पोखरा:    हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो १६ औं स्थापना दिवस मनाउँदैछ ।    स्थापना दिवसको अवसरमा आयोजित सहकारी संचालकस्तरीय मैत्रीपूर्ण ...

पोखरा:    एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत भोलि बुधबार लिग चरणका ४ खेल हुने भएका छन् ।  टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा जारी उक्त प्रतियोगिताको पाँचौं दिन भोलि महिला र पुरुषतर्फ दुईदुई खेल हुने तालिका छ । पहिलो र दोस्रो खेल महिलातर्फको हुनेछ । पहिलो खेल प्रतियोगिताबाट बाहिरिसकेका ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्ड र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । प्रतिष्ठाका लागि हुने उक्त खेल बिहान पौने ९ बजेबाट सुरु हुनेछ । दोस्रो खेल बिहान पौने ११ बजे पहिलो क्वालिफायर खेल्ने टुंगो लागेका सशस्त्र प्रहरी बल एपिएफ र आयोजक टाइगर ग्रुप पोखराबिच हुनेछ । यो खेलले ‘जित्ने समूह’ को विजेता र उपविजेताको भने टुंगो लगाउनेछ । उक्त समूहबाट तेस्रो हुँदै पुलिस एलिमिनेटरमा प्रवेश गरिसकेको छ । भोलिको तेस्रो र चौथो खेल पुरुषतर्फको हुनेछ । तेस्रो खेलमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र सशस्त्र प्रहरी बल एपिएफबिच हुनेछ । उक्त खेल पौने १ बजे सुरु हुनेछ ।  भोलिको चौथो तथा अन्तिम खेल दिउँसो पौने ३ बजे भारतको सुनिल भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । यसअघि आइतबार स्थगित भएको गण्डकी प्रदेश र हेल्प नेपालबिचको खेल बिहीबार हुने आयोजकले जनाएको छ । आज भएको खेलमा पुरुषतर्फ आर्मीले पुलिस र गण्डकी प्रदेशले एपिएफलाई पराजित गरेको थियो । यस्तै महिलातर्फ आयोजक टाइगर ग्रुपले टिपटप न्यू डायमण्ड स्पोटर््स क्लब र पुलिसले आर्मीलाई पराजित गरेको थियो ।

पोखरा:   ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित बगर भाइखलकको आयोजनामा १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।   पोखरा महानगरपालिका १ बगरस्थित पुरानो टुंडिखेलमा आज (मंगलबार) देखि १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिता सुरु भएको हो ।   उद्घाटन खेलमा संगम भेट्रान्स विजयी बन्यो । लेकसाइडलाई १–० गोल अन्तरले पराजित गर्दै संगम दोस्रो चरणमा  प्रवेश गर्याे । संगमको जीतमा दिलिप कुमार गुरुङले निर्णायक गोल गरे । उनै दिलिप म्यान अफ द म्याच घोषित भए ।   यस्तै अर्काे खेलमा आयोजक भाइखलकले विष्णु पादुका हेमजालाई ३–० गोल अन्तरले हरायो ।      भाइखलकको जीतमा नरेश केसी र शशी राईले समान १÷१ गोलको योगादन दिए भने, १ गोल हेमजाका गोलरक्षक राजु श्रेष्ठले आत्मघाती गोल गरेका थिए । उक्त खेलबाट बगर भाइखलकका नरेश केसी म्यान अफ द म्याच बने । भोलि (बुधबार) पनि पहिलो चरणकै खेलहरु हुने भाइखलका अध्यक्ष इश्वरमान गुरुङले जानकारी दिए ।    उनका अनुसार प्रतियोगिताको तिन वटा विधामा (४० वर्ष उमेर पूरा भएको विधामा १९ टिम, ५० वर्ष उमेर समूहतर्फ १४ टिम र ६० वर्ष उमेर पूरा भएका ६ समूह) कुल ३९ टिमको सहभागिता रहेको छ ।    यसअघि उक्त प्रतियोगिताको उद्घाटन पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी मधुकर सिंह कार्कीले गरे ।      सो अवसरमा बोल्दै उनले खेलकुदले सबै उमेर समूहलाई एउटै सुत्रमा बाँध्ने धारणा राखे ।   उनले खेलकुदको माध्यमबाट चौतर्फी विकास हुने बताउदै बगर भाइखलको प्रतियोगिताले आगामी वर्षहरुमा पनि निरन्तरता पाउने विश्वास व्यक्त गरेका थिए । उपाधि राशी २ लाख   बगर भाइखलकका महासचिव मनकाजी गुरुङले ४० वर्ष उमेर समूहतर्फको विजेताले २ लाख उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताए ।   सो उमेर समूहको विधागततर्फ सर्वोकृष्ट खेलाडीलाई नगद १५ हजार, उत्कष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले नगद ५ र ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।    यस्तै ५० वर्ष उमेर समूहतर्फको  विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।   ६० वर्ष उमेर समूहतर्फको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।     प्रतियोगितामा भारतको देहरादुन, काठमाडौं, ललितपुर, चितवन, सिरहा, हेटौंडा, सर्लाही, बुटवल,सिमरा,कैलाली, झापा, बिर्तामोड र पोखराका स्थानीय टिमको सहभागिता रहेको छ ।    १३ औं संस्करणको प्रतियोगितामा ४० वर्ष उमेरसमूहतर्फ जोरपाटी भेट्रान्स काठमाडौं, ५० वर्ष उमेर समुहतर्फ संगम भेट्रान्स पोखरा र ६० वर्ष उमेर समूहतर्फ बगर भाइ खलकले उपाधि जितेको थियो ।   

पोखरा:    एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।  टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटले पराजित गरेको हो । पहिलो सेटमा २५–१३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २१–२५ ले पुलिसलाई सुम्पिएको थियो । तेस्रो सेट र चौथो सेटमा पुनरागमन गर्दै आर्मीले खेल आफ्नो पोल्टामा पा¥यो । आर्मीले तेस्रो सेट २५–१५ र चौथो सेट २५–२२ ले जित हासिल ग¥यो ।  ‘जित्ने समूह’ अब आर्मीले भोलि भारतको सुनिल भलिबल क्लबसँग प्रतिष्पर्धा गर्नेछ । यो समूहबाट शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । तेस्रो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ । महिलातर्फ भने पहिलो क्वालिफायर खेल्ने टोलीको टुंगो लागेको छ । एक खेलअगावै आयोजक टोली र एपिएफले पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको हो ।  पुलिस र न्यू डायमण्डले एलिमिनेटर खेल्नेछन् । पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजयी हुने टोलीले फाइलन प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।

पोखरा:    टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई हराउँदै आयोजक टोली एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ क्वालिफायरमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज भएको खेलमा आयोजक टोलीले न्यू डायमण्डलाई ३–० को सोझो सेटमा पराजित हो ।  योसँगै महिला टोलीतर्फ ‘जित्ने समूह’ बाट आयोजक टोली र सशस्त्र प्रहरी बल एपिएफ शीर्ष दुई स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको छ । पहिलो र दोस्रो स्थानको टुंगो भने लिगको अन्तिम खेलबाट लाग्नेछ । लिग चरणको एक खेल अगावै आयोजक टोलीले ३–३ अंक जोड्दै पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको हो । उक्त समूहबाट दुवै खेलमा पराजित भएको न्यू डायमण्डले ‘हार्ने समूह’ बाट शीर्ष स्थानमा रहेको नेपाल पुलिस क्लबसँग एलिमिनेटरमा प्रतिष्पर्धा गर्नेछ । आजै भएको पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटले पराजित गरेको थियो । अहिले पुरुषतर्फको गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल एपिएफबिच खेल जारी छ । त्यसपछि पुरुषतर्फ नै नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ ।

पोखरा:   मुस्ताङ फेमेलीले स्वर्गीय भिमप्रसाद गौचनको स्मृतिमा पहिलो संस्करणको ‘मुस्ताङ कप खुला फाइभ ए साइड फुटसल’ प्रतियोगिताको आयोजना गर्ने भएको छ ।   पोखराका ११ स्थित रानीपौवा स्पोटस् सेन्टरमा आगामी ३ गते स्वर्गीय भिमप्रसादको सम्झनामा फुटसल प्रतियोगिता अयोजना गर्ने संयोजक टाँसी गुरुङले जानकारी दिए ।   उनका अनुसार उक्त प्रतियोगितामा मुस्ताङ भित्रका स्थायी बासिन्दाले मात्र खेल्न पाउनेछन् ।    संयोजक गुरुङले आपसी भाइचारको सम्बन्धलाई सुमधुर बनाउने र स्थानीय खेलाडीलाई प्रोत्सहान गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको बताए ।   उनले आगामी वर्षपनि उक्त प्रतियोगितालाई निरन्तरता दिने जानकारी दिए ।   सो प्रतियोगिताको विजेताले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले  नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।   यस्तै विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई नगदसहित आकर्षक पुरस्कारको व्यवस्था रहेको छ ।   सो प्रतियोगिताको मुख्य प्रायोजन स्व. भिमप्रसाद गौचनको जापानमा कार्यरत छोरा बुद्धि गौचन र जित गौचनले गरेका छन् ।   प्रतियोगिता सहभागिता जनाउनका लागि टिम दर्ता शुल्क ४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।   टिम दर्ता फोनमार्फत (९८१६१९३४५३, ९८६७६४४४६०, ९८०२८५०७७८) पनि गर्न सकिने अयोजकले जनाएको छ ।  

पोखरा:     त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ इलिमिनेटरमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार बिहान भएको खेलमा आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस महिलातर्फको इलिमिनेटरमा प्रवेश गरेको हो ।  पुलिसले पहिलो सेट २५–१८, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पो¥यो । दोस्रो सेटमा १६–१० को आर्मीको अग्रतालाई उल्टाउँदै पुलिसले जित निकालेको थियो । अन्य सेटमा भने पुलिसले सहज जित निकाल्यो । ‘हार्ने समूह’ बाट ६ अंक जोडेर शीर्ष स्थानमा रहँदै पुलिस इलिमिनेटरमा प्रवेश गरेका हुन् । पुुलिसले यसअघि ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३–१ को सेटले हराएको थियो । आर्मी र ट्राभल इन्क्वारी एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएका छन् । ‘हार्ने समूह’बाट अंकविहीन रहेका आर्मी र ट्राभल इन्क्वारीले खेल्नेछन् । पुलिसले अब ‘जित्ने समूह’ बाट तेस्रो स्थानमा रहने टोलीसँग इलिमिनेटर खेल्नेछ । ‘जित्ने समूह’ मा आयोजक टाइगर ग्रुप, सशस्त्र प्रहरी बल एपिएफ र टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लब छन् । अहिले ‘जित्ने समूह’ बाट महिलातर्फ टिपटप न्यू डायमण्ड स्पोर्टस क्लब र आयोजक टाइगर ग्रुपबिच प्रतिस्पर्धा भइरहेको छ । त्यसपछि पुरुषतर्फको पहिलो खेल गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल एपिएफबिच पौने १ बजेबाट सुरु हुनेछ । पुरुषतर्फको दोस्रो खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ ।

पोखरा:    एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशबिचको खेल स्थगित भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा खराब प्रकाशका कारण उक्त खेल स्थगित गरिएको हो । हेल्प नेपालले पहिलो सेट २५–२२ र दोस्रो सेट २७–२५ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा पुनरागमन गर्दै गण्डकीले २७–२५ को जित निकालेको थियो । त्यसपछि खेल स्थगित गरिएको हो । ‘हार्ने समूह’ समूहबाट शीर्ष स्थानमा रहने टोली इलिमिनेटर खेल्नेछ । उक्त समूहमा गण्डकी, हेल्प नेपाल र सशस्त्र प्रहरी बल एपिएफ क्लब छन् । यीमध्ये एक टोलीले मात्र इलिमिनेट खेल्नेछन् । दुई टोली भने प्रतियोगिताबाट बाहिरिनेछन् । यसअघि भएको खेलमा महिलातर्फ एपिएफ जित निकाल्दा पुलिसले दोहोरो जित निकालेको थियो । महिलातर्फ एपिएफले टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।  महिलातर्फ नै पुलिसले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३–१ को सेटले हराएको थियो । पुरुषतर्फ पुलिसले भारतको सुनिल क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।

पोखरा:   एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लबले भारतको सुनिल भलिबल क्लबमाथि शानदार जित दर्ता गराएको छ ।  पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा पुलिसले भारतको सुनिल क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो । पुलिसले पहिलो सेट २५–१० र दोस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको थियो । ती दुई सेटमा भारतको सुनिल क्लबमाथि पुलिस हाबी बनेको थियो । तेस्रो सेटमा पुनरागमन गर्दै सुनिल क्लबले २५–२२ को जित दर्ता ग¥यो । तर, प्रतिस्पर्धात्मक भएको चौथो सेटमा २५–२२ ले जित हासिल गर्दै पुलिसले दोस्रो जित दर्ता ग¥यो । सुनिल क्लबले भने पहिलो हार चाखेको छ । यसअघि भएका महिलातर्फको खेलमा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल एपिएफ विजयी भएका थिए । पुलिसले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३–१ र एपिएफले टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।  टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।

पोखरा:    एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ सशस्त्र प्रहरी बल एपिएफले टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज भएको पहिलो खेलमा ‘जित्ने समूह’ अन्तर्गत एपिएफले न्यू डायमन्डलाई सोझो सेटमा पराजित गरेको हो ।  एपिएफले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–२१ को जित निकाल्न सफल भयो । एपिएफकी निरुता ठगुन्ना टाइगर अफ द म्याच घोषित भइन् । खेलको बेष्ट स्पाइकर न्यू डायमण्डकी सलिना बुढामगर बनिन् ।  ‘जित्ने समूह’ मा एपिएफ, न्यू डायमण्डसहित आयोजक टोली छन् । अब महिलातर्फ ‘हार्ने समूह’ बाट ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुनेछ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।