यू–१५ प्रतियोगिता: टेबल टेनिसमा बागमती च्याम्पियन

पाेखरा | जेठ ३१, २०८१

यू–१५ प्रतियोगिता: टेबल टेनिसमा बागमती च्याम्पियन

पोखरा:   पोखरामा रङ्गशालामा जारी यु–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तरगत  टेबलटेनिसमा बागमती प्रदेश प्रथम बनेको छ । 

 

५ प्रतिस्पर्धा समावेश टेबलटेनिसमा बागमतीले स्वर्णमा ‘क्लिन स्विप’ गरेको हो ।

 

दोश्रो तथा अन्तिम दिन २ स्वर्ण जितेको बागमतीले पहिलो दिन ३ स्वर्ण जितेको थियो । ३ रजत र २ कास्य पदक जितेको छ । बुधबार भएको सिंगल्सतर्फ बागमतीले ३ स्वर्ण, ३ रजत पदक प्राप्त गरेका थिए । 

 

दोस्रो बनेको कोशीले २ रजत र २ कास्य प्राप्त ग¥यो । ४ कास्य प्राप्त गरेको लुम्बिनी तेस्रो भयो । आयोजक गण्डकीले २ कास्य जितेको हो । 


 

यो पनि पढ्नुहोस

 

 

बागमती प्रदेशका जयस्नु महर्जनले यु–१५ विद्यालय खेलकुदको टेबलटेनिसमा बिहीबार ३ स्वर्ण जितेका छन् । उनले छात्र सिंगल्स, डबल्स र मिक्स डबल्समा स्वर्ण जिते । 

 

पोखरा रङ्गशालास्थित कभर्डहलमा भएको छात्र सिंगल्स फाइनलमा जयस्नुले कोशीका सुशान्त मेहतालाई ८–११, ११–५, ११–२ र ११–६ को सेटमा पराजित गरे । कोशीका गौतम तामाङ र लुम्बिनीका सुविन क्षेत्री तेश्रो भए ।

 

छात्रा सिंगल्समा बागमतीकी नर्मदा खाइतु च्याम्पियन बनिन् । उपाधि भिडन्तमा नर्मदाले कोशीकी सुलेखा ठाकुरलाई ११–९, ४–११, ११–५ र १३–११ को सेटमा हराइन् । बागमतीका सुरम्य शाक्य र अर्शना महर्जन संयुक्त रुपमा तेश्रो भए । 

 

विजेतालाई प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव श्रीधर शर्मा र टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले पुरस्कार प्राप्त गरेका थिए ।

 

दुईदिने प्रतियोगितामा सातै प्रदेशबाट समान २८–२८ छात्र छात्रागरी ५६ खेलाडी सहभागी थिए ।
 

पोखरा: पोखरा महानगरपालिका न्यूरोडस्थित गुरुङ गहना पसल प्रालिका सञ्चालिका सिमा गुरुङको जन्मदिनमा आयोजित खुल्ला रक्तदानमा १ सय १४ युनिट रगत संकलन भएको छ ।  व्यवसायसँगै सामाजिक क्षेत्रमा क्रियाशिल गुरु...

थप पढ्नुहोस्

पोखरा:  प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले मिडियामा आदिवासी जनजातिको समावेशिता आवश्यकता अपरिहार्य रहेको बताए ।   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औं स्थापना दि...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिकाका विभिन्न स्थानमा आभूषण निर्माण व्यवसाय गर्दै आएका ११ जना भारतीय नागरिकलाई “सुनचाँदीको अवैध कारोबारमा संलग्न” भएको आरोपमा कास्की प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रत...

थप पढ्नुहोस्