पूर्व सांसद विष्टको ‘मुस्ताङ्गे नानी’ सार्वजनिक (भिडियो)

मुस्ताङ | असार २९, २०८०

पूर्व सांसद विष्टको ‘मुस्ताङ्गे नानी’ सार्वजनिक (भिडियो)

मुस्ताङ:  तामाङ सेलोमा आधारित ‘मुस्ताङ्गे नानी’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

 

गण्डकी प्रदेशका पूर्व सांसद एवं मुस्ताङका बासिन्दा ईन्द्र धारा बिष्टको शब्द तथा संगीतमा निर्मित म्युजिक भिडियो एसटु प्रोडक्सनको अफिसियल युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो ।

 

उक्त म्युजिक भिडियोको निर्देशन र सम्पादन सुरज श्रेष्ठले गरेका छन् । 

 

 

 

उक्त गीत पूर्व गण्डकी प्रदेश सभा सदस्य लोमान्थाङ गाउँपालिका वडा नम्बर ५ लोमान्थाङका इन्द्रधारा बिष्टले यो गीत दुई बर्ष अघि लेखेका थिए । तर अहिले आएर मात्रै श्रव्यदृष्यमा समेटिएको विष्टले बताए । 

 

उनका अनुसार गीतमा मुस्ताङका चराङ, घरगुम्बा, लुरी, घारा, यारा, सुर्खाङ, ढि र धे खोला क्षेत्रका आकर्षक दृष्यहरु समेटिएको छ । 

 

उनले विशेषगरी मुस्ताङ र समग्र नेपालको पर्यटनमा टेवा दिने गरी तयार गरिएको सुनाए ।  यसअघि ‘लोमान्थाङमै बसम’ र ‘हिमाल पारी लोमान्थाङ गाउँ’ गरी दुई गीत बजारमा ल्याइसकेका छन् ।

 

टिममा को-को छन् ?

 

किमी छ्योक्योङ गुरुङल निर्माता रहेको एसटु प्रोडक्सन प्रालिको प्रस्तुतीमा निर्मित गीतमा विश्व दोङले आवाज भरेका छन् भने नृत्य निर्देशक शुवास राई र रिक्साङ गुरुङको अभिनय रहेको छ । 

 

गीतको एरेन्जरमा विष्णु तामाङ, प्रोडुसरमा किमी गुरुङ, सिनेमाटोग्राफीमा सुरज श्रेष्ठ र गणेश सापकोटा रहेका छन् ।

 

गीतको निर्देशन र सम्पादन भने सुरज श्रेष्ठले नै गरेका हुन् । मेकअप आर्टिस्टका रुपमा मञ्जु श्रेष्ठले सिंगारेका छन् भने गीतको कोरियोग्राफी भने एमडी सुुवास गुरु हुन् ।

 

म्युजिक भिडियोको कोरसमा महिलातर्फ रिक्साङ गुरुङ, कर्म याङडोन, धावा छोन्जोम, पासाङ ढोल्मा, सोनाम ल्हामो, रिन्जेन ढोल्मा र पुरुषतर्फ छेरिङ नोर्बु, पेमा वाङदी, तेञ्जिङ, छेवाङ जेन्देन र सोम छेरिङले साथ दिएका छन् ।


 

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

थप पढ्नुहोस्

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार म...

थप पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्