पोखरा: टिपटप हेल्प नेपाल स्पोटर््स क्लबलाई हराउँदै गण्डकी प्रदेश पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ एलिमिनेटरमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा हेल्प नेपाललाई ३–१ सेटले पराजित गर्दै गण्डकी एलिमिनेटरमा प्रवेश गरेको हो । पहिलो सेट २१–२५ ले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै जित हासिल गर्याे । गण्डकीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–२२ र चौथो सेट २६–२४ ले आफ्नो पक्षमा पार्याे । यो जितसँगै गण्डकी ‘हार्ने समूह’बाट ६ अंक प्राप्त गरेर शीर्ष स्थानमा रहँदै एलिमिनेटरमा प्रवेश गरेको छ । हेल्प नेपाल २ र एपिएफ एक अंक प्राप्त गर्दै प्रतियोगिताबाट बाहिरिएको छ । गण्डकीले अब शुक्रबार ‘जित्ने समूह’बाट तेस्रो स्थानमा रहेको भारतको सुनिल भलिबल क्लबसँग एलिमिनेटर खेल्नेछ । यसअघि भएको खेलमा ‘जित्ने समूह’ मा भारतको सुनिल भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले पहिलो क्वालिफायर खेल्ने पक्का गरेको थियो । पहिलो क्वालिफायरमा आर्मीले पुलिससँग खेल्नेछ । यस्तै आज बिहान भएको खेलमा महिलातर्फ नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लब दोस्रो क्वालिफायरमा प्रवेश गरेको थियो । न्यू डायमण्डले अब फाइनल प्रवेशका लागि सशस्त्र प्रहरी बल एपिएफ र आयोजक टाइगर ग्रुपबिचको खेलमा पराजित हुने टोलीसँग प्रतिष्पर्धा गर्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ ।
पोखरा: नेपाल पुलिस क्लबलाई पराजित गर्दै टिपटप न्यू डायमण्ड स्पोटर््स क्लब पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार बिहान भएको एलिमिनेटर खेलमा न्यू डायमण्डले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । न्यू डायमन्डले पहिलो सेट २५–२२, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पा¥यो । यसअघि न्यू डायमण्डले लिग चरणमा पनि पुलिसलाई पराजित गरेको थियो । पुलिस ‘हार्ने समूह’ बाट शीर्ष स्थान र न्यू डायमण्ड ‘जित्ने समूह’ बाट तेस्रो स्थानमा रहँदै एलिमिनेटरमा प्रवेश गरेका थिए । न्यू डायमण्डले अब फाइनल प्रवेशका लागि सशस्त्र प्रहरी बल एपिएफ र आयोजक टाइगर ग्रुपबिचको खेलमा पराजित हुने टोलीसँग प्रतिष्पर्धा गर्नेछ । अब आजको दोस्रो खेल त्रिभुवन आर्मी क्लब र भारतको सुनिल भलिबल क्लबको बिचको खेल सुरु हुनेछ । उक्त खेल समय अभावका कारण बुधबार स्थगित भएको थियो । यो खेलको क्वालिफायर खेल्ने र एलिमिनेटर खेल्ने टोलीको टुंगो लगाउनेछ । आजको तेस्रो खेल गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबबिच हुनेछ । उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ । उक्त खेलको विजेताले एलिमिनेटर खेल्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ ।
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनौट खेल शुरु भएको छ । प्रतियोगिताको कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाले उद्घाटन गरे । प्रतियोगितामा डिफेन्डिङ च्याम्यिन त्रिवेणी पब्लिक सेकेन्डरी स्कुल लेखनाथले विजयी शुरुवात गरेको छ । त्रिवेणीले ज्ञान सागर एकेडेमी हेम्जालाई ४–१ को गोल अन्तरले हरायो । उद्घाटन खेलमा मदरल्याण सेकेण्डरी स्कुलले सृजना सेकेन्डरी स्कुललाई ३–२ गोल अन्तरले हरायो । प्रतियोगिताको पहिलो खेलमा सोसल पब्लिकलाई ६–३ गोलको अन्तरले हराउदै शिसुनिकेतन सेकेन्डरी स्कुल दोस्रो चरणमा प्रबेश गरेको छ । अर्को खेलमा व्यलडन एकेडेमी र बिएमजि सेकेन्डरी स्कुलले निधारी समयमा दुई÷दुई गोलको बराबरी खेलेपछि खेलको निर्णय ट्राइब्रेकरबाट भयो । ट्राइबे्रकरमा बिएमजिले १–० गोलले हरायो । लिटिल स्टेप सेकेन्डरी स्कुलले र बालोदय इङलिस बोडिङ स्कुललाई ४–१ गोलले हराउँदा माउन्ट अन्नपुर्ण सेकेन्डरी स्कुल डाइमण्ड सेकेन्डरी स्कुल सगँ २–३ गोल अन्तरले हार्न पुग्यो । त्यसै गरी सगरमाथा सेकेन्डरी स्कुलले लिटिल फ्लावर एजुकेसन एकेडेमीलाई ५–१ गोलको फराकिलो अन्तरले हरायो । हिल प्वाइन्ट सेकेन्डरी स्कुलले पनि न्युलाइट इङलिस बोडिङ स्कुललाई ५–० गोलको फराकिलो अन्तरले हरायो । अर्को खेलमा गुरुकुल विद्यासदनले पश्चिमाञ्चल सेकेन्डरी स्कुललाई ३–०, न्युग्यालेक्सी इङलिस सेकेन्डरी स्कुलले प्रतिभा सेकेन्डरी स्कुललाई ५–२ गोल अन्तरले हरायो । त्यसै गरी जुनियर सिटिजन एकेडेमीले बालकल्याण सेकेन्डरी स्कुललाई ५–०, अक्फोड स्कुलले करुणानिधि एजुकेसन एकेडेमी स्कुललाई १–० र पोखरा युनाइटेड एकेडेमीले पोखरा आर्दश सेकेन्डरी स्कुललाई ४–३ गोल अन्तरले हरायो । प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बानिया पछिल्लो समय बालबालिका मोवाइलमा रमाउने हुदाँ यस्ता प्रतियोगिताले उनीहरुका लत हटाउन सहयोगी हुने बताए । उनले पुर्वाधारको विकास गरेर मात्रै विकास नहुने भन्दै मानवीय विकास आवश्यक रहेको बताए । उनले नागरीकको सबै भन्दा ठुलो धन भनेको स्वास्थ्य रहेको भन्दै स्वस्थ रहनका लागि खेल आवश्यक रहेको बताए । हिसान गण्डकीका अध्यक्ष डा रामजी शर्मा कास्की छनौट प्रतियोगितामा ३१ विद्यालय सहभागीता जनाएको प्रतियोगिताबाट गण्डकी प्रदेशका लागि १० टिम छनौट हुने बताए । प्रतियोगितामा कास्कीबाट १०, नवलपुरबाट २, स्याङजाबाट १, पर्वत, बाग्लुङ र म्याग्दीबाट १, तनहुँ, लम्जुङ र गोरखाबाट १ गरी १६ टिमले प्रदेश स्तरीय प्रतियोगिता खेल्ने छन् । हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाउन पाउने छन् । प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्बलले गर्दै आएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने हिसान कास्कीका अध्यक्ष दिवाकर जैसिले जानकारी दिए । सविन मेमोरियल क्बल राष्ट्रिय फुटसल लिगको ए डिभिजन क्लब हो । हिसान फुटसल प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न प्रतियोगिता गरिएको सविन मेमोरियल क्लबका अध्यक्ष सञ्जय लिगले बताए । गण्डकी प्रदेशका लागि कास्की छनौट प्रतियोगिता माघ १९ गते सम्म सञ्चालन हुने छ ।
पोखरा: एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत बिहीबार पुरुषतर्फ दुई र महिलातर्फ एक खेल हुने भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार यसअघि स्थगित भएका पुरुषतर्फ लिग चरणका दुई खेल र महिलातर्फ एलिमिनेटर खेल हुनेछ । पहिलो खेल महिलातर्फको खेल बिहान ९ बजेबाट सुरु हुनेछ । उक्त खेल नेपाल पुलिस क्लब र टिपटप न्यू डायमण्डबिच हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । उक्त खेलको विजेता एपिएफ र आयोजक टोलीमध्ये पराजित हुने टोलीसँग फाइलन प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नेछ । पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिने छ । भोलिको दोस्रो र तेस्रो खेल पुरुषतर्फको हुनेछ । बिहान ११ बजेबाट त्रिभुवन आर्मी क्लब र भारतको सुनिल भलिबल क्लबको बिचको खेल सुरु हुने तालिका छ । उक्त खेल समय अभावका कारण बुधबार स्थगित भएको थियो । यो खेलको क्वालिफायर खेल्ने र एलिमिनेटर खेल्ने टोलीको टुंगो लगाउनेछ । भोलिको तेस्रो खेल गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबबिच हुनेछ । उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ । उक्त खेलको विजेताले एलिमिनेटर खेल्नेछ । दुवै खेल समय अभावका लागि पछि सरेसँगै प्रतियोगिता एक दिन लम्बिने भएको छ । यसअघि १९ गतेसम्म तय गरिएको उक्त प्रतियोगिता २० गतेसम्म चल्ने प्रतियोगिता संयोजक ज्ञवालीले जानकारी दिए ।
पोखरा: ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा जारी प्रतियोगितामा आज ६ खेल सम्पन्न भएका छन् । बगर भाइखलकको आयोजनामा जारी १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगितामा आज पहिलो चरण अन्तर्गतकै खेल भएका हुन् । पोखरा महानगरपालिका १ बगरस्थित पुरानो टुंडिखेलमा आज (बुधबार) भएको पहिलो खेलमा बिबिसी काठमाडौंको अनुपस्थितिमा ताकामी काठमाडौंले वाक ओभरमार्फत विजयी बन्यो । यस्तै दोस्रो खेलमा चितवन भेट्रान्स र सुनाखरी भेट्रान्स ललितपुर बीच भएको खेलमा चितवनका एक खेलाडीको निर्धारित उमेर कम (४० वर्ष मुनीका) खेलाडी खेलाएका प्रोटेस्टको आधारमा ललितपुर विजयी बन्यो । तेस्रो खेलमा गार्डेन एफसी पोखराले एनजेजेभिसी सिमरालाई २–० गोल अन्तरले पराजित गर्याे । यस्तै चौंथो खेलमा चियापप ठमेलको अनुपस्थितिमा ब्रदर्शहुड काठमाडौं वाकओभरमार्फत विजयी बन्यो । पाँचौ खेलमा फ्रिडम फाइटरले र कुपण्डोललाई २–० गोल अन्तरले हराउँदै फाइटर दोस्रो चरणमा प्रवेश गर्याे । आज भएको झम्सीखेल र गण्डकी स्पोर्टस् क्लबबीच भएको अन्तिम खेल –१ गोलको बराबरीमा निर्धारित समयसकिएपछि पेनाल्टी सुटाउटमा झम्सीखेल विजयी बन्यो । भोलि पनि पहिलो चरणकै खेलहरुहुने बगर भाइखलकका अध्यक्ष इश्वरमान गुरुङले जानकारी दिए । शुक्रबारबाट मात्र ५० वर्ष माथी उमेर समूहतर्फको खेल सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फको विजेताले २ लाख उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सो उमेर समूहको विधागततर्फ सर्वोकृष्ट खेलाडीले नगद १५ हजार, उत्कष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले नगद ५ र ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै ५० वर्ष उमेर समूहतर्फको विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने, ६० वर्ष उमेर समूहतर्फको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा भारतको देहरादुन, काठमाडौं, ललितपुर, चितवन, सिरहा, हेटौंडा, सर्लाही, बुटवल,सिमरा,कैलाली, झापा, बिर्तामोड र पोखराका स्थानीय टिमको सहभागिता रहेको छ ।
पोखरा: टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबसँग पराजित हुँदा सशस्त्र प्रहरी बल एपिएफ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएको छ । पोखरो रंगशालामा बुधबार दिउँसो भएको खेलमा पुरुषतर्फ हेल्प नेपालसँग ३–२ को सेटले पराजित हुँदै एपिएफ प्रतियोगितबाट बाहिरिएको हो । तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेको एपिएफले पाँचौं सेटमा सम्हालिन नसक्दा प्रतियोगितबाट बाहिरिनुप¥यो । हेल्प नेपालले पहिलो सेट २५–२२ र दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । हेल्प नेपालले तेस्रो सेट १३–२५ र चौथो सेट २३–२५ ले एपिएफलाई सुम्पिएको थियो । पहिलो र दोस्रो सेट गुमाएको एपिएफले तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं सेटमा सुरुआतबाटै अग्रता लिँदै हेल्प नेपालले १५–१२ ले जित निकाल्यो । ७–१२ को अवस्थालाई उल्टाउँदै १२–१३ को अवस्थामा पु¥याएपनि अन्तिम समयमा अंक जोगाउन नसक्दा एपिएफले हार बेहोर्नुप¥यो । हेल्प नेपालले अब लिग चरणको अन्तिम खेल गण्डकी प्रदेशसँग खेल्नेछ । उक्त खेलमा जित निकाल्ने टोलीले एलिमिनेटर खेल्नेछ । पराजित हुने टोली प्रतियोगितबाट बाहिरिनेछ । यसअघि भएको खेलमा महिलातर्फ एपिएफ क्लबले आयोजक टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । यस्तै आजै भएको खेलमा ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जित निकालेको थियो । ट्राभल इन्क्वारीले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले पराजित गरेको हो । आजको अन्तिम खेल भारतको सुनिल भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबिच हुनेछ ।
पोखरा: पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा यही माघ २२ गतेदेखि आठौं विरेन स्मृति एवम् १८ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । बुद्धटोल युवा क्लबले आज पोखरामा पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिताबारे जानकारी दिएको हो । क्लबका अध्यक्ष अशिम थापाले माघ २२ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा ५० टिम बढीको सहभागिता हुने अपेक्षा गरिएको बताए । ‘आठौं विरेन स्मृति एवम् १८ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता यही माघ २२ गतेदेखि सञ्चालन गर्दै छौं, अध्यक्ष थापाले भने, ‘अहिले हामी प्रतियोगिताको तयारीलाई तिब्र पारेका छौ ।’ उनले प्रतियोगिताको विजेतालाई १ लाख ८१ हजार १ सय ११ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गर्ने बताए । उनका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडी, गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ७÷७ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा अनुशासित टिमलाई ९ हजार रुपैयाँ प्रदान गरिने क्लबका सचिव रेशम सापकोटाले जानकारी दिए । उनले प्रतियोगितामा ‘एक गोल एक कपी’ को कार्यक्रमलाई सुरु गरेको बताए । ‘हामीले यो वर्षबाट एक गोल एक कपीलाई सुरु गरेका छौ, उनले भने, ूहामीले प्रतियोगिता अवधिभर जति गोल हुन्छ त्यही बराबरको कापी पोखरा १ भित्रको सरकारी विद्यालयलाई सहयोग गर्छौ ।’ सो प्रतियोगितामा सहभागिता जनाउन एक टिमलाई ९ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । बुद्ध टोल युवा क्लबले आयोजना गरेको गत संस्करणको उपाधि लामागाउँ गुम्बाले जितेको थियो ।
पोखरा: सशस्त्र प्रहरी बल एपिएफ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ अपराजित रहँदै पहिलो क्वालिफायरमा पुगेको छ । लिग चरणका अन्तिम खेलमा आयोजक टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ ‘जित्ने समूह’ को विजेता बन्दै पहिलो क्वालिफायरमा पुगेको हो । एपिएफसँग पराजित भएको टाइगर ग्रुप समूह उपविजेताको रुपमा पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको हो । एपिएफले पहिलो सेट २५–७, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पा¥यो । तेस्रो सेटमा ११–१६ को पछि परेको स्थितिलाई उल्टाउँदै टाइगर ग्रुपले १८–१७ को स्थितिमा पु¥याएको थियो । तर, त्यसपछि भने एपिएफले पुनरागमन गर्दै खेल २५–२० ले आफ्नो पक्षमा पार्न सफल भयो । पहिलो क्वालिफायरमा पुन: एपिएफ र टाइगर ग्रुपबिच बिहीबार प्रतिष्पर्धा हुनेछ । यसअघि आजै भएको खेलमा ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जित निकालेको थियो । ट्राभल इन्क्वारीले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले पराजित गरेको हो । तेस्रो खेलमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र सशस्त्र प्रहरी बल एपिएफबिच खेल भइरहेको छ। चौथो तथा अन्तिम खेल दिउँसो पौने ३ बजे भारतको सुनिल भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । यसअघि आइतबार स्थगित भएको गण्डकी प्रदेश र हेल्प नेपालबिचको खेल बिहीबार हुने आयोजकले जनाएको छ । यो पनि पढ्नुहोस टाइगर कप भलिबल: ट्राभल इन्क्वारी थाइल्यान्डको सान्त्वना जित
पोखरा: एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जित निकालेको छ । पोखरा रंगशालामा बुधबार बिहान भएको खेलमा ट्राभल इन्क्वारीले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले पराजित गरेको हो । दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए । प्रतियोगितामा ट्राभल इन्क्वारीले एकमात्र जित निकाल्यो । आर्मी भने जितविहीन रहँदै प्रतियोगिता टुंग्यायो । पहिलो सेट र दोस्रो सेट समान १८–२५ ले ट्राभल इन्क्वारीलाई सुम्पिएको आर्मीले तेस्रो सेटमा पुनरागमन गर्दै २६–२४ ले जित हासिल गरेको थियो । आर्मी चौथो सेटमा पुनः १९–२५ ले पराजित हुँदै खेल ट्राभल इन्क्वारीलाई सुम्पियो ।