यू–१५ प्रतियोगितामा टेबल टेनिस: सिंगल्सका खेल सुरु

पाेखरा | जेठ ३१, २०८१

यू–१५ प्रतियोगितामा टेबल टेनिस: सिंगल्सका खेल सुरु

पोखरा:    रङ्गशालामा जारी यूू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत टेबल टेनिसतर्फ सिंगल्सका खेल सुरु भएको छ । 

 

रङ्गशालाको टेबल टेनिस हलमा बिहीबार बिहानैदेखि छात्र तथा छात्रा सिंगल्सतर्फका खेल सुरु भएका हुन् ।

 

यस स्पर्धामा २ स्वर्ण, २ रजत र ४ कास्य पदका लागि खेल भइरहको कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशीले जानकारी दिए । 

 

बुधबार डबल्सको खेल सकेर केही खेल सिंगल्सतर्फको खेल खेलाइएको उनले बताए ।


 

यो पनि पढ्नुहोस

 

 

 

टेबल टेनिसका सबै पदकको टुङ्गो बिहीबार नै लाग्ने उनले जानकारी दिए ।

 

बुधबार भएको सिंगल्सतर्फ बागमतीले ३ स्वर्ण, ३ रजत पदक प्राप्त गरेका थिए भने गण्डकी, कोशी र लुम्बिनीले २२ कास्य पदक पाएका थिए । 
 
 

पोखरा: नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बदल्ने निर्णय गरेको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार कृष्ण थाप...

थप पढ्नुहोस्

पोखरा:  राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की–१ मा खड्कराज पौडेल (गणेश) र चुनाव लड्ने भएका छन् । बालेन्द्र साह हुँदै रास्वपा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्य हुन् । टिकट पाएसँगै पौडेलले आफ्नो उम्म...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ३३ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी निर्वाचन क्षेत्रमा आज उम्मेदवारको घोषणा गरिने पार्टीका...

थप पढ्नुहोस्