रानीपौवालाई १९ वर्षपछि ताया: मचा नृत्य प्रतियोगिता गर्ने जिम्मा, उपाधि राशी ३ लाख

पाेखरा | भदौ ११, २०८०

रानीपौवालाई १९ वर्षपछि ताया: मचा नृत्य प्रतियोगिता गर्ने जिम्मा, उपाधि राशी ३ लाख

पोखरा:   नेवा: खल: कास्कीले २०५६ सालदेखि नियमित गर्दै आएको तायाःमचा नृत्य प्रतियोगिता २०८० को आयोजना गर्ने जिम्मेवारी यसपटक रानीपौवा ताया: मचा नाच समितिले पाएको छ ।

 

सो समितिले आगामी १६ गते शनिबार पोखरा महानगरपालिका ११ स्थित रानीपौवामा नृत्य प्रतियोगिता आयोजना गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

 

प्रतियोगिता सम्पादन समितिका मुल संयोजक इश्वर प्रसाद कर्माचार्यले सो प्रतियोगितामा कुल ३० समुहको सहभागिता रहने जानकारी दिए । उनका अनुसार पुरुषतर्फ २१ र महिलातर्फ कुल ९ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

 

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने समुहले नगद रु ३ लाख १ रुपैयाँ प्रदान गरिने संयोजक कर्माचार्यले बताए । उनका अनुसार द्वित्तिय हुने समुहले २ लाख १ रुपैयाँ हाप पार्नेछ भने तृतीय स्थान हाँसिल गर्ने समुहले १ लाख १ रुपैयाँ प्राप्त गर्नेछ भने सान्त्वना स्थान गर्ने टिमले ३० हजार १ रुपैयाँ प्राप्त गर्नेछ ।

 

यस्तै महिलातर्फ प्रथम र द्वित्तिय हुने समुहले क्रमश  ४० हजार १ रुपैयाँ र २० हजार १ रुपैयाँ प्राप्त गर्नेछन् । 

 

उक्त पुरस्कारराशी ४ दाजुभाई रामकाजी श्रेष्ठ, रविन्द्र श्रेष्ठ, कविन्द्र र शंकर श्रेष्ठले आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा १० लाख रुपैयाँ सहयोग गरेका हुन् ।

 

प्रतियोगिताका प्रचारप्रसार संयोजक सुभाष तझ्यालेले अनुसार सो परिवारले हरेक वर्ष १० लाख सहयोग गर्ने सम्झौता भएको बताए ।

 

प्रतियोगितालाई उत्सवका रुपमा मनाउनका लागि कार्यक्रम क्षेत्रमा नेवार समुदायमा प्रचलित समाग्री तथा र खाजा तथा खानाका स्टलहरु राखिने उनले बताए  ।
 

ताया: मचा नृत्य प्रतियोगिता २०८१ सालमा नयाँबजार, २०८२ सालमा शिसुवा र २०८३ सालमा लामाचौरमा आयोजना हुने नेवा:खल: कास्कीले जनाएको छ । 


 

बागलुङ:  नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाको आयोजनामा आगामी चैत २० र २१ गते ‘बागलुङ मिडिया मेला’ हुने भएको छ ।  शाखाले आफ्नो रजत वर्षका अवसरमा पहिलोपटक जिल्लामा मिडिया मेलाको...

थप पढ्नुहोस्

गण्डकी:  कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको व्यावसायिक खेती गरिरहेको छ । पालिकाले यस वर्ष एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य राखेको छ । अघिल्लो वर्...

थप पढ्नुहोस्

काठमाडौं:  बिहीबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँको गिरावट आएको छ । यो गिरावटसँगै एक तोला सुनको मूल्य ...

थप पढ्नुहोस्