आजदेखि 'डिग्री माइला' र 'द रेड सुटकेस' काे प्रदर्शन

काठमाडाैं | चैत ३०, २०८०

आजदेखि 'डिग्री माइला' र 'द रेड सुटकेस' काे प्रदर्शन

काठमाडौं:  नयाँ वर्ष २०८१ को छेकाे पारेर दुईवटा नेपाली फिल्म प्रदर्शनमा आएका छन्।

 

रामबाबु गुरूङको निर्देशनमा बनेको फिल्म 'डिग्री माइला' र फिडेल देवकोटाको निर्देशन रहेको फिल्म 'द रेड सुटकेस' शुक्रबारदेखि प्रदर्शनमा आएका हुन्। 

 

'डिग्री माइला' मा दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका छ।

 

साथमा माओत्से गुरूङ, प्रकाश घिमिरे, विजय बराल, बुद्दि तामाङ, कमलमणि नेपाललगायत कलाकारहरूको अभिनय छ।

 

कमेडी र ड्रामा जनरामा राखिएको २ घण्टा ३० मिनेट लामो फिल्मले डिग्री हासिल हुनुको अहमताले भरिएको पात्र र समाजले ऊसँग राखेको अपेक्षाबीचको संघर्षको कथा प्रस्तुत गर्छ। 

 

फिल्मको निर्मातामा विशाल गुरूङ, मणिराम पोखरेल, मधु मिजार र सुष्मा गुरूङ छन्। देशभरका हलले यो फिल्मलाई उत्साहजनक शो दिएका छन्। 

 

 

'द रेड सुटकेस' विश्व प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर हुनुका साथै विश्वका अन्य प्रतिष्ठित फेस्टिभलमा समेत पुरस्कृत भएको फिल्म हो।

 

काठमाडौं एयरपोर्टबाट पिकपअ भ्यानमा कफिन (शवको बाकस) लिएर पहाडी गाउँ जाने ड्राइभरको कथा फिल्मले प्रस्तुत गर्छ।
 

फिल्ममा सौगात मल्ल, विपीन कार्की, प्रविण खतिवडा र सृष्टि श्रेष्ठलगायत कलाकारको मुख्य भूमिका छ। निर्माताले फिल्मलाई क्युएफएक्स चेनका हलमा भने रिलिज गरेका छैनन्। 

 

अन्य चार दर्जन भन्दा बढी हलमा फिल्म रिलिज भएको छ। यो फिल्म १ घण्टा २६ मिनेटको छ।

 

काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...

थप पढ्नुहोस्

गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ ।   रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...

थप पढ्नुहोस्

गण्डकी:   कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।   रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

थप पढ्नुहोस्