काठमाडौँ ।  मिस नेपाल–२०२६ को ताज दीपमाला ढकालले जितेकी छिन् । दी हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्रान्ड फिनालेमा २३ जनालाई पछि पार्दै उनले ताज हात पारेकी हुन् । &nbs...

गण्डकी:    लेखक प्रगति राईको उपन्यास कृति ‘थाङ्ग्रा’ माथि शुक्रबार पोखरामा परिचर्चा गरिएको छ । परिवर्तनका लागि कार्य नेपालद्वारा आयोजित कार्यक्रममा उपन्यासकार राईसँग हसिना बस्नेतले सम्वाद गर्नुभएको थियो ।  प्रश्नोत्तरका क्रममा लेखक राईले सामाजिक न्याय र लैङ्गिक समानताको मुद्दालाई पुस्तकमा उठाएको बताउनुभयो । “खोटाङकी राई महिला र बैतडीका दलित पुरुषबीचको प्रेम र त्यसमा आउने उतारचढावमा कथा घुमेको छ”, उहाँले भन्नुभयो, “उपन्यासको पात्र र चरित्रले नेपालको पूर्व–पश्चिमलाई जोड्छ ।” दशर्कदीर्घाबाट उठेको प्रश्नमा लेखक राईले किताबमा पश्चिमको कथा कम आइरहेको देखेर आफू पात्र खोज्दै बैतडी पुगेको उल्लेख गर्नुभयो । उहाँले जन्मिँदै निर्वासित भएर जन्मनुपर्ने विवश महिलाको वंशको अधिकारबारे उपन्यासमार्फत आवाज मुखरित गर्ने प्रयास गरेको धारणा राख्नुभयो ।  लेखक राईले महिला–पुरुष दुवैको समान हक र स्वतन्त्रताका पक्षमा आफू सधैँ उभिइरहने बताउनुभयो । पूँजीवादले महिलाई बन्धनमा राखेको भन्दै त्यसकाप्रतिको विद्रोहका रूपमा पनि ‘थाङ्ग्रा’ उपन्यासलाई लिन सकिने उहाँको भनाइ थियो । आयोजक संस्थाका अध्यक्ष गीता लामिछाने विष्टले नेपाली समसामयिक र ज्वलन्त मुद्दालाई लेखक राईले उपन्यासमा लिपिबद्ध गरेको बताउनुभयो । “महिला, दलित र सीमान्तकृत समुदायको आवाज पुस्तकमा मुखरित भएको छ, सामाजिक परिवेशको जीवन्त चित्रण यस उपन्यासमा पाइन्छ”, उहाँले भन्नुभयो ।  सहजकर्ता बस्नेतले महिलाका मुद्दामा लेखिएको ओजिलो कृतिका रूपमा ‘थाङ्ग्रा’लाई लिनुभयो । उहाँले उपन्यासको कथानक र पात्रले आफूलाई प्रभावित बनाएको धारणा राख्नुभयो । “पुस्तकमा हास्य रस पनि उत्तिकै भेटिन्छ, पढ्दै जाँदा कथाले आफैँ डो¥याउँछ”, बस्नेतले भन्नुभयो, “भाषाको छनोट र शिल्पले पनि पुस्तकलाई सरल बनाएको छ ।” लेखक राईको सो उपन्यास मदन पुरस्कारका लागि उत्कृष्ट पाँचमा परेको कृति हो । राईका यसअघि ‘लेखककी स्वास्नी’, ‘बिर्सिएको मृत्यु’ लगायत कृति प्रकाशित छन् ।

पोखरा:   दिदि बहिनी दाजु भाई तिजको शुभकामना सुस्वास्थ्य र दिर्घायुको हाम्रो कामना टोलटोलमा जानु हुन्छ सचेतना जगाउदै पैचानको प्रतिक रङ मिलेका साडी लगाउँँदै  संस्कृति र संस्कार जोगाउनु छ मिलेर टोल विकासमा अघि बढौ एकजुट भएर पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका कुमारी शाहीले स्थानीय शुभकामना आमा समुहको २१ बार्षिक साधारण सभा एवम् तिज पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा उक्त सन्देश मुलक गित सुनाउनु भएको हो । एउटै रङका साडीमा सज्जिएका आमाहरुले तिज पर्वलाई भड्किलो नभई सामुहिक रुपमा मनाउने संस्कारको विकास भएको वताउँदै उहाले सवै मिलेर संस्कृति र संस्कारको संरक्षण गर्दै विकास निर्माणमा जुट्न आग्रह गर्नुभएको हो । विगतमा नारीको पिडा र उत्पीडनको प्रस्तुत गर्ने तिज पर्व पछिल्लो समय नेतृत्व विकाससंगै महिला सहभागिता, विकास निर्माणमा जुट्नु पर्नेमा जोड दिंदै उहाँले महिला हर प्राप्त हक, अधिकारको उपयोग गर्दै थप अधिकारका लागि संगठित हुनु पर्ने आवश्यकता औल्याउनु भयो । म्यूजियममार्ग टोल सुधार समितिका अध्यक्ष एवम् पत्रकार हरि बास्तोलाले टोलबासीको सकृयतामा संरक्षित सार्वजनिक जग्गामा आवश्यकता अनुसारका भौतिक संरचना निर्माण गरेर सभ्य समाज निर्माणका लागि उपयोग गरिनु पर्ने आवश्यकता औल्याउनुभयो । महिला नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको आमा समुहहरुले आगामी दिनमा मौलिक संस्कृतिको संरक्षणसंगै उत्पादनसंग जोडिनु पर्नेमा उहाँको जोड थियो । कार्यक्रममा समुहका ७० बर्ष उमेर पुगेका आमा बुबा र उच्च माध्यमिक शिक्षा उत्तिर्ण गर्ने विद्यार्थीलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।  समुहका अध्यक्ष कोकिला उदासको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व शिक्षा सहसचिव विष्णुबहादुर द्धारे, माथिल्लो रातोपैह्रा टोलविकास संस्थाका अध्यक्ष टिकाबहादुर द्धारे, सितापाईला ढुङ्गेसाँघु आमा समुहका अध्यक्ष सिता काप्mले, समुहका पुर्व अध्यक्ष पार्वती खड्का, उपाध्यक्ष अञ्जु गुरुङ, सचिव मिना द्धारे, कोषाध्यक्ष मिना कुँवर लगायतले समुहले गरेका गतिविधि तथा भावि कार्यक्रमका बारेमा चर्चा गर्नुभएको थियो ।   

पोखरा:   पोखरामा श्रीकृष्ण लिला (बालन नाच) प्रदर्शन गरिएको छ । हराउदै गइरहेको नाचको संरक्षण गर्ने उद्धेश्यले पोखरा सभागृह हलमा भव्य कार्यक्रम आयोजना गरेर बालन नाच प्रदर्शन गरिएको हो । भजन चुड्का संरक्षण प्रतिष्ठानको आयोजनामा भएको यो कार्यक्रममा बालन नाच कला प्रतिष्ठानका ६० जना कलाकारले प्रस्तुती राखेको आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद गौतमले बताए ।  प्रवेश निःशुल्क रहेको यो कार्यक्रम हेर्न उल्लेख्य संख्यामा दर्शक सभागृह हलमा पुगेका थिए । भगवान् कृष्णको जन्मदेखि राक्षस कंसको अन्त्यसम्मको कथा कार्यक्रममा प्रस्तुत गर्दा दर्शकले श्रीकृष्ण लिलाको बारेमा नजिकबाट बुझ्न पाएको आयोजकको दावी छ । यसले नयाँ पुस्तामा संस्कृति हस्तान्तरण सहयोग मिल्ने उनीहरुको भनाई छ । लगातार ४ घण्टासम्म सञ्चालन भएको कार्यक्रम हेर्न पुगेकी गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडादेखि प्रदेश सभा सदस्य प्रकाश बराल, गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, पोखरा प्रज्ञा–प्रतिष्ठानका कार्यवहाक कुलपति जीवन दाहाल, विश्व हिन्दू परिषद केन्द्रीय महासचिव जीतेन्द्र सिंह समेतकाले धर्म संस्कृतिको संरक्षण्मा कार्यक्रमले योगदान दिएको भन्दै कार्यक्रमको प्रशंसा गरें । कार्यक्रममा अग्रज गायिका सत्यदेवी बराललाई सम्मान समेत गरियो । कार्यक्रम संयोजक किरण दाहालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन कृष्ण प्रसाद गौतमले गरेका थिए । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आयोजना भएको कार्यक्रमको लागि  गण्डकी प्रज्ञा–प्रतिष्ठान र पोखरा प्रज्ञा–प्रतिष्ठानले सहयोग गरेको आयोजक संस्थाका अध्यक्ष गौतमले खुलाए । 

पोखरा:   पोखरामा २३ वर्षपछि निकालिएको बाघजात्रा भव्य रुपमा सम्पन्न भएको छ ।  पोखरामा तीनसम्म चलेको जात्राहरुको पनि जात्राको रुपमा रहेको बाघजात्रामा पोखराका विभिन्न स्थानमा बाघको खोजी गर्दै पोखरा रंगशालामा सांकेतिक रुपमा बाघको बध गर्दै जात्रा समापन भएको हो ।    संस्कृति विद् जगमान गुरुङले हिसं्रक बाघलाई मारेपछि यो जात्रा सुरु भएको बताए । उनले जात्राले हिंसा र भयरहित समाज निर्माण गनेृ सन्देश दिदैँ अन्त्य भएको सुनाए । पोखराको शहरीकरण, आर्थिक विकास र संवृद्धिसंग नेवार समुदायको महत्वपूर्ण भूमिका रहेको सुनाउँदै उनले देश संवृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।  बाघजात्राले पनि सोहि सन्देश दिएको उनको भनाई छ । ‘यो बाघजात्राको रुपमा मात्रै होइन यसले अहिंसाको सन्देश दिइरहेको छ । एकताले काम ग¥यो भने जस्तो सुकै हिसांको पनि अन्त्य हुन सक्छ भन्ने सन्देश पनि दिएको छ । बाघ हिंस्रक हुन्छ त्यसलाई मार्न सहज हुँदैन ।  त्यहि कुरा आज यहाँ देखाइदैछ’ उनले भने, ‘देश संवृद्धिमा नेवारी समुदायको भूमिका महत्वपूर्ण छ । २३ वर्षपछि देखाएको यो जात्राले हिंसामुक्त, भयरहित शान्ति समाजको बनाउने सन्देश दियो ।’ यस्तै सुनिल उलकले बाघजात्रा इतिहाससंग जोडिएको विषय रहेको सुनाए । उनले धेरै समयअघि मानिसहरुले वन अतिक्रमण गर्दै बस्ती विस्तार गर्नेक्रमा बाघको आक्रमणले आजित हुने गरेका थिए । गाईवस्तुदेखी मानिस समेत बाघ सिकार हुँदा सामान्य रुपमा मार्न नसकेपछि राजाकोमा विन्ति चढाई हिंस्रक बाघ मारिएको थियो ।  बाघजात्रा सामान्य नरहेको उनको भनाई छ । उनका अनुसार बाघमार्न तान्त्रि धुनको पनि आवश्यक पर्छ जसले बाघलाई लठ्याउने गर्दछ । पोखरामा अहिले दुई जनामात्रै बाजा बजाउन जान्ने व्यक्ति रहेको र तिनै व्यक्तिबाट युवाहरुलाई बाजा सिकाई बाजाको लोप हुनबाट जोगिएको बताए । नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले बाघजात्राको संरक्षण र प्रबद्र्धनमा जोड दिनुपर्ने बताए । उनले बाघजात्रा एक समुदायको मात्र नभई सबै नागरिकका लागि भएको बताए ।   

पोखरा:   गायिका सुप्तिहाङ राईको ‘लाहुरेनी’ बोलको गीत सार्वजनिक भएको छ ।   गायिकाकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेको पाँच दिनमै ट्रेडिङमा उक्लिएको छ ।   अहिले उक्त म्युजिक भिडियो म्युजिकको २७ नम्बर  ट्रेडिङमा देखिएको छ ।      गायिका राईले आफ्नो जन्मदिनमा सार्वजनिक गरेको ‘लाहुरेनी’ गीतमा  मिस मगर मिलन थापामगर र मानबहादुर रानाको अभियन देख्न पाइन्छ ।     उक्त गीतलाई टिकटकमा पनि रुचाइएको छ ।    गायिका सुप्तिहाङ राईको स्वर रहेको लाहुरेनी बोलको गीतलाई कमल राणाले एरेन्जर गरेका छन् भने नितेश लामा (नियोन)ले सम्पादन गरेका हुन् ।     

पोखरा:   पोखराकी गायिका प्रीया गुरुङको मनको भारी सार्वजनिक भएको छ ।   शनिबार यजम्रो इन्टरटेन्मेन्ट युटुबमार्फत उनको गीत सार्वजनिक भएको हो । ज्योती गुरुङको शब्दलाई अमित गुरुङले संगीत भरेका छन् । संगीत संयोजन समेत अमितकै हो । उक्त गीतको म्युजिक भिडियोमा प्रीयाको अभिनय रहेको छ ।   पोखराको लेकसाइड एरियामा छायाँकन गरिएको म्युजिक भिडियोलाई सन्देश गुरुङले खिचेका हुन् । कमल बहादुर गुरुङको निर्देशन र सिनेमेटोग्राफी रहेको म्युजिक भिडियोबाट प्रीया आशावादी छिन् । म्युजिक भिडियोलाई टेकमान गुरुङले सम्पादन गरेका हुन् ।      यसअघि गुरुङ गीतमा आवाज दिएकी प्रीया पछिल्लो समय सांगीतिक क्रियाकलापमा सक्रिय छिन् ।   बिग आइकन र भ्वाइस अफ नेपाल जस्तो रियालिटी शोमा समेत सहभागिता जनाएकी उनी पोखराको ओपन “सी” ब्याण्डमा आबद्ध छिन् ।   संगीतलाई नै मुख्य पेशा बनाएर नै हिँडेकी छिन् । पोखरा लगायतका आसपासका जिल्लामा भएका सांगीतिक कार्यक्रममा प्रस्तुति राख्न पुग्ने गर्छिन् । संगीतमा नै लागेर प्रीयाले हङकङको यात्रा गरिसकेकी छिन् ।    लेकसाइडको अन्नपूर्ण गार्डन रेष्टुरेण्टमा नियमित रुपमा उनको आवाज सुन्न पाइन्छ ।   

पोखराः    पाकिस्तानमा आजदेखि सुरु हुन लागेको एसिया कप क्रिकेटको उद्घाटन समारोहमा नेपाली गायिका त्रिशला गुरुङ प्रस्तुति दिने तयारीमा छिन् । समूह ‘ए’ मा रहेका नेपाल र पाकिस्तानबीच नेपाली समयानुसार अपरान्ह सवा ३ बजेदेखि उद्घाटन खेल सुरु हुने तालिका छ । खेल सुरु हुनुअघिको उद्घाटन समारोहमा त्रिशला र पाकिस्तानी गायिका आइमा बैगले प्रस्तुति दिने पाकिस्तान क्रिकेट टिमले जनाएको छ । पाकिस्तानविरुद्ध खेल्दै नेपालले एसिया कपमा डेब्यु गर्दैछ । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो पटक विश्व नम्बर एक टिमसँग खेल्न लागेको हो ।

पोखरा:  नेपाल मगर सांस्कृतिक संघ जिल्ला समन्वय समिति कास्कीको सातौ वार्षिक साधारण सभाको अवसरमा समुदायलाई योगदान पुर्याएको भन्दै विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ ।   गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दिपेन्द्र बहादुर थापामगरले नेपाल मगर संघ कास्कीका अध्यक्ष राम बहादुर थापामगर, हास्यकलाकार तथा नेपाल मगर सांस्कृतिक संघका संस्थापक अध्यक्ष दिपक थापामगर, नृत्य निर्देशक घनश्याम पुनमगर, पोखरा महानगरपालिका सदस्य भिम कुमारी पुनमगरलाई खादा, मालाले सम्मान गरे ।   सो अवसरमा बोल्दै वनमन्त्री थापामगरले संस्कृतिको संरक्षण गर्ने समय आएको बताए । उनले मगर समुदाय संस्कृतिमा धनि रहेको बताउदै उजागर र संरक्षणको जिम्मेवारी कलाकारहरुको काधमा रहेको धारणा राखे ।   उनले देश विकास सवालमा पनि मगर समुदायको महत्वपूर्ण भूमिका रहेको बताउदै आगामी दिनमा पनि सोही अनुरुप लाग्नुपर्ने बताए । उनले फरक प्रसंगमा बोल्दै जातिय सद्भाव कायम गर्न सबैले विवेक पुर्याएनुपर्ने भएकाले अराजकता तर्फ उन्मुख हुन नहुने बताएका थिए ।     सो कार्यक्रममा नेपाल मगर संघ कास्कीका अध्यक्ष राम बहादुर थापा मगर, कार्यक्रममा नेपाल मगर महिला संघ केन्द्रिय समितिका भाषिक उपाध्यक्ष फुलकुमारी थापा मगर, नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष तारामाया थापा मगर, पत्रकार शान्ति गुरुङ लगायतले बोलेका थिए ।    कार्यक्रममा मगर समुदायमा प्रचलित सांस्कृतिक नृत्यहरु कौरा, घाटु, सालैजो प्रस्तुत गरिएको थियो ।   सभाको बन्दसत्रमा कोषाध्यक्ष सोममाया आलेमगरले आर्थिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन सचिव बसन्ती थापामगरले प्रस्तुत गरेका थिए ।    संघका अध्यक्ष सरिता सारुमगरको सभापतित्वमा सम्पन्न कार्यक्रममाा उपाध्यक्ष दिलु फगामी मगरले व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव बसन्ती थापामगर र सहसचिव रामचन्द्र थापा मगरले सँयुक्त रुपमा गरेका थिए ।  

पोखरा:   नेवा: खल: कास्कीले २०५६ सालदेखि नियमित गर्दै आएको तायाःमचा नृत्य प्रतियोगिता २०८० को आयोजना गर्ने जिम्मेवारी यसपटक रानीपौवा ताया: मचा नाच समितिले पाएको छ ।   सो समितिले आगामी १६ गते शनिबार पोखरा महानगरपालिका ११ स्थित रानीपौवामा नृत्य प्रतियोगिता आयोजना गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   प्रतियोगिता सम्पादन समितिका मुल संयोजक इश्वर प्रसाद कर्माचार्यले सो प्रतियोगितामा कुल ३० समुहको सहभागिता रहने जानकारी दिए । उनका अनुसार पुरुषतर्फ २१ र महिलातर्फ कुल ९ टिमले प्रतिस्पर्धा गर्नेछन् ।   प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने समुहले नगद रु ३ लाख १ रुपैयाँ प्रदान गरिने संयोजक कर्माचार्यले बताए । उनका अनुसार द्वित्तिय हुने समुहले २ लाख १ रुपैयाँ हाप पार्नेछ भने तृतीय स्थान हाँसिल गर्ने समुहले १ लाख १ रुपैयाँ प्राप्त गर्नेछ भने सान्त्वना स्थान गर्ने टिमले ३० हजार १ रुपैयाँ प्राप्त गर्नेछ ।   यस्तै महिलातर्फ प्रथम र द्वित्तिय हुने समुहले क्रमश  ४० हजार १ रुपैयाँ र २० हजार १ रुपैयाँ प्राप्त गर्नेछन् ।    उक्त पुरस्कारराशी ४ दाजुभाई रामकाजी श्रेष्ठ, रविन्द्र श्रेष्ठ, कविन्द्र र शंकर श्रेष्ठले आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा १० लाख रुपैयाँ सहयोग गरेका हुन् ।   प्रतियोगिताका प्रचारप्रसार संयोजक सुभाष तझ्यालेले अनुसार सो परिवारले हरेक वर्ष १० लाख सहयोग गर्ने सम्झौता भएको बताए ।   प्रतियोगितालाई उत्सवका रुपमा मनाउनका लागि कार्यक्रम क्षेत्रमा नेवार समुदायमा प्रचलित समाग्री तथा र खाजा तथा खानाका स्टलहरु राखिने उनले बताए  ।   ताया: मचा नृत्य प्रतियोगिता २०८१ सालमा नयाँबजार, २०८२ सालमा शिसुवा र २०८३ सालमा लामाचौरमा आयोजना हुने नेवा:खल: कास्कीले जनाएको छ ।