अम्बर गुरूङ राष्ट्रिय संगीत पुरस्कारलाई बेल्जियमबाट ८८ हजार सहयोग

पाेखरा | असार २७, २०८०

अम्बर गुरूङ राष्ट्रिय संगीत पुरस्कारलाई बेल्जियमबाट ८८ हजार सहयोग

पोखरा:    पोखरेली युवा सांस्कृतिक परिवारले स्थापना गरेको ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ पुरस्कार अक्षयकोष वृद्धिका लागि बेल्जियमबाट रु ८८ हजार २ सय ७८ सहयोग प्रदान गरिएको छ । 


बेल्जियम निवासी मिन गुरुङको संयोजकत्वमा संकलित सो रकम बेल्जियम नेपाली समाजले पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक सदस्य सङ्गीतकार,गीतकार तथा गायक विक्रम गुरुङलाई हस्तान्तरण गरे । 


पोयुसाँपका सदस्यसमेत रहेका मिन गुरुङको पहलमा बेल्जियम निवासी ओमराज गुरूङ,अनिता घले, अस्मिता घले , मन्दरा गुरूङ, बबिता गुरूङ, नन्दराज घले दुर्गा गुरूङ, चन्द्रा गुरूङ, उमा गुरूङ , ज्योती गुरूङ, अर्जुन शाही, भगवान गुरूङ,, राम गुरूङ, कमल गुरूङ, चन्द्रकुमार गुरूङ, पुष्पा गुरुङ, धनकाशी गुरूङ, अमृता, पुना कटवाल, कविता साउदेन, बलराम पुन, गडुलध्वज गुरूङ, भरत तामाङ, अमर राना, देवी गर्वुजा पुन, मिन पुन, शान्ती पुन लगायतले सहयोग गरेका थिए । 


देश विदेशमा रहेर नेपाली गीत,संगीत,गायन र वाद्यवादनमा योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रत्येक दुई वर्षमा प्रदान गर्नका लागि “अम्बर  गुरुङ राष्ट्रिय संगीत पुरस्कार” स्थापना भई सञ्चालनमा आएको छ । नेपाली संगीत क्षेत्रमा सबैभन्दा ठूलो धनराशिको ‘अम्बर गुरुङ संगीत पुरस्कार संस्थाद्धारा पहिलो पटक नेपाली गीतलेखनको क्षेत्रमा छ दशक भन्दा बढी समय देखि अनवरत रुपले साधनारत् गीतकार किरण खरेललाई प्रदान गरिएको छ । 
कोषमा २५ लाख पुर्याउने लक्ष्य राखिएको छ भने हालसम्म १९ लाख संकलन भइसकेको साँस्कृतिक परिवारले जनाएको छ ।

काठमाडौं:   सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।  मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...

थप पढ्नुहोस्

पोखरा:  यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...

थप पढ्नुहोस्