५, २५-२२,२५-१४ र २५-२० को सेटमा पराजित गरेको हो । पुलिसले उपाधि सहित १ लाख ५० हजार नगद पुरस्कार आफ्नो पोल्टामा पार्न सफल भयो । उपविजेता भएको डायमण्डले १ लाख रुपैैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । यस अघि लिग चरणको खेलमा पुलिसले अर्को विभागिय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लवलाई पराजित गरेको थियो । ४ टिम सहभागि खेलमा पुलिसले आफ्नो अपराजित यात्रा कायमै राख्न सफल भयो । पुलिसको कुल ३ खेलबाट कुल ८ अंकका साथ तालिकाको शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो भने डायमण्ड ३ खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो । एपिएफको चार तथा एभरेष्ट भलिबल क्लब अंकविहिन भएको छ ।  त्यसै गरी पुरुष तर्फ घरेलु टिम गण्डकी प्रदेश र नेपाल पुलिस क्लब बिचको फाइनल खेल संचालनकै क्रममा लाइट प्रोटेस्ट (प्रकाशको कमी) भएको कारण स्थगीत भएको छ । पुलिसले पहिलो सेट २५—१९ आफ्नो पोल्टामा पार्दा दोश्रो सेट गण्डकीले २५—२२ मा आफ्नो पक्षमा पारेको थियो । स्थागित भएको खेल मंगलबार बिहान पुनः ९ः०० बजे पछि हुने भएको छ । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स)को आयोजनामा संचालन भएको उक्त प्रतियोगितामा पुरुष तर्फ ५ टिमको सहभागिता रहेको समाजका अध्यक्ष स्वागतसिंह भण्डारीले बताउनु भयो । हरितालिका तिज पर्वको अवसरमा सोमबार बिहान लिग त्यस पछि फाइनल खेल भएको हो । समाजको २७ औं बार्षिकोत्सव एवं २५ औ संस्करणको लामाचौर तीज महोत्सव भएको हो । पुरुष तर्फ गण्डकी तालिकाको शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको हो । कुल चार खेलबाट गण्डकीको ९ अंक बटुल्दै फाइनलमा प्रवेश गरेको हो । समान खेलबाट समान अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदै पुलिस फाइनलमा प्रवेश गरेको हो । सोमबारनै एपिएफले मणिमुकुन्द भलिबल क्लबलाई ३–१ को सेटले पराजित गरेको थियो । एपिएफको कुल चार खेलबाट दुई जित दुई हार सहित ७ अंक संकलन गर्दा मणिमुकुन्दको चारखेलबाट दुई जित र दुई हार सहित पाँच अंक प्राप्त गर्यो । गलकोट स्पोट्र्स क्लबको चार खेलबाट चार हारसहित अंकविहिन भएको छ ।यसपाली राष्ट्रिय खेलाडीहरु सहभागि नहुँदा पनि उक्त प्रतियोगितामा दर्शकको भने निकै उत्साहजन रुपमा सहभागिता रहेको थियो । पोखराको लामाचौर तीज महोत्सवको अवसरमा आयोजित राष्ट्रिय भलिवल कप अवलोकन गर्न दर्शकहरुको फाइनलको दिनमा निकै भिड भएर बिचमै टिकट बन्द गर्नु परेको थियो । महिला तर्फको फाइनल खेल पुलिस बिरुद्ध न्यू डायमण्ड बिचको खेल सुरु भएको केही समयमै टिकट बन्द गर्नु परेको थियो ।

पोखरा:    पोखरा लामाचौरमा जारी राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुष तर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन् ।  सोमबार भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा गण्डकीले पुलिसलाई ३–२ को सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो ।  गण्डकी तालिकाको शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको हो । कुल चार खेलबाट गण्डकीको ९ अंक बटुल्दै फाइनलमा प्रवेश गरेको हो । समान खेलबाट समान अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदै पुलिस फाइनलमा प्रवेश गरेको हो । सोमबारनै एपिएफले मणिमुकुन्द भलिबल क्लबलाई ३–१ को सेटले हराएपनि फाइनल प्रवेशका लागि पर्याप्त हुन सकेन ।  एपिएफको कुल चार खेलबाट दुई जित दुई हार सहित ७ अंक रह्यो । मणिमुकुन्दको चारखेलबाट दुई जित र दुई हार सहित पाँच अंक रह्यो । गलकोट स्पोट्र्स क्लबको चार खेलबाट चार हारसहित अंकविहिन भयो । फाइनल खेल आजै हुनेछन् ।

चितवन:     चितवनमा दुई हजार किलो माछा नष्ट गरिएको छ । मत्स्य व्यवसायी सङ्घ, पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले बरामद गरेको माछा नष्ट गरिएको हो । पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका प्रमुख शिरिष गौतमले नष्ट गरिएको माछा भारतबाट अवैधरूपमा भित्रिएको बताउनुभयो । लु ३ च १७९४ नम्बरको गाडीमा राखेर चितवन हुँदै काठमाण्डौ ल्याउन लागिएको माछा जाँचको क्रममा प्रहरीले बरामद गरेको थियो । नष्ट गरिएको माछाको बजार मूल्य तीन लाख २० हजार रुपैयाँसम्म हुनसक्ने तर बिलमा एक लाख ६० हजार रुपैयाँ मात्र लेखिएको देखिएको छ । मत्स्य व्यवसायी सङ्घ चितवनका अध्यक्ष अर्जुन लामिछानेले अवैधरूपमा माछा नेपाल भित्रने क्रम नरोकिएको बताउनुभयो ।