यू–१५ विद्यालय खेलकुदमा बागमती प्रदेश च्याम्पियन
पाेखरा | जेठ ३१, २०८१

पोखरा: गण्डकी प्रदेशको पोखरामा भएको यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ ।
११ स्वर्ण जित्दै बागमती च्याम्पियन बनेको हो । बागमतीले ६ रजत र ७ काश्य पदक जित्यो । ६ स्वर्ण जित्दै लुम्बिनी दोस्रो भयो ।
लुम्बिनीले ३ रजत र १० काश्य जित्यो । गण्डकी ५ स्वर्ण, ८ रजत र ७ काश्य जित्दै तेस्रो र कर्णाली ५ स्वर्ण, दुई रजत र दुई काश्य जिते ।
कोशी एक स्वर्ण, ७ रजत, ८ काश्य, सुदूरपश्चिम एक स्वर्ण, दुई रजत र ५ काश्य र मधेश एक स्वर्ण, दुई रजत र एक काश्य पदक हासिल ग¥यो ।
बास्केटबलमा बागमतीलाई दुई स्वर्ण
बास्केटबलतर्फ दुवै स्वर्ण पदक बागमतीले जितेको छ ।
छात्रतर्फ गण्डकीलाई ३७–३१ र छात्रातर्फ पनि गण्डकीलाई १३–८ ले पराजित गर्दै स्वर्ण पदक जितेको हो ।
फाइलनमा पराजित गण्डकीले दुई काश्य पदक जितेको छ । छात्रतर्फ कोशी प्रदेश र छात्रातर्फ कर्णालीले रजत पदक जिते ।
यो पनि पढ्नुहोस
टेबल टेनिसमा बागमतीको वर्चश्व
टेबल टेनिसमा बागमतीले १० पदक जितेको छ । बागमतीले ५ स्वर्णसहित ३ रजत र २ काश्य पदक जित्न सफल भयो ।
छात्र, छात्रा सिंगल्स, डबल्स र मिक्स डबल्सका ५ इभेन्टमा बागमतीले स्वर्ण पदक जितेको हो । दोस्रो बनेको कोशीले २ रजत र २ कास्य प्राप्त ग¥यो । ४ कास्य प्राप्त गरेको लुम्बिनी तेस्रो भयो । आयोजक गण्डकीले २ कास्य जितेको हो ।
रग्बीमा कर्णालीलाई दोहोरो स्वर्ण
रग्बीमा कर्णाली प्रदेशले दोहोरो स्वर्ण जितेको छ ।
छात्रतर्फ फाइनलमा कोशी प्रदेश र छात्रातर्फ बागमती प्रदेशलाई पराजित गर्दै कर्णालीले स्वर्ण पदक जितेको हो । छात्रतर्फ कोशी र छात्रातर्फ बामतीले एकएक रजत पदकमा चित्त बुझाए । मधेश र सुदूरपश्चिमले एकएक काश्य पदक जिते ।
एथलेटिक्समा गण्डकी पहिलो
एथलेटिक्सतर्फ गण्डकी प्रदेश टिमले सर्वाधिक पदक जित्यो ।
गण्डकीले ४ स्वर्ण, ३ रजत र २ कास्य पदक जित्न सफल भयो । छात्र तथा छात्रा २ सय मिटर दौड र ४ सय मिटर रिले, १ सय मिटर छात्रा दौडमा गण्डकीले काश्य पदक जितेको हो ।
लुम्बिनीले ३ स्वर्ण, २ रजत र ६ कास्य, कर्णालीले ३ स्वर्णसहित २ रजत र १ कास्य पदक जित्न सफल भए । मधेश, कोशी र सुदुरपश्चिमले समान १ स्वर्ण, २ रजत र १ कास्य पदक हासिल गरे । बागमतीले १ स्वर्ण १ रजत र २ कास्य पदक जित्दै अन्तिममा रह्यो ।
ब्याडमिन्टनमा बागमती पहिलो
ब्याडमिन्टनमा पनि बागमती पहिलो बनेको छ । दुई स्वर्ण र तीन काश्यसहित पहिलो बनेको हो ।
दुई स्वर्णसहित लुम्बिनी दोस्रो, एक स्वर्ण चार रजत र दुई कास्यसहित गण्डकी तेस्रो बन्यो । कोशी प्रदेशले दुई रजत र चार पदक जिते ।
बुद्धिचालमा लुम्बिनी र बागमतीलाई स्वर्ण
बुद्धिचालमा लुम्बिनी र बागमती प्रदेशले एकएक स्वर्ण पदक जितेका छन् ।
छात्रतर्फ लुम्बिनी र छात्रातर्फ बागमतीले समान समान एक स्वर्ण एक रजत जिते । दुवै काश्य पदक सुदूरपश्चिमले जित्न सफल भयो ।
विराटनगर: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ । विर...
काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...
धनुषा: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...