यू–१५ विद्यालय खेलकुद प्रतियोगिताः रग्बीका १० खेल सकिए
पाेखरा | जेठ ३०, २०८१
पोखरा: गण्डकी प्रदेशको पोखरामा जारी यूू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बी १० खेल सकिएका छन् ।
बुधबार बिहानबाट पोखरा रंगशालामा सुरु भएको प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ४ खेल सकिएका हुन् । पुरुषतर्फ भएको पहिलो खेलमा गण्डकी प्रदेश र कोशी प्रदेशले बराबरी खेलेका थिए । निर्धारित समयमा दुवैतर्फबाट स्कोर हुन नसकिएपछि बराबरीमा रोकिएको हो ।
पुरुषतर्फ दोस्रो खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २–० स्कोरले पराजित ग¥यो ।
मधेशले लुम्बिनी प्रदेशलाई ४–०, बागमतीले लुम्बिनीलाई २–१, मधेशले सुदूरपश्चिमलाई ४–० स्कोरले पराजित गरे ।
यस्तै कर्णालीले गण्डकी प्रदेशलाई २–० स्कोरले पराजित गर्न सफल भयो ।
यो पनि पढ्नुहोस
महिलातर्फ ३ खेल बराबरीमा सकिँदा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई १–० स्कोरले पराजित ग¥यो । महिलातर्फ गण्डकी र बागमती, मधेश र कोशी तथा सूदुरपश्चिम र गण्डकी बराबरीमा रोकिए ।
यी तीन खेलमा दुवैतर्फबाट स्कोर हुन सकेन । महिला र पुरुष दुई इभेन्टमा सञ्चालन भएको प्रतियोगितामा सात प्रदेशले सहभागिता जनाएका छन् ।
पोखरा: पद्यमाप्रेम थिएटरको प्रस्तुति नाटक “मृत्यु यस्तो हुनु हुँदैन” पोखरा थिएटर, गैह्रापाटनमा पौष २४ गतेदेखि २७ गतेसम्म मंचन भइरहेको छ । साबित्रा पाठक (सबु) को लेखन तथा पंच सुब्...
पोखरा: १४ औं पोखरा महोत्सव भब्य र सभ्य बनाउन पोखरामा रहेका विभिन्न संघ संस्थाले साथ दिने भएका छन । आगामी पुषको २९ देखि माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महो...
काभ्रेपलाञ्चोक: पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ ...




