पूर्व सांसद विष्टको ‘मुस्ताङ्गे नानी’ सार्वजनिक (भिडियो)
मुस्ताङ | असार २९, २०८०
मुस्ताङ: तामाङ सेलोमा आधारित ‘मुस्ताङ्गे नानी’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गण्डकी प्रदेशका पूर्व सांसद एवं मुस्ताङका बासिन्दा ईन्द्र धारा बिष्टको शब्द तथा संगीतमा निर्मित म्युजिक भिडियो एसटु प्रोडक्सनको अफिसियल युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो ।
उक्त म्युजिक भिडियोको निर्देशन र सम्पादन सुरज श्रेष्ठले गरेका छन् ।
उक्त गीत पूर्व गण्डकी प्रदेश सभा सदस्य लोमान्थाङ गाउँपालिका वडा नम्बर ५ लोमान्थाङका इन्द्रधारा बिष्टले यो गीत दुई बर्ष अघि लेखेका थिए । तर अहिले आएर मात्रै श्रव्यदृष्यमा समेटिएको विष्टले बताए ।
उनका अनुसार गीतमा मुस्ताङका चराङ, घरगुम्बा, लुरी, घारा, यारा, सुर्खाङ, ढि र धे खोला क्षेत्रका आकर्षक दृष्यहरु समेटिएको छ ।
उनले विशेषगरी मुस्ताङ र समग्र नेपालको पर्यटनमा टेवा दिने गरी तयार गरिएको सुनाए । यसअघि ‘लोमान्थाङमै बसम’ र ‘हिमाल पारी लोमान्थाङ गाउँ’ गरी दुई गीत बजारमा ल्याइसकेका छन् ।
टिममा को-को छन् ?
किमी छ्योक्योङ गुरुङल निर्माता रहेको एसटु प्रोडक्सन प्रालिको प्रस्तुतीमा निर्मित गीतमा विश्व दोङले आवाज भरेका छन् भने नृत्य निर्देशक शुवास राई र रिक्साङ गुरुङको अभिनय रहेको छ ।
गीतको एरेन्जरमा विष्णु तामाङ, प्रोडुसरमा किमी गुरुङ, सिनेमाटोग्राफीमा सुरज श्रेष्ठ र गणेश सापकोटा रहेका छन् ।
गीतको निर्देशन र सम्पादन भने सुरज श्रेष्ठले नै गरेका हुन् । मेकअप आर्टिस्टका रुपमा मञ्जु श्रेष्ठले सिंगारेका छन् भने गीतको कोरियोग्राफी भने एमडी सुुवास गुरु हुन् ।
म्युजिक भिडियोको कोरसमा महिलातर्फ रिक्साङ गुरुङ, कर्म याङडोन, धावा छोन्जोम, पासाङ ढोल्मा, सोनाम ल्हामो, रिन्जेन ढोल्मा र पुरुषतर्फ छेरिङ नोर्बु, पेमा वाङदी, तेञ्जिङ, छेवाङ जेन्देन र सोम छेरिङले साथ दिएका छन् ।
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...
मनाङ: मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्...

