पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा ३२ औं ऐतिहासिक चैते दशैं मेला जारी छ । ग्रीन हिल क्लबको आयोजनामा विविध कार्यक्रम मध्ये महिला भलिबल प्रतियोगितामा एलिट भलिबल एकेडेमील...

पोखरा:     लायन्स क्लब अफ पोखरा सिभिकको अध्यक्षमा विकास कँडेल सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिबेशनबाट लायन वर्ष २०२४÷२५ को अध्यक्षमा विकास कँडेल सर्वसम्मत निर्वाचित भएका हुन् । क्लबको प्रथम उपाध्यक्षमा मित्रबन्धु बराल, द्वितीय उपाध्यक्षमा गणेश पराजुली, तृतीय उपाध्यक्षमा यज्ञप्रसाद तिवारी, सचिवमा हरिप्रसाद अधिकारी, क्लब प्रशासकमा विनोद बराल, कोषाध्यक्षमा राजु कुँवर, सहसचिवमा मनमोहन अधिकारी, सह–कोषाध्यक्षमा रामचन्द्र अधिकारी चयन भएका छन् ।  यसैगरी, क्लब मेम्बरशिप चियर पर्सनमा नवराज अधिकारी, एलसिआइफ कोर्डिनेटरमा दीपेन्द्र बहादुर आले निर्वाचित भएको क्लबले जनाएको छ । कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका आगामी बर्षका डिष्ट्रिक्ट गभर्नर इलेक्ट बिनोद ढुंगाना, क्लबका संस्थापक अध्यक्ष पवित्रराज तिवारी, पूर्व अध्यक्षहरू युवराज खनाल, बुद्वीराज बराल (प्रदीप), किरण ढकाल, रामकृष्ण तिवारी निर्वाचन अधिकृत निवर्तमान अध्यक्ष विनोद भुजेल लगायतले नवनिर्वाचित अध्यक्ष लगायत सम्पूर्णलाई बधाई सहित शुभकामना दिएका थिए ।  क्लबका अध्यक्ष रेशम खड़काको अध्यक्षतामा भएको कार्यक्रममा कोषको वारेमा जानकारी कोषाध्यक्ष हरिप्रसाद अधिकारीले र स्वागत प्रथम उपाध्यक्ष विकास कँडेलले र संचालन सचिव यज्ञप्रसाद तिवारीले गरेका थिए ।  

पोखरा:    पाल्पाली समाज पोखराको २१ औं साधारणसभाले विधान संशोधन प्रस्ताव पारित गरेको छ । पोखरा न्यूरोडस्थित पाल्पा हाउसमा शनिबार भएको सभाले समाजका पूर्व अध्यक्ष एवं विधान संशोधन समिति संयोजक जगदीश गौतमले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत् पारित गरेको हो । जसअनुसार समाजको कार्यसमिति अब १५ सदस्यीय मात्र हुनेछ । गएको अधिवेशनबाट २७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको थियो । कार्यसमितिमा अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष तथा बाँकी ८ सदस्य निर्वाचित हुने छन् । कार्यकाल २ वर्ष यथावत् हुनेछ । प्रमुख अतिथि समाजका सल्लाहकार डा.यज्ञमान शाक्यले कार्यक्रम उद्घाटन गर्दै समाजको गतिविधिको प्रशंसा गरेका थिए । उनले कामकाजी छोराछोरीका कारण वृद्ध बाबुआमा सहाराविहीन हुन पुगेको जनाउँदै आफूले १० वर्षअघि आनन्दित गृह स्थापना गरेको बताए । समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार नारायणप्रसाद पौडेलले समाजको आर्थिक गतिविधिमाथि प्रकाश पारेका थिए । समाजका अध्यक्ष बालचन्द्र परियारले समाजको गतिविधि एवं भावी योजनासहितको प्रतिवेदन पेस गरे भने कोषाध्यक्ष पदमप्रसाद पोखरेलले कोषाध्यक्षको प्रतिवेदन पेस गरे । समाजका अध्यक्ष परियारको अध्यक्षतामा भएको सभामा समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार ताराप्रसाद पोखरेल, सल्लाहकार समिति संयोजक जनपुकार मुनकर्मी लगायतले बोलेका थिए । समाजले यसअघि गरेका विविध कार्यक्रमका संयोजकलाई प्रशंसापत्र प्रदान गरिएको थियो । साथै समाजद्वारा प्रकाशित भित्तोपात्रो–२०८१ विमोचनसँगै नयाँ वर्षको शुभकामना आदानप्रदान गरिएको थियो ।  अनुपमान कर्माचार्य संयोजकत्वमा भित्तेपात्रो प्रकाशन गरिएको वरिष्ठ उपाध्यक्ष श्रीधर पराजुलीले बताए । २०५१ सालमा जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भएको पाल्पाली समाज सबैभन्दा पुरानो सम्पर्क समाज हो । समाजको पहलमा स्थापित पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि. सञ्चालित छ । साथै पाल्पा हाउस र पाल्पा कोलेनी जन्मिएका हुन् ।  

पोखराः     तेश्रो मनुश्रीरभिग्नाजित जुनियर टेनिस यू–१० र यू–१२ गर्ल्स सिंगल्समा सारा पन्तले दोहोरो उपाधि जित्दा यू–१६ गर्ल्स सिंगल्समा सुनिरा थापा च्याम्पियन भएकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस सेन्टरमा जारी प्रतियोगितामा यू–१० तर्फ सारा पन्तले जिवाश्री भट्टराईलाई ६–०, ६–३ ले र यू–१२ तर्फ अनुश्री धोजुलाई ६–२, ६–३ ले पराजित गरेकी हुन् । विजेता बनेकी साराले यू–१२ उपाधि संगै नगद रु १० र यू–१२ तर्फ नगद रु ५ हजार र यू–१० की उपविजेता जीवाश्रीले नगद रु २ हजार ५ सय र यू–१२ की उपविजेता अनुश्रीले नगद रु ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे । १९ औं एसियाली खेलकुदमा समेत सहभागी रहेकी सुनिरा थापाले यू–१६ गर्ल्स सिंगल्समा दिव्यता भण्डारीलाई ६–२, ६–० को सोझो सेटमा पराजित गर्दै  च्याम्पियन बनेकी छन् । नेपाल ¥याकिङ नं २ खेलाडी थापाले नगद रु २० हजार र दिव्ताले नगद १० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे । शनिबार सम्पन्न ६ वटा विभिन्न उमेर समुहका फाइनल खेल मध्ये यू–१० व्वाइज सिंगल्सतर्फ निश्चल ज्ञवालीले अर्याशराज पौडेललाई ७–६, ५–४ ले पराजित गरी उपाधि जिते । निश्चलले नगद रु ५ हजार हात पार्दा उपविजेता अर्याशले नगद रु २ हजार पाँचसयका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे । त्यसै गरी यू–९ गर्ल्स सिंगल्समा ताभिसी रानाले नैरा छोदेन गुरुङलाई ५–३, ४–२ ले पराजित गरी च्याम्पिनि बनिन् । उनले नगद रु ५ हजार हात पार्दा उपविजेता नैराले नगद रु २ हजार पाँचसयका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरिन् । त्यस्तै गर्ल्स ओपन डबल्सतर्फको फाइनलमा शाल्भी शेरचन र आरुषी तुलाचनको जोडीले शरिषा शेरचन र गरिष्मा गुरुङको जोडीलाई सुपरटाई ब्रेकमा १–६, ६–४ ९१०–७०ले पराजित गरेका छन् । उपाधि बिजेता शाल्भी र आरुषीको जोडीले नगद रु २० हजार र उपविजेता शरिषा र गरिष्माले नगद रु १० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारेका छन् । यता ब्वाइज ओपन डबल्सतर्फ दर्शिल श्रेष्ठ र शास्वत बज्रचार्यको जोडी र एड्रिन र स्पन्दन उदासको जोडीले फाइनलमा स्थान पक्का गरेका छन् । दर्शिल र शास्वतले यूवेन र विश्व विशेषलाई ६–०, ६–१ ले र अड्रिन र स्पन्दन उदासको जोडीले सन्दिप विक र डोजन गुरुङको जोडीलाई ६–०, ६–३ ले सेमीफाइनलमा पराजित गरे । यस्तै यू–१६ ब्वाइज सिंगल्सको फाइनलमा दर्शिल र सृजन भट्टराई आमने सामनो हुनेछन् । यू–१४ ब्वाइज सिंगल्समा डोजन गुरुङ र सन्दिप विक भिड्नेछन् । डोजनले सेमीफाइनलमा प्रफुल्ल श्रेष्ठलाई टाइव्रेकमा ६–७, ६–४ र ६–३ ले पराजित गर्दा सन्दिपले स्पन्दन उदासलाई ६–१, ६–२ को सोझो सेटमा पाखा लगाएका थिए । त्यसै गरी  यू–१४ गर्ल्सतर्फ शाल्भी शेरचन र शरिसा शेरचनको जोडी फाइनलमा पुगे । यू–१२ ब्वाइज सिंगल्सतर्फ विश्व विशेष डल्लाकोटी र अर्याशराज पौडेल फाइनलमा पुग्दा यू–९ ब्वाइजतर्फ इभान भट्टराई र कायान चालिसे  तथा यू–८ ब्वाइज सिंगल्समा कायान र जिवाश विक्रम भट्टराईको जोडी फाइनलमा पुगे । प्रतियोगितामा यू–१२ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले जनही नगद रु १० हजार तथा उपबिजेताले जनही नगद रु ५ हजार सहित मेडल प्राप्त गर्नेछन् । यू–१४ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले समान जनही नगद रु १५ हजार, उपबिजेताले समान जनही नगद रु ७ हजार ५ सयसहित मेडल प्राप्त गर्नेछन् । यू–१६ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले समान जनही नगद रु २० हजार उपबिजेताले समान जनही नगद रु १० हजार तथा ब्वाईज तथा गर्ल्स ओपन डबल्सतर्फ बिजेताले समान जनही नगद रु २० हजार उपबिजेताले समान जनही नगद रु १० हजारसहित मेडल प्राप्त गर्नेछन् । प्रतियोगितामा पोखरा, बुटवल, काठमाण्डौ र चितवनका खेलाडीहरुको सहभागिता छ । प्रतियोगिता सम्पन्न गर्न करिव ४ लाख खर्च हुनेछ । प्रतियोगितालाई कुमार श्री मोहन बहादुर शाहीले मुख्य प्रायोजन गरेका छन् । उनले विगत तीन वर्ष देखि आफ्ना नाती–नातीनाको नाममा उक्त प्रतियोगितामा प्रायोजन गरेका हुन् ।

पोखरा:   गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दावी पेस गरेका छन् ।  अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) समेतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ ९२० अनुसार यही चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका थिए । त्यसैले नेकपा एमाले संसदीय दलका नेता अधिकारी, माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान र मनाङ्गेसहित मुख्यमन्त्री कार्यालयमा पुगेका थिए । दाबी पेस गरेपछि नेकपा एमालेका प्रमुख सचेतक गोविन्द नेपालीले नेकपा एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जनाको समर्थनसहित अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेको जानकारी दिए । आफूहरुको दाबी संविधानसम्मत भएको पनि उनले बताए ।   ६० सदस्यीय गण्डकी प्रदेशसभामा सत्ता गठबन्धनका नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र एक सांसद छन् । यस्तै सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् ।

पोखरा:    नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले मैत्रीपूर्ण फुटसलको उपाधि जितेको छ । विश्व खेलकुद दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश शाखाले आयोजना गरेको मैत्रीपूर्ण खेल मञ्चले जितेको हो ।  शनिबार अमरसिंह फुटसलमा भएको फाइनल खेलमा पोखरा संगीत समूहलाई ५–२ गोल अन्तरले पराजित गर्दै पत्रकारको टिमले उपाधि जितेको हो । पत्रकारको जितमा निकोलस गुरुङले ह्याट्रिक पूरा गरे । अर्जुन गाहा ‘सुशान्त’ र प्रवेश पोखरेलले १÷१ गोलको योगदान दिए । संगीत समूहको तर्फबाट विश्वास गुरुङ र रविन गुरुङले गोल गरेका थिए ।  उपाधि जितेको पत्रकारको टिमले कुखुराको भाले, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता बनेको संगीत समूहले पनि कुखुरा, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।  त्यसअघिको सेमिफाइनलमा पत्रकार मञ्चले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीलाई ८–२ गोलअन्तरले पराजित गरेको थियो भने, संगीत समूहले आयोजकलाई १३–३ गोलले हराउँदै फाइनल पुगेको थियो ।  विजेता खेलाडीलाई संस्थाका सल्लाहकार तथा पोखरा महानगरका वरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्मा, केन्द्रीय प्रशासन सचिव जीवन दाहाल, केन्द्रीय सचिव शंकर विरही गुरुङ, कन्द्रीय पूर्र्व उपमहासचिव चोलेन्द्र पौडेललगायतले पुरस्कार वितरण गरेका थिए । 

पोखरा:     साहित्यकार ज्ञानु अधिकारीको निबन्ध सङ्ग्रह ‘संवेदनाको समायोग’ को शनिवार पोखरामा चर्चा गरिएको छ । आयोजक र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार रीता अधिकारी  ‘ऋतु’ ले ज्ञानुका निबन्धले विशेष गरी महिलाहरूलाई उत्प्रेरणा दिने धारणा राखिन् ।  “क्षमता भएर पनि गृहिणी मात्र भएर खुम्चिन विवश महिलाहरू जो आफूलाई कमजोर ठानेर निश्चित परिधिभित्रको सुखसयलका नाममा आफ्ना पखेटा आफैँले काट्दै सोसाइटीमा कम र सोसल मिडियामा बढी समय बिताएका छन्, तिनलाई उत्प्रेरणा जगाउने निबन्ध कृतिमा छन्”, ऋतुले भनिन्, “नारीलाई आदर्शमा देवी बनाउने र यथार्थमा दासी बनाउने परम्परा र सामाजिक सोचप्रतिको रोचक कटाक्ष निबन्धमा प्रस्तुत गरिएको छ ।”   नेपाली लेखक सङ्घ, कास्कीकी अध्यक्षसमेत रहेकी अधिकारीले विचार, दर्शन र अनुभूतिको त्रिकोणात्मक संवेदना अँगालेर वैचारिक चिन्तन, निजात्मक शैली,  काव्यात्मक भाषा र आत्मपरक तथा संस्मरणात्मक शैलीमा लेखिएका निबन्धहरू पढ्दा ठाउँ ठाउँमा आख्यान पढिरहे झैँ लाग्ने भनाइ राखिन् । सङ्ग्रहमा ७ खण्डमा ३७ ओटा निबन्ध सङ्गृहीत छन् । निबन्धकार ज्ञानुले अग्रज निबन्धकारहरूको निबन्ध उच्च बौद्धिकताले थिचिँदा उत्पन्न भएको निरसताबाट मुक्त भएर आफूले निबन्ध लेख्ने प्रयास गरेको भनाइ राखिन् । “साहित्यकार व्यक्ति मात्र होइन समष्टि हो, साहित्यकारले आफ्नो व्यक्तिगत कुरा मात्र होइन, समग्र समाजको व्यथा र अवस्था लेख्ने गर्छ ।” निबन्धकार अधिकारीले भनिन्, “महिलालाई पितृसत्ताले अघि बढ्न बाधा उत्पन्न गरेको कुरालाई नकार्न सकिँदैन ।” निबन्ध सङ्ग्रहलाई आफूले आफ्नो परीक्षाका रूपमा समेत लिएका उनकोे भनाइ थियो । आफू निकै सचेत र इमानदार भएर निबन्ध लेख्ने प्रयास गरेको बताउँदै उनले निबन्धमा उल्लेख भएका ‘अमुक’ पात्रलाई निबन्ध सङ्ग्रह कुरियर गरेरै पठाइदिएको अनुभव सुनाइन् । पद्मकन्या क्याम्पसमा प्राध्यापनरत अधिकारी समालोचकका रूपमा बढी परिचित छिन् । यसअघि उनका करिब १ दर्जन समालोचनाका कृति प्रकाशित छन् ।   कार्यक्रममा सुरज पौडेल, हसिना बस्नेत, कृष्ण देवकोटा, डा। ईश्वरमणि अधिकारी, हिममाया पौडेललगायते टिप्पणी गरेका थिए । सचिव नेपालप्रकाश अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष गौरी तमुले स्वागत गरेकी थिइन् । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएको छ । विश्व पुस्तक दिवसका अवसरमा आगामी वैशाख ११ गते पोखरामै पुस्तक आदानप्रदान कार्यक्रम आयोजना गरिने पुस्तक छनोट समितिका संयोजक केशवशरण लामिछानेले जानकारी दिए ।

पोखरा:   कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीले नववर्ष २०८१ को शुभकामना आदानप्रदानसँगै भित्तेपात्रो विमोचन गरेको छ ।  कालागण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीले आज (शनिबार) एक कार्यक्रमको आयोजना गर्दै नववर्ष २०८१ को शुभकामना आदानप्रदानसँगै भित्तेपात्रो विमोचन गरेको हो ।  नववर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कालीगण्डकी गाउँपालिकाका पर्यटकहरुको लागि आर्कषको गन्तव्य बनाउन समाजले काम गर्नुपर्ने बताए ।  ‘कालीगण्डकी गाउँपालिका आफैमा पर्यटकहरुको लागि आर्कषक गन्तव्य हो, त्यसको प्रचारप्रसारमा सम्पर्क समाजले पनि सहयोग पु¥याउनुपर्दछ’, अध्यक्ष श्रेष्ठले भने, ‘पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको छ, अब हामीले पर्यटकीय क्षेत्रको विकास र प्रचारप्रसारमा ध्यान दिनुपर्छ ।’ कार्यक्रममा सम्पर्क समाजका निवर्तमान अध्यक्ष, सल्लाहकार लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीका अध्यक्ष जीवलाल न्यौपानेको अध्यक्षता, उपाध्यक्ष विष्णु भट्टराई पाण्डेको स्वागत र सचिव लिलाबल्भव न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।   

काठमाडौं:    इलाम–२  र बझाङ १(१) मा आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको समय तय गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार मनोनय दर्तापश्चता आजै साँझ नै मनोनयन सूची प्रकाशन हुनेछ । आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । सोही दिनको अपराह्न ३ बजेपछि २६ गते बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिनेछ । २६ गते बेलुका उम्मेदवारको नामावली प्रकाशन भएपछि २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ । सोही दिन दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र पाँचबजेसम्म निर्वाचन निह्न प्रदान गरिने कार्यतालिका छ । मतदान २०८१ वैशाखा १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । इलाममा तत्कालीन सांसद सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो भने बझाङमा कांग्रेसबाट निर्वाचित  पृथ्वीबहादुर सिंहको दुर्घटनामा निधन भएकोले निर्वाचन हुन लागेको हो । इलाम(२ मा  पहिचानवादीहरूको समर्थनमा डाकेन्द्रसिंह थेगिम, एमालेबाट सुवासकै छोरा सुहाङ नेम्बाङ,  कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, राप्रपाबाट लक्ष्मी गुरूङले लगायतले उम्मेदवारी दिंदैछन् । बजाङमा एमालेबाट दमनबहादुर भण्डारी, कांग्रेसबाट अभिषेक सिंहले उम्मेदवारी दर्ताको तयारी गरेका छन् । इलाममा एमालेलाई समर्थन गरेको माओवादीले बजाङमा भने कुनै निर्णय गरिसकेको छैन ।

पोखरा:       होटल व्यवसायी महासंघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले होटल व्यवसायी र मजुदरहरुलाई स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहका सम्बन्धमा तालिम दिन सुरु गरेको छ । यस सम्बन्धी तालिम पहिलो चरणमा कालिगण्डकी करिडोर अन्तर्गतका होटल क्षेत्रका जनशक्तिका लागि आयोजना गरिएको हो । त्यसैगरी मस्र्याङदी करिडोरका व्यवसायीलाई समेत तालिमको योजना रहेको छ । होटल व्यवसायी महासंघ गण्डकीले आज नवलपरासीको गैँडाकोटमा पत्रकार सम्मेलन आयोजना गरी यही चैत २४ र २५ गते गैँडाकोटमा कालीगण्डकी करिडोरका होटल व्यवसायीहरु तथा त्यसमा काम गर्ने कामदारहरुलाई स्वच्छता र पर्यटकमैत्री सेवा प्रवाहका सम्बन्धमा तालिम दिन लागिएको जनाएको छ । महासंघका अध्यक्ष अर्जुन चोखालका अनुसार तालिममा करिडोर अन्तर्गत गैँडाकोट, बुलिङटार, बौदीकालीका गाउँपालिका लगायत नवलपुर जिल्लाभरिका होटल तथा पर्यटन व्यवसायीहरु र कामदारहरु समेत गरी ७० जनाको सहभागिता रहनेछ । “होटल तथा पर्यटन व्यवसायलाई मर्यादित बनाउने, व्यवसायको स्तरोन्नति गर्ने, विभिन्न तालिम तथा प्रशिक्षणहरु सञ्चालन गरी सेवा व्यवसायलाई गुणस्तरीय बनाउन कार्यक्रमबाट सहयोग पुग्नेछ ।” अध्यक्ष चोखालले भन्नुभयो ।  पोखरा गण्डकी प्रदेशको राजधानी सहर घोषणा भइसकेको सन्दर्भमा पर्यटन क्षेत्रलाई थप पर्यटकमैत्री बनाउने र यस क्षेत्रमा कार्यरत जनशक्तिलाई खाद्य स्वच्छताका बारेमा जानकारी गराउन कार्यक्रम महत्वपूर्ण हुने बताइन्छ ।  छिमेकी मुलुक चिनसँगको उत्तरी नाका कोरलादेखी दक्षिणी छिमेकी मुलुक भारतको सुस्ता त्रिवेणीसम्म जोडिएको कालीगण्डकी करिडोर गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको र विशेष गरी धार्मिक पर्यटनका लागि महत्वपूर्ण रहेको छ ।  यस क्षेत्रको गुणस्तरीय पर्यटन विकासबाट मात्र ठूलो मात्रामा रोजगारी सिर्जना हुने तथा देशको मजवुत अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने भएकाले होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुको क्षमता अभिवृद्धि, कर्मचारीको सीप र दक्षता अभिवृद्धिलाई प्राथमिकता दिइएको अध्यक्ष चोखालले बताउनुभयो ।  सहभागीहरुलाई खाद्य स्वच्छता, सरसफाई र पोसाक, पर्यटकमैत्री व्यवहार तथा आचरण, व्यवसायमा प्रविधिको प्रयोग, व्यवसायी र कर्मचारीबीचको सम्बन्ध, व्यवसायको प्रचारप्रसार र प्रवद्र्धन, स्थानीय उत्पादनको व्यावसायिकरण लगायतका विषयहरुमा सिकाइने महासंघका महासचिव देवेन्द्र लम्सालले जानकारी दिनुभयो ।  तालिमका प्रमुख प्रशिक्षकमा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्रिन्सिपल प्रकाश रेग्मी तथा  प्रशिक्षकहरुमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँका प्रमुख ज्योति आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका अधिकृत कुन्दन मिश्र लगायतका विषय विज्ञहरु रहनुभएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निमित्त प्रमुख नविन पोखरेलले काली गण्डकी र मस्र्याङदी करिडोरमा रहेका साना तथा मझौला व्यवसायी तथा कामदारहरुलाई समेत स्वच्छता र पर्यटकमैत्री व्यवहारका बारेमा सिकाउनु  महत्वपूर्ण रहेकाले तालिम आयोजना गरिएको बताउनुभयो ।  पर्यटनको राजधानी पोखरा, बेगनास तथा काठमाडौँम रहेका ठूला र स्तरीय होटलमा दिइएको सुविधा राम्रो रहेपनि अन्यत्र रहेका पर्यटकीय गन्तव्यहरुमा समेत राम्रो र पर्यटकमैत्री व्यवहार आवश्यक रहेको पोखरेलको भनाई छ ।  उहाँले भन्नुभयो,“पर्यटन क्षेत्रमा हस्पिटालिटीको धेरै महत्व रहेको हुन्छ । गाउँ ठाउँ तथा स्थानीय स्तरमा पनि पर्यटकमैत्री व्यवहार हुन नसके नेपालको बारेमा राम्रो सन्देश जाँदैन । त्यसैले व्यवसायी र कामदारलाई तालिम दिएर सेवा प्रवाहमा सयोग गर्नु पर्यटन बोर्डको दायित्व हो । ” बोर्डले यस्ता खालका तालिमहरु कालीगण्डकी करिडोरको नवलपुर र म्याग्दी तथा मस्र्याङदी करिडोरको दमौली र मनाङमा गर्न लागिएको जनाएको छ ।