पोखरा:   हेमजा यूनाइटेडले “युवा एकता र विकासका लागि खेलकुद”भन्ने मूल नारासहित (३५ वर्ष भन्दा माथि) गत १० गतेदेखि आयोजना गरेको वडास्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि वडा १ र वडा...

काठमाडौं:    नेपाली महिला राष्ट्रिय खोखो टोलीले युगान्डालाई पराजित गर्दै विश्वकप प्रतियोगिताको फाइनलमा पुगेको छ । नेपालले सहभागिता जनाउने खेलअन्तर्गत विश्वकपको फाइनलमा पुगेको यो पहिलो ऐतिहासिक सफलता हो ।       भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्थी इन्डोर खेल मैदानमा आज भएको सेमिफाइनल खेलमा नेपालले युगान्डालाई ८९–१८ ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । नेपालको महिला टोली अपराजित रहँदै फाइनल पुगेको हो ।       महिलातर्फ समूह ‘सी’मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले, तेस्रो खेलमा श्रीलङ्कालाई ११०–१० ले र चौथो खेलमा बङ्गलादेशलाई ८४–२४ ले पराजित गरेको थियो । यसैगरी क्वाटरफाइनल खेलमा नेपालले इरानलाई १०३–८ अङ्कको अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको थियो ।

काठमाडौं:    आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा नेपाल नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको छ ।  मलेसियाको बाङ्गीमा रहेको युकेएम ओभल क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले दिएको ५३ रनको विजयी लक्ष्य बङ्गलादेश १३ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा ग¥यो ।  बङ्गलादेशका लागि सादिया इस्लामले २४ बलमा एक चौकाको सहयोगमा १६ रन बनाइन् । सुमैया अत्तरले १२ र अफिया अशिमा इराले नौ रन जोडिन ।   बलिङतर्फ नेपालकी रचना चौधरी, रिया शर्मा, सिमना केसी र पूजा महतोले समान एक/एक विकेट लिए ।   टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ५२ रन बनाएको थियो । नेपालका लागि ओपनर साना प्रविनले ३२ बलमा १९ रन बनाइन् । त्यस्तै सिमाना केसीले १० रनको योगदान दिइन् । अन्य नेपाली ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कप्तान पूजा महतो दुई रनमा आउट भइन भने अलिशा यादवले चार रन बनाइन । यसैगरी तिर्सना विक र रचना चौधरीले समान तीनरतीन रन बनाउँदा  रिया शर्मा पाँच रनमा नटआउट रहिन् । बङ्गलादेशका लागि जनाथन माओलाले दुई विकेट लिइन भने अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान एक÷एक विकेट लिए ।  नेपालले आफ्नो दोस्रो खेल यही माघ ७ गते स्कटल्यान्डसँग खेल्नेछ ।  प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपाललाई सुपर–६ मा पुग्न कम्ती एउटा खेल जित्नुपर्छ । समूहमा नेपालसँगै बङ्गलादेश, स्कटल्याण्ड र अस्ट्रेलिया छन् ।  आजै भएको सोही समूहको पहिलो खेलमा अस्ट्रेलियाले स्कटल्याण्डलाई ९ विकेटले पराजित गरेको छ ।

काठमाडौं:   आइसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरूद्धको खेलमा नेपालले टस हारेको छ ।  मलेसियामा आजदेखि सुरु भएको प्रतियोगितमा बङ्गदलादेशकी कप्तान सुमैया अक्तरले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिइन ।       विश्वकपमा पहिलो पटक सहभागिताको मौका पाएको नेपालले आज बङ्गलादेशलाई पराजित गर्दै प्रतियोगिताको सुखद् सुरुआत गर्ने लक्ष्यमा छ ।  नेपाली युवा टोलीमा कप्तान पूजा महतासँगै सोनी पाख्रिन, किरनकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृसना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत छन् । 

काठमाडौं:    मलेसियामा आयोजना हुने आइसिसी यु–१९ महिला विश्वकप क्रिकेटमा नेपालले बङ्गलादेशको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ ।      पहिलो पटक विश्वकपमा सहभागिता जनाएको नेपालले बङ्गलादेश विरुद्ध जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्य लिएको छ । उक्त खेल  नेपाली समयअनुसार शनिबार दिउँसो १२ः१५ बजेदेखि सुरु हुनेछ ।       गत वर्षको नोभेम्बरमा युनाइटेड अरब इमिरेट्स ९युएई०मा भएको विश्वकपका लागि एसियाली छनोट खेल भएको थियो । उक्त खेलमा नेपाल विश्वकपका लागि छनोट भएको हो । त्यतिबेला नेपाल पहिलो खेलमा युएईसँग पराजित भएको थियो भने अन्तिम खेलमा नेपालले युएईलाई पराजित गर्दै विश्वकपमा स्थान बनाएको थियो ।      विश्वकप छनोटसँगै पहिलो पटक आयोजना हुन लागेको यु–१९ महिला एसिया कपमासमेत नेपाल सहभागी हुने अवसर पाएको हो । विश्वकपमा विभिन्न १६ राष्ट्रको सहभागिता रहेको छ । जसलाई चार समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा नेपाल समूह ‘डी’ मा परेको छ ।       नेपालको समूहमा स्कटल्यान्ड, बङ्गलादेश र अस्ट्रेलिया छन् । नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्यान्डसँग खेल्नछ भने तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।      यसैगरी प्रतियोगिताको समूह ‘ए’ मा आयोजक मलेसियासहित साविक विजेता भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् । त्यस्तै समूह ‘बी’ मा इग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छ्न । समूह ‘सि’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन् ।       प्रत्येक समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गनेछन् । सुपर सिक्समा समान छ देशको दुई समूह हुनेछ । सुपर सिक्समा स्थान बनाएमा नेपालले भारत, श्रीलङ्का तथा वेस्ट इण्डिजसँग खेल्न पाउने सम्भावना रहनेछ । सुपर सिक्सका दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।       नेपाली टोलिमा कप्तान पूजा महतोसँगै सोनी पाख्रिन, किरनकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा र सावित्रा धामी छन् । त्यस्तै तृषना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत छन् ।

काठमाडौं:    काठमाडु माभरिक्सले पोखरा लेकर्सलाई पराजित गर्दै  नेपाल कबड्डी लिग (एनकेएल)मा विजयी सुरूआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज साँझ सम्पन्न उद्घाटन खेलमा काठमाडुले पोखरा लेकर्सलाई ४२–४१ ले पराजित गर्दै विजयी भएको हो । जितसँगै काठमाडुले पाँच अङ्क जोडेको छ । त्यस्तै पराजित पोखराले एक अङ्क प्राप्त गर्यो । एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित उक्त प्रतियोगितामा छ सहरका छ टिम सहभागी छन् । जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडु  माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्स छन् । उक्त प्रतियोगिताअन्तर्गत भोलि दुई खेल हुनेछ । बेलुका ५ः३० बजे हुने पहिलो खेलमा विराटनगर ब्यान्डिट्स र धनगढी वाइल्डक्याट्सबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै ६ः३० बजे हुने दोस्रो खेलमा हिमालयन रेइडर्स (बुटवल) र जनकपुर नाइट्स आमनेसामने हुनेछन् ।

पोखरा:   खेलकुद विकास मञ्च पोखराको आयोजनामा दोस्रो संस्करणको एमेचर फुटसल प्रतियोगिता हुने भएको छ ।  ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद, सम्बन्धको लागि खेलकुद’ भन्ने मुल नाराका सा  थ मञ्चले दोस्रो संस्करणको ‘याम (राम) बहादुर थापा स्मृति दोस्रो ६ ए साइड एमेचर फुटसल प्रतियोगिताको आयोजना हुन लागेको हो ।  पोखरा महानगरपालिका वडा नम्बर १८ बाट प्रतिभावान खेलाडीहरुको विकास गर्ने मञ्चको उदेश्य रहेको छ ।  पैयुम स्पोट्र्स सेन्टर हस्पिटलचोकमा माघ १० र ११ गते हुने प्रतियोगितामा ३० भन्दा बढी टिमको सहभागिता हुने मञ्चका अध्यक्ष विक्रम थापा (म्याक्सवेल) ले जानकारी दिए ।  उनका अनुसार प्रतियोगिताको विजेतालाई नगद ६० हजार रुपैयाँको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।  दोस्रो हुने टिमलाई ३० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष थापाले जानकारी दिए । यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई ट्रफी प्रदान गरिनेछ ।

काठमाडौं:    विभागीय टोली नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि जतेको छ ।      वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आज भएको फाइनलमा पुलिसले आर्मीलाई २८ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो ।  पुलिसले दिएको एक सय तीन रनको लक्ष्य पछ्याएको आर्मी तेस्रो दिनको दोस्रो सेसनमा २९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ७४ रनमा समेटियो ।       आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन बनाउँदा सोमपाल कामी र विनोद भण्डारीले समान ११÷११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । पुलिसका सागर ढकालले छ तथा ललित राजवंशीले चार विकेट लिए ।       दोस्रो इनिङमा पुलिस एक सय ३९ रनमा अलआउट भएपछि आर्मीले एक सय तीन रनको लक्ष्य पाएको थियो । नौ विकेटको क्षतिमा एक सय ३२ रनबाट पुलिसले तेस्रो दिनको खेल सुरु गरेको थियो ।  थप सात रन जोड्दा अन्तिम विकेट गुमाएपछि दोस्रो इनिङमा पुलिसले एकसय दुई रनको अग्रता बनायो । अन्तिम विकेटका रुपमा बसिर अहमदले ललितलाई आउट गरे । सागर ढकाल छ रनमा नटआउट रहे ।      पुलिसका लागि ओपनर कुशल भुर्तेलले ४५, दिलीप नाथ ३४, राशिद खान १८, ओपनर अमित श्रेष्ठले १३ रन बनाएका थिए । त्यसबाहेक पुलिसका अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।       आर्मीका बसिर र साहब आलमले समान पाँच÷पाँच विकेट लिए । पहिलो इनिङमा पुलिसले नौ विकेटको क्षतिमा एक सय ३३ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो भने आर्मीले एक सय ७० रन बनाएको थियो । आर्मीका लागि पहिलो इनिङमा भीम सार्कीले सर्वाधिक ५८ रन जोडेका थिए । उनले ५५ बलमा छ चौका र तीन छक्का प्रहार गरेका थिए । बसिरले ४०, सोमपालले ३२ तथा कप्तान विनोदले १४ रन बनाए ।      पुलिसका लागि सागरले पहिलो इनिङमा पनि पाँच विकेट लिएका थिए । कुशल भुर्तेलले तीन तथा ललित र गुलशन झाले समान एक विकेट लिएका थिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले पहिलो इनिङमा नौ विकेट गुमाएर एक सय ३३ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो । पुलिसका लागि ओपनर कुशलले सर्वाधिक ५१ रन बनाएका थिए । अर्जुन साउदले २८, अमितले २० र राशिदले १० रन बनाएका छन् ।      आर्मीका साहब आलमले सात, सोमपाल र बसिर अहमदले समान एक विकेट लिएका थिए । 

पोखरा वडा नं. १५ मा बृहत् खेलकुद महोत्सव बुधबारदेखि सुरु भएको छ। पोखरा महानगरपालिका वडा नं –१५ द्वारा आयोजित वडास्तरीय चार दिने बृहत् खेलकुद महोत्सव बन विज्ञान क्याम्पसको खेल मैदानमा सुरु भएको हो । यो तेस्रो खेल महोत्सव हो । वडावासीहरूको व्यापक सहभागिताका बीच महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खेलकुदले सम्पूर्णलाई राष्ट्रिय एकतामा ल्याउन मद्दत गर्ने बताए ।   अन्य विषयहरूमा मतभेद रहेपनि, फरक विचार रहेपनि खेलकुदले एकै नियममा बाँध्ने भन्दै मेयर आचार्यले खेलकुदले व्यक्तिगत स्वास्थ्य सँगसँगै समाजलाई पनि सकारात्मक ऊर्जा प्रदान गर्ने बताए ।   पोखराका वडाहरूमध्येमा खेलकुद क्षेत्रमा १५ नम्वर वडाले गरेको नेतृत्व प्रशंसनीय रहेको बताउँदै मेयर आचार्यले सबै उमेर समूहका वडाबासीलाई खेलकुद मार्फत् एकै ठाउँमा ल्याई नमूना कार्य गरेकोमा वडाअध्यक्ष तोरण बहादुर बानियाँ र खेल संयोजक एवं वडा सदस्य आशिष भण्डारीलाई धन्यवाद दिए।   पोखरा वडा नं. ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले खेलकुद स्थलको अभावले आफूले यस्ता कार्यक्रमहरू गर्न नसकेपनि वडा नं. १५ सँग सहकार्यमा अघि बढ्न सक्ने बताउँदै आफूले हरतरहले साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । आयोजक वडाका अध्यक्ष तोरण बहादुर बानियाँले खेलकुद महोत्सवले यहाँस्थित आमा समूह, टोल विकास संस्था र युवा क्लबहरू बीचमा आपसी सहयोग, चिनजान तथा भाइचाराको विकास गरेकाले यसलाई निरन्तरता दिइएको बताए । वडाका नागरिक स्वस्थ भए घरको वातावरण स्वस्थ हुने र स्वस्थ नागरिकले समाज र राष्ट्रका लागि योगदान दिन सक्ने बताए।   बानियाँले विकास सँगसँगै शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुदको आवश्यकता पर्छ भन्ने उद्देश्यले यस महोत्सवलाई निरन्तरता दिइएको र योगामार्फत् वडाबासीलाई स्वस्थ बनाउन टोल टोलमा योग प्रशिक्षक उत्पादन र कक्षा सञ्चालनमा लागिपरेको बताए ।   यस्तै, वडा सदस्य तथा महोत्सव संयोजक आशिष भण्डारीले खेलकुद कार्यक्रम महोत्सवले वडावासी नागरिकमा सामाजिक सद्भावका साथै भावनात्मक एकतालाई प्रगाढ बनाउने विश्वास व्यक्त गरे। उनले स्वास्थ्य सँगसँगै खेलकुद कार्यक्रमले खेलाडीहरू उत्पादन गर्ने र यहाँबाट उत्पादन भएका खेलाडीहरू महानगर, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म पुगुन् भन्ने आफूहरूको लक्ष्य रहेको बताए।   वडा कार्यालयदेखि खेलस्थल वन विज्ञान क्याम्पसको चौरसम्म नेपाल प्रहरीको ब्याण्डबाजासहित वडा स्थित आमा समूह, विद्यार्थी, युवाहरूले र्‍याली निकालेका थिए । र्‍यालीमा जनजागृति महिला समूह र नेपाल भारत मैत्री विद्यालय उत्कृष्ट बन्दै पुरस्कृत भए । समारोहमा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।   कार्यक्रममा बन विज्ञान क्याम्पसका प्रमुख विनोद हेजु, आईएनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण अधिकारी, हिमालयन लाइफ नेपालका अध्यक्ष बुद्धिबल रम्तेल, राइट फर चिल्ड्रेनका परियोजना प्रबन्धक सन्तोष गुरूङले पनि बोलेका थिए ।   वडा अध्यक्ष तोरण बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा महोत्सव संयोजक आशिष भण्डारीले स्वागत र वडा सचिव युवराज पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।   पहिलो दिन फुटबल, भलिबल र ब्याडमिन्टनका खेल   खेलकुद महोत्सवको पहिलो दिन फुटबल, भलिबल र ब्याडमिन्टनका खेलहरु सुरु भएका छन् ।   पुरुष फुटवल तर्फ तल्लो सिमलबोट टोल विकास संस्था र गलेश्वर युवा क्लब बीचको खेलमा गलेश्वर युवा क्लब ४ –० ले बिजयी भएको छ । तल्लो नयाँ गाउँ र अलकापुर टोल विकास संस्था बीचको खेलमा अलकापुर १–० ले विजयी बन्यो ।   विद्यालय फुटबलमा भ्यू प्वाइन्ट सेकेण्डरी र वेलनन एकेडेमी बीचको खेलमा वेलनन १ –० ले बिजयी बन्यो भने सिद्ध मावि र एस ओ एस हर्मन माइनर विद्यालय बीचको खेलमा एसओएस १–० ले बिजयी बन्यो ।   पुरुष भलिबलतर्फ गरिमा टोल र तल्लो नयाँ गाउँ तर्फको खेलमा तल्लो नयाँ गाउँ विजयी बन्दा आदर्श टोल विकास संस्थाले सुनगाभा टोल विकास संस्थालाई हरायो ।     चन्द्र सूर्य क्लब र स्यानी मजुवा टोल विकास संस्था बीचको खेलमा चन्द्र सूर्य क्लब विजयी बन्यो भने अलकापुर टोल विकास संस्था र गलेश्वर युवा क्लब बीचको खेलमा गलेश्वर युवा क्लबले जीत हाँसिल गर्न सफल भयो ।   महिला भलिबलतर्फ जनजागृति महिला समूह र अलकापुर महिला समूह बीचको खेलमा जनजागृति महिला समूह विजयी बन्यो ।   ब्याडमिन्टन महिला डबल तर्फ बेलबोट आमा समूह र जागृती आमा समूह बीचको खेलमा बेलबोट आमा समूह विजयी, एकता र अलकापुर आमा समूहबीच एकता आमा समूह विजयी र सिद्धेश्वर मातृ शक्ति समूह र ठूली मजुवा आमा समूह बीचको खेलमा ठूली मजुवा विजयी भयो ।   ब्याडमिन्टन महिला सिङ्गलमा मितेरी आमा समूह र एकता महिला समूह बीचको खेलमा मितेरी आमा समूह, स्यानीपाटन र संगम टोल महिला समूह बीचको खेलमा स्यानीपाटन महिला समूह विजयी भयो, आदर्श आमा समूह र लक्ष्मी टोल आमा समूह बीचको खेलमा आदर्श आमा समूह विजयी भयो ।

पोखरा:  माघ दोस्रो सातादेखि शुरु हुने पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि गण्डकी प्रदेशले ३ विदेशी खेलाडी अनुबन्ध गरेको छ ।   फाहिमसहित केन्याका निकोशल मातुयी र कंगोका यानिक सेशालाई गण्डकीले टोलीमा अनुबन्ध गरेको हो ।   गण्डकीले टाइगर कपका लागि पुरुषतर्फ ट्युनिसियाका फाहिम मिलाडीसहित ३ खेलाडीलाई टिममा अनुबन्ध गरेको प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङले जानकारी दिए ।   अन्य खेलाडीको हकमा भने छलफल गरेर घोषणा गर्ने अध्यक्ष गुरुङले बताए । गण्डकी अघिल्लो संस्करणको उपविजेता टोली पनि हो । यसपटक भने, गण्डकीले महिला टोलीलाई सहभागी बनाएको छैन।   पाँचौं टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा ६-६ टोलीले सहभागिता जनाउँदै छन् ।   माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा सञ्चालन हुने चल्ने प्रतियोगिताको विजेताले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ ।   टाइगर ग्रुप अफ पोखरा नेपालका आयोजनामा हुन लागेको प्रतियोगिताको उपविजेताले २ लाख ८५ हजार ५५५ र तेस्रो हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।   प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।