पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ब्याडमिन्ट टिम इभेन्टको सेमिफाइनल र फाइनल भोलि हुँदैछ । पोखरा रंगशालाको ब्याडमिन्टन कोर्टमा हुने सेमिफाइन र फाइनल खेल्ने टोलीको टुंगो शनिबार लागिसकेको छ । महिला टिम इभेन्टको सेमिफाइनलको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश खेल्नेछन् । दोस्रो सेमिफाइनलमा प्रदेश १ र सशस्त्र प्रहरी बलको एपीएफबीच हुनेछ । दुवै सेमिफाइनल बिहान ७ बजे खेलाइने छ । यस्तै पुरुष टिम इभेन्टतर्फको सेमिफाइनलमा बिहान ८ बजे भित्रुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्नेछन् । सेमिफाइनलको दोस्रो खेलमा एनआरएनएको टोलीले एपीएफसँग खेल्ने तालिका छ । दुवै टिम इभेन्टको फाइनल ११ बजे खेलाइने छ । पहिलो चरणमा के–के भयो ? पहिलो दिनमा ब्याडमिन्टनको टिम इभेन्टतर्फ १४ खेल भएका थिए । महिला टिम इभेन्टतर्फ पहिलो चरणका खेलमा कर्णाली र बागमती, मधेस र एनआरएनए, नेपाल पुलिस क्लब र गण्डकी, त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेश खेलेका थिए । पहिलो चरणमा बागमतीलाई हराउँदै कर्णाली, मधेसलाई हराउँदै एनआरएनए, गण्डकीलाई हराउँदै नेपाल पुलिसले हराउँदै दोस्रो चरणमा पुग्न सफल भए । बाइ पाएका त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच भएको खेलमा आर्मी क्लब विजयी बन्दै सेमिफाइनल पुग्न सफल भयो । महिला टिम इभेन्टको दोस्रो चरणमा कर्णाली र सुदूरपश्चिम प्रदेशबीच खेल भएको थियो । दोस्रो चरणको दोस्रो खेलमा एनआरएनए र प्रदेश १, तेस्रो खेलमा नेपाल पुलिस र एपीएफबीच खेल भएको थियो । दोस्रो चरणबाट सुदूरपश्चिम, प्रदेश १ र एपीएफ सेमिफाइनलमा पुग्न सके । पुरुष टिम इभेन्टको पहिलो चरणको पहिलो खेलमा कर्णाली र गण्डकी प्रदेश खेलेका थिए । त्यसमा जित निकाल्दै गण्डकी दोस्रो चरणमा पुगेको थियो । पहिलो चरणकै अर्को खेलमा एनआरएनएले प्रदेश १, लुम्बिनीले मधेस प्रदेशलाई हराउँदै दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित गर्न सके । दोस्रो चरणमा गण्डकी नेपाल पुलिससँग स्तब्ध बन्दा सुदूरपश्चिमलाई हराउँदै एनआरएनए सेमिफाइनल पुग्न सक्यो । यस्तै लुम्बिनीलाई हराउँदै एपीएफले पनि सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित ग¥यो । बाइ पाएका त्रिभुवन आर्मी र बागमती प्रदेशबीचको खेलमा बागमतीलाई हराउँदै त्रिभुवन आर्मी सेमिफाइनल प्रवेश ग¥यो । पहिलो खेलमा कर्णाली र बागमती प्रदेश भिडेका थिए । सो खेलमा कर्णालीले बागमतीलाई २–० को सेटमा हराएको थियो । कोर्ट २ मा खेलाइएको मधेस प्रदेश र एनआरएनएबीचको खेलमा एनआरएनएले २–० को सोझो सेटमा हरायो । महिला टिम इभेन्टतर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई हरायो ।
पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीतर्फ एनआरएनएकी एस्ली सापकोटा डंगोलले तीन स्वर्ण पदक जितेकी छन् । पोखरास्थित फिस्टेल एकेडेमीको सर्ट कोर्समा शनिबार डंगोलले तीन स्वर्ण हात पारेकी छन् । डंगोलले महिला ५० मिटर बटरफ्लाई, १०० मिटर फ्री स्टाइल र २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन्न् । उनले ५० मिटर बटरफ्लाईमा ३० सेकेन्डको समय निकालेकी थिइन् । आर्मीकी डुवाना लामाले ३२ः१२ सेकेन्डको समय निकाल्दै रजत जित्दा नेपाल पुलिसका मेगन गुरूङले ३२ः५२ मिनेटसहित कास्य जितिन् । त्यस्तै १०० मिटर फ्रि स्टाईलमा डंगोलले १ मिनेट २ः८४ सेकेन्डको समय निकाल्दै स्वर्ण हात पारिन् । त्यस्तै आर्मीकी अनुशिया तन्डुकारले १ मिनेट १ः८३ को समय निकाल्दै रजत जित्दा पुलिसकी मेगन गुरूङले १ मिनेट ६ः२ को समय निकाल्दै कास्य जितिन्। । डंगोलले २०० मिटर ब्याकस्ट्रोकमा २ मिनेट ३६ः४ सेकेन्डको समय निकाल्दै स्वर्ण जितिन् । रजत जितेकी बागमतीकी आर्जु थापा मगरले ३ मिनेट १७.९९ सेकेन्डको समय निकालिन् ।कास्य जितेकी प्रदेश एककी उपासना राईले ४ मिनेट २८।८६ सेकेन्डको समय निकालिन । पुरुष तर्फ नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीको पुरुष २०० मिटर ब्याक स्ट्रोकमा एपीएफ क्लबका तेन्जिङ नामडोल रायन गुरुङले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन् । तेन्जिङले २ मिनेट १६.२३ सेकेन्डको राष्ट्रिय कीर्तिमानको समय निकाल्दै स्वर्ण पदक जितेका हुन् । यसअघि सर्ट कोर्सको यो कीर्तिमान नाथन दोर्जे शेर्पाको नाममा रहेको थियो। उनले २०१९ मा यो कीर्तिमान बनाएका थिए। दोर्जेको २ मिनेट १६ः५० सेकेन्डको कीर्तिमान रहेको थियो। तेन्जिङको यो दोस्रो स्वर्ण हो । यसअघि उनले ५० मिटर बटरफ्लाईमा स्वर्ण जितेका थिए । यस स्पर्धामा प्रदेश नम्बर एकका प्रारम्भ भण्डारीले २ मिनेट २३ः६४ सेकेण्डको समय निकाल्दै रजत जित्दा एपीएफका सौरेन बहादुर सिंहले २ मिनेट २५ः२३ सेकेन्डको समय निकाल्दै कास्य जिते १३ औँ सागमा १५ सय मिटर फ्रि स्टाइलमा १७ मिनेट ४९ सेकेण्ड लगाएका त्रिभुवन आर्मी क्लवका नासीर याहा हुसेनले आज विहान भएको प्रतियोगीतामा १६ मिनेट ५० सेकेण्डमा दुरी पुरा गरेका हुन् । उनले यस अघि रहेको आफ्नै रेकर्ड व्रेक गरेका हुन् । एनआरएनका आशिष साप्कोटाले १६ मिनेट ५७ सेकेण्डमा पुरा गरेका थिए । १५ सय फ्रि स्टाइलमा नासीरले स्वर्ण पदक जितेका छन् । आज भएको २ सय मिटर पौडीमा त्रिभुवन आर्मी क्लवकै दोहना लामाले २ मिनेट ३१ सेकेण्डमा पुरा गर्दै गौरीका सिहंको २ मिनेट ३२ सेकेण्ड रहेको थियो । पौडी प्रतियोगीतामा २०३ जना खेलाडीहरु सहभागीता जनाएको नेपाल पौडी संघका अध्क्षय अशोक वज्राचार्यले जानकारी दिए । २५ मिटर हिट देखि १५ सय मिटर हिट सम्म हुने कार्यक्रमको भोली विहान ८ सय मिटर पौडी खेल प्रतियोगीताको फाइनल हुने वजाचार्यले बताए । नेपाल पौडी खेल संघका केन्द्रीय अध्क्षय अशोक वर्जाचार्यका अनुसार ४ स्ट्रोकमा २१ इभेन्टहरु संचालन हुने छन् । फ्रि स्टाइल , व्रेष्ट स्टोक , वटरफलाई , वटरपलाई व्याक स्टोक र आइ एम गरी समूहका खेलाडीले खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
कास्की । नवौं राष्ट्रिय खेलकुद अन्तरगत स्क्वास प्रतियोगिता आज (शनिबार) देखि सुरु भएको छ । पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा आज भएको उद्घाटन खेलमा बागमतीकी विपना ब्लोनले सोही प्रदेशकै स्वस्तानी श्रेष्ठलाई ३–० को सोझो सेटमा पराजित गरिन् । विपनाले पहिलो सेट स्वस्तानीलाई १२–१० मा दोस्रो सेट ११–९ र अन्तिम सेट ११–७ मा जित निकालिन् । उनले उद्घाटन खेलमा श्रेष्ठमाथी सहज जित निकाल्दै व्यक्तिगत १ अंक बटुलिन् । यसअघि सो प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमले सबै प्रदेशका खेलाडीहरुलाई अनुशासित भएर खेल कौशल प्रर्दशन गर्न आग्रह गरे । सचिव गौतमले अनुशासन खेलाडीको मुख्य गहना भएको बताउदै जीत र हार निर्णयको मापडण्ड मात्र भएको उल्लेख गरे । ‘खेलमा हार जीत हुन्छ । यो स्वाभाविक प्रक्रिया हो, उनले भने, ‘तर खेलाडी भइसकेपछि अनुशासनलाई पनि ध्यान दिनुपर्छ । त्यो महत्वपूर्ण विषय हो । त्यसैले त्यसको पनि हरेक खेलाडीले ख्याल गर्नुपर्छ ।’ उनले खेलकुदले नागरिकलाई स्वस्थ्य रहन सघाउ पुर्याउने समेत धारणा व्यक्त गरेका थिए । त्यसैगरि गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले सबै खेलाडीलाई मर्यादित भएर खेल्नुपर्नेमा जोड दिएका थिए । प्रतियोगितामा महिलातर्फ खेलाडीको सँख्या कम रहेकाले ओपन इभेन्ट मात्रै सञ्चालन हुने नेपाल स्क्वास रर्याकेट्स एशोसिएसनका सदस्य तथा स्क्वास संयोजक लोकेन्द्रमान सिं भण्डारीले जानकारी दिए । उनका अनुसार महिला तर्फको खुला (ओपन) इभेन्ट लिग चरणमा हुनेछ भने पुरुष तर्फको खेल नकआउट सिस्टममा हुनेछ । उनले आगामी ३१ गतेसम्म पुरुष तथा महिला दवै समुहको ओपन इभेन्ट सम्पन्न गर्ने बताउदै टिम इभेन्टका खेल १ गतेबाट सञ्चालन गरिने जानकारी दिए । सो प्रतियोगितामा ७ समुहबाट कुल २५ जना पुरुष र ७ जना महिला खेलाडीहरुको सहभागिता रहेको भण्डारीले बताए । उनका अनुसार महिलातर्फ बागमती प्रदेश, गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबको सहभागिता रहेको छ । भने पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, ससत्र प्रहरी बल एपिएफ, प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको सहभागिता रहेको छ । यसअघि सम्पन्न आठौं संस्करणको राष्ट्रिय खेलकुदमा पुरुषतर्फ गण्डकीका अमृत थापामगर र महिलातर्फ सोही प्रदशकै कृष्णा थापामगरले स्वर्ण पदक जितेकी थिइन् ।
तनहुँ : नवौ राष्ट्रिय खेलकुदमा अन्तर्गत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा आर्मीले विजयी शुरूवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मीले मधेस प्रदेशलाई ७१–१३ को फराकिलो अन्तरमा पराजित गरेको हो । महिला बास्केटबल प्रतियोगिताको पहिलो चरणमा आर्मीले २२–० को फराकिलो अन्तर बनाएको थियो । दोस्रो, तेस्रो र चौथो चरणमा पनि आर्मीले निरन्तर अग्रता कायम गरि सहज रूपमा जित हासिल गरेको हो । जहाँ आर्मीले क्रमश ः २२–६, १४–४ र १३–३ को अंक प्राप्त गरेको थियो । प्रतियोगिता अवधिभरमा मधेस प्रदेशबाट पुष्प बानले ७ अंक जोडेकी छिन् भने आर्मीबाट रोशनी श्रेष्ठले २१ अंक जोडेकी थिईन । भोलि थ्रि बाइ थ्रि बास्केटबल प्रतियोगितामा बागमती प्रदेश र मधेस प्रदेश, आर्मी र लुम्बिनी प्रदेश, सुदुरपश्चिम र प्रदेश–१, एपिएफ (सशस्त्र) र गण्डकी प्रदेश विच हुनेछ । साथै महिला बास्केटबल अन्तर्गत बागमती प्रदेश र प्रदेश–१, त्रिभुवन आर्मी र सुदुरपश्चिम बिच खेल हुने आयोजकले जनाएको छ ।
पोखरा : विभागीय टिम एपिएफ, नेपाल पुलिस र बागमती प्रदेश नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला भलिबलको दोस्रो दिनको खेलमा बिजयी भएका छन् । म्याग्दीको बेनी स्थित खुल्ला मञ्च खेलमैदानमा भएको पहिलो खेलमा एपिएफ क्लबले कर्णाली प्रदेश, बागमतीले प्रदेश एक र नेपाल पुलिस क्लवले लुम्बिनीलाई पराजित गरेका हुन् । तीन वटै खेल लगातार सोझो सेटमा सकिएको थियो । एपिएफले कर्णालीलाई २५–६, २७–२ र २५–७ को सोझो तीन सेटमा पराजित गरेको थियो । बागमतीले प्रदेश एकलाई २५–१७, २५–१२ र २५–१२ को सोझो तीन सेटमा पराजित ग¥यो । नेपाल पुलिस क्लवले लुम्बीनी प्रदेशलाई २५–१०, २५–११ र २५–१९ ले पछि प¥यो । शुक्रबारको खेलमा एपिएफकी पवित्रा भट्ट, बागमतीकी सलिना बुढाथोकी, र पुलिसकी लक्ष्मी चन्द्रले ‘म्यान अफ द म्याच’को उपाधी पाए । बिहिबार भएको उद्घाटन खेलमा गण्डकीले सुदुरपश्चिमलाई सोझो ३ सेटमा पराजित गरेको थियो । समूह बिजेता बन्दै गण्डकी र नेपाल पुलिस क्लव क्वाटर फाइनलमा प्रवेश गरेका छन् । शनिबार कर्णाली प्रदेश र त्रिभुवन आर्मी, मधेश प्रदेश र प्रदेश एक बीच प्रतिस्पर्धा हुनेछ । कात्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता छ । उक्त्त प्रतियोगिता लिककम नकआउटको आधारमा खेलाइएको प्रतियोगिता संयोजक याम बहादुर गुरुङले बताए ।
स्याङ्जा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार महिला फुटबलको तीन खेल सम्पन्न भएका छन् । स्याङजा वालिङ स्थित मालेबगर फुटबल मैदानमा भएको फुटवलको पहिलो खेलमा सावित्रा भण्डारीको दोहोरो ह्याट्रिको मद्दतमा एपिएफ फुटवल क्लबले सहज जित निकालेको छ । खेलमा एपिएफले प्रदेश नम्बर एक लाई ७–१ गोल अन्तरले पराजित गर्दै जित निकालेकोे हो । खेलको २३ औ मिनेटमा एपिएफकी सावित्रा भण्डारीले पहिलो गोल गरेकी थिईन् भने लगत्तै एकै मिनेटमा प्रदेश नम्बर १ की अन्जना थुलुङ्गे राईले एक गोल गर्दै खेल बराबरीको स्थितिमा पु¥याइन् । एपिएफकी सावित्रा भण्डारीले खेलको ४० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन भने ४५ औ मिनेटमा तेस्रो गोल गरेर ह्याट्रिक पुरा गरिन् । यस्तै सावित्राले खेलको दोस्रो हाफमा ५१ औँ मिनेट र ५८ मिनेटमा चौँथो र पाँचौ गोल गरिन् । खेलको ६० औँ मिनेटमा एपिएफकी अनिता केसीले छैटौँ गोल गरेर आफ्नो समुहलाई अगाडि सारिन् । त्यस्तै पुन सावित्रा भण्डारीले ६५ औँ मिनेटमा गोल गरेर दोहोरो ह्याट्रिक पुरा गरिन् । यस्तै शुक्रबार नै भएको दोसो खेलमा गण्डकी प्रदेश विजयी भएको छ । गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३–० गोल अन्तरले पराजित गर्दै जित दर्ता गरेकोे हो । खेलको ३३ औ मिनेटमा गण्डकी शान्ती नेपालीले पहिलो गोल गर्दै आफ्नो टिमलाई अगाडि बढाएकी थिईन् । त्यस्तै खेलको ५८ औँ र ६६ औँ मिनेटमा उदया थापाले दोस्रो र तेस्रो गोल गरिन । शुक्रबारको तेस्रो तथा अन्तिम खेलमा मधेश प्रदेश र सुदुरपश्चिम प्रदेश विच प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा दुबै समुहले गोल गर्न नसकेपछि एक–एक अंक बाँडिएको छ ।
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष फुटबल अन्तरगत समूह डी तर्फ भएको खेलमा सुदुरपश्चिमले सानदार जित हासिल गरेको छ । लामाचौर स्थित गोस्ते खेल मैदानमा भएको खेलमा सुदुरपश्चिमले कर्णाली प्रदेशलाई ५–३ गोलले पाखा लगाउन सफल भएको छ । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा कर्णाली सम्हालिन नसक्दा हार व्यहोर्न बाध्य भएको हो । ३८ औं मिनेटमा कर्णालीका करण रावतले आत्मघाती गोल गरेपछि सुदुरपश्चिम १–० को अग्रतामा रह्यो । पहिलो हाफमा १–० ले रोकिएको खेलको दोस्रो हाफमा कुल ७ गोल भयो । खेलको ५८ औं मिनेटमा ज्ञानेन्द्र जोशीले गोलगर्दै सुदुरपश्चिमको अग्रता दोब्बर पारे । खेलको ६२ औं मिनेटमा कर्णालीका विकेश सन्तोषीले गोल गर्दै २–१ को स्थितिमा खेल पु¥याए । ७७ औं मिनेटमा कुवेर सिंहले गोल गर्दै ३–१ बनाएपछि कर्णाली दबाबमा परेको थियो । ८४ औं मिनेटमा कर्णलीका विकेशले व्यक्तिगत दोस्रो गोल गर्दै ३–२ को स्थितिमा पु¥याउँदै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । त्यसको २ मिनेट पश्चात अर्थात ८६ औं मिनेटमा सुदुरका शसांक बोहोराले गोल गर्दै अन्तर फराकिलो बनाए । खेलको ९४ औं मिनेटमा दिरेन्द्र शाहले गोल गर्दै जित निश्चित गराए । त्यसको १ मिनेट पनि वित्न नपाउँदै कर्णालीका विकेशले पेनाल्टिमा गोल गर्दै ह्याट्रिक पुरा गरेपनि जितका लागि पर्याप्त रहेन । उनले खेलको ९५ औं मिनेटमा ह्याट्रिक पुरा गरे । प्रतियोगिता अन्तरगत शनिबार २ खेल हुनेछन् । समूह बी अन्तरगत मधेश प्रदेश र शसस्त्र प्रहरी बलको एपिएफ क्लबबीच पहिलो तथा समूह ए अन्तरगत प्रदेश नं. १ र गण्डकी प्रदेशबीच दोस्रो खेल हुनेछन् ।
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा विभागिय क्लब त्रिभुवन आर्मी क्लबले सानदार जित निकालेको छ । लामाचौर गोस्तेघाट खेल मैदानमा शुक्रबार भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाइृ ४–१ को फराकिलो गोलअन्तरले हराएको हो । एकपक्षिय खेलमा आर्मीले खेलको सुरुवातमै गोल गर्दै अग्रता लियो । खेलको पाँचौं मिनेटमा दीनेश हेम्जनको गोलमा आर्मीले अग्रता लिएको थियोे । २४ औं मिनेटमा लुम्विनीले आत्मघाती गोल गर्दा आर्मीले पहिलो हाफमा २–० को अग्रता बनायो । दोस्रो हाफमा थप दुई गोल गर्दै आर्मीले सहज जित निकालेको हो । खेलको ४७ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै अग्रता फराकिलो बनाए । ५० औं मिनेटमा लुम्बिनीका चेतन थारुले गोल गर्दै खेलमा फर्किने प्रयास गरेको थियो । तर बलियो आर्मी विरुद्ध लुम्विनीले खेलमा फर्कन गरेको प्रयास असफल रह्यो । आर्मीका नवयुग श्रेष्ठले ९२ औं मिनेटमा गोल गरे ।
कास्की । नवौं राष्ट्रिय खेलकुद अन्तरगत स्क्वास प्रतियोगिता भोलि (शनिबार) देखि सुरु हुने भएको छ । पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा भोलिदेखि स्क्वास प्रतियोगिता सुरु हुने नेपाल स्क्वास रर्याकेट्स एशोसिएसनका सदस्य तथा स्क्वास संयोजक लोकेन्द्रमान सिं भण्डारीले जानकारी दिए । उनका अनुसार बागमतीकी विपना ब्लोन र सोही प्रदेशकै स्वस्तानी श्रेष्ठ विहान ९ बजे उद्घाटन खेल खेल्नेछिन् । उक्त प्रतियोगितामा २ विभागीय र ५ प्रदेशगरि कुल ७ टोलीको सहभागिता रहेको भण्डारीले जानकारी दिए । उनका अनुसार महिलातर्फ बागमती प्रदेश, गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबको सहभागिता रहेको छ । भने पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, ससत्र प्रहरी बल एपिएफ, प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको सहभागिता रहेको छ । उनले महिलातर्फ खुला (ओपन) प्रतियोगिता हुने बताउदै पुरुषतर्फ खुला तथा टिम इभेण्टमा प्रतिस्पर्धा हुने बताए । ‘महिलातर्फ कम सहभागिता भएको कारण ओपन इभेन्टमात्रै हुन्छ, उनले भने, ‘पुरुषतर्फ भने ओपन र टिम दुवै इभेन्टमै प्रतिस्पर्धा हुनेछ ।’ भण्डारीका अनुसार आगामी ३ गतेसम्म सञ्चालन हुने स्क्वास प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । ‘स्क्वासको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले गर्ने प्रारम्भिक कुरा छ, उनले भने, ‘अहिल्यै चाँही फिक्स भइसकेको छैन । तर प्रतियोगिताको अरु सबै कुराको तयारी भइसकेको छ ।’ स्क्वास प्रतियोगिता संयोजक भण्डारीका अनुसार यसअघि सम्पन्न आठौं संस्करणको राष्ट्रिय खेलकुदमा पुरुषतर्फ गण्डकीका अमृत थापामगर र महिलातर्फ सोही प्रदशकै कृष्णा थापामगरले स्वर्ण पदक जितेकी थिइन् । स्वर्णपदकधारी द्वय थापामगर दिदी भाई हुन् ।