कञ्चनपुर:     विश्वकपमा छनोट भएको १९ वर्ष मुनिको महिला क्रिकेट टोलीका सदस्यलाई कञ्चनपुरमा नगदसहित सम्मान गरिएको छ ।      महेन्द्रनगरस्थित होली फेम्ली क्रिकेट एकेडेमीले यु–१९ मह...

काठमाडौं:   नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियनल लिग खेल्ने भएकी छिन् । गोलकिपर एञ्जिलाले ग्रिसको महिला सुपर लिग क्लब निस एट्रोमिटोउबाट खेल्ने भएकी हुन् । २९ सेप्टेम्बरबाट लिग सुरु हुँदै छ । एञ्जिलाले १ वर्षका लागि सम्झौता गरेकी छन् । यससँगै उनी युरोपमा व्यावसायिक फुटबल खेल्ने दोस्रो खेलाडी बनेकी छन् । यसअघि साबित्रा भण्डारीले फ्रान्सको शीर्ष डिभिजन क्लब ग्वेङगाम्फबाट दोस्रो सिजन खेल्दै छिन् । एञ्जिलाले यसअघि भारत र पाकिस्तानबाट पनि व्यावसायिक खेल खेलिसकेकी छन् । एञ्जिला एपीएफमा आबद्ध भएर फुटबल खेल्दै आएकी छन् ।

काठमाडौं:   अर्को महिना हुने एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) लाई वात्सल्य नेपाल मुख्य प्रायोजन गरेको छ । इडब्लुभिएलको आयोजक इन्फिनिटी ड्रिम्स र वात्सल्य नेपालबीच आइतवार प्रायोजन सम्झौता भएको हो । वात्सल्यका प्रबन्ध निर्देशक प्रशान्त सुवेदी र इन्फिनिटी ड्रिम्सकी सिइओ स्नेभी चौलागाईबीच सम्झौतामा हस्ताक्षर गरे । वात्सल्यका प्रबन्ध निर्देशक सुवेदीले लिगसॅंग आबद्ध हुन पाउँदा खुसी लागेको बताए। उनले भने ‘हामीले यस प्रतियोगिताको हिस्सा हुन पाएकोमा सम्मानित महसुस गरिरहेका छौं, जसले हाम्रो राष्ट्रिय खेलको विकासका लागि सशक्त मञ्च प्रदान गर्दछ र खेलकुदको दुनियाँमा महिलाहरू पनि समान रूपमा सक्षम र मनमोहक छन् भन्ने कुरालाई प्रमाणित गर्दछ ।’ प्रमुख प्रायोजकका रुपमा वात्सल्यलाई स्वागत गर्न पाउँदा खुसी ड्रिम्सकी सिइओ चौलागाईले बताइन् ।’ लिगको पहिलो संस्करणको लागि शीर्ष प्रायोजकको रूपमा वात्सल्य नेचुरल आईभीएफलाई स्वागत गर्न पाउँदा खुसी छौं। यो साझेदारीले महिलाहरूको उपलब्धिलाई मान्यता दिने र जीवनका सबैक्षेत्रमा उत्कृष्टता हासिल गर्न स्वतन्त्रता दिने समाज निर्माण गर्ने हाम्रो दृष्टिकोणलाई उजागर गर्दछ,’चौलागाईंले अगाडि भनिन् । कार्यक्रममा लिगमा सहभागी ६ टोलीका मार्की खेलाडीहरुको उपस्थिती रहेको थियो । आयोजकका अनुसार लिगमा सहभागी ६ मध्ये ५ टोलीको नाम टुंगो लागि सकेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा इडब्लुभिएल असोज १४ देखि १९ गते सम्म सन्चालन हुनेछ।

पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट फुटबल प्रतियोगितामा सराई एफसी उपाधि नजिक पुगेको छ ।   हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा आज (सोमबार) भएको खेलमा मणिमुकुन्द क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सराई एफसी फाइनलमा प्रवेश गरेको आयोजक संस्थाका कोषाध्यक्ष मनिक गाहामगरले जानकारी दिए ।   उनका अनुसार सराइको जीतमा म्यान अफ द म्याच घोषित भएका सुजन रानाले १ गोल गरे । भने, दिलु थापाले १ गोलको योगदान दिए ।   यता हार ब्यहोरेको मणिमुकुन्दको तर्फबाट रामकृष्ण पौडलले सान्त्वना १ गोल फर्काए ।   अब सराइले भोलि (मंगलबार) हुने आयोजक नव जागृति युवा क्लब र दमकडाबीचको विजेता टोलीलाई फाइनलका लागि स्वागत गर्नेछ ।      प्रतियोगिताको फाइनल यही २१ गते हुनेछ ।   सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित  नगद रु ६०  हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ ।   कुल १३ टिमको सहभागिता रहेको प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।    

काठमाडौं:    अमेरिकामा सम्पन्न इन्ट्रा कप फुटबलको उपाधि युवातर्फ साङ्ग्रिला फुटबल क्लबले हात पारेको छ । सो क्लबले १५ हजार अमेरिकी डलर र १० तोला सुनको रनिङ कप प्राप्त गर्‍यो ।       त्यसैगरी सिनियर युथ समूहबाट एफसी रिभाइभल, भेट्रान्सतर्फ कोलम्बस भेट्रान्स र महिलातर्फ नर्थ डकोटा साइनिङ स्टार विजयी भएका छन् । उनीहरुले क्रमश, १० हजार, १० हजार र आठ हजार अमेरिकी डलर प्राप्त गरेका छन् ।       उत्तर अमेरिकी क्षेत्रमा बसोबास गर्ने नेपाली मूल वा नेपाली जातिका खेलाडीका लागि मात्र यी खेलहरु आयोजना गरिएको थियो ।  अमेरिकाको ओहायोस्थित कोप्ले सकर कम्प्लेक्समा आइतबार सम्पन्न यी खेलका विजयी टिमलाई इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार एवं रकम हस्तान्तरण गर्नुभयो । प्रतियोगिताका विभिन्न विधाका उपविजेता टिमहरुले क्रमशः १० हजार, आठ हजार र पाँच हजार डलर नगद पुरस्कार प्राप्त गरेका छन् ।       युवातर्फ पथरी एफसी, सिनियर युथतर्फ युनाइटेड ब्रदर्श, भेटान्सतर्फ न्यूयोर्क इन्ट्रा क्लब र महिलातर्फ योद्धा क्लब उपविजेता बनेका थिए । सुनको रनिङ कपको लागि लगातार तीन पल्ट खेल जित्नुपर्ने नियम छ । उपविजेताहरुलाई नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वलसहितले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।       अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली दर्शकहरुको उपस्थिति रहेको फुटबल उत्सवमा युवा र भेट्रान्सतर्फ गरी अमेरिका र क्यानडाका ३४ टिम प्रतिस्पर्धामा सहभागी भएको प्रतियोगिताका संयोजक चन्द्र पराजुलीले जानकारी दिनुभयो । फाउण्डेशनले उत्तर अमेरिकामा बसोबास गर्ने नेपाली मूलका  खेलाडीका लागि हरेकबर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट फुटबल प्रतियोगितामा सेमिफाइनलको समिकरण पुरा भएको छ ।   हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा आज (आइतबार) भएको खेलमा आयोजक कालोले मणिमुकुन्द टिम बिलाई ४–१ गोल अन्तरले पराजित गर्दै आयोजक सेमिफाइलनमा पुगेको हो ।   आयोजकको जीतमा म्यान अफ द म्याच भएका निश्चल थापाले २ गोलको योगदान दिए । भने, निर बहादुर सोमै र मनिक गाहाले समान १ गोल गरे । यता हार व्यहोरेको मणिमुकुन्दको तर्फबाट नर बहादुर रावलले सान्त्वना १ गोल फर्काए ।    अब आयोजकले १८ गते दमकडा एफसीको सामना गर्नेछ । भने, भोलि (सोमबार) पहिलो सेमफाइनल खेल अन्तर्गत सराई एफसी र मणिमुकुन्द टिम ए बीच प्रतिस्पर्धा गर्नेछ ।    यही २१ गते फाइनल हुने सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित  नगद रु ६०  हजार प्राप्त गर्नेछ ।     यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ ।   कुल १३ टिमको सहभागिता रहेको प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।    

पाल्पा:   बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी फुटबल प्रतियोगितामा दमकडा ब्रदर्श सेमिफइनलमा प्रवेश गरेको छ ।   हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा शनिबार भएको खेलमा युनाइटेड युथ एफसीलाई ४–० गोल अन्तरले सहजै हराउँदै दमकडा ब्रदर्श सेमिफाइनलमा प्रवेश गरको हो ।   दमकडाको जीतमा म्यान अफ द म्याच घोषित भएका आवेश शाहीले र आशिष रानाले समान  २/२ गोलको योगदान दिए ।   अब दमकडा एफसीले सेमिफाइनलमा आज हुने मणिमुकुन्द बि र आयोजक नव जागृति युवा क्लब (ब्ल्याक) बीचको विजेता टोलीसँग १८ गते प्रतिस्पर्धा गर्नेछ । भने, प्रतियोगिताको फाइनल हरितालिका तीजको दिन २१ गते हुनेछ ।   सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित  नगद रु ६०  हजार प्राप्त गर्नेछ ।   यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ । भने, प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा कुल १३ टिमको सहभागिता रहेको छ । नव जागृति युवा क्लब वि.स २०३८ सालदेखि निरन्तर रुपमा सामाजिक तथा खेलकुदको क्षेत्रमा सक्रिय रहदै आएको छ ।      

काठमाडौँ:   पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाएकी छन् ।   पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गएराति सम्पन्न के-४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै कास्य जितेकी हुन् ।   पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् । हिजै भएको पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् ।   तर, क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससङ १०-८ ले पराजित भएकी थिइन् ।   दोस्रो चरणमा पराजित भएका कारण उनले रिपाचेजमा मौका पाएकी थिइन् । जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २-१ ले पराजित गर्दै उनी कास्य नजिक पुगेकी थिइन् ।   गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले स्वर्णपदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी हुन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् । उनी चीनमा भएको १९औँ एसियाली खेलकुदकी पनि ऐतिहासिक कास्य पदक विजेता हुन् ।   नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारालिम्पिकमा सहभागिता जनाउन थालेको हो । १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी पलेशा २०१६ मा पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन् । त्यसयता उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छन् ।   पारा तेक्वान्दो, जोर्डनमा २०१९ मा भएको पाँचौँ एसियाली पारा खुला तेक्वान्दो र २०१९ मै टोकियो पारालिम्पक गेम्सको टेस्ट इभेन्टमा पाँचौँ स्थान हासिल गरेकी थिइन् ।   यसैगरी सन् २०१९ मा टर्कीमा भएको आठौँ विश्व पारा तेक्वान्दोमा नवौँ स्थान हासिल गरेकी पलेशाले साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाएकी थिइन् ।

पाल्पा:   बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी फुटबल प्रतियोगितामा सराई एफसी अन्तिम चारमा प्रवेश गरेको छ ।   हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा आज भएको खेलमा लुम्बिनी मेडिकल कलेजलाई ५–२ गोल अन्तरले हराउँदै सराई एफसी सेमिफाइनलमा प्रवेश गरको हो ।   अब सराईएफसीले सेमिफाइनलमा यही १७ गते मणिमुकुन्द क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।   आज भएको खेलबाट सराई एफसीका सुजन राना म्यान अफ द म्याच घोषित भए ।   प्रतियोगिताको फाइनल हरितालिका तीजको दिन २१ गते हुने आयोजकले जनाएको छ ।

काठमाडौं:    युरोपेली मुलुक पोर्चुगलमा ‘पोखरा गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ । पोखरा फुटबल क्लब (पोखरा एफसी) पोर्चुगलको आयोजनामा आगामी सेप्टेम्बर ८ तारिखका दिन पोखरा गोल्डकप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको हो ।  वडादसैँ र दीपावलीका अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको क्लबले जनाएको छ । पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा पोर्चुगलसहित युरोपेली मुलुकमा रहेका नेपाली खेलाडीको सहभागिता रहने बताइएको छ ।  नेपाली समुदायका बीचमा आपसी सहयोग, सहकार्य र भाइचारा अभिवृद्धि गर्ने तथा नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष अस्बिनजङ्ग ठकुरीले बताउनुभयो ।  प्रतियोगिताका विजेताले उपाधिसहित नगद तीन हजार युरो र खसी हात पार्ने छभने उपविजेताले एक हजार पाँच सय युरोसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ तीन विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही ५०–५० युरो र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । लिस्बनस्थित भिटोरिया दी क्लबको खेलमैदानमा हुने प्रतियोगितामा २० टिम बढीको सहभागिता रहने खेल संयोजक प्रजेश गुरुङले बताउनुभयो । प्रतियोगिताबाट बचत भएको रकमले दुःख र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने क्लबको योजना रहेको उहाँले बताउनुभयो ।