यू–१५ प्रतियोगितामा टेबल टेनिस: सिंगल्सका खेल सुरु
पाेखरा | जेठ ३१, २०८१
पोखरा: रङ्गशालामा जारी यूू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत टेबल टेनिसतर्फ सिंगल्सका खेल सुरु भएको छ ।
रङ्गशालाको टेबल टेनिस हलमा बिहीबार बिहानैदेखि छात्र तथा छात्रा सिंगल्सतर्फका खेल सुरु भएका हुन् ।
यस स्पर्धामा २ स्वर्ण, २ रजत र ४ कास्य पदका लागि खेल भइरहको कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशीले जानकारी दिए ।
बुधबार डबल्सको खेल सकेर केही खेल सिंगल्सतर्फको खेल खेलाइएको उनले बताए ।
यो पनि पढ्नुहोस
टेबल टेनिसका सबै पदकको टुङ्गो बिहीबार नै लाग्ने उनले जानकारी दिए ।
बुधबार भएको सिंगल्सतर्फ बागमतीले ३ स्वर्ण, ३ रजत पदक प्राप्त गरेका थिए भने गण्डकी, कोशी र लुम्बिनीले २२ कास्य पदक पाएका थिए ।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...
गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...
गण्डकी: कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...






