एबिसी फोर्टीफाइभ प्लस फुटबलमा ढोलाहिटी दोस्रोपटक च्याम्पियन
पाेखरा | चैत ३०, २०८०
पोखरा: ढोलाहिटी फ्रिडमले दोश्रो संस्करणको एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।
पोखरा रङ्गशालामा बिहीबार भएको फाइनल खेलमा हेटौडा भेट्रान्सलाई ४—२ गोल अन्तरले पराजित गर्दै ढोलाहिटी दोस्रो पटकले च्याम्पियन बन्दै उपाधि रक्षा गरेको हो ।
ढोलाहिटीको जीतमा म्यान अफ द म्याच घोषित भएका प्रकाश राना मगरले २ गोलको योगदान दिए । यस्तै सरोज थापा र राजकुमार केसीले समान १—१ गोल गरे ।
यता फाइनलमा हार व्यहोरेको हेटौंडाको तर्फबाट शशी गौतम र सञ्जय राना मगरले १—१ गोल फर्काए ।
दोस्रोपटक च्याम्पियन बनेको ढोलाहिटीले नगद रु १ लाख ५५ हजार ५ सय ५५, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।
यस्तै उपविजेता बनेको हेटौडाले नगद रु ७७ हजार ७ सय ७७ शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।
प्रतियोगिताबाट ढोलाहिटीका तेजबहादुर गलामी उत्कृष्ट खेलाडी घोषित हुदैं नगद रु १० हजार र ट्रफी प्राप्त गरे ।
प्रतियोगिताका विजेताहरु तथा उपविजेता टिमका खेलाडीहरुलाई गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, अमरसिंह ब्वाइज क्लब एबिसीका अध्यक्ष राजेश गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
सो अवसरमा बोल्दै समापन समारोहका प्रमुख अतिथिसमेत रहेकी प्रदेश सांसद सरस्वती गुरुङले सरकारी स्तरबाट खेलकुदको विकासका लागि उल्लेख्य काम हुन नसकेको बताउदै खेलकुदको विकासका लागि स्थानिय क्लब, संघ संस्था, ब्याक्तित्वहरुको साथ र सहयोग अपरिहार्य रहेको धारणा राखेकी थिइन् ।
नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो मानिएको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा विश्वकै क्रिकेटप्रेमीहरुको ध्यान नेपालतर्फ आकृष्ट भएको छ...
पोखरा: आदिवासी जनजाति आयोगले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष छैटौँ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । प्रदेश प्रमुख समक्ष आयोगका सदस्य रीना राना र सूर्य बहादुर गुरूङले आइतबार नेपालको ...
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...

