निरमाया दोहोरी साँझको वार्षिक उत्सव आजदेखि

पाेखरा | असार १४, २०८०

निरमाया दोहोरी साँझको वार्षिक उत्सव आजदेखि

पोखरा:  पोखराको सफल निरमाया दोहोरी साँझले १९ औं वार्षिक उत्सव कार्यक्रम गर्ने भएको छ । 

 

चिप्लेढुंगाबाट लामो समय देखि लोकदोहोरीको संरक्षण तथा सम्बद्र्धनमा क्रियाशील व्यवसायिक संस्थाले असार १४ देखि १७ गते सम्म विशेष कार्यक्रमको आयोजना गरेको हो । राष्ट्रिय कलाकार एवम् नियमित कलाकाहरुको प्रस्तुति सहित वार्षिक उत्सव कार्यक्रम गर्न लागिएको संचालक जीवन गुरुङले जानकारी गराए । सो अवसरमा साँझ ७ बजेदेख रातिको १ः०० बजे सम्म ग्राहकलाई सेवा प्रवाह गरिनेछ । 

 

वार्षिक उत्सव कार्यक्रममा लोकदोहोरी गायक गायिका ईश्वर सिंह, चिज गुरुङ(लन्ठु),निर्जला गुरुङ, सुमन थापा मगरको विशेष प्रस्तुति रहनेछ । साथै नियमित कलाकारहरु टेक क्षेत्री, टस बहादुर गुुरुङ, गुप्त गुरुङ, विनोद गुरुङ, पाण्डव गुरुङ, प्रशान्त तामाङ, किसान नेपाली, याम बहादुर नेपाली, युमिन्द्र गुरुङ, सन्देश गायक, सञ्जय गायक, ईन्द्रा गुरुङ, बत्ति कुमारी थापा, चिना थापा, कल्पना आले , पुजा तामाङ, सुनिमा गुरुङ, सरिता राई र ललित पुनको प्रस्तति रहनेछ । कार्यक्रममा विभिन्न आकर्षक नृत्यहरु समेत प्रस्तुति गरिने गुरुङले जनाएका छन् । 

 

दोहोरी साँझले यसअघि पनि वार्षिक उत्सवका समयमा विभिन्न सामाजिक एवम् सांगीतिक कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । सेवाग्राहीहरुको विश्वासले नै दोहोरी साँझ १९ औं वर्षमा प्रवेश गर्न सफल भएको गुरुङको भनाई छ । 

 

आगामी समय सेवाग्राहीलाई सन्तुष्ट बनाउन दोहोरी साँझलाई थप परिमार्जित गर्दै लैजाने उनले बताएका छन् । नेपाली लोकगीत र दोहोरी गीतको संरक्षण सम्बद्र्धनमा आफुहरु अनवरत खटिरहने उनले बताए । 


 

काठमाडौं:  म्याग्दी जिल्लाको गुर्जाखानी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज दिउँसो १ बजेर २ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र तथा खानी तथा भूगर्भ विभागका अन...

थप पढ्नुहोस्

काठमाडौं:   ‘सङ्घीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’ले प्रतिवेदन सभा...

थप पढ्नुहोस्

पाँचथर: पाँचथरको याङवरक गाउँपालिका–१ बिरुवामा बेपत्ता भएका दाजु–बहिनी मृत अवस्थामा भेटिएका छन् ।  गएको साउन १५ गते बिहानदेखि हराइरहेका बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर र ६ वर्...

थप पढ्नुहोस्