‘बगान’बोकेर पोखरा आईन करिश्मा
एकल आमा र शिक्षालाई ‘बगान’ चलचित्रमा जोडेका छौं: निर्देशक खनाल
पाेखरा | असार २४, २०८०
पोखरा: बगान चलचित्रका निर्देशक सरोज खनालले यसपटक चलचित्रमा पुरुषको दबदबा भएको देशमा एकल आमा नारी र शिक्षालाई लिएर चलचित्र तयार गरेको बताएका छन् ।
चितवन, बुटवल हुँदै पोखरा आइपुगेको बगान टिमले पत्रकारहरुसँग कुराकानीको क्रममा चलचित्रका निर्देशक खनालले यस्तो बताएका हुन् । उनका अनुसार ‘बगान’ चलचित्र यही असार २९ गतेदेखि देशभर प्रदर्शन हुँदैछ ।
‘हामी अझै पनि पुरुषको दबदबा भएको समाजमा छौं, बिबाह भएको कुनै व्यक्तिको श्रीमतिको मृत्यु भयो भने, अर्को बिहे गर्न सोच्न तर्फ हतार गर्ने समाजमा छौं हामी’, खनालले भने, ‘त्यही समाजमा श्रीमानको मृत्यु भएको भयो भने ति विधुवा श्रीमतिको बारेमा सोच्ने कोही हुँदैन त्यस्तो समाजमा हामी छौं ।’
समाजमा एक विधुवा महिलाले कसरी संघर्ष गरेकी छिन् । समाजमा कस्तो शिक्षा हामीले सिकाउनुपर्छ भनेर चलचित्रमा जोड दिएको निर्देशक खनालले बताए ।
नेपाली हलमा नेपाली कथा नै दर्शकहरुले खोजेकाले नेपाली समाजको कथा नै चलचित्रमा जाडेको खनाले सुनाए ।
‘तीन हप्तापछि म जारी चलचित्र हेर्न गए, दर्शकको नजरमा जारी चलचित्रको पर्नुको मुख्य आर्कषण समाजको कथा थियो’, उनले भने, ‘समाजको सानो सानो कथाले दर्शकलाई छोएको छ, त्यसैले दर्शकहरुले नेपाली समाजमा नै निर्माण भएको चलचित्र खोजको छन् ।’
यस्तै अभिनेत्री तथा बगान चलचित्रका नायिका करिश्मा मानन्धरले चलचित्रमा लगानी मात्र नभएर सबै क्षेत्रलाई समेत्न सके मात्र सफल हुने बताईन् ।
‘चलचित्रमा लगानी गरेर मात्र हुँदैन, सबै क्षेत्रलाई जोड्न सके मात्र हामी सफल हुने हो’, उनले भनिन्, ‘चलचित्रमा हिरोजम मात्र चल्छ भन्ने हुदैन कथालाई सबैसँग जोड्न सफल हुन सकिन्छ ।’
नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले, निर्देशक सरोज खनाल, नायिका करिश्मा मानन्धर, प्रमिला कार्की आइतबार पोखरा आएका हुन् ।
गण्डकी: गत कात्तिकमा ३५ हजार ९५२ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०भित्र पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । विसं २...
पोखरा: पोखरामा १४ औं युरोपेली संघ चलचित्र महोत्सव मंसिर ६ र ७ गते हुने भएको छ। क्युएफएक्स ट्रेड मलमा हुने महोत्सवमा युरोपका विख्यात फिल्मकर्मी, बेलायतका बाफ्टा–मनोनित सर्जक तथा उदीयमान...
काठमाडौं: पाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यले उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको हो । महासंघले बिहीबार सुनको मू...

