पोखरा ।  माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले पोखरामा आफ्नो दबदबा कायमै राखेको छ । प्रदर्शनको चौथो दिन सोमबार पनि पोखराका हलमा दर्शकको उत्साहजनक सहभागिता देखिएको छ । ...

पोखरा:   नेवा: खल: कास्कीले २०५६ सालदेखि नियमित गर्दै आएको तायाःमचा नृत्य प्रतियोगिता २०८० को आयोजना गर्ने जिम्मेवारी यसपटक रानीपौवा ताया: मचा नाच समितिले पाएको छ ।   सो समितिले आगामी १६ गते शनिबार पोखरा महानगरपालिका ११ स्थित रानीपौवामा नृत्य प्रतियोगिता आयोजना गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   प्रतियोगिता सम्पादन समितिका मुल संयोजक इश्वर प्रसाद कर्माचार्यले सो प्रतियोगितामा कुल ३० समुहको सहभागिता रहने जानकारी दिए । उनका अनुसार पुरुषतर्फ २१ र महिलातर्फ कुल ९ टिमले प्रतिस्पर्धा गर्नेछन् ।   प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने समुहले नगद रु ३ लाख १ रुपैयाँ प्रदान गरिने संयोजक कर्माचार्यले बताए । उनका अनुसार द्वित्तिय हुने समुहले २ लाख १ रुपैयाँ हाप पार्नेछ भने तृतीय स्थान हाँसिल गर्ने समुहले १ लाख १ रुपैयाँ प्राप्त गर्नेछ भने सान्त्वना स्थान गर्ने टिमले ३० हजार १ रुपैयाँ प्राप्त गर्नेछ ।   यस्तै महिलातर्फ प्रथम र द्वित्तिय हुने समुहले क्रमश  ४० हजार १ रुपैयाँ र २० हजार १ रुपैयाँ प्राप्त गर्नेछन् ।    उक्त पुरस्कारराशी ४ दाजुभाई रामकाजी श्रेष्ठ, रविन्द्र श्रेष्ठ, कविन्द्र र शंकर श्रेष्ठले आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा १० लाख रुपैयाँ सहयोग गरेका हुन् ।   प्रतियोगिताका प्रचारप्रसार संयोजक सुभाष तझ्यालेले अनुसार सो परिवारले हरेक वर्ष १० लाख सहयोग गर्ने सम्झौता भएको बताए ।   प्रतियोगितालाई उत्सवका रुपमा मनाउनका लागि कार्यक्रम क्षेत्रमा नेवार समुदायमा प्रचलित समाग्री तथा र खाजा तथा खानाका स्टलहरु राखिने उनले बताए  ।   ताया: मचा नृत्य प्रतियोगिता २०८१ सालमा नयाँबजार, २०८२ सालमा शिसुवा र २०८३ सालमा लामाचौरमा आयोजना हुने नेवा:खल: कास्कीले जनाएको छ ।   

पोखरामा ‘दुई नाटक’ मञ्चन जारी रहेको छ । कक्षा ८ को नेपाली विषयमा समावेश ‘अमरपुत्र’ कथा र कक्षा १० को अनिवार्य नेपाली विषयमा समावेश ‘घरको माया’ एकांकीलाई नाट्य रुपान्तरण गरेर यो नाटक  तयार भएको हो ।  हालसम्म ‘बुकिङ शो’  मार्फत १५ पटक  मञ्चन भएको यो नाटक ‘पब्लिक शो’ मार्फत समेत गन्धर्व नाटकघरमा देखाइसकिएको  छ ।    यसैक्रममा बुधबार गुरुकुल विद्या सदनमा अध्यनरत १ सय २० जना विद्यार्थीले नाटक हेरे । उनीहरुले  थिएटरमा पुगेर नाटक मात्र हेरेनन् थिएटरमा प्रयोग हुने  विभिन्न प्राविधिक पक्षको बारेमा समेत जान्न पाए । स्टेज, लाइट लगायतका थिएटरमा प्रयोग हुने विविध पक्षको बारेमा प्रयोगात्मक शैलीमा  जानकारी दिइयो । जसका कारण विद्यार्थी थप उत्साहित बने ।    नाटक हेरिसकेपछि  सोही बिद्यालयका शिक्षक अशोक सोतीले पाठ्यपुस्तकमा पढेको कथा र एकांकीलाई  नाटक मार्फत थिएटरमा हेरपछि विद्यार्थीको ज्ञानको दायरा बढेको आफुलाई महशुस भएको बताए । कलाकारले गरेको मेहनतको उनले खुलेर तारिफ  गरें । नाटकप्रति विद्यार्थीको रुचि बढ्नु सुखद पक्ष भएको भन्दै नयाँ पुस्तालाई थिएटर प्रति आकर्षित गर्नको लागि थिएटरले गरिरहेका गतिविधिको प्रशंसा समेत गरें ।   गुरुकुल विद्या सदन सँगै ज्योतिकुञ्ज मावि, फेवा पब्लिक स्कुल, डाइमण्ड मावि, ज्ञान सरोवर, तारापुञ्ज शिक्षा एकेडेमी, वेलनन एकेडेमी, ताराकुञ्ज शिक्षा एकेडेमी, कुम्दिनी होम्स, रेन्बो एकेडेमी होम्स, गण्डकी बोडिङ स्कुल, पश्चिमाञ्चल मावि, एसओएस हर्मन माइनर, प्रतिभा मावि, शुक्रराज बलभद्र मावि, बालप्रभात, अक्सफोर्ड एकेडेमी, लिटल ड्याफोडिल र द ड्रिम्स स्कुलका विद्यार्थीले नाटक हेरिसकेको पोखरा थिएटरले जनाएको छ ।   नाटकमा कुसुम आचार्य शर्मा, कृष्टिना अर्याल, अमृत परियार, रोहित पौडेल, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, जनक पराजुली र रोशनी रामदामको अभिनय हेर्न पाइनेछ ।    भीमनिधि तिवारीले लेखेको कथा र एकांकीलाई परिवर्तनको परिकल्पना र निर्देशनमा मञ्चन गरिएको हो । निर्देशक परिवर्तनले पछिल्लो समयमा विद्यार्थीको आर्कषण नाट्य क्षेत्रमा बढ्न थालेकोले उनीहरुलाई लक्षित गरेर नाटक मञ्चन भैरहेको बताए । यो नाटकले विद्यार्थीलाई उनीहरुको स्थानिय संस्कृतिसँग जोड्ने मात्र नभएर समाज र इतिहासमा कलाको प्रभावबारे सिकाउने उनको भनाइ छ । ‘यो नाटकले विद्यार्थीको लागि व्यवहारिक दृष्टिकोण प्रदान गर्नेछ, उनीहरुमा विषयवस्तु तथा सन्देशहरुको विश्लेषण र व्याख्या गर्ने क्षमता बढाउनेछ’ पोखरा थिएटरका अध्यक्ष समेत रहेका निर्देशक परिवर्तनले भने ।   झण्डै  एक घण्टा अवधिको यो नाटक  ‘बुकिङ शो’  मार्फत भाद्र २२ गतेसम्म र  दर्शकको माग आएमा ‘पब्लिक शो’ मार्फत समेत मञ्चन गरिने पोखरा थिएटरले जनाएको छ ।   नाटकलाई सुन्दर बनाउन रमेश बाबु तिमल्सिनाले प्रकाश परिकल्पना, रञ्जु दाहालले ध्वनि परिचालन, सुसन पौडेलले प्रकाश परिचालन, दिप्सना विश्वकर्माले कस्टुम म्यानेजर, सोनिया कार्की खत्रीले आर्टिष्ट म्यानेजरको रुपमा सघाएका छन् ।

पोखरा:  पोखरामा तमु (गुरुङ) समुदायले मौलिक तथा सांस्कृतिक वृहत र्‍यालीसहित ट्होटें पर्व मनाएका छन् ।    तमु जातिले विगतमा आफ्नो ट्हो वा राज्य सुरक्षाका लागि साउन र चैत महिनाको २ वटा मंगलबार मनाइने ट्होटें पर्व आज (मंगलबार) पोखरामा वृहत ¥यालीसहित मनाएका हुन् ।    हिजो तमु गाँउ बस्ती, राज्य सुरक्षाका लागि खेल्दै आएको ट्होटें अहिले राज्यविहिन् भएकाले तमुहरुले पहिचान स्थापितका गर्नका लागि ट्होटें खेल्ने गरेको तमु धि नेपालका अध्यक्ष हुम बहादुर गुरुङले बताए ।    उनका अनुसार तमु धिँ नेपालको पहलमा पोखरेली तमुहरुले साउन र चैत महिनाको अन्तिम मंगलबार गत  २०५२ सालदेखि सामुहिकरुमा ट्होटें मनाउदै आएको छ ।      विगतमा गाउँघरमा मनाइने ट्होटेंको परिमार्जित स्वरुपसँगै एकताको सन्देश दिने उद्देश्यसहित  पोखरामा ट्होटें मनाएको तमु धिं नेपालका सहसचिव गोपाल गुरुङले बताए ।     उनका अनुसार उक्त पर्व वर्षमा उभौली र उधौली गरी दुइपटक मनाइने प्रचलन छ ।   ‘गण्डकी लगायत विभिन्न प्रदेशबाट पोखरामा बस्दै आएका गुरुङ जातीहरुको आज महानचाड हो,  गुरुङले भने, ‘वर्षको साउन र चैत महिनाको २ वटा मंगलबारमा ट्होटें मनाउदै आएका छौ । यो परिवर्तित समायानुसार मनाएको छौ । यसले हाम्रो आफ्ना संस्कृति जर्गेनामा महत्वपूर्ण सहयोग हुने हाम्रो विश्वास छ ।’     ट्होटें पर्वको महत्व   परापूर्वकालमा तमु राज्यमा बसोबास गर्नेहरुले राज्यभित्र देखिएका बैरी वा शत्रुहरुलाई राज्यको सिमा कटाउदै ट्हो (क्षेत्र) को संरक्षण गरेको परम्परागत इतिहास भएको मानिन्छ ।   तमु (गुरुङ) भाषामा ट्हो को अर्थ तमु भाषामा राज्य वा गाउबस्ती हुन्छ भने टें को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ ।       ट्होटेंको अवसरमा तमु धिँ नेपालले आज पोखरा फुलबारीबाट ट्होटें र्‍यालीसहित महेन्द्रपुल,, नयाँबजार हुदै तमु धिँ नेपालको कार्यालयमा पुगेर ट्होटें मूल समारोहमा परिणत भएको थियो ।    सो र्‍यालीमा तमु जातिको मौलिक सँस्कृतिहरु ट्होटें, घाँटु, सोरठी, झोडा, चुट्का, कृष्ण चरित्र प्रदर्शन गरिएको थियो ।   तस्बिर: सुशान्त (अर्जुन​) गाहा मगर/सुनगाभा न्यूज ​                

काठमाडौं:  आत्महत्या गरेका कलाकार सारूक ताम्राकारको फोनमा सुसाइड नोट भेटिएको छ।    काठमाडौंको रातोपुलस्थित घरमा असार २१ गते मृत फेला परेका ताम्राकारको फोनमा सुसाइड नोट भेटिएको हो।    प्रहरीले अनुसन्धानको लागि उनको फोन प्रहरी प्रधान कार्यालय नक्सालको डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो। त्यहाँबाट पठाएको उक्त रिपोर्टबाट सुसाइड नोट भएको खुलेको हो।    सुसाइड नोटमा उनले आफ्नै गल्तीका कारण आत्महत्या गरेको र कसैलाई पनि दोषी नबनाउन उल्लेख गरेको प्रहरीले बताएको छ।     सारुक कलाकार सानु ताम्राकारका छोरा हुन्। सारुकले ‘इन्टु मिन्टु लण्डनमा', 'मेरी मामु', 'रानी’ लगायतका फिल्ममा अभिनय गरेका छन्।   असार २१ गते मृत भेटिनुअघि फिल्म ‘ह्यासट्याग माया’ को छायांकन गरिरहेका थिए। फिल्ममा उनीसँगै नम्रता श्रेष्ठको मुख्य भूमिका थियो।

खोटाङ:  खोटाङमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएकाे छ ।    खोटेहाङ गाउँपालिका–७ खोटाङबजारबाट रसुवाका लागि छुटेकाे ना ६ त २४६६ नम्बरको ट्र्याक्टर पल्टिँदा खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका २९ वर्षीय पवन तामाङको ज्यान गएकाे हाे।    खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीको नेर्लामा बिहीवार हिजाे बेलुका ट्र्याक्टर पल्टिएर गम्भीर घाइते भएका तामाङको उपचारका लागि धरान लैजाने क्रममा बाटैमा ज्यान गएको इलाका प्रहरी कार्यालय खोटाङबजारले जनाएको छ ।    उहाँको शव पोष्टमार्टमका लागि इन्द्रेणीपोखरी लगिएको छ ।

काठमाडौं:   भदौको २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक भएको छ ।   दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको टिजरमा राजनीतिक परिवेशलाई उठान गरिएको छ । एक इमान्दार शिक्षक कसरी राजनीतिज्ञ बन्छ भन्ने कथा फिल्मको टिजरमा देखाइएको छ ।    जय श्रेष्ठको लगानीमा तयार भएको फिल्मको प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । रामहरी श्रेष्ठ कार्यकारी निर्माता रहेको यो फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन, एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।    सार्वजनिक टिजरमा समावेश गरिएको कमेडी, पारिवारिक कथा, राजनीतिक बिषयवस्तुले दर्शकको मन छुने पक्का छ ।    यो फिल्ममा दयाहाङ राई, शिशिर वाङ्देल, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, कमलमणी नेपाल, रविन्द्र झा, वुद्दि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्का, निमा पाण्डे, ज्ञानुभाई जोशी, पुष्कर गुरुङ, श्रद्धा गिरी, शिशिर तामाङ, केशव राई, सविन बास्तोला, रामकाजी घिमिरे, गणेश प्रसाद पौडेल, शंकर आचार्य, इस्तु कार्की, टिका निरौला, बद्री पुडासैनी, नमस्ते दिवाकर लगायतका कलाकारको अभिनय छ ।      यसअघि फिल्म ‘घामपानी, गोपि, छ माया छपक्कै, २ नम्बरी’ जस्ता सामाजिक कथावस्तुका फिल्म बनाएका निर्देशक लामाको ‘नाङ्गो गाउँ’ बर्षकै प्रतिक्षित फिल्म बनेको छ । टिजरले यो प्रतिक्षालाई अझै बढाएको छ । 

काठमाडौं:    विराटनगरका पाइलट समर्पण कार्की मिस्टर नेपाल-२०२३ बनेका छन्।   शनिबार भएको एक कार्यक्रममा १८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस्टर नेपालको उपाधि जितेका हुन्। उनलाई मिस्टर नेपाल नुतन श्रेष्ठले ताज लगाइदिएका थिए।   युवाको प्रेरणाको स्रोत बन्ने उद्देश्यसहित प्रतियोगीतामा सहभागी भएका कार्कीले मिस्टर इन्टल्लेक्चुअलको उपाधि समेत हासिल गरे।   प्रतियोगीतामा उनले नगद ५ लाख बराबरको उपहारसहित 'मिस्टर वर्ल्ड २०२३' वा 'मिस्टर ग्लोबल २०२३' मा नेपालको प्रतिनिधित्व अवसर प्राप्त गरेका छन्। समर्पण पेशाले पाइलट हुन्।    प्रतियोगीतामा काठमाडौंका निमेश कपाली फर्स्ट रनरअप, काभ्रेका क्रिशल श्रेष्ठ सेकेन्ड रनरअप, चितवनका डा. विजय दुवाडी थर्ड रनरअप र भक्तपुरका असिम लामिछाने फोर्थ रनरअप घोषित भए।     अभिनेत्री आँचल शर्मा, माल्भिका सुब्बा, डा. आयुष्मान घिमिरे, विश्व किरण जैन, लु लिन, मनिषा डंगोल, राजभाई सुवाल, शैलजा अधिकारीलगायत निर्णायक रहेको प्रतियोगीतामा मोस्ट पपुलर रमननाथ गिरी, मिस्टर एक्टिभ र बेस्ट फिजिक प्रेम कुमार यादव, बेस्ट स्किन मिकाज कार्की, बेस्ट हेयर राजीव तिवारी र न्युलुक म्यान च्वाइस लोकेश प्रधानाङ्गाले हात पारे।   यो प्रतियोगिता नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको हो।

पोखरा:  मादी गाउँपालिका वडा ६ को कार्यालयले संस्कृतिको संरक्षणमा सघाउ पुर्याउने उद्देश्यसहित वाद्यवादनका समाग्री सहयोग गरेको छ ।   वडाध्यक्ष दिल बहादुर क्षेत्रीको अगुवाईमा गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रको सहयोगमा मादी–६ बाजा समूहलाई एक सेट नौमती बाजा सहयोग गरेको हो ।    यस्तै  दुई भजन समूहलाई पनि वडाको तर्फबाट २ सेट वाद्यवादन समाग्री हस्तान्तरण गरिएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए ।      उनले सो समूह बाहेक आमासमुहलाई लक्षित गरी एक टोल एक मादल वितरण गरिएको बताए ।    ‘हामीले हाम्रो वडामा रहेको मौलिक कला संस्कृतिको संरक्षण र उजागर गर्ने हेतुले वाद्यवादनको समाग्री सहयोग गरेका हौं,’ वडाध्यक्ष क्षेत्रीले भने ।  

काठमाडौं:   काठमाडौं महानगरपालिकाले मंगलबार फिल्म ‘बगान’को निर्मातालाई जरिवाना तिराएपछि अभिनेत्री करिश्मा मानन्धरले महानगरको निर्णयलाई लिएर मेयर बालेन शाहप्रति कटाक्ष गरेकी छन्।   जथाभावी पोस्टर टाँसेको भन्दै महानगरपालिकाले मंगलबार फिल्म ‘बगान’को निर्मातालाई ५० हजार रुपैयाँको जरिवाना गरेको छ।   सोही विषयमा कटाक्ष गर्दै फिल्मको विशेष शोको तस्बिर सेयर गर्दै उनले क्याप्सन लेखेकी छन्, ‘महानगरले हामीलाई ५० हजार जरिवाना गरेर पाँच लाखको विज्ञापन गरिदियो । कसले भन्छ, बालेनजी नेपाली सिनेमालाई माया गर्नुहुन्न भनेर ? जय बगान, जय बालेन ।’   पोस्टर टाँस्दा दृश्य प्रदूषण भएको भन्दै महानगरले ‘बगान’लाई जरिवाना गराएको थियो। करिश्माको यो पोस्टमा विभिन्न खाले टिप्पणीहरु आइरहेका छन् ।   महानगरले जरिवाना तिराएपछि ‘बगान’का निर्माता सुरेश वाग्लेले पनि जरिवानाको रसिद सेयर गर्दै लेखेका छन्, ‘बालेनजी आदिपुरुष हिन्दी सिनेमालाई त रोक्नुभयो । नेपाली सिनेमालाई पनि सहयोग गरिदिनुहोला । वातावरण प्रदुषण विरुद्धको महानगरको अभियानमा हाम्रो साथ र सहयोग सदैव रहनेछ ।’   फिल्ममा एकल महिलाको पुनर्विवाह र एकल आमाले छोरी हुर्काउन गरेको प्रयत्नको कथावस्तु यसमा प्रस्तुत गरिएको छ ।   शुक्रबार प्रदर्शनमा आएको सरोज खनालको डेब्यु निर्देशन रहेको ‘बगान’मा करिश्मा मानन्धर, सरोज खनाल, प्रमिला कार्कीलगायतको शीर्ष भूमिका रहेको छ।