मुस्ताङ: तामाङ सेलोमा आधारित ‘मुस्ताङ्गे नानी’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । गण्डकी प्रदेशका पूर्व सांसद एवं मुस्ताङका बासिन्दा ईन्द्र धारा बिष्टको शब्द तथा संगीतमा निर्मित म्युजिक भिडियो एसटु प्रोडक्सनको अफिसियल युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो । उक्त म्युजिक भिडियोको निर्देशन र सम्पादन सुरज श्रेष्ठले गरेका छन् । उक्त गीत पूर्व गण्डकी प्रदेश सभा सदस्य लोमान्थाङ गाउँपालिका वडा नम्बर ५ लोमान्थाङका इन्द्रधारा बिष्टले यो गीत दुई बर्ष अघि लेखेका थिए । तर अहिले आएर मात्रै श्रव्यदृष्यमा समेटिएको विष्टले बताए । उनका अनुसार गीतमा मुस्ताङका चराङ, घरगुम्बा, लुरी, घारा, यारा, सुर्खाङ, ढि र धे खोला क्षेत्रका आकर्षक दृष्यहरु समेटिएको छ । उनले विशेषगरी मुस्ताङ र समग्र नेपालको पर्यटनमा टेवा दिने गरी तयार गरिएको सुनाए । यसअघि ‘लोमान्थाङमै बसम’ र ‘हिमाल पारी लोमान्थाङ गाउँ’ गरी दुई गीत बजारमा ल्याइसकेका छन् । टिममा को-को छन् ? किमी छ्योक्योङ गुरुङल निर्माता रहेको एसटु प्रोडक्सन प्रालिको प्रस्तुतीमा निर्मित गीतमा विश्व दोङले आवाज भरेका छन् भने नृत्य निर्देशक शुवास राई र रिक्साङ गुरुङको अभिनय रहेको छ । गीतको एरेन्जरमा विष्णु तामाङ, प्रोडुसरमा किमी गुरुङ, सिनेमाटोग्राफीमा सुरज श्रेष्ठ र गणेश सापकोटा रहेका छन् । गीतको निर्देशन र सम्पादन भने सुरज श्रेष्ठले नै गरेका हुन् । मेकअप आर्टिस्टका रुपमा मञ्जु श्रेष्ठले सिंगारेका छन् भने गीतको कोरियोग्राफी भने एमडी सुुवास गुरु हुन् । म्युजिक भिडियोको कोरसमा महिलातर्फ रिक्साङ गुरुङ, कर्म याङडोन, धावा छोन्जोम, पासाङ ढोल्मा, सोनाम ल्हामो, रिन्जेन ढोल्मा र पुरुषतर्फ छेरिङ नोर्बु, पेमा वाङदी, तेञ्जिङ, छेवाङ जेन्देन र सोम छेरिङले साथ दिएका छन् ।
पोखरा: पोखरेली युवा सांस्कृतिक परिवारले स्थापना गरेको ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ पुरस्कार अक्षयकोष वृद्धिका लागि बेल्जियमबाट रु ८८ हजार २ सय ७८ सहयोग प्रदान गरिएको छ । बेल्जियम निवासी मिन गुरुङको संयोजकत्वमा संकलित सो रकम बेल्जियम नेपाली समाजले पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक सदस्य सङ्गीतकार,गीतकार तथा गायक विक्रम गुरुङलाई हस्तान्तरण गरे । पोयुसाँपका सदस्यसमेत रहेका मिन गुरुङको पहलमा बेल्जियम निवासी ओमराज गुरूङ,अनिता घले, अस्मिता घले , मन्दरा गुरूङ, बबिता गुरूङ, नन्दराज घले दुर्गा गुरूङ, चन्द्रा गुरूङ, उमा गुरूङ , ज्योती गुरूङ, अर्जुन शाही, भगवान गुरूङ,, राम गुरूङ, कमल गुरूङ, चन्द्रकुमार गुरूङ, पुष्पा गुरुङ, धनकाशी गुरूङ, अमृता, पुना कटवाल, कविता साउदेन, बलराम पुन, गडुलध्वज गुरूङ, भरत तामाङ, अमर राना, देवी गर्वुजा पुन, मिन पुन, शान्ती पुन लगायतले सहयोग गरेका थिए । देश विदेशमा रहेर नेपाली गीत,संगीत,गायन र वाद्यवादनमा योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रत्येक दुई वर्षमा प्रदान गर्नका लागि “अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार” स्थापना भई सञ्चालनमा आएको छ । नेपाली संगीत क्षेत्रमा सबैभन्दा ठूलो धनराशिको ‘अम्बर गुरुङ संगीत पुरस्कार संस्थाद्धारा पहिलो पटक नेपाली गीतलेखनको क्षेत्रमा छ दशक भन्दा बढी समय देखि अनवरत रुपले साधनारत् गीतकार किरण खरेललाई प्रदान गरिएको छ । कोषमा २५ लाख पुर्याउने लक्ष्य राखिएको छ भने हालसम्म १९ लाख संकलन भइसकेको साँस्कृतिक परिवारले जनाएको छ ।
पोखरा: बगान चलचित्रका निर्देशक सरोज खनालले यसपटक चलचित्रमा पुरुषको दबदबा भएको देशमा एकल आमा नारी र शिक्षालाई लिएर चलचित्र तयार गरेको बताएका छन् । चितवन, बुटवल हुँदै पोखरा आइपुगेको बगान टिमले पत्रकारहरुसँग कुराकानीको क्रममा चलचित्रका निर्देशक खनालले यस्तो बताएका हुन् । उनका अनुसार ‘बगान’ चलचित्र यही असार २९ गतेदेखि देशभर प्रदर्शन हुँदैछ । ‘हामी अझै पनि पुरुषको दबदबा भएको समाजमा छौं, बिबाह भएको कुनै व्यक्तिको श्रीमतिको मृत्यु भयो भने, अर्को बिहे गर्न सोच्न तर्फ हतार गर्ने समाजमा छौं हामी’, खनालले भने, ‘त्यही समाजमा श्रीमानको मृत्यु भएको भयो भने ति विधुवा श्रीमतिको बारेमा सोच्ने कोही हुँदैन त्यस्तो समाजमा हामी छौं ।’ समाजमा एक विधुवा महिलाले कसरी संघर्ष गरेकी छिन् । समाजमा कस्तो शिक्षा हामीले सिकाउनुपर्छ भनेर चलचित्रमा जोड दिएको निर्देशक खनालले बताए । नेपाली हलमा नेपाली कथा नै दर्शकहरुले खोजेकाले नेपाली समाजको कथा नै चलचित्रमा जाडेको खनाले सुनाए । ‘तीन हप्तापछि म जारी चलचित्र हेर्न गए, दर्शकको नजरमा जारी चलचित्रको पर्नुको मुख्य आर्कषण समाजको कथा थियो’, उनले भने, ‘समाजको सानो सानो कथाले दर्शकलाई छोएको छ, त्यसैले दर्शकहरुले नेपाली समाजमा नै निर्माण भएको चलचित्र खोजको छन् ।’ यस्तै अभिनेत्री तथा बगान चलचित्रका नायिका करिश्मा मानन्धरले चलचित्रमा लगानी मात्र नभएर सबै क्षेत्रलाई समेत्न सके मात्र सफल हुने बताईन् । ‘चलचित्रमा लगानी गरेर मात्र हुँदैन, सबै क्षेत्रलाई जोड्न सके मात्र हामी सफल हुने हो’, उनले भनिन्, ‘चलचित्रमा हिरोजम मात्र चल्छ भन्ने हुदैन कथालाई सबैसँग जोड्न सफल हुन सकिन्छ ।’ नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले, निर्देशक सरोज खनाल, नायिका करिश्मा मानन्धर, प्रमिला कार्की आइतबार पोखरा आएका हुन् ।
पोखरा: बैंकर डा. बुद्धि मल्लको पुस्तक ‘सफलता सम्भव छ’ को पोखरामा आज विमोचन गरिएको छ । सो पुस्तक पोखरेली यूवा साँस्कृतिक परिवारको आयोजनामा गृहलोकापर्ण गरिएको हो । शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तक नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति सरुभक्त श्रेष्ठ, पूर्व सदस्य सचिव, बरिष्ठ साहित्कार एब्म संस्कृतिकर्मी तिर्थ श्रेष्ठ, पोखरेली यूवा साँस्कृतीक परिवारका सल्लाहकार ईश्वरमणी अधिकारी, पोखरेली युवा साँस्कृतिक परिवारका अध्क्षय उपेन्द्र पौडेल र सहित्याकार सरस्वती प्रतिक्षाले एकसाथ बिमोचन गरे । कार्यक्रममा पुस्तक माथि चर्चा गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति सरुभक्त श्रेष्ठले सफलताको शब्दमाथि चर्चा गरे । उनले मानिसको जिवनलाई सफलतापुर्वक बिताउन पुस्तक उपयोगी हुने बताए । अहिले बिभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरु पुस्तक लेखन तर्फ लागेको बताउदै डा.बुद्धि मल्ल पनि एक भएको उनको भनाई थियो । बरिष्ठ साहित्यकार संस्कृतिकर्मी तिर्थ श्रेष्ठले सफलता प्राप्तिका उदाहरणहरु दिदै पुस्तक सबैको लागि पठनिय भएको बताए । असफलताहरु सफलताका सपनाहरु भएको उनको भनाई थियो । पोखरेली यूवा साँस्कृतिक परिवारका सल्लाहकार ईश्वरमणी अधिकारीले पुस्तकमाथि परिचर्चा एबम् समिक्षा गर्दै पुस्तकमा पढेका, सुनेका भोगेका, नैतिक शिक्षा दिने ४१ ओटा लेखहरु समावेश रहेको बताए । पुस्तक मौलिक कलात्मक भएकोे उनाँको भनाई रहेको थियो । लेखक डा. मल्लले पुस्तकमा ऊँटले आफ्नो जीवनको निरन्तरताको लागि घाँटी लामो बनाउन प्रयत्न गरेको देखि संसारका सफल व्यक्तिहरु बिल गेट्स, दि रक, पृथ्वीनारायण शाह, एड्मण्ड हिलारी, मिल्खा सिंह, जिम केरी, झमक कुमारी, हेनरी फोर्ड, दशरथ माझी, ज्याक मां, भगवान गौतम बुद्ध लगायतका हस्तीका जीवनमा घटेका केही प्रेरक प्रसंगहरु उल्लेख गरेर सफलता सम्भव छ भनेर उदाहरण दिने प्रयास गरिएको बताए । पोखरेली यूवा साँस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले पोखरेली माझँ पनि पुस्तक बिमोचन आवश्यक ठानेर कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा लेखको परिचय पत्रकार सञ्जयकुमार मल्ले गरेका थिए । पुस्तकको गएको असार २ गते काठमाडौमा समेत बिमोचन गरिएको थियो । पोखरेली यूवा साँस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव डा.चैतन्य अधिकारीले गरेका थिए ।
पोखरा: विन्दवासिनी दोहोरी साँझले पोखरामा दोहोरी साँझ स्तरीय दोहोरी प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी २२ देखि २६ गतेसम्म प्रतियोगिता संचालन गर्ने जानकारी दिइएको हो । साँझका सञ्चालक विरेन्द्र केसीका अनुसार प्रतियोगितामा पोखराका दोहोरी साँझमा गाउने लोकदोहोरी गायक गायिकाबीच प्रतिस्पर्धा हुनेछ । उक्त प्रतियोगिताको विजेता समुहले ३० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र शिल्ड प्राप्त गर्नेछ । यस्तै द्वित्तिय हुने समुहले २० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र शिल्ड हात पार्नेछ । तृतीय हुने टोलीलाई १० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र शिल्ड प्रदान गरिने केसीले बताए । उनका अनुसार सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई ५ हजार प्रदान गरिनेछ । प्रतियोगितामा सहभागिता जनाउनका लागि १ हजार निर्धारण गरिएको प्रतियोगिता संयोजक सुमन खड्काले बताए । उनका अनुसार प्रतियोगितामा सहभागि हुनका लागि दोहोरी साँझकै लेटरप्याडमा एक गायक र एक गायिकाको नाम सिफारिस गरि पठाउनुपर्ने छ । सो प्रतिायोगिताको निर्णायकमा लोक तथा दोहारी गायक टेक क्षेत्री, दिलु लामा लगायत रहनेछन् । सो प्रतियोगितासँगै बेलकी हुने विशेष सांगीतिक साँझमा लोकदोहोरी कलाकारहरु चिजा गुरुङ, रवी कार्की र अस्मिता डल्लाकोटीसहित नियमित कलाकारहरुको प्रस्तुति रहनेछ संयोजक खड्काले जानकारी दिए । करिब ८५ लाखको लागतमा नयाँ व्यवस्थापनसहित चिप्लेढुंगामा पुन संचालनमा ल्याएको अवसरमा उक्त प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । ।
बुढ्यौलीतर्फ ढल्कदै गरेको उमेर र सेताम्य हुदै गएको कपालले मुक्ता सिंहलाई गृहणी बनेर चुपचाप घर रोकिराख्न सकेन । अंग्रेजी विषयमा मास्टर्स सकेपछि मुक्ताको बिहे भारतीय वायुसेनाका पाइलटसँग भयो । त्यसपछि उनको दैनिकी बालबच्चा हुर्काउनमै सिमित भयो । हाल भारतको राजस्थान निवासी मुक्ता श्रीमान रिटायर्ड भएपछि जीवनलाई केही फरक शैलीमा अघि बढाउन चाहन्थिन् । मुक्ता भन्छिन् ‘म सँग समय प्रशस्त भयो, मैले फेशन र फिटनेशमा ध्यान दिए ।’ उनले भारतीय मिडिया बेटर इन्डियासँग कुरा गर्दै आफै एकोहोरी शैलीको जीवन बाँच्न नचाहेको र उमेर गएपनि इच्छालाई पुरा गर्न अघि बढेको बताएकी छिन् । यस्तैमा एक विवाह पार्टीमा उनको सेतो कर्ली कपाल र खैरो रंगको साडीले सबैलाई आकिर्षत ग¥यो । जुन परिधानलाई अत्यधिक रुचाइयो । उनले आफ्ना फेशन र फिटनेशसँग सम्बन्धित तस्बिरहरु इन्स्टाग्राममार्फत सार्वजनिक गर्न थालेपछि मुक्त एजेन्सीको नजरमा परिन् । र, उनलाई ¥याम्पमा उत्रने अवसर मिल्यो । ‘निश्चित उमेरमा पुगेपछि हामी आफुलाई एउटै ढर्रामा हिँडाउन चाहन्छौं’ ५८ वर्षीया मुक्ता भन्छिन् ‘आफ्नो पहिचान बनाउन र आर्थिकरुपमा निर्भर हुन फरक सक्रियता आवश्यक हुन्छ ।’ सेतै हुँदै गएको कपालमा कालो रंग लगाउन छाडेपछि आफुमा आत्मविश्वास बढेको भन्दै उनले आफुलाई झन् फिट र स्टाइलिस देखिएको बताएकी छिन् । उनले उमेर, कपाल र पहिरनकाकाण कसैले पनि आफ्नो मजाक नगरेको उल्लेख गरिन् । ‘अहिले परिवार झन् खुशी छ र मलाई सपोर्ट गरिरहेका छन्’ मुक्ताले सुनाइन् ।
पोखरा: पोखराको सफल निरमाया दोहोरी साँझले १९ औं वार्षिक उत्सव कार्यक्रम गर्ने भएको छ । चिप्लेढुंगाबाट लामो समय देखि लोकदोहोरीको संरक्षण तथा सम्बद्र्धनमा क्रियाशील व्यवसायिक संस्थाले असार १४ देखि १७ गते सम्म विशेष कार्यक्रमको आयोजना गरेको हो । राष्ट्रिय कलाकार एवम् नियमित कलाकाहरुको प्रस्तुति सहित वार्षिक उत्सव कार्यक्रम गर्न लागिएको संचालक जीवन गुरुङले जानकारी गराए । सो अवसरमा साँझ ७ बजेदेख रातिको १ः०० बजे सम्म ग्राहकलाई सेवा प्रवाह गरिनेछ । वार्षिक उत्सव कार्यक्रममा लोकदोहोरी गायक गायिका ईश्वर सिंह, चिज गुरुङ(लन्ठु),निर्जला गुरुङ, सुमन थापा मगरको विशेष प्रस्तुति रहनेछ । साथै नियमित कलाकारहरु टेक क्षेत्री, टस बहादुर गुुरुङ, गुप्त गुरुङ, विनोद गुरुङ, पाण्डव गुरुङ, प्रशान्त तामाङ, किसान नेपाली, याम बहादुर नेपाली, युमिन्द्र गुरुङ, सन्देश गायक, सञ्जय गायक, ईन्द्रा गुरुङ, बत्ति कुमारी थापा, चिना थापा, कल्पना आले , पुजा तामाङ, सुनिमा गुरुङ, सरिता राई र ललित पुनको प्रस्तति रहनेछ । कार्यक्रममा विभिन्न आकर्षक नृत्यहरु समेत प्रस्तुति गरिने गुरुङले जनाएका छन् । दोहोरी साँझले यसअघि पनि वार्षिक उत्सवका समयमा विभिन्न सामाजिक एवम् सांगीतिक कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । सेवाग्राहीहरुको विश्वासले नै दोहोरी साँझ १९ औं वर्षमा प्रवेश गर्न सफल भएको गुरुङको भनाई छ । आगामी समय सेवाग्राहीलाई सन्तुष्ट बनाउन दोहोरी साँझलाई थप परिमार्जित गर्दै लैजाने उनले बताएका छन् । नेपाली लोकगीत र दोहोरी गीतको संरक्षण सम्बद्र्धनमा आफुहरु अनवरत खटिरहने उनले बताए ।
पोखरा: पोखराको निरमाया दोहोरी साँझले १९ औं वार्षिक उत्सव कार्यक्रम गर्ने भएको छ । चिप्लेढुंगाबाट लामो समय देखि लोकदोहोरीको संरक्षण तथा सम्बद्र्धनमा क्रियाशील व्यवसायिक संस्थाले असार १४ देखि १७ गते सम्म विशेष कार्यक्रमको आयोजना गरेको हो । राष्ट्रिय कलाकार एवम् नियमित कलाकाहरुको प्रस्तुति सहित वार्षिक उत्सव कार्यक्रम गर्न लागिएको संचालक जीवन गुरुङले जानकारी दिए । उनका अनुसार सो अवसरमा साँझ ७ बजेदेख रातिको १ः०० बजे सम्म ग्राहकलाई सेवा प्रवाह गरिनेछ । वार्षिक उत्सव कार्यक्रममा लोकदोहोरी गायक गायिका ईश्वर सिंह, चिज गुरुङ(लन्ठु),निर्जला गुरुङ, सुमन थापा मगरको विशेष प्रस्तुति रहनेछ । साथै नियमित कलाकारहरु टेक क्षेत्री, टस बहादुर गुुरुङ, गुप्त गुरुङ, विनोद गुरुङ, पाण्डव गुरुङ, प्रशान्त तामाङ, किसान नेपाली, याम बहादुर नेपाली, युमिन्द्र गुरुङ, सन्देश गायक, सञ्जय गायक, ईन्द्रा गुरुङ, बत्ति कुमारी थापा, चिना थापा, कल्पना आले , पुजा तामाङ, सुनिमा गुरुङ, सरिता राई र ललित पुनको प्रस्तति रहनेछ । कार्यक्रममा विभिन्न आकर्षक नृत्यहरु समेत प्रस्तुति गरिने गुरुङले बताए । दोहोरी साँझले यसअघि पनि वार्षिक उत्सवका समयमा विभिन्न सामाजिक एवम् सांगीतिक कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।
काठमाडौं: नेपाल चलचित्र संघले आदिपुरुषबाहेक अन्य स्वदेशी तथा विदेशी चलचित्र नेपालभर प्रदर्शन गर्ने निर्णय गरेको छ । उच्च अदालत पाटनको असार ७ गते गरेको विपक्षीहरुको नाममा हिन्दी एवम् अन्य चलचित्र प्रदर्शन गर्न बाधन नगर्नू नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशको सम्मान गर्दै आज (शुक्रबार)बाटै नेपालभर फिल्म प्रदर्शन गर्ने निर्णय गरेको शुक्रबार संघका महासचिव नरेन्द्र महर्जनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘‘नेपालको कानुनको अधीनमा रही स्वतन्त्र रुपमा व्यवसाय गर्न पाउनु हाम्रो नैसर्गिक अधिकार हो । राष्ट्र र राष्ट्रियताभन्दा माथि कोही पनि छैन भन्ने नेपाल चलचित्र संघको सदैव मान्यता रहेको छ । अदालत, संविधान एवम् ऐन कानुनको पालना गर्नु हरेक नागरिकको कर्तव्य रहेको हुँदा हामी चलचित्र व्यवसायीहरु उक्त कर्तव्यमा दृढ सङ्कल्पित रहेका छौं ।’’ केही दिनअघि काठमाडौं महानगरपालकाका प्रमुख बालेन्द्र साहले हिन्दी फिल्म आदिपुरुषमा रहेको संवादका विषयलाई लिएर काठमाडौं महानगरभित्र हिन्दी फिल्म रोक लगाउने निर्णय गरेको थियो । बिहीबार उच्च अदालत पाटनले काठमाडौंका चलचित्र हलहरूमा हिन्दी फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले हिन्दी फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

