यू–१५ विद्यालय खेलकुद प्रतियोगिता: बुद्धिचाल जारी

पाेखरा | जेठ ३१, २०८१

यू–१५ विद्यालय खेलकुद प्रतियोगिता:  बुद्धिचाल जारी तस्बिर: योगेन्द्र श्रेष्ठ

पोखरा:  पोखरामा जारी यू – १५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता–२०८० अन्र्तगत बुद्धिचालका विभिन्न चरणका खेलहरु सम्पन्न भएका छन् । 

 

पोखरामा जारी बुद्धिचाल प्रतियोगिताको छात्रा तर्फको पहिलो चरणको खेलमा बाग्मती विजयी भएको छ । बाग्मतीले कोशीलाई ३ अंकले जितेको हो । 

 

छात्रातर्फकै अर्को खेलमा लुम्बिनीले जित्यो । लुम्बिनीले मधेश प्रदेशलाई सोझो सेटमा ४ अंक ल्याई विजयी भएको हो । त्यस्तै गण्डकी प्रदेश र सुदुरपश्चिम बिच भएको खेलमा सुदुरपश्चिमले सोझो सेटमा जित निकाल्दै विजयी हासिल गरेको हो ।

 

पहिलो सेटमा कर्णालीले बाइ पाएको थियो । 

 

हिजो नै सम्पन्न भएको छात्रातर्फको दोस्रो चरणको खेलमा गण्डकी,लुम्बिनी र बाग्मती विजयी भयो । सुदुरपश्चिम प्रदेशले बाइ पाएको थियो । 


 

यो पनि पढ्नुहोस

 

 

बु​धबार नै भएको छात्रातर्फको तेश्रो राउण्डमा लुम्बिनी, गण्डकी र सुदुरपश्चिम प्रदेश विजयी भए । बाग्मती प्रदेशले बाइ पायो । 

 

यस्तै बुधबारनै सम्पन्न भएको छात्रतर्फ खेलमा बाग्मती प्रदेश विजयी भएको छ । बाग्मतीले कोशी प्रदेशलाई ३ अंकले पराजित गर्दै विजयी भएको हो । अर्को खेलमा लुम्बिनी प्रदेशले जित हाँसिल गर्यो । 

 

लुम्बिनीले मधेश प्रदेशलाई सोझो सेटमा ४ अंकले पराजित गर्दै विजयी भएको हो । त्यस्तै अर्को खेलमा सुदुरपश्चिम विजयी भयो । उसले गण्डकी प्रदेशलाई ३ अंकले पराजित गर्दै विजयी भएको हो । उक्त राउण्डमा कर्णालीले बाइ पायो । 

बुधबार नै सम्पन्न भएको दोश्रो चरणको खेलमा गण्डकी, लुम्बिनी, बाग्मती विजयी भयो । उक्त राउण्डमा मधेश प्रदेशले बाइ पायो ।  

 

तेश्रो राउण्डमा लुम्बिनी प्रदेश विजयी भयो । उसले कर्णाली प्रदेशलाई ३ अंकले पराजित गर्दै जित हाँसिल गरेको हो । गण्डकी प्रदेशलाई कोशी प्रदेशले ३ अंकले पराजित गर्दै विजयी भयो । त्यस्तै अर्को खेलमा सुदुरपश्चिमले सोझो सेटमा मधेश प्रदेशलाई पराजित गर्यो  । बाग्मती प्रदेशले बाई पायो । 

 

आज प्रतियोगिता अन्र्तगतको बुद्धिचालमा तीन चरणका खेलहरु जारी रहेका छन् । 

व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ ।   प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...

थप पढ्नुहोस्

पोखरा  ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ ।   मञ्चले आईतबार ए...

थप पढ्नुहोस्

पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।   गण्डकी प्रद...

थप पढ्नुहोस्