पोखरा राष्ट्रिय आर्म रेस्लिङ्ग भदौं २० र २१ गते
पाेखरा | भदौ १८, २०८२
पोखरा: पोखरामा आर्म रेस्लिङ्ग प्रतियोगिता हुने भएको छ । आर्म रेस्लिङ्ग संघ, कास्कीले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
पोखरामा पहिलो पटक प्रथम पोखरा राष्ट्रिय आर्म रेस्लिङ्ग प्रतियोगिता–२०८२ गर्न लागिएको आर्म रेस्लिङ्ग संघ कास्कीका अध्यक्ष नविन गुरुङले जानकारी दिए ।
यही भदौँ २० र २१ गते प्रतियोगिता संचालन हुने छ । पोखरा महानगरपालिका वडनम्बर ६ लेकसाइडमा रहेको आइभिवाई क्लबमा प्रतियोगिता संचालन गरिने प्रतियोगिताका संयोजक खली थापाले जानकारी दिए ।
तौल समूह अनुसार चार विधामा प्रतिष्प्रर्धा गराइने छ । ६० केजी मुनि, ७० केजी मुनि, ८० केजी मुनि र ८० केजी माथी तौल समूहमा प्रतिष्प्रधा हुने छ ।
चार विधामा नै समान पुरस्कार राशी राखिएको आर्म रेस्लिङ्ग संघ, कास्कीका प्रथम उपाध्यक्ष एवं प्रतियोगिताका व्यवस्थापक रत्न बहादुर आलेले जानकारी दिए । प्रथम, द्धितिय र तृतीय हुनेले क्रमस ५० हजार, २५ हजार र १० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने च्याम्पिन अफ च्याम्पिनले नगद एक लाख र प्रमाणपत्र प्राप्त गर्नेछ ।
यो नै अहिलेसम्मको सबैभन्दा ठुलो पुरस्कार राशी रहेको आयोजकको दावी छ । पुरस्कार राशीमा मात्रै ४ लाख ५० हजार माथि खर्च रहेको अध्यक्ष गुरुङले बताए । प्रतियोगिता सम्पन्न गर्न २३ लाख १९ हजार खर्च लाग्ने आयोजकको अनुमान छ ।
प्रतियोगितामा सहभागि हुन देशभरबाट करिब एक सय ५० बढि खेलाडी पोखरा आउने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागि हुन चाहने खेलाडीलाई यही भदौँ १८ गतेसम्म आवेदन दिने समय रहेको आयोजकले जनाएको छ ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...
गण्डकी: ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...
तनहुँ: मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

