रुपन्देही:  रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने भएको छ । यसका लागि बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरुमा झण्ड...

  काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४३ दशमलव २० अङ्कले उकालो लागेर एक हजार नौ सय ६५ दशमलव ३६ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक आठ दशमलव शून्य नौ अङ्कले उकालो लागेर तीन सय ८७ दशमलव ५२ मा पुगेको छ । कूल दुई सय २८ कम्पनीको ३९ लाख १३ हजार पाँच सय ७३ कित्ता शेयर रु एक अर्ब ५४ करोड ८० लाख ३२ हजार पाँच सय ६१ मूल्यमा खरिद बिक्री भयो । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूह मध्ये आज सामूहिक लगानी कोषबाहेक १२ वटा उपसमूहको शेयर मूल्य उकालो लागेको छ । लघुवित्त, उत्पादन, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको शेयर मूल्यमा अत्यधिक वृद्धि भएको छ । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब २६ अर्ब ९३ करोड ७८ लाख ५८ हजार आठ सय १० बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा नेष्डो समृद्धि लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड १४ लाख ९६ हजार छ सय ८६ बराबरको कारोबार भयो । यस्तै, एभरेष्ट बैंक रु सात करोड नौ लाख एक हजार एक सय ७५, हिमाल दोलखा हाइड्रोपावर रु छ करोड ७५ लाख ४८ हजार एक सय ८६, जाल्पा सामुदायिक लघुवित्त रु पाँच करोड ६६ लाख २५ हजार नौ सय १९ र हिमालयन डिस्टिलरी रु चार करोड ४७ लाख २५ हजार नौ सय ६८ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार आजको कारोबारमा विभिन्न चार कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लागेका कम्पनीहरूमा मानुषी लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, नेष्डो समृद्धि लघुवित्त र उपकार लघुवित्त छन् । त्यस्तै, उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले नौ दशमलव ९१ प्रतिशतले कमाएका छन् । त्यस्तै, नबिल इक्विटी फण्ड दुई दशमलव ४८, आरबीबी म्युचुअल फण्ड पहिलो दुई दशमलव ४०, साङ्ग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र एक दशमलव ९९, एभरेष्ट बैंक एक दशमलव ९६ र नबिल ब्यालेन्स फण्डका लगानीकर्ताले एक दशमलव ९२ प्रतिशतले गुमाएका छन् । 

    डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको र हाल सफलताका साथ अघि बढिरहेको बताउनुभएको छ ।     आज डडेल्धुराको आलिताल गाउँपालिकामा आयोजित चुनावीसभामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफ्नो लहडमा पटकपटक संसद् विघटन गरेकाले संविधानको रक्षाका लागि गठबन्धनका सबै नेता मिलेर आफूलाई प्रधानमन्त्री बनाएको प्रसङ्ग उल्लेख गर्नुभयो ।      “अहिलेको सरकार गठबन्धनको सरकार हो”, उहाँले भन्नुुभयो, “गठबन्धन विजयी भएमात्रै लोकतान्त्रिक गणतन्त्र र समावेशी राजनीतिलाई बचाउन सकिन्छ ।” वर्तमान अवस्थामा बिग्रेको राजनीति बचाउन प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धन विजयी हुन आवश्यक रहेको उहाँको भनाइ छ ।     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई पटक संसद् विघठन गरेपछि गठबन्धन बनेको प्रधानमन्त्री देउवाको भनाइ थियो । “संसद् विघठन गर्दा हामी सबैलाई डर लाग्यो, प्रजातन्त्र कमजोर पार्ने काम गर्न थाले”, देउवाले भन्नुभयो, “संविधानमा प्रधानमन्त्रीको लहडबाजीको संसद् भङ्ग हुनसक्ने व्यवस्था छैन, त्यसैले हामीले सबै पार्टी एक भएर त्यसको विरोधमा गयौँ ।”     डडेल्धुराका जनताले मत दिएर सहयोग गरेर आफूू पाँच पटक मुलुकको प्रधानमन्त्री भइसकेको बताउँदै देउवाले आलिताल भित्रिमधेसको विकास, सडक पूर्वाधार निर्माण र तटबन्ध निर्माणका लागि सरकारले काम गर्ने जानकारी दिनुभयो ।     “पारिगाउँ महाकाली नदीमा पुल बनाउने विषयमा पनि भारतीय प्रधानमन्त्रीसित कुराकानी भएको छ”, उहाँले भन्नुभयो, “त्यहाँ सम्भाव्यता अध्ययन गर्छौैं, मिले पक्की पुल नभए झोलुङ्गे पुल भएपनि बनाउनेछु ।”     उहाँले माओवादी नेता भट्ट यहाँबाट निर्वाचन जिते यही गठबन्धन कायम रहे सुदूरपश्चिमको मुख्यमन्त्री बन्नसक्ने धारणा राख्नुभयो । त्यसैगरी कार्यक्रममा प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा आरजु राणा देउवाले मुलुुकका हरेक काममा महिलाको प्रतिनिधित्व बढिरहेको बताउनुभयो ।     “संविधान रक्षाका लागि हामी अहिले चुनावी मैदानमा छौँ”, उहाँले भन्नुभयो, “संविधान बने पनि धेरै काम गर्न बाँकी छ, यो गठबन्धनले जित्न आवश्यक छ ।”     कार्यक्रममा गठबन्धनका डडेल्धुरा प्रदेशसभा ‘क’ का उम्मेदवार माओवादी नेता खगराज भट्ट, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य निरा जैरु लगायतले आफ्ना धारणा राख्नुभएको थियो । 

   पोखरा । नेपाली काग्रेस पोखरा महानगर पालिका वडा नं–६ बैदामले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई लक्ष्य गर्दै वडादेखि टोल तहसम्म प्रचार प्रसारका लागि २० वटा उपसमिति गठन गरेको छ । पार्टीको प्रचार प्रसार समितिको शनिबार बसेको पहिलो बैठकले आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सो समिति तथा उपसमिति गठन गर्ने निर्णय गरेको हो । बैठकबारे जानकारी गराउन आयोजना गरिएको भेटघाट कार्यक्रममा उपलब्ध गराइएको विवरणमा इकाई सभापति सन्तोष पौडेलको संयोजकत्वमा ५ सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटी समेत गठन गरिएको छ । बैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन वडामा रहेका सम्पूर्ण भातृ तथा सुभेच्छुक संस्थाले पनि आफ्ना सबै तहका संरचनामा प्रचार प्रसार समिति गठन गर्ने निर्णय समेत गरेको सभापति पौडेलले जानकारी दिनुभयो। त्यसैगरी उपसमितिको संयोजकत्वहरुमा बलराम गिरी निर्वाचन समन्वय एवं परिचालन समिति,तेज नारायण पराजुली अनुशासन समन्वय एवं परिचालन समिति, लक्ष्मण पहारी अनुगमन तथा सुपरिवेक्षक समन्वय एवं परिचालन समिति, तारानाथ पहारी पर्यटन समन्वय एवं परिचालन समिति, गणेश पहारी मिडिया समन्वय एवं परिचालन समिति, मन्धरा ढकाल महिला समन्वय एवं परिचालन समिति, सविना तिमिल्सीना सामाजिक सञ्जाल प्रचार प्रसार समन्वय एवं परिचालन समिति संयोजक रहनुभएको छ । यसैगरी अनिल पहारी युवा समन्वय एवं परिचालन समिति ,हरिश्चन्द्र पहारी, आर्थिक समन्वय एवं परिचालन समिति, निराजन श्रेष्ठ जनजाति समन्वय एवं परिचालन समिति, बिर बहादुर सुनार दलित समन्वय एवं परिचालन समिति, नेत्रपाणी न्यौपाने जेष्ठ नागरिक समन्वय एवं परिचालन समिति, राम बहादुर लामिछाने खेलकुद तथा खेलाडी समन्वय एवं परिचालन समिति, ई. सन्तोष जि.सी संघ संस्था एव डा.ई. समन्वय एवं परिचालन समितिमा हुनुहुन्छ । बैठकले रेनु थापा मगर महिला पर्यटन समन्वय एवं परिचालन समिति, प्रभा सुवेदी उद्योग वाणिज्य संघ समन्वय एवं परिचालन समिति, विष्णु पहारी नेपाल विद्यार्थी संघ समन्वय एवं परिचालन समिति, महेन्द्र पहारी नेपाल तरुण दल समन्वय एवं परिचालन समिति, प्रकाश न्यौपाने संगठन तथा सचिवालय समन्वय एवं परिचालन समिति, चेत नारायण पाण्डे स्वास्थ्य तथा आकस्मिक सेवा समन्वय एवं परिचालन समिति र रविन्द्र कुँवर घरदैलो तथा कोण सभा समन्वय तथा परिचालन समितिमा रहनुभयो । पार्टीको निर्देशन अन्तरगत निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको इकाई सचिब प्रकास न्यौपाने जानकारी दिनुभयो ।  

  पोखरा । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ (१) बाट ५ दलीय गठबन्धनका साझा उम्मेदवार विश्वप्रकाश लामिछानेले पोखरा स्थानीय आवश्यकता अनुसारका समस्याको समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । निर्वाचन क्षेत्र अन्तरगत पोखरा २१ दम्सादीमा आयोजित कोणसभामा बोल्दै लामिछानेले आफुले विगतमा गरेका कामले नै आफ्नो परिचय दिएको बताउँदै आफुले गरेका प्रतिवद्धता पुरा गर्ने विश्वास दिलाए । नेपालको संविधानले सम्बृद्धिको परिकल्पना गरेको स्मरण गराउँदै लामिछानेले आफु संविधानमा लेखेको हक पूरा गर्न आएको बताए । ‘हिजो संविधान कार्यान्वयन हुन नदिने भएर गठबन्धन भएको हो । विगतमा यहाँबाट नेतृत्व गर्नेले चासो नदिएको कारण राम्रो बिकास हुन नसकेको म बिकास निर्माणका योजना लिएर आएको हुँ ।’ उनले भने । गण्डकी प्रदेशमा काँग्रेस नेतृत्वमा सरकार बने मात्र जनताको समस्या बुझेर बिकासको काम हुने उनले बताए । ३ तहमा नै गठबन्धन सरकार भए काम गर्न सजिलो हुने लामिछानेको भनाई थियो । ‘चक्रपथ बनाउने मेरो पहिलो योजना हो । दम्सादी झोलुङ्गे पुल संरक्षण गर्न पहल गर्नेछु । यो पुल सबैको हो म निर्वाचित भए पनि नभए पनि बनाउन पहल गर्ने छु । किसानलाई सिचाइको व्यवस्था खानेपानीको व्यवस्था गर्ने छु । जनताको मालिक हैन सेवक हुँ । मलाई सेवक बनाउन तपाईंहरुको हात छ ।’ उनले भने  कार्यक्रममा नेकपा एकीकृत समाजवादी कास्की जिल्ला उपाध्यक्ष झपेन्द्रराज रेग्मीले एमालेमा निति विचार सिद्धान्त केही पनि नभएको कारण गठबन्धन भएको बताए । उनले विश्वप्रकाशले ईतिहासमा पनि धेरै काम गरेको भन्दै यस क्षेत्रको विकासको लागि विश्वको विकल्पन नभएको दावी गरे । नेपाली काँग्रेस प्रदेश महादिवेशन प्रतिनिधि रघु पराजुलीले यस क्षेत्रमा सिंचाइ र खानेपानीको समस्या रहेको स्मरण गराउँदै जनताका आधारभुत आवश्यकता पुरा गर्ने नेतालाई निर्वाचित गर्न आव्हान गरे । विकास निर्माणका सन्दर्भमा जनता एकजुट हुनुपर्ने भन्दै पराजुलीले दम्सादी क्षेत्र पोखराको कर्णाली जस्तो भएको बताए । उनले अहिले प्रतिगमनको बिरुद्ध गठबन्धन भएको बताए । नेपाली काँग्रेस कास्की क्षेत्र नं २ प्रचारप्रसार संयोक केशर निर्देशी स्थानीय युवराज आचार्य लगायतले यो क्षेत्र महानगरपालिका भित्रै रहे पनि अति बिकट रहेकोले यस क्षेत्रको विकासमा प्राथमिकता दिन उम्मेदवार र निर्वाचन अभियान टोलीलाई आग्रह गरेका थिए । कार्यक्रम नेपाली काँग्रेस पोखरा २१ का सभापछि केवल गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो । 

   पोखरा । कास्की क्षेत्र नम्वर २ (१)का मतदाताले नेकपा (एमाले)को तर्फबाट सो क्षेत्रमा आसन्न मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश सभा सदस्य उम्मेदवार भिम बहादुर कार्कीलाई भूगोल बुझेको उम्मेदवार भएको प्रतिक्रिया दिएका छन् ।    आफ्नो क्षेत्रमा रहेका पोखरा महानगरपालिकाका पाँच वटा वडामा मतदाताहरुसँग भेटघाट गर्ने क्रममा उम्मेदवार कार्कीलाई आफ्नै क्षेत्रको धर्तीपुत्रलाई उम्मेदवार बनाएको भन्दै एमालेलाई धन्यवाद दिएका छन् ।  भुगोल बुझेको उम्मेदवारले मात्रै विकासको प्रक्रिया बुझ्ने र भुगोल बाहिरको उम्मेदवार आफुहरूको रोजाइमा नपर्ने मतदाताको भनाई छ । अन्य दलहरूले भुगोल बाहिरबाट निमन्त्रणा गरेर उम्मेदवार पठाएको हुँदा आफूहरू कुनै अलमलमा नपरी सबैलाई कार्कीको विजय अभियानमा लागि पर्न आग्रह गर्ने पोखरा महानगर वडा न १७ निवासी समीर श्रेष्ठले बताए । त्यसैगरी वडा नम्वर ३३  बाघमारा निवासी  स्थानिय  टंकराज आचार्यले विकासका पक्षधर, सरल इमानदार र निष्ठावान निरन्तर संघर्षले खारिएका आफ्नै क्षेत्रका नेता उम्मेदवार पाँउदा विकासको आशा रहेको भन्दै यसपटककोे आफुहरूको छनोट कार्की नै हुने बताए । पोखरा २१ निवासी २२ वर्षीय जीवन लामिछानलेले एमालेको घोषणापत्रले युवा क्षेत्रलाई विशेष चासो दिएर घोषणापत्रमा समेत एमालेले प्राथमिकता दिएको हुँदा सो कार्यान्वयनमा आफ्नै क्षेत्रको उम्मेदवार  पहिलो रोजाइमा रहने उल्लेख गरे ।  नेकपा (एमाले) ले कास्कीको सबै निर्वाचन क्षेत्रमा सम्बन्धित क्षेत्रमै  मतदाता भएका व्यक्तिहरूलाई उम्मेदवार बनाउदा कास्की क्षेत्र नम्वर २ मा गठबन्धनमा आबद्ध दलहरूले आमन्त्रित व्यक्तिहरू उम्मेदवार बनाउदा आफुहरूले अपमानित महसुस गरेको पोखरा १५ निवासी परशुराम पौडेलको भनाई छ ।  

  पोखरा । नेपाली कांग्रेस क्षेत्र २ (२) का प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले अब गाउँ फर्क अभियान संचालन गर्न आवश्यक रहेको बताएका छन् । गठबन्धनबाट उम्मेदवार बनेको थापाले पोखरा २० लामडाँडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्र्दै युवालाई विदेश तथा सदरमुकाम तर्फ जान रोक्दै गएकालाई समेत गाउँमै फर्काउनका लागि गाउँ फर्क अभियान संचालनमा जोड दिनुपर्ने बताएका हुन् ।  भलाम कृषि पकेट क्षेत्रका साथै पर्यटकीय क्षेत्रको रुपमा समेत सम्भावना बोकेको क्षेत्र भएकाले अब स्थानीय स्तरमै व्यसाय गर्ने गरी गाउँमा ल्याउने योजना अघि बढाउनुपर्नेमा जोड दिए । ‘भलाम कृषि, पर्यटनमा सम्भावना बोकेको क्षेत्र हो । यहाँ होमस्टेको पनि सम्भावना छ । यहाँको खेतबारी बाझो भएका छन् घरहरु खाली भए । युवालाई स्वदेशमै राख्नका लागि योजनाहरु ल्याउन आवश्यक छ’ उनले ने,‘विकासको पहिलो पूर्वाधार सडक भएकाले स्तरीय सडक बनाउनुपर्छ जसले शिक्षा,स्वास्थ्य, रोजगार, व्यवसायको व्यवस्थापन हुन्छ । सदरमुकाम केन्द्रि भएको अवस्थामा गाउँफर्क अभियान सुरु गर्नुभर्ने आवश्यकता अहिले छ ।’पाँच वर्षको बीचमा प्रदेशको संरचना बनाउने, आवश्यक पर्ने ऐन तथा निर्देशनलाय बनाउने काम गरेको र अबको पाँच वर्ष विकासको युग भएको सुनाए ।  उनले गौरवको सडक आफुले वडा २० मा मणिपाल अस्पताल हुँदै अर्मलाकोटसम्म पुग्ने १७ किलोमिटर सडक २७ करोड २७ लाख ठेक्कामा परी अहिले पिच बन्ने काम भइराखेको सुनाए । सडक निमार्ण डिपिआर तयार गर्न निकै बाधा आएको उनको भनाइ छ । ‘काँहुखोला,आर्वा, लामडाँडा मौजाहुँदै आँटिघरसम्म जोड्ने १६ किमि सडक डिपिआर गर्ने क्रममा र त्यसलाई बजेट राख्ने क्रममा धेरै ठाउँमा संघर्ष र लडाइ गर्न प¥यो । डिपिआर गर्नपनि नमानेर यो सडकलाई धेरै अवरोध खडा गरियो’ उनले भने,‘मुख्यमन्त्री सहितको टिम आउनुभयो र मुख्यमन्त्रीकै ठाडो आदेशमा पूर्वाधार मन्त्रालयबाट प्राविधिकहरु आएर डिपिआर भएर ३३ करोड रकम छुट्टियो ।’ विजयपुर खोलामा पक्कि पुलको आवश्यक परेको र उक्त पुल बनेमा लामाखेत क्षेत्रकै लाइफललाइनको रुपमा रहनेमा आफु आशावादी समेत रहेको उनको भनाइ छ ।   

  पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं कास्की २ मा ५ दलीय गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले विदेश र स्वदेशकै पनि विभिन्न ठाउँमा रोजगारीमा गएकाहरुलाई गाउँमै फर्केर केहीगर्ने वातावरण बनाउने बताएका छन् ।  पोखरा २० लामडाँडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्र्दै उनले यस्तो बताएका हुन् । आफूहरु विकासका लागि प्रतिवद्ध भएर लाग्ने भन्दै उनले वडामा रहेको मुख्य खानेपानीको समस्या हल गरेरै छाड्ने प्रतिवद्धता जनाए । वडा नम्बर २०को लामडाँडा र अन्य क्षेत्र पशुपालन, कफि र कृषि भूमि रहेकाले सबैक्षेत्रको समुचित विकास गरेर रोजगारीका लागि सहर झरेका र विभिन्न देशमा पुगेकाहरुलाई गाउँमै फर्केर गरिखाने वातावरण बनाउने उनको भनाई छ । विगतमा आफूले मत मागेर जिताएका प्रतिनिधिले काम गर्न नसक्दा विकास निर्माण र अन्य धेरैहिसावले वडा नम्बर २० अगाडि बढ्न नसकेको उनले बताए । २० मात्र नभई समग्र २ नम्बर क्षेत्रका विशेष गरेर ग्रामिण क्षेत्र विकास र पूर्वाधारका दृष्टिकोणले पछाडि परेको उनको भनाई छ ।  ‘कम्युनिष्ट र कांग्रेस महत्वपूर्ण घडीमा मिलेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्र पनि कांग्रेस र कम्युनिष्ट मिलेर ल्याएका हौं’ उनले भने,‘संविधानले धेरै व्यवस्था तथा अधिकारहरु ल्याएको भएपनि उचित ऐन नहुँदा समस्या आइरहेको छ । त्यसतै भू–उपयोग नीति सम्बन्धि ऐन बनाउन मेरो जोड हुनेछ र सम्रग देशमा स्वास्थ्य र शिक्षाका लागि उचित ऐन ल्याउन मेरो पहल हुनेछ ।’  

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी मङ्सिरमा हुने निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा स्थायी सरकार निर्माण हुने बताउनुभएको छ ।     प्रवक्ता डा महतले भन्नुभयो, “लामो समयदेखि अवरुद्ध विकास प्रक्रियालाई गति दिन तथा नेपालको समृद्धिका लागि पनि कांग्रेसको नेतृत्वमा सरकार आवश्यक छ र आगामी निर्वाचनपछि यस्तो सरकार बन्छ ।”      आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “विभिन्नरुपमा संविधानको मूल मर्ममाथि प्रहार हुन थाल्यो । प्रतिगामी विभिन्न बहानामा सल्बलाउने जस्तो देखियो र नेपाली जनताले नै वर्तमान सरकारको चाह गरेका हुन् । अब पनि संविधानको रक्षा र देशको विकास गर्नु छ, हाम्रो यही दायित्व बहन गर्न कांग्रेस नेतृत्वको सरका आवश्यक हो ।”      प्रवक्ता डा महतले यो निर्वाचन सबैका लागि कोसेढुङ्गा सावित हुने पनि बताउनुभयो । उहाँले निर्वाचनपछि मुलुकमा स्थायी सरकार बन्नेमा जोड दिनुभयो । उहाँले निर्वाचनमा कांग्रेस नेतृत्वको वर्तमान सत्ता साझेदार दलको गठबन्धनले नै स्पष्ट बहुमत हासिल गर्ने बताउनुभयो । “यो निर्वाचनमा स्पष्ट बहुमत कांग्रेसको पक्षमा आउँछ र कांग्रेसकै नेतृत्वमा सरकार पनि बन्छ ।”      उहाँले भन्नुभयो, “हिजो संसद्मा नेपाली कांग्रेस थोरै सिटका साथ उपस्थित थियो र पनि नेपाली जनता तथा कांग्रेसबाहेकका अन्य पार्टीले कांग्रेसकै नेतृत्वको अपेक्षा गरे भने अबको चुनावपछि त कांग्रेस पहिलो पार्टी नै बन्ने निश्चित छ ।” प्रवक्ता महतले नेपाली कांग्रेसले आगामी चुनावमा समानुपातिकमा मत प्रतिशत पहिलेको तुलनामा धेरै बढाउने बताउनुभयो ।          गठबन्धनका दलको उदेश्य एउटै भएकाले गठबन्धन गरिएको हो भन्दै चुनावपछि यही गठबन्धन मिलेर सरकार बनाउने र देशमा विकासको लहर ल्याउने उहाँको दाबी थियो । 

  काठमाडौँ:  श्रीलंकन क्रिकेटर दनुश्का गुनतिलकलाई अष्ट्रेलियाको पूर्वी क्षेत्रस्थित यौन दुर्व्यवहारको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको छ । २९ वर्षीया युवतीले यसै साता यौन दुर्व्यवहारको आरोप लगाएपछि प्रहरीले उनलाई आइतबार बिहानै एक होटलबाट पक्राउ गरेको हो । अष्ट्रेलियाको न्यु साउथ वेल्सस्थित प्रहरीका अनुसार ती युवतीले ब्याट्सम्यान गुनतिलकलाई केही दिनअघि अनलाइन डेटिङ एप्समार्फत् सम्पर्क गरी भेट गरेकी थिइन् । त्यसपछि नोभेम्बर २ बुधबार साँझ ती युवतीले आफूलाई गुनतिलकले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् । प्रहरीले यस घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । जस अन्तर्गत शनिबार प्रहरीले क्रिकेटर टोली रहेको स्थान रोज बे मा पुगेर घटनास्थलको अनुसन्धान गरेको थियो । ३१ वर्षीय गुनतिलकलाई प्रहरीले आइतबार बिहान १ बजे नै सिड्नीको एक होटलबाट पक्राउ गरेको बताइएको छ । पक्राउ गरी उनलाई सिड्नी सिटी प्रहरी स्टेसनमा लगिएको छ । प्रहरीकहाँ युवतीले सहमतिबिना नै जबर्जस्ती यौनसम्बन्ध राखेको आरोप लगाएकी थिइन् । यौन दुर्व्यवहारको आरोपमा दनुश्का पक्राउ परेको खबर श्रीलंका क्रिकेट टोलीले पनि पुष्टि गरेको छ । साथै उनी नोभेम्बर ७ मा अदालतमा उपस्थित हुने बताइएको छ । गुनाथिलक चोटका कारण टी–२० विश्वकपको पहिलो चरणबाट बाहिरिए पनि अष्ट्रेलियाको खेलका लागि उनी टोलीमा समावेश छन् । उनले २०१५ को नोभेम्बरदेखि श्रीलंकाका लागि ८ वटा टेस्ट गेम, ४७ वटा वान डे र ४६ वटा टी.२० खेलिसकेका छन् । आइतबार समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डसँग पराजित भएपछि श्रीलंका यसपटकको विश्वकप प्रतियोगिताबाट बाहिरिएको छ ।