पोखराका ५ क्याम्पस त्रिविबाट खारेजीको प्रक्रियामा

पाेखरा | असार २९, २०८०

पोखराका ५ क्याम्पस त्रिविबाट खारेजीको प्रक्रियामा

पोखरा:  त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालनमा रहेका पोखरा नगरभित्रका ५ क्याम्पस खारेजीको प्रक्रियामा रहेका छन् । 

 

त्रिविले पटकपटक ताकेता गर्दा पनि नवीकरण नगरेपछि उल्लेखित क्याम्पसहरु खारेज गरिने जनाइएको छ । 

 

उपकुलपतिको कार्यालय, योजना निर्देशनालयले यसअघि २०७९ पुस २० र चैत २८ गते क्याम्पस तथा कलेजहरूलाई सम्बन्धन नवीकरण गर्न सूचना निकालेको थियो । 
 

 

दुईपटक सूचना जारी गर्दा पनि नवीकरण गर्न नआएकाले त्रिवि सम्बन्धन समितिको निर्णयअनुसार ती क्याम्पसहरूलाई सम्बन्धन खारेजीको कारबाही प्रक्रिया अघि बढाइएको हो । 

 

खारेजीमा पर्न लागेका क्याम्पसहरुमा पोखराको फलेपाटनस्थित सिद्ध पब्लिक कलेज, नदीपुरस्थित माउण्ट अन्नपूर्ण क्याम्पस, विन्ध्यवासिनी क्याम्पस रहेका छन् । 

 

त्यस्तै, हिमाल क्याम्पस र माउण्ट भ्याली कलेज पनि खारेजीको प्रक्रियामा रहेका छन् । 

 

कुनै क्याम्पस नवीकरण प्रक्रियामा भएको भए यथासक्य आधिकारिक निस्सा प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न विश्वविद्यालयले सूचित गरेको छ । त्रिविअन्तर्गत ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् ।

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।   घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

थप पढ्नुहोस्

गोरखा:   मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।   बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...

थप पढ्नुहोस्

पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।   पोखरा महानगरपालिकाले शुक्रबार सा...

थप पढ्नुहोस्