फरक क्षमता भएका नागरिकको गुनासो: सार्वजनिक यातायात हाम्रो हितमा भएन

अब बन्ने संरचना अपाङ्गतामैत्री बन्छ: मन्त्री जुग्जाली

पाेखरा | असोज ५, २०८०

फरक क्षमता भएका नागरिकको गुनासो: सार्वजनिक यातायात हाम्रो हितमा भएन

पोखरा:  फरक क्षमता भएका (अपाङ्गता) नागरिकले पोखरामा भएका सडक तथा सार्वजनिक यातायात आफुहरुको हितमा नभएको गुनासो गरेका छन् । 
 

अपाङ्गता स्वालम्बन विकास संघ(डिडा), आइएनएफ नेपालले पोखरामा आयोजना गरेको सबैका लागि पहुँचयुक्त यातायात विकास सम्बन्धिकार्यक्रममा बोल्दै फरक क्षमता भएका नागरिकले सार्वजनिक यातायात अपाङ्गतामैत्री नभएको गुनासो गरेका हुन् । 

 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेशम जुग्जाली, प्रदेश ट्राफिक कार्यालय गण्डकीका प्रमुख, यातायात व्यवसायीका प्रतिनिधिहरुलाई फरक क्षमता भएका नागरिकहरुले राज्यले संविधानमा नै उल्लेख गरेका हक अधिकारबाट बञ्चित रहेकोसमेत सुनाए । 

 

राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमलाल सुवेदीले नेपाल सरकारले पहुँचयुक्त यातायात सम्बन्धी भएको ऐन, कानुन तथाय नियमावलीहरु कार्यान्वयन नभएको, सार्वजनिक यातायातमा अपाङ्ग, बालबालिका  ज्येष्ठ नागरिकहरुको हितमा नभएको धारणा राखे ।

 

उनले पोखराका सडक शारीरिक अपाङ्गता भएका नागरिकसँगै बालबालिका  र ज्येष्ठ नागरिकको हितमा नभएको बताए । 

 

‘पोखरा सडकमा अहिले दृष्टिविहीनका लागि क्याटटक राखिएको छ, त्यो किन राखिएको हो भन्ने निर्माण गर्नेलाई नै थाहा छैन’, सुवेदीले भने, ‘पोखराका सडक अपाङ्गता भएका नागरिकसँगै बालबालिका र ज्येष्ठ नागरिकको हितमा छैन ।’

 

उनले पोखराका सडकमा  ट्राफिक लाइट राख्न लागिएकाले त्यसमा दृष्टिविहीन नागरिकहरुले थाहा पाउने गरी साउण्डको व्यवस्था गर्नसमेत माग गरे ।

 

‘पोखराका केही चोकहरुमा ट्राफिक लाइट राखिदैछ, सबैको पहुँचमा दिगो विकास हुन आवश्यक छ’, उनले भने, ‘ट्राफिक लाइटसँगै दृष्टिविहीन नागरिकहरुको लागि सडकमा रोकिदा र सडक क्रस गर्ने समयमा संकेत गर्ने साउण्ड बक्स पनि राखियोस् ।’

 

उनले शारीरिक अपाङ्गता भएका नागरिकहरुले सवारीमा यात्रा गर्दा ५० प्रतिशत छुट पाउने उल्लेख भएपनि कार्यान्वयन नभएको भन्दै दुःख व्यक्त गरे । 
शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले बसमा यात्रा गर्दा म्युजिक बन्द गरेर विभिन्न स्थान वा चोक नामसहितको सूचना प्रवाह गर्दा यातायातमा सहज हुने सुझाव समेत दिएका थिए । 

 

अबका भौतिक संरचना अपाङ्गता मैत्री बन्छ: मन्त्री जुग्जाली

 

गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेशम जुग्जालीले अब बन्ने संरचना अपाङ्गतामैत्री बन्ने कार्यक्रममा प्रतिवद्धता जनाए ।

 

‘हिजोको व्यवस्थामा अपाङ्गता मात्र होइन, सपाङ्ग व्यक्तिकोसमेत हक अधिकार खोसिएको थियो । अहिले त्यो व्यवस्थालाई फालेर नयाँ व्यवस्था ल्याएका छौं, मन्त्री जुग्जालीले भने, ‘अब हिजोको व्यवस्थालाई परिवर्तनसँगै ​अबको व्यवस्थामा सबैको नागरिकको पहुँच पु¥याउनका लागि अब बन्ने संरचना अपाङ्ता मैत्री बनाउन जरुरी छ र बन्छ ।’

मन्त्री जुग्जालीले पोखराका सडक अपाङ्गता मैत्री मात्र नभएर पर्यटकमैत्री नभएकाले त्यसलाई पनि प्रदेश सरकारले विशेष ध्यान दिएको बताए । 

 

‘पोखराका सडक अपाङ्गता मैत्री भएन भनेर गुनासो आएको छ । सँगै पर्यटक मैत्री भएन भन्ने पनि छ, उनले भने, ‘अबका सडक निर्माण गर्दा र निर्माण भएका सडकलाई व्यवस्थित गर्न प्रदेश सरकारको ध्यानाकर्षण भएको छ ।’

उनले अब बन्ने संरचनामा सबैको पहुँच पु¥याउने फरक क्षमता भएका (अपाङ्गता ) नागरिकले प्रत्येक जिल्लामा रहेका भौतिक पूर्वाधार कार्यालयमा गएर संरचना निर्माण गर्दा सबेको पहुँच पु¥याउन सुझाव दिन समेत आग्रह गरे ।

मन्त्री जुग्जालीले यातायात व्यवसायीहरुलाई ब्लुबुक नविकरण लगायतका विषयमा राजस्व छुट भएकाले फरक क्षमता भएका नागरिकलाई भाडामा छुट दिन आवश्यक रहेको बताए । 

 

उनले यातायात सम्बन्धीको बैठकमा राष्ट्रिय अपाङ्गता महासंघका प्रतिनिधिलाई अबको बैठकमा आमन्त्रित सदस्यको रुपमा उपस्थित गराउने प्रतिवद्धता समेत जनाए ।  

 

उनले पछिल्लो सयम ट्याक्सी मिटरमा चलेको बताउँँदै आफु भौतिक पूर्वाधारको जिम्मेवारीमा रहँदासम्म ट्याक्सी मिटरमा नै सञ्चालन भैरहेको दावी गरे । 
 

जिफमका अध्यक्ष रुद्र खत्रीले सरकारले अपाङ्गतामैत्री पूर्वाधार निर्माण नगर्दा शारीरिक अपाङ्गता भएका नागरिकलाई सेवा दिन नसकेको बताए । 

 

‘शारीरिक अपाङ्गता भएका नागरिकलाई सेवा दिन सरकारले पूर्वाधार निर्माण गरेको छैन, कसरी हामीले सेवा दिन सकिन्छ?’, उनले भने, ‘यातायात क्षेत्रमा नीति नियम राज्यले बनाओस् कार्यान्वयन गर्न तयार छौं ।’


 

काठमाडौं:     वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई टी–२० सिरिजको चौथो खेलमा २१० रनको विशाल लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डि...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले खुला रुपमा सुन चाँदी आयात इजाजत अन्तर्गत रहेर पैठारी खुला गरिनुपर्ने सुझाव दिएको छ ।   महासंघले आयोजना महासंघले आयोजना गरेको संचा...

थप पढ्नुहोस्

पोखरा:   सर्वोच्चको फैसलाले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको सरकारलाई मन्त्रीमण्डल बिस्तार र विश्वासको मत लिने ढोका खुला गरेको छ । यता राप्रपालाई तटस्थ भएर बस्ने बाटो बन्द भएको छ ।  &...

थप पढ्नुहोस्