पोखरा राष्ट्रिय आर्म रेस्लिङ्ग भदौं २० र २१ गते

पाेखरा | भदौ १८, २०८२

पोखरा राष्ट्रिय आर्म रेस्लिङ्ग भदौं २० र २१ गते

पोखरा:  पोखरामा आर्म रेस्लिङ्ग प्रतियोगिता हुने भएको छ । आर्म रेस्लिङ्ग संघ, कास्कीले प्रतियोगिताको आयोजना गर्न लागेको हो । 


पोखरामा पहिलो पटक प्रथम पोखरा राष्ट्रिय आर्म रेस्लिङ्ग प्रतियोगिता–२०८२ गर्न लागिएको आर्म रेस्लिङ्ग संघ कास्कीका अध्यक्ष नविन गुरुङले जानकारी दिए । 


यही भदौँ २० र २१ गते प्रतियोगिता संचालन हुने छ । पोखरा महानगरपालिका वडनम्बर ६ लेकसाइडमा रहेको आइभिवाई क्लबमा प्रतियोगिता संचालन गरिने प्रतियोगिताका संयोजक खली थापाले जानकारी दिए । 


तौल समूह अनुसार चार विधामा प्रतिष्प्रर्धा गराइने छ । ६० केजी मुनि, ७० केजी मुनि, ८० केजी मुनि र ८० केजी माथी तौल समूहमा प्रतिष्प्रधा हुने छ । 


चार विधामा नै समान पुरस्कार राशी राखिएको आर्म रेस्लिङ्ग संघ, कास्कीका प्रथम उपाध्यक्ष एवं प्रतियोगिताका व्यवस्थापक रत्न बहादुर आलेले जानकारी दिए । प्रथम, द्धितिय र तृतीय हुनेले क्रमस ५० हजार, २५ हजार र १० हजार नगद,  मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने च्याम्पिन अफ च्याम्पिनले नगद एक लाख र प्रमाणपत्र प्राप्त गर्नेछ । 


यो नै अहिलेसम्मको सबैभन्दा ठुलो पुरस्कार राशी रहेको आयोजकको दावी छ । पुरस्कार राशीमा मात्रै ४ लाख ५० हजार माथि खर्च रहेको अध्यक्ष गुरुङले बताए । प्रतियोगिता सम्पन्न गर्न २३ लाख १९ हजार खर्च लाग्ने आयोजकको अनुमान  छ । 


प्रतियोगितामा सहभागि हुन देशभरबाट करिब एक सय ५० बढि खेलाडी पोखरा आउने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागि हुन चाहने खेलाडीलाई यही भदौँ १८ गतेसम्म आवेदन दिने समय रहेको आयोजकले जनाएको छ । 
 

मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२’ आगामी वैशाख ३१ गते हुने भएको छ ।   यसअघि वैशाख १८ गतेका लागि तय गरिए...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

थप पढ्नुहोस्